Labels

Tuesday, August 5, 2014

एमालेमा हारेका धर्मनाथ साहले भने ‘म भ्रममा थिए’

धर्मनाथ साह
नेता, एमाले
म एमाले पार्टीमा राजनीतिक शुरु गर्दा कहिले पनि रंगीय तथा वर्गाीय विभेदको राजनीतिक गरिन र त्यस्तो अनुभाव पनि गरिन । मधेशको कतिपय ठाउँमा हामीले पहाडीलाई नेता बनाएका छौ । नेता बनाएर केन्द्रमा पठाएका छौ तर कहिले पनि उ पहाडी हो म मधेशी हुँ भने कुरा मनमा आएन । प्रदीप गिरीदेखि लिएर लिलानाथसम्मलाई सिरहामा हामीले नेता बनाएका हौं । हामीले पहाडी वा मधेशीको रुपमा कहिले देखेनौ एउटा नेतको रुपमा मात्र देखियौ । धनुषा सप्तरीमा पनि त्यस्ता थुप्रै पहाडि नेता छन् जसलाई मधेशीले नेता बनाएका हुन । यसपाली सिरहाबाट मधेशीले नै प्रचण्डलाई जिताएर पठाएको छ । अर्थात मधेशीले कहिले पनि पहाडीलाई पहाडीया भनेर विभेद गरेन तर पहाडी पार्टीले मधेशीलाई मधेशीया भनेर विभेद गरेको छ त्यो कुरा एमालेमा प्रष्ट देखिएको छ ।

एमालेबाट रामचन्द्र झाले छाडेर एमाओवादीमा गए र त्यहाँ उहाँलाई स्थायी समितिमा नराख्दा मैले सोचेका थिए कि एमाओवादी पार्टी नै त्यस्तै हो । हाम्रो एमाले ठिक छ भनेका थियौ तर एमाओवादी भन्दा खतम भयो एमाले पार्टी अहिले लाग्न थालेको छ । मधेशी, आदिवासी तथा दलितलगायतलाई आरक्षणमा ल्याएको छ त्यो पनि केन्द्रीय सदस्यमा । पदाधिकारीमा कसैलाई ल्याएन किन त्यो मधेशी भएकाले हो ? के मधेशी हुनु अपराध हो ? पार्टीलाई मधेशीको भोट चाहिन्छ, मधेशी जनता चाहिन्छ तर मधेशी नेता चाहिँदैन किन ? यी सबै प्रश्न मेधशी जनताले सोध्न थालेका छन् । म लगायत रघुवीर महासेठ, लालबाबु पण्डितले पदाधिकारीमा उम्मेदवारी दिएका थिए तर तीनैजनामध्ये हामी कोही आएनौ किन ? के हामी त्यो लायक थिएनौ । हामीलाई त्यहाँ जानी जानी हराएको छ । भोट क्रसिगं भएको छ ।  म ओली पक्षमा थिए ओलीका अरु अरु जित्ने तर म मात्रै किन हार्ने । किन के कारण हुन सक्छ । म निष्कर्षमा पुगेको छु कि त्यहाँ मधेशीमाथि भेदभाव भएको हो । एमाले पार्टी मधेश विरोधी पार्टी हो भनि आरोप थियो । मलाई त्यस्तो लागेको थिएन । यो कुराको खण्डन म आफै गर्थै जनतामाझ तर होइन रहेछ । म भ्रममा थिए । आरोप साँच्चै रहेछ । अब हामी पार्टीमा दुईलाइनको संघर्ष चलाउँछौ पार्टीमा । पहिलो चरणमा मधेशी जनतासँग छलफल गर्छौ त्यसपछि पार्टीमा यो कुरालाई कसरी राख्न सकिन्छ त्यो विषयमा छलफल गर्छौं । यो विषयमा जिल्ला जिल्ला बहस शुरु भएको छ मधेशी जनता तातिएको छ । हामी समयको इन्तजारमा छौ ।
स्रोत, सहाराटाइम्स

1 comment:

  1. हाम्रा मधेश क नेता हरु ले बेला बुद्धि पुर्याए को भए, आज को संयम सम्म मधेशी जनता हरु को यस्तो आवस्था नेपाल मा हुने थिएन, मधेशी लाई पधाधिकारी मा जान दिन्छ ,त्यो पनि एमाले पार्टी मा , बरु सुर्य पश्चिममा उदाउला तर मधेशी एमाले को पधाधिकारी बन्न सक्दैन.

    ReplyDelete