Labels

Thursday, March 13, 2014

राती राती के हुँदैछ महन्थको निवासमा ?

काठमाडौ फागुन २९ गते । एकीकरण प्रकृया टुगिँने आशंका गरिएको अवस्थामा आज पुनः तीन दलका अध्यक्षबीच छलफल शुरु भएको छ । सानो ठिमीमा रहेको महन्थ ठाकुरको निवासमा भइरहेको छलफलमा एकीकरण हुने कि नुहुने कुराको टुगों लगाउन कसिएर बसेका छन् । उपेन्द्र यादवको कारण एकीकरण प्रकृया लम्बिएको ठहर गरेका तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकीकरण गर्नुहुन्छ कि गर्नुहुन्न, गर्ने हो भने कहिलेलगायतका कुरामा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग जर्वजस्तसँग कुरा गर्ने बुझिएको छ र त्यही तयारीका साथ पनि दुई नेता पुगेका छन् । अब देखना हैं कि उट किस करबट लेते है ।

महन्थ ठाकुर र राजेन्द्र महतोको बुझाईमा उपेन्द्र यादवले बैठकका लागि पटक पटक समय दिएर पनि बैठकमा उपस्थित नभएको कारण आजको रातीको बैठकमा उपेन्द्र यादवबाट स्पष्ट हुने । उपेन्द्र यादवले स्पष्ट गरिसकेपछि ठाकुर र महतोले एकीकरणको बारेमा अर्को बाटो रोज्ने बुझिएको छ । आज (विहीवार) राती अवेरसम्मको बैठकमा के भयो भने कुरा भोली मात्र थाह पाउनु हुन्छ किनभने लोडसेडिगंको कारण चाहेर पनि तपाईलाई सुचना दिन सक्दिन ।
उपेन्द्र यादवको अन्तरवार्ता पनि सुन्नुस् ।    यो पनि पढ्नुस् त

No comments:

Post a Comment