Labels

Sunday, April 6, 2014

एकीकरणमा पुनः देखियो उल्झन, पार्टीको नाममा विवाद

काठमाडौ चैत २३ । पार्टी एकीकरणको प्रकृया अन्तिम चरणमा पुगिसकेको दावी गरिरहेका तीन मधेशवादी दल (फोरम नेपाल, तमलोपा, सद्भावना पार्टी) बीच पार्टीको नाम लिएर विवाद उत्पन्न भएको छ । चैत २० गते र आज (चेत २३ गते) गरी दुईदिन बसेको बैठकमा आज पार्टीको नाममा पुनः विवाद उत्पन्न भएको छ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्ताव गरेको समाजवादी लोकतान्त्रिक फोरम नेपाल नामको पार्टीमाथि तमलोपा र सद्भावना पार्टी सहमत हुन सकेको छैन । स्रोतका अनुसार तमलोपा सहमत भएपनि सद्भावन पार्टी कुनैपनि हालतमा सहमत हुने पक्षमा देखिएको छैन । सद्भावना पार्टीले लोकतान्त्रिक सद्भावना फोरम नेपाल हुनुपर्ने जोड दिइरहेका छन् अथवा फोरम नेपालले प्रस्ताव गरेको नाममा कुनै नकुनै रुपमा सद्भावना शब्द समावेश हुनुपर्ने धारणा राखेका छन्

फोरम नेपालको तर्फबाट कार्यदलमा सहभागि नेताहरुले एकीकृत पार्टी लोकतान्त्रिक समाजावादी ढाँचामा गइरहेको छ भने पार्टीको नाम पनि त्यस्तै हुनुपर्ने आडान दोहोर्याएका छन् । यता सद्भावनाका एक नेताले भने, पार्टीको नाममा सद्भावना शब्द राखेन भने यसैकारणले एकीकरण नहुनसक्छ हाम्रो पार्टीको तर्फबाट फरकमत हुन्छ । तीन पार्टीको एकीकरण भइरहेको छ भने तीनटै पार्टीको अस्तित्व रहनुपर्छ । फोरम नेपालले प्रस्ताव गरेको झण्डामा सहमति भएको छ भने सद्भावना पार्टीको तीर छापमा सहमति हुने सम्भावना धेरै देखिएको छ ।
यता तमलोपाले पार्टीको नेतृत्व नै गर्न पाउने भन्दै कुनै कुरामा अडान देखाइरहेका छैन । पार्टीको अध्यक्ष नै भएपछि सानातिना कुरामा आफूहरुले कुनै अडान नदेखाएको एक नेताले बताए । तमलोपा पार्टी एकीकरणको पक्षमा रहेको छ सानोतिनो कुरामा आफ्नो पार्टी अल्झिदैन ती नेताले भने । पार्टीको नाम मिलाउन सकि हालेपनि नेतृत्वको विषयमा ठुलो विवाद आउने सम्भावना देखिएको छ । कार्यदलले एकजना मनार्थ अध्यक्ष र दुईजना कार्यकारी अध्यक्ष तथा अर्को कार्यकारी अध्यक्ष एकजना, एकजना कार्यकारी अध्यक्ष र एकजना सहअध्यक्ष हुने गरी पद बाँडफाँड हुनु गरे कार्यदलले प्रस्ताव तयार गर्न लागेको हो ।

No comments:

Post a Comment