Labels

Monday, August 4, 2014

मधेशी नेतालाई यस्तो भने प्रधानमन्त्री मोदीले

काठमाडौ साउन १९ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेशवादी दललाई हिमाल पहाड तराईलाई मिलाउन सुझाव दिएको छ । मधेशमा सिके राउत जस्ता नेताहरु छुट्टै मधेशको कुरा गरिरहेको बेला मोदीले मधेशी नेतालाई यस्तो सुझाव दिएको हो । यति मात्र होइन कि मधेशको विकासलाई हिमाल र पहाडसँग जोड्नै पर्ने सुझाव आएको मधेशी जनअअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।

मधेशमा उत्पिडन छन् भन्दा मोदीले त्यसका लागि तपाईहरुले संघर्ष गर्नैपर्ने हुन्छ र त्यो पनि एक भएर सुझाव दिएको तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले बताए । उनले मधेशको मुक्तिका लागि एक भएर संघर्ष गर्न मधेशी नेताहरुलाई सुझाव दिएका छन् । भेटघाटमा सहभागि तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले मधेशको विकासलागि भारत गम्भिर छ, तर मधेशलाई पनि समग्र नेपालको विकाससँग नै जोड्ने प्रतिवद्धता मोदीबाट आएको बताए । प्रधानमन्त्री मोदीले मधेशी नेताहरुलाई सविधान निर्माणमा पनि ध्यान दिन सुझाव दिएको बताइन्छ । उनले नेपालको लागि सबभन्दा ठुलो उपलब्धि भनेको सविधान निर्माण हो र मधेशी नेताले त्यसका लागि संघर्ष
गनुपर्ने सुझवा दिए ।
त्यसैगरि मधेशको मुक्तिका लागि हिमाल, पहाड र तराई मिल्नुपर्ने सुझाव प्रधानमन्त्रीबाट आएको मधेशी जनअधिकार फोरम नेपालका अधयक्ष उपेन्द्र यादवले बताए । उनले नेपालको विकासका लागि हिमाल पहाड र तराई मिल्नै पर्ने कुरामा मोदीले जोड दिएको बताए । मधेशवादी दलका नेताहरुले हुलाकी सडक, रेल्वे सेवालगायतका कुरा मोदीसँग कुरा राखेको थिए । भेटको क्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेश समता पार्टीका अध्यक्ष मेघराज नेपालीले आआफ्नो धारणा राखेका थिए ।

No comments:

Post a Comment