Labels

Wednesday, August 6, 2014

धर्मनाथ साहको कुरा सुनेपछि रामपृत पासवानले भन्यो, उम्मेदवार पनि सक्षम हुनुपर्छ

एमालेमा हारेका धर्मनाथ साहले भने ‘म भ्रममा थिए’ भने आर्टिकल पढेपछि सोही पार्टीका नेता रामपृत पासवानले भने,एमालेको महाधिवेशन बडो लोकतान्त्रिक प्रकृयाबाट सम्पन्न भएको छ । यो महाधिवेशनलाई ऐतिहासिक मानिएको छ । २ लाख ५६ हजार सदस्य रहेको यस एमाले पार्टीले देखाएको लोकतान्त्रिक विधिबाट अन्य दलले पाठ सिक्नु पर्ने हुन्छ । दलितहरुका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याइएको थियो जो भारतमा एम्बेडकरले गर्न खोजेका थिए सकेन । निर्वाचनमा गएको कारणले प्रतिस्पर्धा गर्नुपर्छ । निर्वाचनमा देश भरिका एमालेका मतदाताले भाग लिएका थिए । सबैले आआफ्नो च्वाइस अनुसार मतदान गरे । त्यसमा कोही हारे कोही जिते । त्यसका लागि कसैले चित्त दुखाउनु हुँदैन ।

जो हारेका छन् त्यसले मतदाताको मन जित्न नसकेको बुझ्नुपर्छ । उम्मेदवारमा कुनै नकुनै कमजोरी पक्कै भएको हुनुपर्छ । तराई मधेशबाट पूर्ण सदस्यमा ९ जना सदस्यले उम्मेदवारी दिएका थिए भने ४ जना वैकल्पिकमा थिए । उता ३ जना पदाधिकारीमा उम्मेदवारी दिनु भएको थियो । माधव नेपालको पक्षबाट लालबाबु पण्डित, केपी शर्मा ओलीको पक्षबाट धर्मनाथ प्रसाद साह र रघुवीर महासेठले उम्मेदवारी दिनु भएको थियो । लालबाबु पण्डित पदाधिकारीमा हारेपनि सदस्यमा जित्नुभयो तर यी दुईजना पदाधिकारीमा र केन्द्रीय सदस्य दुवैमा हार्नुभयो । उहाँहरुमा पनि केही नकेही कमिकमजोरी भएको हुनुपर्छ अनि हारेको होला । नत्र अरु जित्ने उहाँहरु मात्र हार्ने किन यस्तो ? पार्टीले मधेशी उम्मेदवारमाथि विभेद गर्यो रे पनि हल्ला सुनियो । होला अलि अलि त्यस्तो भएको होला तर पूरै विभेद नै भएको हो भन्ने कुरा म पत्याउदिन । सबैतिरबाट भोट तान्ने र ल्याउन सक्ने उम्मेदवार हुनुपर्छ । कति मतदातालाई तान्न सकिन्छ, कतिलाई प्रभावमा लिन सकिन्छ त्यो उम्मेदवारमा भर पर्छ । समाज नै विभेदकारी छ । एक अर्कालाई विभेद गरेका छन् । तर बाहिर आएको कुरा जस्तो छैन ।
उहाँहरु सबैसँग सल्लाह गरेर नै उम्मेदवारी दिनु भएको हो । उहाँको तयारी पनि राम्रै थियो बाहिर देख्दा । आफ्नो गुटमा लविगं गरेको मैले देखेको छु । माहौल राम्रै पाएको थिए सबैको तर अन्त्यमा गएर कहाँ विग्रियो, बुझ्न सकिन । मेरो पनि इच्छा थियो कि म पनि उम्मेदवारी दिउँ तर साथीहरुले सल्लाह दिए कि दलितको प्रतिनिधि भएर आउनुस् म त्यसै गरे र सफल पनि भए । हरेक क्षेत्रमा विभेद छ मैले पनि भोगेको छु र त्यो विभेद हटाउनका लागि सबैले प्रयास गर्नुपर्छ सबैले संघर्ष गर्नुपर्छ अनि मात्र सम्भव छ । आफू जित्दा राम्रो हुने, हार्दा विभेद भयो भन्ने यो कुरा अलि सुहाएन जस्तो लाग्छ । अरु बेला पनि यस्तै कुराहरु बोल्नु पर्यो संघर्ष गर्नुपर्यो ।

No comments:

Post a Comment