म दिलीप कुमार साह ३६ वर्षको युवा जवान हुँ तर यही उमेरमा आएर मृगौला प्रत्यारोपण भएको छ । म मात्रै आफ्नो घरपरिवारको सहारा भएकाले तपाईको सहयोगको अपेक्षा गरेको छु । सबै जायजथा र गरगहना बेचेर मृगौला प्रत्यारोपण गराएपनि मलाई अहिले दैनिक जीउन गाह्रो भएको छ ।
अहिले महिनाको ३५ हजारभन्दा बढी खर्च लाग्छ तर अहिले म आफैले पाँच पैसाको पनि जोगार गर्ने अवस्थामा छुइन । मसँग अहिले केही बाँकी छ भने त्यो हो पाँच धुर घडेरीमा एउटा झोपडी । त्यही झोपडीमा एउटा मृगौला मलाई दान गरिसकेकी प्यरालाइसीस रोगी श्रीमती, ब्रेन क्याटीजका रोगी आमा र मुटु रोगी बुवाको साथै तीन छोराछारी बस्छन् । अहिलेको अवस्था यस्तो छ कि श्रीमती, आमा बुवाको उपचार गराउ कि आफ्नो उपचार गराउँ कि छोरा छोरीलाई पालौ । मेरो एकदमै विचल्ली भएको छ ।
आफूसँग भएको सबै जायजथा बेचेर आफ्नी अर्धाग्नी देवकीको एउटा मृगौला आफ्नोमा ट्रान्सप्लान्ट गराए । मेरो दुईटै मृगौला फेल भइसकेको कुरा २०६८ सालमा थाह पाए । त्यसअघि मलाई कुनै रोगले छोएका थिएन । त्यसबेलासम्म मैले एउटा टेबलेटसम्म पनि खाएका थिइनन् । एकदिन सामान्य टाउको दुख्यो र रिङ्गटा लाग्यो र जँचाउन जाँदा दुइटै मृगौला फेल भएको थाह पाए ।
त्यो थाह पाएर म यस्तो रोगी भए कि ओछ्यानबाट उठ्ने अवस्था थिएन । सिकिस्त रोगी जस्तो भए । मृगौला जाँच गर्ने डाक्टरले यसको सबभन्दा राम्रो उपचार दिल्लीमा हुन्छ भन्नुभएको थियो । म त्यसैअनुसार दिल्लीको एम्स अस्पतालमा भर्ना भए । त्यहाँ छ महिनासम्म उपचार गराए । पाँचलाख भारु सक्यो तर कुनै सुधार आएन झन बल्झिदै गयो । त्यहीका केही व्यक्तिले भेलोर जान सल्लाह दिनुभयो । म भेलोरको सिएमसी अस्पतालमा पुगे । त्यहाँ उपचार पनि शुरु भयो । हप्ताको तीनपटक डायलोसीस शुरु भयो । मृगौला ट्रान्सप्लान्ट गराउन १४ लाख भारु लाग्ने अस्पतालले जनायो तर त्यसबेला आफूसँग १४ पैसा पनि थिएन भरभरका सबै रकम सिधिसकेको थियो । त्यसबेलासम्म त्यहाँ पनि सात लाख भारु खर्च भइसकेको थियो ।
रुपियाँ नभएको कारण मृगौला प्रत्यारोपण गराउन नसकेर मृत्युलाई स्विकार गर्दै निराश भइ घर फर्के । दिल्ली र भेलोर गरी १२ लाख भारु खर्च भइसकेको थियो तर कुनै प्रगति भएन । घर फर्किने बेला मैले डाक्टरलाई सोधे म घर फर्केपछि कति दिनसम्म बाँच्न सक्छु । डाक्टरले भन्नुभयो, २५ दिन अनि मैले सोचे यतै कतै २५ दिनसम्म बसेर ज्यान फ्यालि हालौ । तर मन फेरि परिवर्तन भयो । जे होस् दुई चार दिन घरपरिवारसँग बसेर मर्न पाए राम्रै हुन्थ्यो भनेर सरासर सिरहास्थित विद्यानगर आफ्नो घरमा आए । घरमा आफ्नो मृत्यूको दिन गिन्ती गर्दै ओछ्यान समाते । मृत्यूको बारेमा आफ्ना घरपरिवार कसैलाई पनि जानकारी दिइनन् । मेरो मृत्यूको तीनचार दिन बाँकी रहँदा गाउँलेहरु जवर्जस्ती उठाएर धरानसम्म पुर्याए । त्यहाँ डायलोसीस शुरु भएपछि म बाँचे ।
धरानमा पनि एक महिनासम्म डायलोसीस गराए त्यहाँ पनि दुई लाख नेपाली सक्यो जो अरु अरुबाट ऋणमा रकम उठाएका थिए । एक दिन डाक्टरले अब मृगौला प्रत्यारोपण गराएपनि बाँच्ने अस्था नरहेको जनाए । म पुनः निराश भएर घर फर्के । आखिर मर्नु नै छ भने घर परिवारको सामुनेमा नै मरु भनेर घर फर्केर मृत्यूको सैयामा पुगे । आफ्नो विगत र वर्तमान सम्झँदै मृत्यूलाई कुर्दै आँखाबाट आँसु झार्दै सैयामा सुति रहे । मेरो आँखामा आँसु कहिले सुकेन । तैपनि घरपरिवार श्रीमती छोराछोरी, आमाबुवाको सामुने आउँदा मुस्कुराई दिन्थे सन्त्वनाका लागि ।
एकदिन एकजना आफन्त आएर काठमाडौमा उपचार हुन्छ भनेर मलाई लिएर काठमाडौ हिड्नु भयो । मेरोलाई सायद उहाँ नै भगवान हुनुहुन्थ्यो । भक्तपुरको मृगौला प्रत्यारोपण केन्द्रमा गए त्यहाँ १४ लाख रुपियाँ माग गर्यो जो तत्कालै मेरालागि सम्भव थिएन । त्यहीको एकजना डाक्टरबाट महाराजगञ्जको टिचिगं अस्पताल सस्तो रहेछ भन्नुभयो । त्यहाँबाट म टिचिगं अस्पताल पुगे । सस्तो त रहेछ तर प्रकृया गाह्रो ।
तैपनि टिचिगंमा भर्ना भए । प्रकृया शुरु भयो । पालो कुरेर बसे । पालो कुरेर बस्दा, खान, बस्न, डायलोसीस तथा अन्य उपचार गराउँदा पाँच महिनामा १० लाख रुपियाँ सिध्यो । तर अझै पालो आएन । घरमा धान खेतीयोग्य जमिन रहेका १३ कठ्ठा जमिन पनि बेचि दिए त्यो बेलासम्म पनि मेरो मृगौला ट्रान्सप्लान्ट भएको थिएन । खेत बेचेर ल्याएको रकम पनि सिधिदै थियो । आधाभन्दा बढी रकम सिधिसकेको थियो । मृगौला ट्रान्सप्लान्टका लागि त्यहाँ १० लाख रुपियाँ लाग्दो रहेछ । अरु ठाउँभन्दा धेरै सस्तो । अब १० लाख रुपियाँ जसरी पनि जोगाएर राख्नुपर्छ तर रुपियाँ जोगाएर राख्न थाल्यो भने त्यहाँ खान बस्न र अनि औषधी खानमा समस्या हुने भयो । मेरो समस्याबाट अस्पतालका डाक्टरहरु पनि परिचित हुनुहुन्थ्यो । त्यहीका एकजना डाक्टरले ब्रहमस्थानी चेतनशील समाज महाराजगञ्जमा जान सुझाव दिनुभयो । त्यहाँ गएपछि मलाई दुई छाक खान र बस्न समस्या भएन । र मेरो मृगौला प्रत्यारोपन २०७० जेठ महिनामा सफल भयो । मेरी श्रीमती दवकीले आफ्नो एउटा मृगौला मलाई दिएर ज्यान बचाई दिनुभयो । अब हामी एउटा एउटा किड्नीले बाँच्न बाँध्य भयौं ।
प्रत्यारोपण सफलपछि शुरुको महिनासम्म महिनाको ७० हजार खर्च भयो औषधी र अन्य उपचारमा । त्यसपछि औषधी कटौती हुँदै गएपछि अहिले महिनाको ३५ हजार खर्च हुँदैछ । श्रीमतीको औषधीको खर्च छुट्टै छ । फेरि नियमित चेकअपका लागि टिचिगं जाँदा चेक गराउँदा जाँदा आउँदा एकपटकलाई १० हजारसम्म खर्च हुन्छ । मृगौला प्रत्यारोपनपछि झन घरायसी समस्या थपिएको छ । मसँग भएका सारा सम्पत्ति सिध्यो अब बाँकी छ पाँचधुर घडेरी र रोगी आमा बुवा । अब परिवार आमा वुवा छोरा छोरीका लागि भएपनि बाँच्न चाहन्छु । र, बाँच्नका लागि नियमित औषधी खानुपर्ने हुन्छ र तयसका लागि मसँग रकम नै छैन र अरु कुनै उपाय पनि छैन । त्यसका लागि तपाईहरुसँग सहयोगको आचना गर्दछु । तपाईको सहयोगले मेरो घरपरिवार र बालबच्चाले एक छाक खान पाउँछ मेरो औधषी उपचार चल्छ । तपाईले मलाई सहयोग गर्नुभो भने मेरो घरपरिवारले तपाईको भलाईका लागि प्रार्थना गर्नेछ । यदि हजुरले मलाई सहयोग गर्न चाहनु हुन्छ भने राष्ट्रिय वाणिज्य बैंकको मेरो खाता नम्बर २३९०००२०५४१० मा पठाउनु सक्नु हुन्छ वा फोन नं. ९८१४७४३४३ पनि सम्पर्क गर्न सक्नुहुन्छ ।

No comments:
Post a Comment