Labels

Wednesday, August 6, 2014

धर्मनाथ साहको कुरा सुनेपछि रामपृत पासवानले भन्यो, उम्मेदवार पनि सक्षम हुनुपर्छ

एमालेमा हारेका धर्मनाथ साहले भने ‘म भ्रममा थिए’ भने आर्टिकल पढेपछि सोही पार्टीका नेता रामपृत पासवानले भने,एमालेको महाधिवेशन बडो लोकतान्त्रिक प्रकृयाबाट सम्पन्न भएको छ । यो महाधिवेशनलाई ऐतिहासिक मानिएको छ । २ लाख ५६ हजार सदस्य रहेको यस एमाले पार्टीले देखाएको लोकतान्त्रिक विधिबाट अन्य दलले पाठ सिक्नु पर्ने हुन्छ । दलितहरुका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याइएको थियो जो भारतमा एम्बेडकरले गर्न खोजेका थिए सकेन । निर्वाचनमा गएको कारणले प्रतिस्पर्धा गर्नुपर्छ । निर्वाचनमा देश भरिका एमालेका मतदाताले भाग लिएका थिए । सबैले आआफ्नो च्वाइस अनुसार मतदान गरे । त्यसमा कोही हारे कोही जिते । त्यसका लागि कसैले चित्त दुखाउनु हुँदैन ।

मनिष सुमन किन चाहन्छन् बुढो हुन ?

काठमाडौ साउन २१ गते । प्रायः मान्छे जन्मेपछि जहिले पनि युवा तन्नेरी र हठ्ठाकठ्ठा रहन चाहन्छ र कामना पनि त्यही गरिरहेका हुन्छन् तर सद्भावना पार्टीका महासचिव मनिष सुमनलाई युवा अवस्था होइन बृद्धा अवस्था नै अचेल प्रिय लाग्ने थालेका छन् । उनले आफू युवा भएकै कारणले अवसरबाट बञ्चित रहेको पिडा पोखेका छन् । उनले कतिखेर युवाबाट प्रोढमा जाउँ र पार्टीले दिने अवसर प्राप्त गरौ जस्तो लाग्न थालेको धारणा राखेका छन् । उनले भने, जबसम्म युवा रहि रहन्छु तबसम्म कुनै अवसर पाउदिन जस्तो लाग्यो । अब चाँडै प्रौढमा जानुपर्छ ।’
 उनले अगाडी भने, मबाट गल्ति भएको छ कि म अरुभन्दा अलि ढिलो जन्मेको छु, अलि चाँडो जन्मेको भए म पनि अवसरबाट बन्चित हुँदैन थिए होला ।

Tuesday, August 5, 2014

एमालेमा हारेका धर्मनाथ साहले भने ‘म भ्रममा थिए’

धर्मनाथ साह
नेता, एमाले
म एमाले पार्टीमा राजनीतिक शुरु गर्दा कहिले पनि रंगीय तथा वर्गाीय विभेदको राजनीतिक गरिन र त्यस्तो अनुभाव पनि गरिन । मधेशको कतिपय ठाउँमा हामीले पहाडीलाई नेता बनाएका छौ । नेता बनाएर केन्द्रमा पठाएका छौ तर कहिले पनि उ पहाडी हो म मधेशी हुँ भने कुरा मनमा आएन । प्रदीप गिरीदेखि लिएर लिलानाथसम्मलाई सिरहामा हामीले नेता बनाएका हौं । हामीले पहाडी वा मधेशीको रुपमा कहिले देखेनौ एउटा नेतको रुपमा मात्र देखियौ । धनुषा सप्तरीमा पनि त्यस्ता थुप्रै पहाडि नेता छन् जसलाई मधेशीले नेता बनाएका हुन । यसपाली सिरहाबाट मधेशीले नै प्रचण्डलाई जिताएर पठाएको छ । अर्थात मधेशीले कहिले पनि पहाडीलाई पहाडीया भनेर विभेद गरेन तर पहाडी पार्टीले मधेशीलाई मधेशीया भनेर विभेद गरेको छ त्यो कुरा एमालेमा प्रष्ट देखिएको छ ।

तमलोपा र सद्भावना पार्टीको एकीकरण भयो भने म खुशी हुन्छु

-उपेन्द्र यादव
अध्यक्ष, मधेशी जनअधिकार फोरम नेपाल

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तमलोपा र फोरम नेपालबीच अध्यक्षमा कुरा नमिलेका कारण एकीकरण प्रकृया अवरुद्ध भएको आरोप छ के भन्नुहुन्छ ?
–म आरोप प्रत्यारोपमा जान चाहन्न । राजेन्द्रजीको कुरा म पनि सञ्चारमाध्यमबाट सुनेको हुँ । यो राम्रो कुरा होइन । तीन दलको एकीकरण कुरा प्रकृयामा छन् । प्रकृया नटुगेंसम्म यस्तो अभिव्यक्तिहरु आउनु राम्रो होइन ।

भारत पुगेर के भन्यो मोदीले ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्रोतसाधन, प्रतिभा र विविधताको धनी रहेको नेपाल चाँडै नै स्थिर, समावेशी र समृद्ध राष्ट्र बन्ने र त्यो दक्षिण एसियाकै लागि गर्व र बाँकी विश्वका लागि उत्पे्ररणा हुने बताउनुभएको छ ।

दुई दिने नेपाल भ्रमणबाट सोमबार फर्किएलगत्तै नयाँदिल्लीमा जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्री मोदीले नेपालसँगको आफ्नो व्यक्तिगत सम्बन्धमा भ्रमणले नयाँ आयाम थपेको जनाउनुभएको छ ।

आजको सांसदमा के बोले नेताहरुले ?

काठमाडौँ, २० साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले यही साउन १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गाविस वडा नं ५ स्थित जुरेमा गएको पहिरोले पु¥याएको क्षति र  सुनकासी नदी खुलाउन भइराखेका प्रयासबारे  सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख सुवासचन्द्र नेम्बाङसँग समय माग गरी एकीकृत नेकपा (माओवादी)का सांसद अग्निप्रसाद सापकोटाले जुरेको पहिरोले पुरिएर हालसम्म ३३ जनाको मृत्यु भएको, १५७ वटा घर पुरिएको, ११७ जना बेपत्ता भएको, ४३६ जना विस्थापित भएको र ४० जना घाइते भएको सदनलाई जानकारी गराउनुभयो ।

Monday, August 4, 2014

मधेशी नेतालाई यस्तो भने प्रधानमन्त्री मोदीले

काठमाडौ साउन १९ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेशवादी दललाई हिमाल पहाड तराईलाई मिलाउन सुझाव दिएको छ । मधेशमा सिके राउत जस्ता नेताहरु छुट्टै मधेशको कुरा गरिरहेको बेला मोदीले मधेशी नेतालाई यस्तो सुझाव दिएको हो । यति मात्र होइन कि मधेशको विकासलाई हिमाल र पहाडसँग जोड्नै पर्ने सुझाव आएको मधेशी जनअअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।

मोदीसँग भेट्दै मधेशी नेता

मधेशीवादी दलका नेताहरु प्रधानमन्त्री नरेन्द्र मोदीसँग ह्यात होटलमा सामुहिक रुपमा भेटीरहेका छन् । जय प्रकाश गुप्तासहित गएका मधेशी नेताहरुले शान्ति र सविधानको बारेमा कुरा राख्नुको साथै मधेश प्रदेशको पनि कुरा राख्ने स्रोतको दावी छ । विकासका लागि मुख्य एजेण्डा हुलाकी सडक नै हो । मधेशको मेरुदण्ड भनेको हुलाकी सडक भएको हुनाले त्यसलाई तीन वर्षभित्र पुरा गर्न मोदीलाई आग्रह गरिने बताइएको छ ।
मधेशवादी दलका नेताहरु मोदी नेपाल भ्रमणमा आउनुअघि साउन १६ गते प्रधानमन्त्री सुशिल कोईराला मार्फत ज्ञापनपत्र पनि बुझाएको छ । त्यसमा पनि उनीहरुले चारवटा कुरा उल्लेख गरेका छन् ।

मोदीसँग यी कुरा गर्छन् मधेशी नेता


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटमा मधेशवादी दलका नेताहरु के कस्तो कुरा गर्ने भनि तयारी साथ मधेशी नेताहरु आज मोदीलाई भेट्दैछ ।  २.४५ वजेदेखि ३.३० बजेसम्म ह्यातमा भेटन लागेक मधेशी नेताहरुले विकास निर्माणका साथै सविधान निर्माणमा विशेष जोड दिने भएका छन् । प्रधानमन्त्री नरेन्द्र मादीसँग सामूहिक भेटको क्रममा के के एजेण्डामा छलफल गर्ने विषयमा उनीहरु आपसमा छलफल गरिसकेका छन् ।

मोदीले के कारणले सबैको मन मोहे पढ्नुस् उनकै शब्दमा


म नेपालमा आउन पाएकोमा अत्यन्तै हर्षित छु ।  धेरै धेरै वर्षअघि एक यात्रु तीर्थालुको रुपमा म यहाँ आएको थिएँ । यो भनाइ कि एक पटक तपाईले नेपालको भ्रमण गर्नुभयो भने यो जीवनपर्यन्त सम्बन्धमा बदलिन्छ  । प्रथमतः यस सुन्दर देशको यात्रीको रुपमा म फेरि फर्केर आएको छु । प्रधानमन्त्रीको हैसियतमा पुनः आउन पाउँदा वास्तवमै मैले भाग्यशाली महशुश गर्छु । यो यस्तो यात्रा थियो जुन म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्नेवितिकै गर्न चाहन्थे किनकि हाम्रो नेपालसँगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकतामध्ये हो । निमन्त्रणा गर्नुभएकोमा म सरकार र नेपालका जनतालाई धन्यवाद दिन चाहन्छु । मसँगै मैले १२५ करोड भारतीय जनताको माया, शुभकामना र सदभावना लिएर आएको छु ।