Labels

Thursday, August 29, 2013

प्रचण्डलाई मधेशसँग लभ भएकै हो त ?


सुरेशकुमार यादव
काठमाडौ भदौ १२ गते । एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समितिको बैठकले मधेशमा एमाओवादी सबभन्दा बलियो भएको ठहर गरेको छ । बुधवारको बैठकमा मधेशमा पर्ने अवध भोजपुरा र मिथिला राज्यसमितिअर्न्तर्गत रहेको ६६ क्षेत्रमध्ये ४१ सीट एमाओवादीले ल्याउने नेताहरुको रिर्पोटिगंमा उल्लेख छ ।
मंगलबार सुदूरपश्चिम तथा मध्यपश्चिम र पश्चिमका ८२ निर्वाचन क्षेत्रको अवस्थाबारे रिपोर्टङमिा ७० सीट एमाओवादीको हुने निष्कर्षनिकालिएको थियो । स्रोतका अनुसार अबध, भोजपुरा र मिथिला, तामसालिगं राज्यसमिति अन्तर्रगतका जिल्लाहरुमा खटिएका ७७ नेताहरुले पेश गरेका रिपोर्ट अनुसार मधेशमा एमाओवादी सबैभन्दा बलियो रहेको दावी गरिएको छ । पश्चिममा काँग्रेससँग प्रतिस्पर्धा रहेको दावी गरेको थियो भने पर्ूवमा काँग्रस र एमालेभन्दा धेरै अगाडि रहेको र त्यहाँ मधेशवादी दलसँग प्रतिस्पर्धा हुने दावी बैठकले गरेको छ ।
बैठकमा मधेशमा पार्टर्ीीे स्थिति एकदम मजबुत भएको रिपोर्ट पेश भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो । प्रवक्ता सापकोटाका अनुसार रिपोर्टका क्रममा केन्द्रीय सदस्यहरुले पहिलो अभियानमा आफूहरुले जनसम्बन्ध कायम गरेर आएको र अब दोस्रो जनसम्बन्ध सुदृढीकरण, संगठन सुदृढीकरण अभियान र जनपरिचालन अभियान सुरु गर्नर्ुपर्ने धारणा राखेका थिए ।
अबध, भोजपूरा र मिथिला राज्यमा पर्ने कपिलवस्तु, रुपन्देही, नवलपरासी, बारा, पर्सर्ाारौतहट, र्सलाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लाका निर्वाचन क्षेत्रमा खटिएका कन्द्रीय नेताहरुले विगतको सविधानसभा चुनावभन्दा यसपाली मधेसमा एमाओवादीको सँख्या बढ्ने रिर्पोट पेश गर्नु भएको छ ।
नेता रामकुमार शर्माका अनुसार यी तीन राज्यसमितिमा रहेका ६६ क्षेत्रमध्ये एमाओवादीले ४१ सीट हात पार्ने दावी रिर्पोर्टमा गरिएको छ । त्यस्तै रिर्पोर्ट भए अनुसार चितवना-५, मकवानपुर-३, रामेछाप-२ र सिन्धुलीमा ३ सीट गरी जम्मा ५४ सीट एमाओवादीले ल्याउने दावी नेताहरुले गर्नुभएको छ । शर्माका अनुसार दर्ुइदिनको बैठकमा १५९ क्षेत्रको रिर्पोटीगंमध्ये मंगलवार भएको रिर्पोटीगंमा ७० सीट र बुधवारको रिर्पोटीगंमा ५४ सीट गरी जम्मा १२० सीट जित्ने प्रतिवेदन नेताहरुले प्रस्तुत गरी सक्नु भएको छ । उहाँहरुले मधेसमा एमाओवादीको उपस्थिति बलियो बनाउनका लागि अर्को अभियान चलाउन समेत सुझाव दिनुभएको छ ।
नेताहरुले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने क्रममा पार्टर्ीीे स्थानीय आन्तरिक विवाद मिलाउन सुझाव दिनुभएको थियो । रौतहटमा अशोक जयसवाल र प्रभु साहबीच देखिएकोे विवाद र धनुषामा रामचन्द्र झा र श्रवण यादवबीच देखिएको विवादलाई चुनाव अगावै मिलाउन पार्टर्ीीेतृत्वलाई सुझाव समेत दिनुभएको थियो ।
मधेशी जनतामा अहिले पनि संघीयताको बारेमा अन्योल रहेको रिर्पोट भएको थियो । मधेशमा संघीयताको बारेमा स्पष्ट पार्न जरुरी छ, रामकुमार शर्माल भन्नुभयो-'एमाओवादी पार्टर्ीीक मधेश एक प्रदेशको पक्ष होइन दर्ुइ प्रदेशको पक्षमा रहेको र रिर्पोटीगंको क्रममा पनि यही सुझाव आएको छ ।'
बैठकमा अवध राज्य अन्तर्रगत पर्ने जिल्ला कपिलबस्तुबाट नेताहरु दिपेन्द्र बहादुर योञ्जन, रामकुमार यादव, विश्वनाथ शाह, असर्फी यादव र तुलसी ढुंगानालगातले आआफ्नो रिपोर्ट पेश  गर्नुभएको थियो भने रुपन्देहीबाट रामरिझन यादव, दिलीप शाह, शिवचन्द्र कुसुवाहा, लिलामणि पोखरेल, रामचन्द्र भट्टर्राई, हरिनारायण चौधरी र भरत शाहले रिपोर्ट पेश गगर्नुभएको थियो । नवलपसारीबाट रामकुमार शर्मा, सुरेन्द्रप्रसाद जैसवाल, विन्देश्वर यादव, सिता पौडेलले रिपोर्ट पेश गर्नुभएका थियो ।
यस्तै भोजपुरा अन्तर्रगत पर्साबाट दिनानाथ शर्मा, अजयशंकर नायक, अच्युत काफ्ले, किसान शाह र असर्फी सदाले रिपर्ेार्ट पेश गर्नुभएको थियो । बाराबाट बामदेब क्षेत्री, सरस्वति चौधरी, रामचन्द्र झा, लक्की शर्ेपा, लिलामणि पौडेल र रामलोचन तिवारीले रिपोर्ट पेश गर्नुभएको थियो ।
  यसैगरी रौतहटबाट रामचन्द्र मण्डल, जोककुमार यादव, अशोक मण्डल, अशोककुमार यादव विनोद कुमार उपाध्याय र रमेश चौलागाईले रिपोर्ट पेश गरेका थिए । अघिल्लो संविधानसभाको निर्वाचनमा एमाले नेता माधब नेपाल हारेको क्षेत्र नंबर ६ मा खटिएका रमेश चौलागाईले एसपाली पनि माधव नेपालले दावी गर्नुभयो । बैठक विहिवार पुनः बस्ने छ ।

No comments:

Post a Comment