Labels

Saturday, June 28, 2014

रेणुलाई गाली गरेपछि शिवजी ६ महिनाका लागि निलम्बित

डा.शिवजी यादव
काठमाडौ आसार १३ गते । मधेशी जनअधिकार फोरम नेपालका कोषाध्यक्ष रेणु कुमारी यादवलाई सोही पार्टीका सभासद् एवं केन्द्रीय सदस्य डा.शिवजी यादवले गाली बेइज्जती गरेको आरोपमा पार्टीले उनलाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
केही दिन पहिले पार्टी कार्यालयमै उच्चारण नै गर्न नसक्ने शब्दमा शिवजीले गाली गर्दै रेणु यादवलाई ‘तिम्रै कारणले यो पार्टी बदनाम भएको हो र बर्बाद भएको हो । तिमी जबसम्म यो पार्टीमा रहन्छौ तबसम्म यो पार्टीको हविगत यस्तै रहन्छन्’ भनि उपेन्द्र यादवसँग जोडेर रेणु यादवलाई नानाथरीका गाली गरेको पार्टी स्रोतले जनाएको छ । रेणु यादव र शिवजी यादवबीच भनाभन भएको ठाउँमा सो पार्टीका महासचिव रामसहाय यादवसमेत उपस्थित थिए ।

पार्टी एकीकरणदेखि लिएर संगठन निर्माणलगायत तथा सभासद् चयनको विषयमा दुईजनाबीचमा कुराकानी भएको थियो । रेणु यादव तीन मधेशी दलको बीचमा एकीकरण हुनुपर्छ भन्ने पक्षमा छन् भने शिवजी यादव त्यसको विपक्षमा रहेका छन् । रातोपाटीका अनुसार पार्टीलाई करौडो रकम बुझाएर समानुपातिक सभासद् भएका शिवजी यादव त्यतिबेला चिढिए जतिबेला रेणु यादवको नाम २६ जना मनोनित हुने सभासद्को रुपमा चर्चा हुन थाल्यो । यतिका दिनदेखि पार्टीमा लागेपनि रकम बुझाएर सभासद् बन्ने अरु कोही त्यतिकै सभासद् बन्ने कुरा आफ्ना निकटहरुसँग गुनासो गरिरहेका हुन्छन् । यही विषयहरुमा दुईजना बीच कुरा नमिल्दा विवाद उत्पन्न भएको स्रोतको दावी छ ।
कोषाध्यक्ष रेणु यादवलाई गाली बेइज्जती गरेको आरोपमा पार्टीले शिवजी यादवलाई स्पष्टीकरण सोधेको थियो तर शिवजीले स्पष्टीकरण नै बुझेन । स्पष्टीकरण नबुझेपछि पार्टीको दुई दिनसम्म चलेको राजनीतिक समितिको विहिवारको बैठकले उनलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ ।
यस विषयमा शिवजी यादवसँग बुझ्दा आफूले कोषाध्यक्ष यादवलाई गाली गलौज नगरेको दावी गर्दै आफूमाथि लगाएको यो झुठो आरोप हो र पार्टीले निलम्बन गरेको नगरेको आधिकारीक जानकारी आफूकहाँ नआएको प्रतिकृया दिए ।

No comments:

Post a Comment