Labels

Saturday, November 8, 2014

काँग्रेसका लागि मधेशवादी दलको सुराकी गर्छन् मण्डल

काठमाडौ कात्तिक ९ गते । सशक्त रुपमा आएका मधेशको राजनीतिक एका एक रणनीति रुपमा किन कमजोर भयो भने कुराको खोजी मधेशी राजनीतिकमा भएको छ । मधेश आन्दोलनपछि गठन भएको दलमा विभिन्न प्रकारका व्यक्तिहरुको घुसपैठ भएको छ र त्यहाँ हुने गतिविधिको रिर्पोटिगं अन्य ठाउँमा हुने गरेका कारण मधेशवादी दलको यतिका कमजोर भएका छन् र रणनीतिक फेल भएको ठहर गरेको छ ।
ती दलमा कोही पत्रकार भएर जासुसी गरिरहेका छन् भने कोही नागरिक समाज त कोही बुद्धिजिवि भएर जासुसी गरिरहेका छन् । तीमध्ये अग्रपंक्तिमा मधेशी नागरिक समाजका अध्यक्ष गणेशकुमार मण्डल रहेका छन् । मधेशवादी दलहरुमा उनलाई काँग्रेस पार्टीको सुराकीको रुपमा लिएको छ । मधेशी नागरिक समाजको नामबाट मधेशवादी दलसँग सम्पर्क गर्ने र त्यहाँ भएका कुरालाई काँग्रेसमा पुर्याउने काम गरिरहेको पार्टी स्रोतहरुले जनाएका छन् ।
मधेशी नागरिक समाज गठन गरेपनि त्यसलाई अन्य कार्यमा क्रियाशिल गराउने भन्दा पनि जासुसी गर्ने टुलको रुपमा प्रयोग गरिरहेका छन् । अध्यक्ष मण्डल निकट रहेका मधेशवाणी सप्ताहिकका सम्पादक राजेश अहिराजले मण्डल मेहनती र लिंक भएको व्यक्ति रहेको बताए । तर त्यसको आडमा उनले के गर्छन् आफूलाई थाह नभएको अहिराजले बताए ।
सप्तरी निवासी अध्यक्ष मण्डल काँग्रेसका सक्रिय कार्यकर्ता हुन् । पहिलो र दोस्रो सविधानसभामा काँग्रेस पार्टीको प्रचार प्रसार गर्नुको साथै मत पनि त्यही हालेका थिए तर उनी राजधानीमा आफूलाई मधेशी भनेर मधेशवादी दलको निकट भएर काँग्रेसलाई सुचना बेच्ने काम गरिरहेका छन् । सुजाता कोइराला, मृदुला कोइराला, अर्जुनरसिह केसी, रामचन्द्र पौडेललगायतका नेताको नियमित सम्पर्कमा रहेका अध्यक्ष मण्डलले पहिलो सविधानसभा चुनावमा मधेशवादी दललाई फुटाउन निकै सक्रिय रहेको बताइन्छ । सप्तरी जिल्लाका काँग्रेस अध्यक्ष दिनेश यादवले पनि उनी काँग्रेस पार्टीका कार्यकर्ता भएको स्वीकार गरे । जिल्लामा आउँदा काँग्रेस गतिविधिमा सक्रिय हुन्छन्, कुरा गर्छन् तर काठमाडौमा के गर्छन आफूलाई थाह नभएको उनले रातोपाटीलाई बताए ।
मधेशमा यस्तो राजनीतिक उथल पुथल भइसक्दा पनि मधेशी नागरिक समाजको तर्फबाट कुनै भूमिका नदेखाएको र समाजलाई खाने भाँडो मात्र बनाएको प्रति मधेशवादी दलका युवा तथा नेताहरु मण्डलप्रति चिढिएका छन् । कोटेश्वरमा एउटा फल्याट लिएर बसेका परिवारसहित बसेका मण्डलको अरु कुनै व्यवसायी छैन त्यसको उसको दिनचार्या कसरी चलेका छन् मधेशी समाजमा चर्चाको विषय बनेको छ । मधेशी नागरिक समाजको नाममा कुनै नकुनै कार्यक्रम गर्ने भनि नेतादेखि, उद्योगपतिहरुबाट पैसा उठाउने र कार्यक्रम नै नगरिकन पैसा पचाई दिने गरेका आरोप पनि उनीमाथि छ । समाजको गठन भएको यत्रो समय हुँदा पनि एउटा कार्यालय सञ्चालन गर्न नसकेका मण्डलले कार्यालय झोलामा नै सञ्चालन गरिरहेका छन् । समाजको लेटरप्याड र स्टाम्प जतिखेर उनकै साथमा हुन्छ । किलयर व्यागमा राखेका हुन्छन् जे जे आवश्यकता हुन्छ त्यही प्रयोग गर्छन् ।
डा.बाबुराम भट्राई प्रधानमन्त्री रहेको बेला सो मधेशी नागरिक समाजको हैसियतमा काँग्रेसकै दुतभएर बालुवाटार छिरेका थिए । ब्यूराक्रेसीको सरकार गठन गराउनका लागि भएको पहलमा नागरिक समाजको तर्फबाट उनी बालुवाटार छिरेका थिए र त्यहाँ भए भरको रिर्पोटिगं काँग्रेसमा गरेका थिए । त्यस्तै शिक्षण अस्पतालमा आमरण अनसन बसेका डा.सिके राउतका अनसन तोडाउनलाई पनि मण्डलले नै पहल गरेका थिए । काँग्रेसका रामचन्द्र पौडेललाई भनेर उनी अनसन तोडाउन लगाएका थिए ।  
ratopati

No comments:

Post a Comment