Labels

Tuesday, March 8, 2016

बाछी मात्र जन्माउने सरकारको यो उपाय


सुरेशकुमार यादव
काठमाडौ फागुन १२ गते । दुध उत्पादनमा कमी तथा गोरू र साँढेको उपयोगिता कम हुन थालेपछि सरकारले बाछी मात्र जन्मिने वीर्य (सेक्स सिमेन) वितरणको तयारीमा जुटेका छन् ।
दूध उत्पादनका लागि बाछाभन्दा बाछी उपयोगी रहेकाले पशुपक्षी मन्त्रालयअन्तर्गतको राष्ट्रिय दूग्ध विकास बोर्डले बाछी मात्र जन्माउन सेक्स सिमेन वितरण गर्न लागेको हो । बोर्डले टेण्डर गरि डेनमार्कसँग सम्झौता पनि गरिसकेको छ । बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तका अनुसार सो सेक्स सिमेन चैत्रको १२ गतेभित्र नेपाल आइपुग्ने छ र बैशाखदेखि त्यसलाई वितरण गरिने छ ।

हुन त तीन वर्षअघि पनि छसय मात्रा सेक्स सिमेन ल्याएर बोर्डले सफल प्रयोग गरिसकेको छ । त्यो सफल प्रयोगका कारणले नै यसपटक आठ हजार मात्रा ल्याएर वितरण गर्न लागिएको हो ।
त्यसबेला परीक्षणको क्रममा कूल मात्राबाट ९२ प्रतिशत बाछी मात्रै जन्मिएको थियो ।
बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तका अनुसार बोर्डले बाछी मात्र जन्माउन आठ हजार मात्रा (डोज) वितरण गर्ने तयारी भइरहेको र त्यसमा चार हजार होलेस्टेन फ्रिजन र चार हजार मात्रा जर्सी जातको गाईको हुनेछ । 
दुई हजार सात सयदेखि तीन हजार रुपियाँ पर्ने सेक्स सिमेनको मूल्य किसानसँग २५ रुपैयाँ प्रति मात्रा मात्र लिने बोर्डले जनाएको छ । निर्देशक पन्तले भन्नुभयो, ‘सेक्स सिमेन महँगो भएपनि हामीले एउटा किसानसँग २५ रुपैयाँ लिएर एक मात्रा उपलब्ध गराउछौं ।’ किसानलाई यो वितरणका लागि बोर्डका निर्देशक पन्तको संयोजकत्वमा एक समिति बनेको छ । सो समितिमा जिल्ला पशु सेवा कार्यालय, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, केन्द्रिय दुग्ध सहकारी संघ र राष्ट्रिय पशु प्रजनन महाशाखाका पनि प्रतिनिधि रहने जनाएको छ । सोही समितिले सिफारित गरे अनुसार वीर्य वितरण हुने बोर्डले जनाएको छ । निर्देशक पन्तका अनुसार यो सिमेनको प्रयोग गरेर बाछी मात्रै जन्माउन सकिने बताउँदै बाछी मात्रै जन्मिएपछि दूध उत्पादनमा पनि बृद्धि हुने विश्वास गरिएको छ ।
नेपालमा बैज्ञानिक रूपमा गर्भाधान गरिने पद्धती कार्यान्वयनमा नआएकाले बाछा जन्मिने सँख्या बढ्दो छ । बाछा जन्मिने बृद्धिसँगै नेपालमा पछिल्लो समयमा दूध उत्पादन हुने अभावलाई आपूति गर्न सरकारले यो विधिलाई कार्यान्वयनमा ल्याउन लागेको हो । नेपालमा वर्षेनी दूध उत्पादन ४ प्रतिशतले बढेपनि खपत भने ८ प्रतिशतका दरले बढ्दै गएको छ ।
नेपालमा बाछाको प्रयोग त्यति छैन । पोथीसँग सहवास गराउने र खेत जोताउने कार्य वाहेक अन्य काममा बाछालाई प्रयोग गरेको पाइदैन । विदेशतिर बाछालाई मासु खानका लागि पनि प्रयोग गर्ने गरेको पाइन्छ तर नेपालमा हलो तोत्ने र साँढेको रुपमा प्रयोग गर्नुबाहेक अरु उपयोगित नभएकाले बाछामा गरिएको लगानी व्यर्थ गएका कारण सेक्स सिमेन वितरणको योजना बनेको हो ।
सेक्स सिमेनको प्रयोग गरी उत्पादन भएको गाईले दैनिक २५ लिटरसम्म पोषिलो दूध दिन्छ । सामान्य जातका गाईले भने १२ लिटर दूध दिने गरेको छ । आठ हजार मात्रा वितरण गरेपछि उत्पादन हुने बाछीको सहयोगमा आगामी तीन वर्षमा डेढ लाख लिटरसम्म दूधको उत्पादनमा बृद्धि हुने बोर्डको दावी छ ।

No comments:

Post a Comment