Labels

Wednesday, July 10, 2013

के हुन् प्रचण्डका चार विकल्प ?

सुरेशकुमार यादव
काठमाडौ असार २६ गते । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टर्ीीे भावी संगठनात्मक सिद्धान्तबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
 पेरिडाँडास्थित पार्टर्ीीे केन्द्रीय कार्यालयमा बुधवार बसेको पार्टर्ीीदाधिकारीसहित पर्ूवस्थायी समिति सदस्य, पोलिट्ब्युरो सदस्य ब्युरो इन्चार्ज र राज्य समिति इञ्चार्जहरुको संयुक्त बैठकमा पेस गर्नुभएको प्रतिवेदनमा संगठन विस्तारका लागि चार विकल्प उल्लेख गर्नुभएको छ ।
    अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेस गर्नुभएको सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले असहमति जनाएपछि पार्टर्ीी उपाध्यक्ष डा.बाबुराम भट्र्राईले आफ्नो सम्पर्ूण्ा पदबाट राजिनामा दिनुभएको थियो । उहाँले राजिनामा दिएपछि केन्द्रीय समितिको बैठकले विस्तारीत बैठकमा जाने निर्ण्र्ाागरेको थियो । सोही बैठकमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गर्नका लागि अध्यक्ष प्रचण्डले विकल्पहरु अघि सार्नुभएको हो ।
    पार्टर्ीी प्रवक्ता अग्नी सापकोटाका अनुसार अध्यक्ष प्रचण्डले संगठन सुदृढिकरणका लागि चारवटा विकल्प अघि सार्नु भएको छ । साउन ४ गते बस्न लागिएको विस्तारित बैठकमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि पदाधिकारी तथा पर्ूव स्थायी समितिका सदस्यहरुसँग छलफल गर्नका लागि सो विकल्प अघि सार्नु भएको हो ।
    अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेश गर्नुभएको संगठनात्मक प्रतिवेदनलाई संशोधन गर्ने, फागुनमा सम्पन्न पार्टर्ीीे सातौ महाधिवेशन अनुसार नै संगठनलाई अगाडि बढाउने, पार्टर्ीी अध्यक्ष मात्र एकजना संयोजक रहने अरु बाँकी सबै सदस्य रहने, र आयोजक कमिटि गठन गरी संगठनात्मक अधिवेशन गर्ने गरी चार विकल्प अघि सार्नुभएको छ ।
प्रचण्डले पहिलो विकल्पका रुपमा केन्द्रीय समितिमा पेश गर्नुभएको संगठन निर्माणको प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने  विकल्पको रुपमा प्रस्ताव गर्नुभएको छ । सो प्रस्तावमा कृृष्णबहादुर महरा, वर्षान पुनः, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेललाई सचिव तथा हिसिला यमिलाई कोषाध्यक्ष� बनाउने उल्लेख गरिएको थियो तर त्यसलाई केन्द्रीय समितिले पास हुन दिएका थिएन ।
    प्रवक्ता सापकोटाका अनुसार अध्यक्ष प्रचण्डले राख्नु भएको विकल्पहरुमाथि बैठकमा सहभागि नेताहरुको धारणा राख्ने कार्य जारी रहेको छ । संगगनात्मक सिद्धान्तबारे ठोस नीति तय गर्ने सम्बन्धी एजेण्डामा छलफल गर्न महाधिवेशन सकिएको ६ महिनापछि विस्तारित बैठक बस्न लागेको हो ।
  अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा पार्टर्ीीत्रको केन्द्रीयतालाई ठोस आधारमा मानेर आगाडि बढ्ने कुरा उल्लेख गर्नुभएको उहाँले जानकारी गराउनुभयो । यस्तै प्रस्तावमा हेटौंडा महाधिवेशनले लिएको कार्यदिशा अनुसार संगठन निर्माण तथा कार्यविभाजन गर्ने तथा विस्तारीत बैठकपछि पार्टर्ीीई पर्ूण्ा रुपले निर्वाचनको तयारीमा लागाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । विस्तारीत बैठकपछि पार्टर्ीीक ढिक्का भएर अगाडि बढ्ने विश्वास पनि प्रतिवेदनमा गरिएको छ ।
    विस्तारीत बैठकपछि हरेक कुरालाई थाति राखेर सविधानसभाको तयारीमा पार्टर्ीीई परिचालन गर्ने धारणा अध्यक्ष प्रचण्ड राखेपछि बोल्ने नेताहरुले यसपालीको सविधानसभा चुनावमा सविधानसभा सदस्य चयनमा गम्भिरता अपनाउनुपर्ने धारणा राखेका थिए । नेता विश्वानाथ साहको अनुसार विगतको सविधानसभा चुनावमा समानुपातिकबाट सभासद् बनिसकेकालाई प्राथमिकता नदिने, चुनाव जित्न सक्नेलाई विशेष प्राथमिकतामा राखेर चुनावमा उठाउने तथा सविधानसभा र सविधानको बारेमा जानकारीलाई समानुपातिकमा पठाउने लगायतका धारणा राखेका थिए ।
 अध्यक्ष प्रचण्डको प्रस्तावमाथि टोपबहादुर रायमाझी, रामचन्द्र झा, वर्षान पुनः, अग्नि सापकोटा, उर्मिला आर्याल, दवेन्द्र पौडेल, गोपाल किँराती, शक्ति बस्नेतलगायतले आआफ्नो धारणा राख्नु भएको हो । नेता रामचन्द्र झाका अनुसार अधिँकाशले प्रचण्डले राखेको विकल्पमध्ये प्रचण्डले राखेकेा प्रस्तावलाई नै संशोधन गरेर लैजानुपर्नेलाई र्समर्थन गर्नुभएको छ भने कतिपयले संगठनात्मक अधिवेशनको विकल्पलाई पनि र्समर्थन गरेको छ ।

No comments:

Post a Comment