Labels

Thursday, August 1, 2013

उम्मेदवारी दार्ता सहमतिको बाधक


सुरेशकुमार यादव
काठमाडौ साउन १७ गते । निर्वाचन आयोगले सविधानसभा चुनावका लागि उम्मेदवारी दर्ता गराउने तालिका सार्वजनिक गरेपछि दलका नेताहरु उत्साहित भएपनि तालिका अलि चाँडो भएको प्रतिक ृया दिएका छन्‍ । आयोगले विहिवार उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेपछि एकीक ृत नेकपा माआवादीका प्रवत्तmा अग्नी सापकोटाले आयोगले कार्यतालिका सार्वजनिक गरेपछि जनतामा चुनावी उत्साह थपिने बताउँदै तालिका अलि चाँडै आएको प्रतिक ृया दिनुभयो । चुनाव हुने मितिको एक महिनाअघि मात्र उम्मेदवारी दर्ता तालिका ल्याउनु पनर्े तर अलि चाँडो भएको बताउँदै सापकोटाले यसलार्इ एक हप्ता ढिलो गरे राम्रो हुने थियो भनि गोरखापत्रलार्इ प्रतिक ृया दिनुभयो ।
     नेपाली काँग्रेसका नेता अजर्ुननरसिह केसीले आयोगले कार्यतालिका सार्वजनिक गरेपछि सबैमा उत्साह बढ्‍ने विश्वास व्यत्तm गर्दै आफ्‍नो पार्टी निर्वाचनको तयारीमा जुटि सकेको बताउनुभयो । उहाँले आफ्‍ना पार्टीका सभापति सुशील कोइराला भारत भ्रमण्ाबाट फकर्ेपछि उम्मेदवारी छनौट लगायतका काममा जुट्‍ने बताउनुभयो ।
    त्यस्तै एमालेका नेता प्रदीप ज्ञवालीले आफ्‍नो पार्टी आयोगको कार्यतालिका अनुसार चुनावमा भाग लिनका लागि त्रिmयाशिल हुने प्रतिक ृया दिनुभयो । उहाँले पार्टी केन्दि्रय समितिको बैठक जारी रहेकाले अब त्यसैबाट निर्वाचन परिचालन समिति, उम्मेदवार सिफारिस समिति बनाउने बताउँदै दलहरुको बीचमा देखिएको चुनौतिलार्इ समाधान गर्दै अगाडि बढ्‍नुपनर्े बताउनुभयो । कार्यतालिका सार्वजनिक भएपछि दल तथा मतदाताहरुमा उत्साह थप्ने प्रतिक ृया दिँदै उहाँले मंसिर ४ गते चुनाव गराउन सरकार प्रतिवद्ध रहेको यसले पुष्टि गरेको बताउनुभयो ।

      यता यथास्थितिमा चुनाव सम्भव नरहेको अभिव्यत्तmि दिँदै आउनु भएका र सरकारसँग वार्तामा रहनु भएका मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष्ा उपेन्द्र यादवले आयोगद्धारा सार्वजनिक गरिएको कार्यतालिकाले जनतामा भmन अन्योल थपिने प्रतिक ृया दिनुभयो । आयोगले हतार हतारमा उम्मेदवारी दर्ताको कार्यतालिका ल्याएर दलहरुको बीचमा हुँदै गरेको सहमतिको वतावरण्ालार्इ विगार्ने प्रयास गरेको आरोप लगाउँदै उहाँले उम्मेदवारी दर्ताको कार्यतालिक सार्वजनिक गनेर्े बेला अहिले नभएको बताउनुभयो । उहाँले भन्नुभयो('सहमतिको प्रक ृया शुरु भइरहेको बेला निर्वाचन आयोगले जम्प गनर्ु हुँदैन थियो ।' तरार्इ मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष्ा महेन्द्रराय यादवले आयोगले सार्वजनिक गरेको कार्यतालिकाले जनतामा उत्साह थप्ने विश्वास व्यत्तm गर्दै आयोगले अलि हतार गरेको प्रतिक ृया दिनुभयो । निर्वाचन मितिको एक महिनाअघि कार्यतालिका सार्वजनिक गर्दा पनि हुने थियो तर अलि अघि नै सार्वजनिक गरेकाले दलहरु अलमल पनर्े सक्ने उहाँले बताउनुभयो । चुनावका विपक्ष्ामा रहेका दलहरुसँग वार्ता प्रक ृया शुरु रहेकै अवस्थामा पनि यसरी कार्यतालिका आउनुले त्यसमा असर गर्छ कि भन्नेमा पनि सचेत रहनु पनर्े उहाँल सुभmाव दिनुभयो ।

No comments:

Post a Comment