Labels

Friday, July 5, 2013

तमलोपाले भने, वार्तामा आउ


सुरेशकुमार यादव
काठमाडौ असार १९ गते । तरार्इ मधेश लोकतान्त्रिक पार्टीले अन्य मधेशवादी दलसँग एकीकरण्ा गर्नका लागि वार्ता प्रक ृयालार्इ तिब्रता दिने निर्ण्ाय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधवार बसेको सचिवालय बैठकले मधेशका सम्पूर्ण्ा दलसँग एकीकरण्ाका लागि प्रक ृया अगाडि बढाउने र एकीकरण्ाका लागि जो बढी सकारात्मक हुन्छ त्योसँग एकीकरण्ा गर्दै जाने सहमति गरेको बताइएको छ । पार्टीका उपाध्यक्ष्ा व ृष्ोशचन्द्र लालले पार्टी एकीकरण्ाका लागि आफूहरु धेरै सकारात्मक रहेको बताउँदै राजेन्द्र महतो अध्यक्ष्ा रहनु भएको सद्‍भावना पार्टीसँग वार्ता शुरु भएको बताउनुभयो । अध्यक्ष्ा अध्यक्ष्ाको बीचमा एकदुर्इ चरण्ा वार्ता भएको र त्यसलार्इ मूर्त रुप दिनका लागि त्यसलार्इ तिब्रता दिने उहाँले बताउनुभयो । उहाँले पार्टी एकीकरण्ाको बारेमा सद्‍भावना पार्टीका अध्यक्ष्ा महतोले दिएका अभिव्यत्तmिलार्इ आफ्‍नो पार्टीले सकारात्मक रुपमा लिएको बताउनुभयो । मधेशलार्इ पाँच टुत्रmा बनायो भन्दै मधेश दौडाहामा भएको बेला तमलोपाका अध्यक्ष्ा महन्थ ठाकुरलार्इ मधेशको गद्दार भन्दै अभिव्यत्तmि दिनु भएका सद्‍भावनाका अध्यक्ष्ा महतोले तमलोपासँग एकीकरण्ा गनर्े तयारीमा पुग्नु भएको छ । बैठकमा अध्यक्ष्ा महतोले यसअघि दिनुभएका अभिव्यत्तmिहरुको बारेमा चर्चा भएको थियो । तर, पुरानो कुरालार्इ विसर्ेर यदि पार्टी एकीकरण्ा सकारात्मक रुपमा अगाडि बढ्‍छ भने त्यसलार्इ नकोट्‍यार्इ एकीकरण्ाका लागि अघि बस्नु पनर्े बैठकमा सुभmावहरु आएको उपाध्यक्ष्ा लालले बताउनुभयो । सद्‍भावना पार्टीसँग एकीकरण्ाको चर्चा चल्नुभन्दाअघि यसैगरि उपेन्द्र यादव अध्यक्ष्ा रहनु भएको मधेशी जनअधिकार फोरम नेपालसँग पनि एकीकरण्ा गनर्े चर्चा निकै चलेको थियो । विभिन्न चरण्ामा वार्ताहरु पनि भएको थियो तर पार्टीको नेत ृत्व कसले गनर्े विष्ायमा विवाद टुगों नलागेपछि एकीकरण्ा हुन सकेका थिएन । उपाध्यक्ष्ा लालले उपेन्द्र यादवको पार्टी आन्दोलनमा छ चुनावमा जान्छ कि जाँदैन भनि निश्चित नभएको कारण्ाले हाल फोरम नेपालसँग एकीकरण्ा हुने सम्भावनामाथि शंका गरिएको बताउनुभयो ।  

No comments:

Post a Comment