Labels

Tuesday, November 19, 2013

खुशीको सीमा रहेन खिलराज रेग्मीलाई


सुरेशकुमार यादव
काठमाडौ मंसिर ४ गते । अन्तरिम मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई कसैले तपाईको सबभन्दा खुशी र सुखीका दिन कुन हो भनि सोध्यो भने उहाँले आजैको दिनलाई सम्झनु हुन्छ । र, किन नहोस् पनि, सविधानसभा चुनाव गराउनका लागि मन्त्रीपरिषद्का अध्यक्ष बन्नु भएका रेग्मीले शान्तिपूर्ण चुनाव सम्पन्न गराएकोमा निकै खुशी देखिनु भयो ।
मंगलवार विहानै ७ बजे बानेश्वर हाइटको सानो गौचरनमा मतदान गर्न पुग्नु भएका अध्यक्ष रेग्मीलाई जो कोही हेर्दा सहजै अनुमान लगाउथ्यो, उहाँको खुशीको सीमा छैन् । गाडीबाट ओर्लने वित्तिकै मुस्कुराएर हात हलाउँदै मतदान केन्द्रभित्र छिर्नु भएको थियो । प्रायः गम्भिर दखिने अध्यक्ष रेग्मी भित्र छिर्दा पनि उहाँको अनुहारमा चमक र मुस्कान कायमै थियो । प्रत्यक्ष र समानुपातिकको मत खसालिसकेपछि पुनः मुस्कानसहित उपस्थित मतदाताको साथमा हात हलाउँदै खुशी साट्नु भएको थियो ।
मिडियामा हतपत बोल्न नचाहने अध्यक्ष रेग्मी सो दिन बडो सहज तरिकाले मिडियाको सामुने मुस्कुराउँदै भन्नुभयो–‘म आज निकै खुशी छु । किनभने सरकारले पाएको जिम्मेवारी आज पुरा गरेको छ ।’ सविधानसभाको चुनावमा जनताको सहभागिताले मलाई निकै सन्तोष मिलेको छ, उहाँले भन्नुभयो–‘हामीले कल्पना गरेको भन्दा पनि शान्त र सौहाद्र वतावरणमा जनताको सहभागितमा चुनाव हुँदैछ ।
उहाँले ढुक्कका साथ मतदान गर्न मतदाताहरुलाई आग्रह पनि गर्नुभयो । चुनावपछि शान्ति र सविधान निर्माण हुन्छ र त्यसले समाज रुपान्तरणको दिशामा जाने उहाँले विश्वास प्रकट गर्नुभयो । छोटो भन्दा छोटोसमयमा सविधान निर्माण होस् भनि चाहेको बताउँदै उहाँले अन्तिम अवसरको रुपमा सविधानसभा चुनावमा मतदान गर्न आग्रह गर्नुभयो ।
यता निर्वाचनका लागि शान्ति सुरक्षाको जिम्मा लिनु भएका गृहमन्त्री माधव घिमिरेको अनुहारमा पनि त्यस्तै खुशी झल्केको थियो । क्षेत्र नं. ७ बनस्थलीमा मतदान गरेपछि मन्त्री घिमिरेले सबै ठाउँमा शान्तिपूर्वक चुनाव हुँदैछ, त्यसले आफूलाई निकै खुशी लागेको प्रतिकृया दिनुभयो । निर्वाचन असुरक्षित वतावरणमा होला, शान्ति सुरक्षा बिग्रेला भनि हामीले कहिले कल्पना गरेका थिएनौ, उहाँले भन्नुभयो–‘हामीले सोचे अनुसार नै सविधानसभाको चुनाव सम्पन्न हुँदैछ, सरकारका लागि यो भन्दा खुशी अरु केही हुनै सक्दैन ।’
कसैका डर र क्रासबाट क्रसित हुनुहुँदैन हामीले सुरक्षाको राम्रो प्रबन्ध गरेका छौ, ढुक्क भएर मतदान गर्नुस्, मतदानकेन्द्रमा उपस्थित मतदाताहरुलाई भन्नुभयो । उहाँले सविधानसभाको चुनावपछि सविधान मात्र निर्माण हुँदैन, समाज रुपान्तरणका साथै आर्थिक समृद्धि पनि हुने धारणा राख्दै भन्नुभयो–‘यो निर्वाचनले सबैको भाग्यको ढोका खुल्ने छ ।’
निर्वाचन गराउने जिम्मा लिनु भएका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती पनि आफ्नो खुशी मतदाताहरुसँग बाँड्नु भयो । विहान बानेश्वरको सहकारी प्रतिष्ठानमा रहेका मतदान केन्द्रमा मतदान गर्न पुग्नु भएका आयुक्त उप्रेती मुस्कुराउँदै मतदानकेन्द्रमा छिर्नु भएको थियो । कर्मचारी र मतदातासँग हात हलाएर खुशी साट्दै मतदान गर्नु भएका उहाँले जो जहाँ जुन अवस्थामा हुनुहुन्छ त्यही अवस्थामा मतदान गर्न गई हाल्नुस् भनि आग्रह गर्नुभयो ।
सविधान निर्माणको यो अन्तिम मौका हो, त्यसैले सुतिरहनु भएको छ भने छिटो विउझ्नुस्, बसिरहनु भएको छ भने उठ्नुस्, हिडि रहनु भएको छ भने दौड्नुस् र जति सक्दो छिटो मतदान केन्द्रमा गएर मत दिनुस् भनि आग्रह गर्नुभयो । उहाँले सविधान र राष्ट्र निर्माण बोलेर होइन मत दिएर हुन्छ त्यसैले ब्यापक सहभागितामा मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
डर र त्रासका लागि जति हल्ला फैलाएपनि जनताको सामुनेमा कसैको केही चल्दैन भनि प्रमाणित भएको भन्दै उहाँले भन्नुभयो–‘विहानैदेखि जुन रुपमा जनताका सहभागिता देखिएको छ त्यसले चुनाव सोचेभन्दा बढी फरक ढंगले सफल भएको छ ।’
सरकारका मुख्य सचिव लिलामणी पौडेल आफ्ना बालबच्चासहित चण्डोलस्थित विशाल मिलन केन्द्रमा रहेको क्षेत्र ५ को मतदानकन्द्रमा पुग्नु भएको थियो । उहाँले सविधानसभाको चुनावमा जनताले जसरी सहभागिता देखाएको छ, त्यसले आफू निकै प्रफुलित भएको प्रतिकृया दिनुभयो । निर्वाचन गराउन गठन भएको यो सरकारले आफ्नो काम सफलतापूर्वक सम्पन्न गराउन लागेकोमा सारा देश खुशी भएको उहाँले बढीभन्दा बढी जनसहभागितामा निर्वाचन सम्पन्न गराउन मतदाताहरुमा आग्रह गर्नुभयो ।
काठमाडौ क्षेत्र नं. ५ मा आफ्नो मतदान गरेपछि सोही क्षेत्रबाट काँग्रेसका उम्मेदवार बनेका नेता नरहरी आचार्यले सञ्चारकर्मीसँग प्रतिकृया दिँदै भन्नुभयो–‘यो ऐतिहासिक सविधानसभा चुनावमा सबैले मतदान गरुन्, कोही पनि नछुटुन् ।’ यो चुनाव जनताका भाग्य र भविष्यसँग जोडिएकाले सबैले आफ्नो मत दिन पाउनुपर्ने उल्लेख गर्दै यसले नै देशलाई शान्ति स्थापना गर्नमा मदत पुर्याउने बताउनुभयो । उहाँले आफ्नो क्षेत्रमा मतदाता परिचयपत्र वितरण भएको आधारमा ७५ प्रतिशतभन्दा बढी मत खस्ने दावी पनि गर्नुभयो ।
एमाओवादीका नेता एवं काठमाडौ क्षेत्र नं. २ का उम्मेदवार लिलामणी पोखरेलले जित हारको कुरा पछिको कुरा हो पहिला शान्तिपूर्ण र व्यापक सहभागितामा मतदान सम्पन्न हुनुपर्ने कुरामा जोड दिनुभयो । जनताको जुन प्रकारको सहभागिता दखिएको छ त्यसले सविधानसभा चुनाव सफल हुने कुरामा विश्वास लिएको धारणा उहाँले राख्नुभयो ।
देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने यो सविधानसभाको चुनाव कुनै पनि हालतमा सफल हुन्छ र एकवर्षभित्र सविधान निर्माण हुने दावी पनि उहाँले गर्नुभयो ।
एमाले पार्टीका सचिव एवं क्षेत्र नं. ५ का उम्मेदवार इश्वर पोखरेलले जनता बडो उत्साहका साथ मतदानमा सहभागि भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले निर्वाचन सम्पन्न पछि लोकतान्त्रिक सविधान निर्माण गर्न अगामि सविधानसभाबाट सहमति भइसकेकालाई थाँति राखेर बाँकी रहेका विषयमा छलफल गरी चाँडो सविधान निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले सहमति भइसकेका विषयमा पुनः छलफल गरेर समय बर्बाद गर्यो भने सविधान निर्माण नहुने जिकिर गर्नुभयो । उहाँले निर्वाचन सम्पन्नपछि गठन हुने सरकारले सविधान निर्माणको साथै आर्थिक रुपान्तरणका लागि पनि कार्य गर्नुपर्ने धारणा राख्नुभयो । विगतमा देखिएका त्रुटीहरुलाई सच्याउँदै सविधान निर्माणमा लाग्यो भने समयमा सविधान निर्माण हुने समेत सुझाव दिनुभयो ।
काँग्रेसका युवा नेता एवं क्षेत्र नं. ४ का उम्मेदवार गगन थापाले यो दोस्रो सविधानसभा चुनावमा आफ्नो अधिकार प्रयोग गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो । उहाँले जति व्यापक सहभागितमा मतदान हुन्छ त्यति नै दरिलो सविधानसभा गठन हुने बताउनुभयो । उहाँले सो अवसरमा एकवर्षभन्दा बढी समय नलगाएर सविधान निर्माण गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।
एमाओवादीका युवा नेता नन्दकिशोर पुनःले यो सविधानसभा सफल भयो भने राष्ट्रको मिसन सफल हुने विश्वास व्यक्त गर्नुभयो । पहिलो सविधानसभा विघटनपछि निराश बनेका जनतालाई आशाको केन्द्र यो सविधानसभाको चुनाव लागेको बताउँदै उहाँले अब अर्को सविधानसभाको चुनाव नहुने गरी मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
    

बाउ बन्ने प्रतिक्षामा


आज सविधानसभाको अन्तिम समय लगभग ४५ मिनट बाँकी रहँदा मेरो मनमा विहानदेखि एउटा कुरा खेलिरहेको छ, थोरै चिन्ता र धेरै खुशीका साथमा । म छोरा वा छोरीको वाउ बन्ने मंसिर १६ गतेको समय थियो तर नियमित चेकअप गर्ने डा. श्रीवास्तवले पहिला अप्रेशन भएर बच्चा भएको कारण यसपटक पनि अप्रेशनै गर्नुपर्ने सुझाव दिनुभयो । र त्यसको लागि हिसाब गरेर उहाँले कात्तिक २६ गते अप्रेशन गर्ने समय जुडाउनु भयो र मंसिर २५ गते भर्ना गर्न सल्लाह पनि दिनुभयो । वैद्यबाले बन्द गर्दैछ थाह हुँदा हुँदै मैले कात्तिक २५ गते जोरपाटीको मेडिकल कलेजमा भर्ना गर्ने स्विकार पनि गरे । मनमा अलि पिडा र चाँडै वाउ बन्ने धेरै खुशी लिएर हामी (श्रीमान–श्रीमती) कोठा फर्कियौ । कात्तिक २५ गतेको पर्खाइमा । घरमा पनि खबर गरिदिए, कात्तिक २६ गते भर्ना हुने भनेर । आमा पनि छठ सिध्याएर आउनु भयो । त्यसअघि नै मेरी सासुआमा पनि आउनु भएको थियो । नहुँदै कात्तिक २५ गते पनि आइपुग्यो । त्यो दिन हामीभित्रको छटपट्टी र पिडाको सीमा थिएन के गर्ने नगर्ने भनेर । चारैतिर बन्द छ । विहानैदेखि बम पड्किरहेको समाचार आइरहेका छन् । हामी कोठामा बसेर एकछिन् गन्थन मन्थन गर्यौ र डा.श्रीवास्तवसँग एकपटक कुरा गर्ने निष्कर्षमा पुग्यौ ।
मैले त्यो दिन विहान ८ बजे फोन लगाए । डा.श्रीवास्तले फोन उठाउनु भयो । मैले भने–‘म्याम बन्द कडा भयो, जताततै बमै बमको हल्ला छ, के गरौ ?’ अनि उहाँले भन्नुभयो–‘म त डाक्टर हुँ मेरा लागि अस्पतालबाट गाडि पनि आउँछ, तिमिहरु के गर्छौ विचार गर ।’ मैले भन–‘म्याम प्यासेन्टलाई पुर्याउन त मलाई पनि कुनै समस्या छैन् एम्बुलेन्स मगाएर पनि पुर्याउँछु तर समस्या त यहाँ कुरुवा र भेट्न आउने आफन्तहरुको भयो । अप्रेशनको बेला केही आवश्यक कुरा चाहिएमा पनि बाहिर गएर ल्याउन समस्या हुन्छ के गरौ, वैद्यबाले कात्तिक २७ गतसम्म मात्र बन्द गर्ने रे भनि हल्ला पनि छ ।’ अनि उहाँले भन्नुभयो–‘त्यसो भए प्यासेन्टलाई ठिक छ भने दुई दिन पर्खिदा हुन्छ ।’ मैले भने–‘म्याडम प्यासेन्टलाई ठिक छ कुनै समस्या छैन ।’ डाक्टर र मबीचको सल्लाहले कात्तिक २७ गतेसम्म कुर्ने कुरा भयो ।
कात्तिक २५ गतेपछि आमहड्ताल फिर्ता लिई यातायात हड्तालको घोषणा भयो मंसिर ५ गतेसम्मका लागि । मैले कात्तिक २७ गते विहानै डा.श्रीवास्तवलाई फोन गरे । श्रीवास्तले भन्नुभयो–‘अब बन्द यस्तै हो शनिवार भर्ना गर्नुस् आइतवार (मंसिर २ गते) अप्रेशन गरिदिन्छु । किनभने आइतवार मेरी छोरी विदेशबाट आउँदैछिन् त्यसपछि म समय दिन सक्दिन ।’ मैले छोटो प्रतिकृया दिँदै भने–‘हुन्छ म्याम ।’ अब जे हुन्छ हुन्छ अडताल भएपनि बाउ बन्न अब ढिलो गर्नु हुँदेन भनि म आफ्नो तयारीमा लागे । सुत्केरीका लागि चाहिने लुगाफाटा लगायत अरु समानहरु किने । शनिवार विहान मैले मान्दै आएको पशुपतिनाथको दर्शन गर्न पनि गए । त्यहाँ अप्रेशन सक्सेसका लागि प्रार्थना पनि गरे सायद पशुपतिबाबाले आर्शिवाद पनि दिनु भएको होला । म खुशी हुँदै कोठा फर्के । त्यो दिन म आफ्नो मोवाइल कोठामै चार्जमा छाडेर घुम्न गएका थिए । कोठा लगभग ८ः१५ बजे फर्केका थिए । फोन चेक गरे डा. श्रीवास्तको ५ कल आएको रहेछ । म हतपत कल ब्याक गरेर सरी भने–‘उताबाट पनि डा. श्रीवास्तवले सरी भन्नुभयो । मैले भने–‘म्याम किन सरी ?’ उहाँले भन्नुभयो–‘सुरेश बाबु हेर न म त अप्रेशन गर्न न भ्याउने भए, मेरो आफ्नै भाइको लखनउमा देहान्त भएको छ म त त्यहाँ जसरी पनि जानुपर्छ ।’ म त झसङग भए म कस्तो ब्याड लक छु भनेर आफैलाई धिकारे र म ब्याड लक हो कि आउने सन्तान ब्याड लक हो चिन्तामा परे तर कतिपय बुजुर्गले भने–‘ब्याडलक होइन बच्चा जन्मनु भनेको इश्वरका बर्दान हो धर्तीमा आएपछि मात्र उ मानव हुन्छ । उसको मर्जी नभएसम्म धर्तीमा आउँदैन ।’ डा.श्रीवास्तवले भन्नुभयो–‘म अरु एकजना डाक्टरलाई भन्दिन्छुु उहाँले अप्रेशन गर्दिनु हुन्छ राम्रै हुन्छ ।’ म निकै चिन्तामा परे मेरी श्रीमतीको पनि त्यही हालत भयो । हाम्रो इच्छा थियो कि नियमित चेकअप गर्ने सँग नै अप्रेशन गराउ र अरुको सल्लाह पनि त्यस्तै थियो । मैल भने–‘म्याम तपाई कहिले फर्किने ?’ म त बुधवार या विहीवार फर्किन्छु, उहाँको जवाफ थियो । मैले भने–‘त्यतिबेलै अप्रेशन गर्दा हुँदैन, हामीलाई अरुबाट अप्रेशन गराउने मनै छैन ।’ अनि उहाँले भन्नुभयो–‘यसबारेमा म केही भन्न सकिदिन्न । अप्रेशन गर्ने समय भइसकेका छन् बीचमा केही भइहाल्यो भने म जिम्मेवारी लिईदिन ।’ टेन्सनले पागल भए जस्तो लाग्यो के गरौ के गरौ जस्तो भयो । श्रीमतीसँग सोधे उनले पनि के गर्ने के गर्ने भनिन् ।
त्यसपछि मैले पुनः डा.श्रीवास्तवलाई फोन गरे र भने–‘म्याम अप्रेशन त तपाईबाट नै गराउने इच्छ छ तर अब तपाई जे भन्नुहुन्छ त्यही गर्छु ।’ अनि उहाँले भनिन्–‘४ बजेको मेरो फल्याट् छ, एकछिन् मेरो घरमा आउनुस् । प्यासेन्ट हेरौ अनि डिसिजन गरौला ।’ हामी डा.श्रीवास्तवको घरमा गयौं १ः३० बजे । उहाँले चेकअप गर्नुभयो । सबैथोक ठिक छ भन्नुभयो । तर, अप्रेशन गर्ने समय एकदम नजिक आइसकेकाले बीचैमा पनि कही हुनसक्छ, त्यसैले अप्रेशन गराउँदा नै ठिक हुन्छ, भन्नुभयो । मेरी श्रीमतीले मानिन् र भनिन–‘म्याम जे हुन्छ हुन्छ, यतिका दिन पर्खियौ अब दुई चार दिन पर्खेर भएपनि तपाईबाट नै अप्रेशन गराउने ।’ त्यसपछि डा.श्रीवास्तवले अब भगवानको इच्छा, मेरो विचारमा अप्रेशन गराउँदा नै ठिक तर अब तपाईहरु भन्नुहुन्छ भने ठिक छ म विहीवार (मंसिर ६ गते) फर्केपछि अप्रेशन गरिदिउँदा भन्नुभयो । हामी पनि पशुपतिनाथलाई एकपटक सम्झे र कोठा फर्के पशुपतिनाथको दयाले अहिलेसम्म केही भएको छैन । चिन्ता र डरसँगै विहीवारको पर्खाइमा छु ।