Labels

Friday, June 6, 2014

आपत्तिजनक अवस्थामा हवल्दार पक्राउ

अवैध यौन क्रियाकलापमा संलग्न भएको आशंकामा प्रहरीले महोत्तरीको बर्दिबासका दुई लजबाट शुक्रबार दुई जोडी युवा युवतीलाई पक्राउ गरेको छ ।
बर्दिबासमा रहेको जय मा पञ्चधुरा गेष्ट हाउस र गौरी शंकर होटलमा छापा मारी प्रहरीले दुई जोडी युवा युवतीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ पर्ने एक जना पुरुष सशस्त्र प्रहरीका हवलदार भएको स्थानीय बासिन्दाले जनाएका छन । उनीहरु पक्राउ परेको स्थानभन्दा तीन किलोमिटर टाढा सशस्त्र प्रहरीको छिन्नमस्ता गण रहेको छ ।
बर्दिबासका गेष्ट हाउस र लजमा अवैध यौन क्रियाकलाप हुने गरेको सूचनाको आधारमा होटलमा छापा मारिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।
एकीकृत सेवा केन्द्र बर्दिवासका प्रमुख नवराज बराल र प्रहरी उपरीक्षक शर्मा नेतृत्वको टोलीले बर्दिबासका आधा दर्जन लज तथा गेष्ट हाउसमा छापा मारेको थियो । प्रहरीले छापा मार्न थालेको थाहा पाएपछि केही जोडी फरार भएका स्थानीय बासिन्दाले बताएका छन् ।
प्रहरीले अघिल्लो हप्ता पनि बर्दिबासको एक गेष्ट हाउसबाट एक जोडी युवा युवतीलाई आपत्तीजनक अवस्थामा पक्राउ गरेको थियो । पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिबासका होटल र गेष्ट हाउसहरुमा यौन क्रियाकलाप गर्न सजिलो हुने देखिएपछि बाहिरका अवैध जोडीहरु बर्दिबास आउन थालेका हुन् ।
प्रहरीले धनुषाको ढल्केवरको गेष्ट हाउसमा निगरानी बढाएपछि यौनकर्मी जोडीहरु बर्दिबासतिर आउन थालेका हुन् । गएको मंलबार ढल्केबरमा रहेको एक होटलबाट पनि प्रहरीले एक जोडीलाई पक्राउ गरेको थियो ।
ujyaalo

No comments:

Post a Comment