Labels

Thursday, April 10, 2014

केजरीवालले झापड खाँदै नगद असुल्दै.....भएन गज्जवको झापड

काठमाडौ चैत २७ गते । अहिले भारत तथा नेपालको छेउ छाउ शहरमा झापड खाओस् केजरीवाल जस्तो भनि चर्चा छ । केजरीवालले जनताबाट झापड खाएवापत रकम पाइरहेका छन् सुन्दा अच्चम नमान्नु होला र त्यस्तै भएको छ यहाँ । दिल्लीका मुख्य मन्त्री एवं आम आदमी पार्टीका अध्यक्ष अरविंद केजरीवाल जनताबाट झापड खाँदा उनी घाटामा होइन फाइदामा नै छन् । झापड खाएपछि प्रायः मान्छे पिडित हुन्छ या त्यसमाथि एक्सन लिन्छन् तर केजरीवालको पार्टीलाई फाइदा भएको छ त्यो पनि नगद । त्यसैले त केजरीवालले झापड हान्ने व्यक्तिलाई गाली गर्नुको सट्टा फूलदानी प्रदान गरेर स्वागत गर्छन् ।

गत मंगलवार अटो ड्राइभरले केजरीवालमाथि हमला गर्दा उनको पार्टीलाई ८५ लाख रुपियाँ फाइदा भएको छ । पछिल्लो दुई महिनामा केजरीवालमाथि आमसभाको गरिरहेको अवस्थामा उनीमाथि देशभरी पटक पटक हमला भएको छ । गत २८ मार्चको दिन केजरीवालमाथि हरियाणामा एक अज्ञात व्यक्ति झापड हानेको थियो त्यसबेला ४२ लाख रुपियाँ पार्टीको फण्डमा आएको थियो । त्यस्तै साउथ दिल्लीको दक्षिणपुरीमा गत ४ अप्रिलमा केजरीवालमाथि हमला भएको थियो त्यसबेला एक करोडभन्दा बढी आम्दानी भएको थियो । बनारसमा केजरीवालमाथि कालो मसी छ्याप्दा १९ लाखको आम्दानी भएको थियो । अर्थात जसरी जसरी केजरीवालमाथि हमला हुन्छन् त्यसरी त्यसरी उनीमाथि सेमपेथी बढ्दै गएको छ । देशविदेशबाट उनको पार्टीलाई सहयोग गर्नेको ओइरो नै लागेको छ । भारतीय समाचारमाध्यम अनुसार सन् २०१२ देखि हालसम्म एकसय ११ देशका ८६६४९ जनाले सहयोग प्रदान गरेको छ । र अहिले आम पार्टीसँग २४.५३ करोड भारु रुपियाँ सहयोग प्राप्त भएको छ ।

No comments:

Post a Comment