Labels

Monday, March 24, 2014

एकीकरण तीन नेताको बीचमा हुन लागेको होइन

  • बृषेशचन्द्र लाल

एकीकरण भनेको लामो प्रक्रिया नै हो । तीन पार्टीबीचको एकीकरण हतार हतारमा भयो भने त्यो कुनै स्वार्थका लागि मात्र भएको हुनसक्छ । तमलोपा, फोरम नेपाल र सद्भावना पार्टीबीच भावनात्मक, मानसिक र संगठनात्मक रूपले एकीकरण हुन लागेको हो । हामी सबैको लक्ष्य लगभग एउटे हो । एउटै लक्ष्यका निमित्त मधेशमा एउटा बृहत राजनीतिक शक्तिको आवश्यकता थियो । यसका लागि यी तीनवटै पार्टी एउटै पार्टीको रूपमा आउने भन्ने हिसाबले एकीकरण प्रक्रिया अगाडि बढिरहेको छ ।

एकीकरणका लागि हाम्रो उत्साह हराएको छैन । हामी एउटा राजनीतिक लक्ष्य निर्धारण गरेर मधेशका निम्ति एउटा बृहत राजनीतिक शक्ति निर्माणको प्रक्रियामा लागेका छौं । जसलाई हामी तीनवटै पार्टीको एकीकरण भनेर अगाडि बढाएका हौं । यसमा नेतृत्वको कुरा मिल्नुप¥यो, संगठन कसरी चलाउने भन्ने कुरा मिल्नुप¥यो, कानुनी हिसाबले कसरी एकीकरणको प्रक्रिया पूरा गर्नेलगायतका कुरा निर्धारण गर्नुप¥यो । यसका साथै एकीकृत भइसकेपछि पार्टीको सञ्चालन कसरी गर्ने, संगठन कसरी अगाडि बढाउने त्यसको रणनीति पनि तयार गर्नुप¥यो । त्यसैले यी सबै कुरा हतार हतारमा हुँदैन । सञ्चारमाध्यमा आएको जस्तो कहि कतै कुरा अड्किएकै छैन । यो अल्लि लामो प्रक्रिया नै हो । यसमा कार्यव्यस्तताले कहिले काँही हामीले निर्धारित गरेका बैठकहरूमा ढिला अवश्य भएको होला । यसमा कहिले एकदम सौहार्दपूर्ण वातावरण आउँछ भने कहिले कुनै कुनै कुरामा फरक फरक मत पनि आउँछ । फरक–फरक मत पनि आउन जरूरी छ । फरक– फरक मतलाई लुकाएर एकीकरण गरियो भने त्यो पनि राम्रो हुँदैन । फरक मतहरूमा मन्थन गरेर एकमतमा पु¥याउनु पर्छ । 
यी तीनवटै पार्टीबीच बलियो एकीकरण हुन्छ भन्ने मलाई विश्वास छ । र, सम्पूर्ण मधेशी जनताको जुन आंकाक्षा छ त्यो पूरा पनि हुन्छ । म जनतालाई आह्वान गर्न चाहन्छु कि जनता पनि बढी जागरूक हुनुप¥यो । जुन राजनीतिक लक्ष्यका निमित्त मधेशका जनता संघर्ष गरिरहेका छन् त्यसका निमित्त एकीकृत पार्टीको आवश्यकता छ । युवा, विद्यार्थी, बृद्धिजीवि र पत्रकारहरूले त्यसका निमित्त दबाब बढाउँदै जानुपर्छ । र, यसमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ ।
एकीकरणको कुरा लिएर मधेशी जनतामा केही निराशा देखिएको छ र त्यो स्वभाविक पनि हो तर निराश हुने कुरा छैन किनभने हामी निष्क्रिय भएका छैनौं । यो प्रक्रियामा केही बाधा अवरोध आउनु स्वभाविकै हो । मधेशी पार्टीहरूको एकीकरणले धेरै नेताको स्वार्थलाई सिधै चुनौती दिन्छ । कतिपय राजनीतिक पार्टीहरू छन् तिनको राजनीतिक स्वार्थलाई पनि मधेशी दलहरू एक भयो भने चुनौती दिन्छ । हाम्रो समाजमा धेरै स्वार्थी तत्वहरू छन् । तिनीहरूले विभिन्न खेलहरू खेलिरहेका छन् । सामान्य रूपमा राजनीतिक विश्लेषण गर्नेहरूले सामान्य रूपमा बुझ्न सक्ने कुरा हो कि मधेशीहरूको एकीकृत पार्टी भयो भने मधेशको राजनीतिमा नै थप नयाँ भुँइचालो आउँछ । समीकरण परिवर्तन हुन्छ । र, धेरै ठाउँमा सन्तुलन बनाउनुपर्ने हुन्छ । तत्कालको स्वार्थ पूर्ती गर्नेहरूले पनि एकीकरण नभई दिए हुन्थ्यो भन्ने सोच राखेका छन् ।
कुनै राम्रा कामहरु गर्न थाल्यो भने त्यसमा विभिन्नकोणहरुबाट बाधाहरु आउँछन् तर तर, एकीकरण चाहनेहरू यसबाट कुनै पनि प्रकारले आत्तिनु हुँदैन । यस्ता बाधाहरूलाई छिचोल्दै अगाडि बढ्नु नै नेताहरूको काम हो । मलाई विश्वास छ सद्भावना पार्टीका राजेन्द्र महतो, मधेशी जनअधिकार फोरमका उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरजी यति परिपक्क हुनुहुन्छ । उहाँहरू यी सबै कुरा बुझ्दै हुनुहुन्छ । उहाँहरूबीचमा निरन्तर संवाद जारी छ । एकै ठाउँमा बसेर घन्टौं छलफल गर्ने प्रक्रियामा कम भएको भने हुनसक्छ । पार्टी एकीकरणको एउटै स्वार्थ हुनुपर्यो तीनटै नेता सम्मानजनक स्थान पाउनु पर्यो कुनैले कुनैबाट हिनताबोध गर्ने अवस्था नआओस् । त्यस्तै, जिल्ला तहका साथीहरूको पनि समान र महत्वपूर्ण भूमिका कायम राख्नुप¥यो । कुनै एउटा पार्टी अर्को पार्टीमा मिलिरहेको छैन बरू हामी एकीकृत भएर अगाडि बढिरहेका छौं । र, बलियो भएर निस्कन्छौं । त्यसका निमित्त धेरै कानुनी प्रक्रियाहरू छन् । केही औपचारिक प्रक्रियाहरू पनि पार्टीहरूले पूरा गर्नुपर्ने हुन्छ । यी सबै मिलाउन समय लाग्छ । त्यसैले समय लागोस् तर बलियो भएर एकीकरण होस् ।
नेतृत्व भनेको तीनजनाको नेतृत्वको मात्र कुरा होइन । नेतृत्व तहमा अन्य नेताहरू पनि हुनुहुन्छ । उहाँहरूलाई सम्मानित र महत्वपूर्ण स्थान दिनुपर्छ । र, त्यसको निर्णय गर्न हामीले आफ्ना सबै सुझावहरू उहाँहरू समक्ष राखिसकेका छौं । हामीले अब तपाईंहरू अब निर्णय गर्नुहोस् भनेका छौं ।  हामीले प्रतिवेदन बुझाएकोपछि तीन–चार पटक बैठक बस्यो । नेताहरू एउटा सहमतिमा पनि आउनुभयो । र, यसमा केही राजनीतिक कारण पनि होला । पार्टीभित्रका प्रक्रियाहरू पनि पूरा गर्नुपर्ने होला । र, हरेक पार्टीमा तपाईं अन्दाज गर्न सक्नुहुन्छ, केही यस्ता साथीहरू पनि हुनुहुन्छ जो एकीकरण प्रति सकारात्मक हुनुहुन्न । त्यसैले उहाँहरूलाई पनि चित्त बुझाएर एकीकरण प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । 
हामी आफैं सोच्छौं एउटा कुरा गर्न चाहन्छौं अर्को कुरा । हामी हरेक पार्टीमा तल्लो तहदेखिको विचार बुझेर सबैको समर्थन र सबै साथीहरूको सल्लाह लिएर पार्टीले निर्णय गरोस् भन्ने चाहन्छौं । तर, अहिले एउटा भावना बाहिर देखा परिरहेको छ कि अध्यक्षहरूले कुरा मिलाएनन् । अध्यक्ष एक्लैले कुरा ग¥यो भने त्यो एकाधिकार हुन्छ । अध्यक्षहरूले आ–आफ्नो पार्टीमा सबैको सहमति लिएर मात्र अगाडि बढ्नुपर्छ भन्ने मेरो विचार छ । तीन जना अध्यक्षहरूबीचमा मात्र एकीकरण हुने होइन तीनपार्टीबीचमा एकीकरण हुने हो । यस विषयमा भ्रम र गलत समाचार बढी फैलाइएको छ । एकीकरण प्रकृयालाई लिएर फोरम नेपाल अलि बढी चर्चामा छन् । मधेशी जनअधिकार फोरम नेपालमा पनि केही साथीहरू होलान् जसलाई एकीकरण नभए ठिक हुन्थ्यो भन्ने लागेको हुनसक्छ । त्यो अस्वाभाविक पनि होइन । र, अन्य पार्टीमा पनि यस्ता व्यक्ति हुन सक्छन् । यी सबै स्वाभाविक कुराहरू हुन् । यी सबैलाई समायोजन गरेर अगाडि बढ्नुपर्छ । 

1 comment: