Labels

Monday, June 16, 2014

सविधानसभामा तीन मधेशी दल एक ठाम

अन्योलमा रहेको तीन मधेशवादी (फोरम नेपाल, तमलोपा, सद्भावना) दलको एकीकरण प्रकृया बडो उत्साहजनक तथा सकारात्मक रुपमा अगाडि बढेको छ । लगभग दुई महिनापछि आज (सोमवार) साँझ तमलोपाको कार्यालयमा बसेको तीन दलका अध्यक्षसहित कार्यदलको बैठकमा नेताहरु एकीकरणका लागि निकै सकारात्मक रुपमा प्रस्तुत भएको सद्भावना पार्टीका युवा नेता एवं कार्यदलका सदस्य योगन्द्रराय यादवले बताए ।

सविधानसभामा तीन दलका सभासद्हरुले एउटै स्वर हुने भएको छ । त्यति मात्र होइन अव यी तीन दलले सडक आन्दोलन तथा संघर्षहरु पनि सँगै गर्ने पनि मौखिक सहमति भएको बताइन्छ । भोली (मंगलवार) देखि तीन अध्यक्षबीच हुने बैठकले पार्टीको नाम, झण्डा, चुनाव चिन्ह तथा नेतृत्वको बारेमा टुगों लगाइने बताइएको छ । यी विषयहरुको बारेमा कार्यदलले प्रतिवेदन पनि बुझाई सकेको छ । कार्यदलले बुझाएको प्रतिवेदनमाथि नै तीन अध्यक्षले कुराकानी गरिने बताइएको छ । सविधानसभामा तीन दलको एउटै विचार एउटै कुरा कसरी प्रस्तुत गर्न सकिने त्यस विषयमा सबभन्दा पहिलो टुगों लगाईने बताइएको छ । 

No comments:

Post a Comment