Labels

Sunday, March 30, 2014

संशोधनसहित उपेन्द्र यादवको प्रस्ताव पारित

बाँकी काम गर्ने जिम्मा कार्यदललाई 
काठमाडौ चैत १६ गते । तीन मधेशीवादी दल (फोरम नेपाल, तमलोपा र सद्भावना पार्टी) बीच एकीकरण हुने कुरामा आशा जागेको छ । शंकै शंकाको बीचमा एकीकरणका लागि हुँदै आएको छलफलमा आइतवार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रस्ताव संशोधनसहित पारित भएको छ ।
बैठकमा सहभागि एक नेताका अनुसार उपेन्द्र यादवले छलफलको म्याण्डेटअनुसार तराई काँग्रेसदेखि सद्भावना परिषद् र मधेश आन्दोलनसम्मको विषय समावेश गरेर उपेन्द्र यादवले आफ्नो प्रस्तावलाई संशोधन गरेपछि आज उनको प्रस्ताव पारित भएको हो ।

Saturday, March 29, 2014

उपेन्द्र यादवको प्रस्तावमाथि छलफल जारी

काठमाडौ चैत १५ गते । तीन दलको एकीकरणका लागि जारी बैठकमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पेस गर्नुभएको प्रस्तावमाथि छलफल जारी रहेको छ । चैत ११ गते बसेको बैठकमा अध्यक्ष यादवले ६ पन्नाको लामो प्रस्ताव बैठकमा पेस गर्नुभएको थियो । सो प्रतिवेदनमाथि चैत १३ गते र आज (चैत १५ गते) गरी दुई दिन छलफल भयो ।

Thursday, March 27, 2014

कहाँ भयो उपेन्द्रको प्रस्तावमा असहमति ?


काठमाडौ चैत १३ गते । तीन पार्टीबीचमा एकीकरणका लागि मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पेस गर्नुको भएको प्रस्तावप्रति केही कुरामा दुई दलका नेताहरु असहमति जनाएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा आज (विहिवार) बसेको बैठकमा प्रस्तावमाथि छलफल हुँदा तमलोपा र सद्भावना पार्टीका नेताहरुले केही कुरामा असहमति जनाउँदै संशोधन गर्न अध्यक्ष यादवलाई सुझाव दिएको छ ।
आन्दोलनमा गजेन्द्र नारायण सहि

Wednesday, March 26, 2014

काठमाडौका सभासद्हरु

 नेपाल पत्रकार महासङ्घ, काठमाडौँ जिल्लाको आइतबार सम्पन्न निर्वाचन नवौँ अधिवेशनले अध्यक्षमा गोविन्द चौलागाईंलाई निर्वाचित गरेको छ भने उपाध्यक्षमा श्रीजन झा, सचिवमा रामकृष्ण अधिकारी, सहसचिवमा ज्ञानप्रसाद बास्तोला र कोषाध्यक्षमा सीता पोखरेल विजयी हुनुभएको छ । त्यस्तै गरि सदस्यहरूमा ममता कट्टेल (महिला), भौचप्रसाद यादव (मधेसी), सन्तोष बराइली (दलित), वीरबहादुर लामा (जनजाति) विजयी हुनुभएको छ भने खुलातर्फ सूर्य सुवेदी, कालिका महत, रामचन्द्र बस्नेत, नेत्रप्रसाद न्यौपाने, सतीदेवी उप्रेती, सुनिता कोइराला, अमिर लामा र रमेश वाग्ले विजयी हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका केन्द्रिय पार्षदहरु -

Tuesday, March 25, 2014

उपेन्द्रले दिए महन्थ र राजेन्द्रलाई छ पन्नाको ‘होमवर्क’

काठमाडौ चैत ११ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलमा हुने एकीकरणका लागि आशा जगाउनु भएको छ । आज (मंगलवार) तमलोपाको पार्टी कार्यालयमा होलीपछि बसेको पहिलो बैठकमा उपेन्द्र यादवले पार्टी एकीकरणको सैद्धान्तिक पक्ष समेटेर प्रारम्भिक मस्यौदा पेस गरेपछि अब एकीकरण हुन्छ भने कुरामा बैठकमा सहभागि नेताहरु ढुक्क देखिन्थे ।

Monday, March 24, 2014

एकीकरण तीन नेताको बीचमा हुन लागेको होइन

  • बृषेशचन्द्र लाल

एकीकरण भनेको लामो प्रक्रिया नै हो । तीन पार्टीबीचको एकीकरण हतार हतारमा भयो भने त्यो कुनै स्वार्थका लागि मात्र भएको हुनसक्छ । तमलोपा, फोरम नेपाल र सद्भावना पार्टीबीच भावनात्मक, मानसिक र संगठनात्मक रूपले एकीकरण हुन लागेको हो । हामी सबैको लक्ष्य लगभग एउटे हो । एउटै लक्ष्यका निमित्त मधेशमा एउटा बृहत राजनीतिक शक्तिको आवश्यकता थियो । यसका लागि यी तीनवटै पार्टी एउटै पार्टीको रूपमा आउने भन्ने हिसाबले एकीकरण प्रक्रिया अगाडि बढिरहेको छ ।

Thursday, March 20, 2014

राजेन्द्र महतोले ज्ञापनपत्र बुझाएपछि यस्तो भने प्रधानमन्त्रीले

जनकपुर बम काण्डमा आफ्ना पार्टीका उपाध्यक्ष एवं सभासद् सञ्जय साहलाई जवर्जस्ती फँसाईको हो भन्दै सो पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री सुशिल कोइरालालाई आज (विहीवार) ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष महतोले छानविनको आयोग गठनको माग गरेको छ र प्रधानमन्त्री सुशिल कोइरालाले पनि छानविन गर्ने आश्वासन दिएको छ ।
प्रधानमन्त्री कोइरालाले यति पुरानो मुद्दा र त्यसका दोषी समाति सकेपछि पनि कसरी यस्ता भयो यसको बारेमा आफूले गृहबाट बुझ्ने आवश्वासन दिएको बताइन्छ । अध्यक्ष महताले पढेर सुनाएको ज्ञापनपत्रमा के छः

Sunday, March 16, 2014

होली मस्तीके लेल होली.......

-सुरेशकुमार यादव
यतिखेर तराई रंगमय भएको छ । । राजधानीदेखि मधेसको हरेक ठाउँ जस्तै जनकपुर, सिरहा सप्तरी, वीरगन्ज, विराटनगर जहाँ पुगे पनि मानिसहरु रंगीन मुडमा देखिन्छ । माघमा हुने श्रीपंञ्चमीबाट परम्परागत ढंगले शुरु हुने होली फागुन लाग्ने वित्तिकै पुरौ माहौल रंगीन हुन जान्छन् । घरघरमा होलाीका गीत संगित तथा डम्फुहरु बज्न थाल्छन् । मिथिलाक्षेत्रको ग्रामीण क्षेत्रमा कुनै एक व्यक्तिलाई घरमा बोलाएर गधामा चढाएर गाउँमा घुमाएर रमाइलो गरेका हुन्छन् । होली प्रारम्भ भएपछि मिथिला परिक्रमा एवं महामूर्ख सम्मेलनजस्ता कार्यव्रmम पनि चलिरहन्छन् । वर्षभरि जतिसुकै झगडा किन नहोस, झगडियालाई चोकमा ल्याएर एक­अर्कामा मित्रता गाँसिदिने र त्यसको साक्षी हुनेहरूले दुवैलाई सक्दो भाङ  ख्वाउने चलनले होली पर्व आकर्षित भएको हो । मिथिला क्षेत्रमा देखिने अर्को विशेषता हो­ युवायुवतीबीच चल्ने रंगको जुहारी ।

Thursday, March 13, 2014

होलिको पूर्वसन्ध्यामा पञ्चकोसी परिक्रमाको महत्व


  • सुरेशकुमार यादव

तराई मधेशमा फगुवा (हाली) को रौनकसँगै पञ्चकोशी परिक्रममा शुरु भएको छ । फागुन महिनाको अमवस्यादेखि फागु पूर्णिमासम्म १५ दिन यो परिक्रमा चल्छ । पौराणितककालमा यो परिक्रममा साधुसन्तबाट हुने गर्दथ्यो तर अहिले गृहस्थलगायत सर्वसाधारणको पनि सहभागिता हुन थालेको छ । यसलाई मध्यपरिक्रमा पनि भनिन्छ । बृहत, मध्य र अन्तरगृह गरी यो परिक्रममा तीन प्रकारबाट सम्पन्न गरिन्छ । बृहत परिक्रमा उत्तरमा हिमाल, दक्षिणमा गंगा, पूर्वमा कोशी र दक्षिणमा गण्डकीसम्म हुन्थ्यो तर अहिले मध्यपरिक्रमा र अन्तरगृह परिक्रमा मात्र चलनमा छ ।
सँस्कृतिविद् रामदयाल राकेशले आफ्नो पुस्तक ‘मैथिली लोकसँस्कृति’ मा उल्लेख गरे अनुसार मध्यपरिक्रमाको सुरुआत अठारौ शताब्दीभन्दा पहिले नै भएको हुनुपर्छ र बीसौ शताब्दीसम्म आइपुग्दा महात्मा सुरकिशोर दासले यसलाई पाँच दिनबाट १५ दिनसम्म बनाए । परिक्रमामा धार्मिक मन्यता रामायणसँग जोडिएको पाइन्छ । परिक्रमा नेपाल र भारतको १५ स्थानको बसाईपछि सम्पन्न गर्ने गरिन्छ । जसमध्ये धनुषाको जनकपुर, धनुषाधाम, हनुमानगढी, औरही, सतोषर र पर्वता, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, धुव्रकुण्ड र कञ्चनवन, भारतको गिरिजास्थान फुलहर, कल्याणेश्वर, विशौल र करुणालगायतका ठाउँहरुको परिक्रमा गर्छन । परिक्रमाका भक्तजनहरुले करिब १२८ किलोमिटरको यात्रा गर्ने गर्छन् ।

होलीपछि मात्र हुने भो.....जोगिरा सररररररररर

काठमाडौ फागुन ३० गते । लामो प्रतिक्षा बसेका तीन दलको बैठक हालीपछिका लागि सरेको छ । विहीवार राती तमलोपाका अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको तीन अध्यक्ष फोरम नेपालको अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच भएको व्यापक छलफलमा एकीकरण हुने कुरा छँदैछ यसलाई मूर्तरुप दिन होलीपछि बस्न छ ।
स्रोतका अनुसार तमलोपाका अध्यक्ष ठाकुरले एकीकरण बारे के गर्ने भने उपेन्द्र यादवसँग सोधका थिए । त्यसपछि उपेन्द्र यादवले एकीकरणका लागि हतार किन, हरेक विषयमा छलफल गर्दै जाउँ, सबै विषयमा छलफल गर्दै किलियर गर्दै मात्र एकीकरणमा जाने जवाफ दिएका छन् ।

राती राती के हुँदैछ महन्थको निवासमा ?

काठमाडौ फागुन २९ गते । एकीकरण प्रकृया टुगिँने आशंका गरिएको अवस्थामा आज पुनः तीन दलका अध्यक्षबीच छलफल शुरु भएको छ । सानो ठिमीमा रहेको महन्थ ठाकुरको निवासमा भइरहेको छलफलमा एकीकरण हुने कि नुहुने कुराको टुगों लगाउन कसिएर बसेका छन् । उपेन्द्र यादवको कारण एकीकरण प्रकृया लम्बिएको ठहर गरेका तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकीकरण गर्नुहुन्छ कि गर्नुहुन्न, गर्ने हो भने कहिलेलगायतका कुरामा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग जर्वजस्तसँग कुरा गर्ने बुझिएको छ र त्यही तयारीका साथ पनि दुई नेता पुगेका छन् । अब देखना हैं कि उट किस करबट लेते है ।

Wednesday, March 12, 2014

तीन दलको एकीकरणमा लुकामारी खेल


काठमाडौ फागुन २८ गते । मधेशका प्रमुख तीन मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच अहिले एकीकरणका लागि लुकामारी खेल भइरहेका छन् । फागुनको पहिलो साता यी तीन दलबीच हुने औपचारीक छलफलका लागि २५ गतेपछिका लागि बैठक तय भएको थियो तर आज तीन दिनभयो, तीन नेताको बीचमा लुकामारीको खेल भइरहेका छन् ।

Tuesday, March 11, 2014

अब त दूध नखाए हुने भयो होइन त ?

सरकारी स्वामित्वको दूध विकास संस्था डीडीसीले उपभोक्तालाई लक्षित प्रशोधित दूधको भाउमा प्रतिलिटर ६ र ८ रुपैयाँका दरले वृद्धि गरेको छ । डीडीसी सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी दूधको मूल्य बढाएको खबर आजको कान्तिपुरमा छापिएको छ ।
 किसानहरुले दूधको लागत बढेकाले मूल्य बढाउन आन्दोलन थालेपछि डीडीसीले भाउ बढाउनुपरेको भनेको छ ।
 डीडीसीका निमित्त महाप्रबन्धक रामतपेश्वर चौधरीका अनुसार उपभोक्ताले २५ रुपैयाँमा किन्दै आएको आधा लिटर स्ट्यान्र्ड दूध (नीलो प्याकेट) को २८ रुपैयाँ र ३० रुपैयाँमा बिक्री हुँदै आएको हरियो रङको फुल क्रिम मिल्क आधा लिटरलाई ३४ रुपैयाँ तिर्नुपर्नेछ ।

केपी सर ककस भनेको के हो भन्ने थाह छैन भने यो पढ्नुस् त



ककस कहिले र कहाँबाट शुरुभयो भन्ने विषयमा विवादित वहस भएपनि सन् १७६३ मै दक्षिण अमेरिकामा यसको प्रयोग सबैभन्दा पहिले गरिएको अनुमान गरिन्छ। जोन अडाम्स, ब्रेनटि्र, म्यासाचुसेट्सले सो शब्दावलीको प्रयोग सबैभन्दा पहिले गरेको मानिन्छ। ककसलाई बैठक, सभा, जमघट, कंग्रेस, कन्फरेन्स, कन्भेन्सन, सेसनको नामले पनि बाह्यमुलुकमा अर्थ्याउने गरिन्छ। यस्तै सन् १७८८ मा अमेरिकामा ककसलाई राजनीतिक क्लवकोरुपमा प्रयोग गरिएको थियो। त्यसैले ककस विशुद्ध अमेरिकन शब्द हो भनेर भन्न सकिन्छ। सोपछि बेलायत, क्यानडा, भारत लगायतका देशहुँदै नेपालमा पनि यसको नाम जोडिन   पुग्यो। नेपालमा वि.सं. २०५८ सालमा पहिलो पटक महिला सभासद समूह ख (ककस) को गठन भयो। सो पछि २०६५ पुस १८ गते महिला सभासद समूह (ककस) भनेर गठन भयो। पहिलो संविधानसभामा आदिबासी जनजाति ककसको पनि गठन भएको थियो।

भोली निर्णायक वार्ता

मधेशका तीन दल मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीचको एकीकरण बारे भोली निर्णायक वार्ता हुने भएको छ । फागुन २५ गतेसम्म नेताहरु विहेवारीमा व्यस्त रहेका कारण भोली २८ गते निर्णायक वार्ता हुने बुझिएको छ ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २६ वा २७ गते बैठक बस्ने भनेका थिए तर काठमाडौभन्दा बाहिर भएका कारणले भोली निर्णायक वार्ता हुने बताए । फोरम नेपालका कोषाध्यक्ष रेणु यादवको छोराको विहे सकाएर वीरगंजबाट सप्तरी गएका अध्यक्ष यादव फागुन २७ गते मंगलावार मात्र काठमाडौ फर्केका छन् । अध्यक्ष ठाकुरले भने जस्तो २६ वा २७ गते बस्ने समय तय नभएको बताउँदै उपेन्द्र यादवले फागुन २५ गतेपछि बस्ने आफूले भनेको बताए ।
भोलीको बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग तमलोपाका अध्यक्ष ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले स्पष्ट रुपमा कुरा राख्ने र उनीबाट स्पष्ट जवाफ आए पनि नआएपनि एकीकरणको प्रकृया अगाडि बढ्ने बताइएको छ । यदि उपेन्द्र यादव एकीकरणका लागि आलटाल गरे महतो र ठाकुरले मात्र एकीकरणको प्रकृयालाई अगाडि बढाउने त्यसमा अन्य मधेशवादी दललाई पनि समावेश गराउने मनस्थितिमा यी दुई नेता रहेको बुझिएको छ ।


Sunday, March 9, 2014

उपेन्द्रजी नआएपनि हामी छुट्टै एकीकरण गर्छौ

–राजेन्द्र महतो
मधेसमा भइरहेको शोषण उत्पीडनका विरुद्ध लड्नका लागि मधेसी दल वा शक्तिहरु एकजुट भएर लड्नुपर्छ भन्ने धारणाको विकास अहिलेदेखि नभएर २२ वर्षदेखि नै भएको हो । यद्यपि त्यसले पूर्णता पाउन सकेन । हाम्रो पार्टीको स्थापनादेखि नै त्यसको मूल उद्देश्य भनेको नागरिकता, समानता, समावेशिता, सम्मान जस्ता विषय थिए र त्यो प्राप्तिका लागि सबै दलहरु मिलेर अघि बढ्नुपर्छ भन्ने थियो । त्यतिवेला अहिलेको जस्तो मधेसकेन्द्रित दलहरु थिएनन् । हामी एक्लै थियौं ।
पहिले–पहिलेको चुनावमा कांग्रेस एमालेका मधेसी नेताहरु मधेसको मुद्दा हामी उठाउँछौं । हामी मधेसलाई अधिकारसम्पन्न गराउँछौं भनेर भोट माग्थे र अन्त्यमा उस्तै उत्पीडन, अन्याय र शोषणमा मधेसी जनता बस्नुपथ्र्यो । त्यतिवेला हाम्रो पार्टीले मधेसका सवालमा मिलेर काम गर्न अन्य पार्टीका नेताहरुसँग धेरैपटक छलफल ग¥यौं । तर सफल हुन सकेन र विस्तारै मधेस आन्दोलन हुँदै मधेशकेन्द्रित दलहरुको सँख्यामा वृद्धि भएको हो । अघिल्लो संविधानसभाको निर्वाचनमा पनि हामी एकताबद्ध भएर चुनाव लड्न त सकेनौं तर आन्दोलनमा सँगसँगै थियौं । त्यतिवेला नै चुनावमा एकताबद्ध भएर जानुपथ्र्यो तर सकिएन ।

Saturday, March 1, 2014

उपराष्ट्रपतिले भने, गल्ति नदोहर्याउ

काठडमाडौ फागुन १७ गते । उपराष्ट्रपति परमानन्द झाले एकवर्षभित्र संघीय सविधान निर्माण गर्न सविधानसभा सदस्यहरुलाई सुझाव दिनुभएको छ । विगतमा जे जस्तो कमिकमजोरी भए त्यसलाई नदोहोर्याई तोकिएको समयमा सविधान निर्माण गर्न उहाँले सुझाव दिनुभयो ।
सिरहा जिल्लाबाट प्रत्यक्ष तथा समानुपातिकबाट सविधानसभा सदस्य हुनु भएका सम्पूर्ण सभासद्लाई सिरहा समाज सेवाले स्वागत तथा सम्मान गर्न शनिवार आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति झाले सो सुझाव दिनुभएको हो ।
गत सविधानसभामा नै चाहेको भए सविधान निर्माण हुन्थ्यो तर विभिन्न बाहानामा सविधान निर्माण नगरी आलटाल गरेर समय खेर फालेको बताउँदै उहाँले वर्तमान सविधानसभामा अब त्यो कुरा नहुने कुरामा आफू विश्वस्त रहेकाले तोकिएको समयमा सविधान निर्माण गर्न उहाँले आग्रह गर्नुभयो । एकवर्षभित्रमै सविधान निर्माण हुन्छ भने कुरामा नेपाली जनता पनि ढुक्क रहेको बताउँदै उहाँले सबैलाई जित बुझ्दो सविधान निर्माण गर्न उहाँले सुझाव दिनुभयो ।

मधेशी युवा अर्को आन्दोलनको तयारीमा

काठमाडाँै, फागुन १७ गते । मधेश आन्दोलनको उपलब्धिस्वरुप तत्कालीन सरकारसँग भएको आठबुँदे सम्झौता अझसम्म कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरिएको छ ।
अन्तरपार्टी मधेशी युवा सञ्जालले शुक्रबार राजधानीमा आयोजना गरेको ‘मधेश आन्दोलनः आठबुँदे सम्झौताको समीक्षा र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।
आफ्नै मुलुकमा मधेशी समुदायमाथि वर्षौदेखि हुँदैआएको विभेद अन्त्य गर्न मधेश जनविद्रोह भएको र त्यस जनविद्रोहको उपलब्धिको रुपमा तत्कालीन सरकारसँग आठबुँदे सम्झौता भएको बताउँदै उहाँहरुले छ वर्ष वितिसक्दा सम्झौता कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँहरुले मधेश आन्दोलनको उपलब्धिहरु संस्थागत हुनुपर्ने आवश्यकतासमेत औल्याउनुभयो ।