Labels

Saturday, March 29, 2014

उपेन्द्र यादवको प्रस्तावमाथि छलफल जारी

काठमाडौ चैत १५ गते । तीन दलको एकीकरणका लागि जारी बैठकमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पेस गर्नुभएको प्रस्तावमाथि छलफल जारी रहेको छ । चैत ११ गते बसेको बैठकमा अध्यक्ष यादवले ६ पन्नाको लामो प्रस्ताव बैठकमा पेस गर्नुभएको थियो । सो प्रतिवेदनमाथि चैत १३ गते र आज (चैत १५ गते) गरी दुई दिन छलफल भयो ।

चैत १३ गते बसेको बैठकमा प्रस्तावमाथि छलफल हुँदा केही संशोधन गरी पुनः प्रस्ताव पेस गर्न अध्यक्ष यादवलाई भनिएको थियो । र सोही प्रस्तावमाथि आज पुनः छलफल भयो । कार्यदलसहितको बैठकमा प्रस्तावमाथि विभिन्न प्रकारको टिक्का टिप्पणी भएको स्रोतले बताएको छ । कसैले यो प्रस्ताव खिचरी भयो भन्ने भने कसैले यो प्रस्ताव राम्रो भएपनि लामो भएको टिप्पणी गरे । कसैले यसमा समाजवादी, लोकतन्त्रको कुरा बढी भयो तर मधेशको कुरा थोरै भएको कुरा पनि उठाएका थिए ।
त्यहाँ उठेका कुराहरुको जवाफ उपेन्द्र यादवले दिनुभएको थियो । भोली चैत १६ गते बस्ने बैठकमा दुई पार्टी तमलोपा र सद्भावना पार्टीले उठाएको बुँदाहरुलाई प्रस्तावमा समेट्ने र नचाहिने कुरालाई काटछाँट गरिने र सोही दिन त्यसलाई पारित गर्ने बैठकमा सहभागि फोरम नेपालका एक नेताले बताउनुभयो । उपेन्द्र यादवले पेसको गरेको प्रस्ताव पारित भएपछि कार्यदलले तयार गरेको ६ बुँदे प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । भोलीको बैठकले पार्टीको प्रस्तावना तयार गर्नुको साथै विधान तयार गर्ने विषयमा पनि छलफल हुनेछ ।

No comments:

Post a Comment