Labels

Wednesday, November 26, 2014

नेपाल आएर के के भने मोदीले ?




जनकपुर भ्रमण किन रद्द भयो ? (भिडियोसहित)


नेपालले मलाई जति माया दिएको छ, त्यसलाई म कहिल्यै विर्सन सक्दिन । त्यसकारण म नेपालको धेरै धेरै अभारी छु । आज जुन ट्रमा सेन्टरको लोकार्पण भइरहेको छ एक प्रकारले यो जीवन रक्षाको अभियान हो । मानिसको जीवन बचाउने सबैभन्दा महत्वपूर्ण समय हो । अगर अन्तिम समयमे मानिसलाई उपयुक्त उपचारको सुविधा मिले र प्रोपर ट्रिटमेन्टको सहारा मिले मानिसको जीवन बचाउन सकिन्छ । नेपाल र भारतको मैत्री सम्बन्धको यो उत्तम उपहार हो यो र एक किसिमले जीवनको सौगात दिइरहेको छ । त्यस्तो उपहार जसले जीवनको सौगात दिइरहेको छ त्यो हामीलाई जडदेखिनै जोड्छ । हामीलाई जीवनसँग जोड्छ, हाम्रो अरमानसँग जोड्छ र हामीलाई अरमान पूरा गर्नका लागि प्रयास गर्ने शक्ति दिन्छ ।

Wednesday, November 12, 2014

सरकारमा जाने बारे यस्तो छ मधेशवादी नेताको गुदी कुरा


संयुक्त प्रस्तावबारे आफ्नै पार्टीबाट अलोचना खेप्न थालेपछि सत्ताधारी दलका नेताहरुले त्यसलाई कमजोर पार्न र एमाओवादी नेतृत्वको २२ दलीय मोर्चालाई तोड्न अहिले नयाँ रणनीति अघि सारेका छन् । सत्ताधारी दल काँग्रेस र एमालेले मोर्चामा आवद्ध मधेशवादी दलका नेताहरुलाई सरकारमा आउन प्रलोभन दिइरहेको खुलासा सो दलका नेताहरुले आफै गरेका छन् ।
सरकारलाई समावेशी बनाउने नाममा एमालेका अध्यक्ष केपी ओलीले स्वयं मधेशवादी दलका नेताहरुसँग भेटेर सरकारमा आउन प्रस्ताव गरेका छन् भने उता काँग्रेसका महामन्त्री कृष्ण सिटौला र सोही पार्टीका नेता आमोदप्रसाद उपाध्यायले मधेशी नेताहरुसँग भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

Tuesday, November 11, 2014

म मन्त्री बन्नका लागि सभासद् बनेको होइन

sarita yadav (1)
तपाई वर्तमान सविधानसभाका सबभन्दा कान्छी सभासद् हुनुहु्न्छ, सविधान निर्माणको प्रकृयालाई कसरी लिनु भएको छ, संविधान कसरी निर्माण भइरहेको छ ?
सविधान निर्माणका कार्य धेरै हदसम्म अगाडि बढेको छ । विगतको सविधानसभामा भएको सहमतिलाई आत्मसात गर्दै नयाँ विषय अर्थात् विवादीत विषयहरुमा सहमति जुटाउने काम भइरहेका छन् । प्रमुख दलहरु दिनरात त्यसैमा लागेको जस्तो देखिन्छ । हामी बाहिरबाट हेर्दा ठूला दलहरु विभिन्न छलफलमा जुटेको देखिन्छ । त्यसबाहेक अन्य समितिहरुमा पनि छलफलहरु जारी नै छन् ।

तमलोपा र फोरम गणतान्त्रिक सरकारमा जाने

काठमांडू/तराई मधेश लोकतान्त्रिक पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टीलाई सरकारमा ल्याउने पहल भइरहेको जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले सार्क शिखर सम्मेलनअघि नै एमाओवादी नेतृत्वको २२ दलीय मोर्चामा आबद्ध रहेका तमलोपा र मोर्चा बाहिर रहेका फोरम गणतान्त्रिकलाई पहिलो चरणमा सरकारमा ल्याउने तयारी भइरहेको छ ।

Sunday, November 9, 2014

सात प्रदेशको विरोधमा काँग्रेसका मधेशी सभासद्ले बुझाए हस्ताक्षर




काठमाडौ कात्तिक २३ गते । काँग्रेस र एमालले ल्याएको सात प्रदेशको विरोध गर्दै काँग्रेस पार्टीका २४ जनासभासद्ले पार्टीका सभापति एवं प्रधानमन्त्री सुशिल कोइरालालाई हस्ताक्षर बुझाएका छन् । मधेशको भावना विपरित एमालेको लहैलहैमा आएर यो प्रस्ताव आएको भन्दै काँग्रेसका अधिकाँशसभासद्हरुले त्यसको विरोध गरिरहेका छन् ।

Saturday, November 8, 2014

प्रचण्डलाई खुट्टा नकमाउन मधेशवादी दलको आग्रह

काठमाडौं कात्तिक २२ गते । मधेशवादी दलका नेताहरुले एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई खुट्टा नकमाउन आग्रह गरेको छ । अध्यक्ष प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाले आज जनकपुरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्ने क्रममा मधेशी नेताहरुले सो आग्रह गरेका हुन् ।
विगतमा मधेशलाई पाँच प्रदेशमा विभाजन गर्न एमाओवादीले पनि साथ दिएको आरोप लगाउँदै यो सविधानसभामा एमाओवादीले खुट्टा कमाउन नहुने धारणा राखेका थिए । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले भने, प्रचण्डजी तपाई खुट्टा नकमाउनुस् हामी तपाईको साथमा छौं । काँग्रेस एमालले ल्याएको प्रस्तावलाई जसरी हामी संयुक्त रुपमा विरोध गरिरहेका छौ त्यसलाई निरन्तरता दिऔं भने प्रस्तावको बारेमा सोच्न बाध्य हुनेछ । यसबीचमा हामीमध्ये कसैले खुट्टा कमायो भने देशका लागि ठुलो पराजित सावित हुनेछ ।’

मधेश आन्दोलनः एक समिक्षा

–सुरेशकुमार यादव


विषय प्रवेश
नेपालको मधेश भन्नाले मुलुकको दक्षिण समतल भूभागलाई जनाउँछ । मधेशको क्षेत्रफल (२२ जिल्ला) नेपालको कुल भूभाग २३ प्रतिशत अर्थात ३४०१९ वर्ग किमि रहेको छ । पूर्वदेखि पश्चिममा गरी मधेश क्षेत्रको लम्बाई ५०० माइल र उत्तर दक्षिणको चौडाई सरदर २० माइल रहेको छ । समुन्द्र सतहबाट औसत ५०० मिटरसम्मको अग्लो भूभागको मेधश क्षेत्रमा सबै समतल भूभाग मात्र नभएर शिवालिक पर्वत श्रृखलाको पहाडि प्रकारको भूभाग पनि केही जिल्लाहरुमा पर्दछ । नेपालका प्रायशः सबै महत्वपूर्ण नदीहरु जस्तै मेची, कन्काई, कोशी, कमला, वागमती, नारायणी, राप्ती, बबई, कर्णाली र महाकाली मधेश भएरै बगेका छन् ।
नेपालको ५० प्रतिशतभन्दा बढी जनसँख्याको बासोवास रहेको मधेश क्षेत्रले पूर्व, दक्षिण र पश्चिम गरी भारतको पश्चिम बंगाल, विहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यहरुलाई छोएको छ । यही क्षेत्रमा परम्परागत रुपमा बसोबास गरि आएका विभिन्न जातजातिका गैर नेपाली मातृभाषा भएका गैर पहाडि मूलका मानिसहरुलाई मधेशको मूल बासिन्दा मधेशी भनिन्छ । जसको आफ्नै मौलिक सँस्कृति, भाषा, भेषभुषा, जीवशैली र मौलिक पहिचान रहेको छ ।

काँग्रेसका लागि मधेशवादी दलको सुराकी गर्छन् मण्डल

काठमाडौ कात्तिक ९ गते । सशक्त रुपमा आएका मधेशको राजनीतिक एका एक रणनीति रुपमा किन कमजोर भयो भने कुराको खोजी मधेशी राजनीतिकमा भएको छ । मधेश आन्दोलनपछि गठन भएको दलमा विभिन्न प्रकारका व्यक्तिहरुको घुसपैठ भएको छ र त्यहाँ हुने गतिविधिको रिर्पोटिगं अन्य ठाउँमा हुने गरेका कारण मधेशवादी दलको यतिका कमजोर भएका छन् र रणनीतिक फेल भएको ठहर गरेको छ ।
ती दलमा कोही पत्रकार भएर जासुसी गरिरहेका छन् भने कोही नागरिक समाज त कोही बुद्धिजिवि भएर जासुसी गरिरहेका छन् । तीमध्ये अग्रपंक्तिमा मधेशी नागरिक समाजका अध्यक्ष गणेशकुमार मण्डल रहेका छन् । मधेशवादी दलहरुमा उनलाई काँग्रेस पार्टीको सुराकीको रुपमा लिएको छ । मधेशी नागरिक समाजको नामबाट मधेशवादी दलसँग सम्पर्क गर्ने र त्यहाँ भएका कुरालाई काँग्रेसमा पुर्याउने काम गरिरहेको पार्टी स्रोतहरुले जनाएका छन् ।

तमलोपाभित्र तिब्र असन्तुष्टि




काठमाडौं, कात्तिक २० – तराई मधेश लोकतान्त्रिक पार्टीभित्र चुलिएको आन्तरिक विवाद समाधान नभएपछि सो पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष महन्थ ठाकुर समक्ष १३ बुँदे माग तेर्साएको छ । पार्टीभित्र देखिएको गुट उपगुटले पार्टीको कुनैपनि क्रियाकलाप अगाडि नबढेको र पार्टी कुनै एक व्यक्ति र एकै समुदायको हातमा गएको आरोपहरु लागि रहेका छन् । पार्टीभित्र एउटा गुटको नेतृत्व सोही पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले गरिरहेका छन् भने अर्को गुटको नेतृत्व महामन्त्री एवं प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले गरिरहेका छन् ।   यी दुई गुटका चलखेलका कारण हालसम्म पार्टीले महाधिवेशन गराउन सकेको छैन भने प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठक लगभग १५ महिनादेखि बस्न सकेको छैन । कम्तीमा प्रत्येक महिनामा एक पटक बस्ने केन्द्रीय कार्य सम्पादन समितिको औपचारिक बैठक लगभग छ महिनादेखि बस्न सकेको छैन । पार्टीका अध्यक्ष ठाकुरले आफैले गरेका निर्णयलाई आफै उल्टाउन लागेकोमा उनको तिब्र विरोध हुन थालेको छ ।

सात प्रदेशविरुद्ध कांग्रेसका मधेसी सभासदको हस्ताक्षर अभियान

नेपाली कांग्रेसका मधेसी सभासदहरुले आफ्नै पार्टीले अघि सारेको सात प्रदेशको प्रस्तावविरुद्ध हस्ताक्षर संकलन गरेका छन् ।
पार्टी नेतृत्वले एमालेसँग मिलेर सात प्रदेशको साझा प्रस्ताव तयार पारेपछि कांग्रेसका मधेसी केन्द्रीय नेता एवं सभासदहरुले हस्ताक्षर अभियान चलाएका हुन् । कांग्रेसका ५० जना सभासदको हस्ताक्षर संकलन भइसकेको छ ।
यसरी हस्ताक्षर गर्नेमा राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव, अमरेशकुमार सिंहदेखि मोरङका सभासद अमृत अर्याल समेत रहेका छन् । हस्ताक्षर अभियानका एक सदस्यका अनुसार सात प्रदेशविरुद्ध तराई-मधेसका ५७ सभासदले नै हस्ताक्षर गर्ने सहमति जनाइसकेका छन् ।
आफ्नो प्रस्तावलाई सम्वाद समितिमार्फत् प्रक्रियामा छिराई दुई तिहाइमार्फत् पारित गराउने कांग्रेस र एमालेका नेताहरुको योजनामा मधेसी सभासदको असहमतिले ठूलो झड्का लागेको छ । कांग्रेसमा ५० सभासदले असहमति जनाएपछि अब संविधानसभामा सत्तापक्षले लैजाने ७ प्रदेशको प्रस्ताव पारित नहुने स्थिति आएको छ ।

भारत चुपचाप बस्यो भने सरकारलाई १० महिनामा घुँडा टेकाउँछौ

–जयकृष्ण गोइत
अध्यक्ष, जनतान्त्रिक तराई मुक्ति मोर्चा

माओवादी छाडेर २०६१ सालदेखि स्वतन्त्र तराईको माग गर्दै सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइत संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सरकारसँग वार्ता गर्न चाहन्छन् तर सरकारले सो शर्तलाई वेवास्ता गर्दै आएका छन् । सरकारले विषेश सुरक्षा योजना लागु गरेपछि सशस्त्र गतिविधि सुस्ताएको छ यद्यपी गोइतले भारतको भूमिका खोजेका छन् उनी भन्छन्, भारत चुपचाप बसिदिए भने १० महिनामा नेपाली सरकारलाई घुँडा टेकाई दिन्छौ ।’ यही र यस्तै विषयमा रातोपाटीले भूमिगत रहेका गोइतसँग फोनमा गरेको कुराकानीको मुख्य अंश