Labels

Wednesday, September 4, 2013

वाइसीएलमा कुरा मिलेन

सुरेशकुमार यादव
काठमाडौ भदौ १९ गते । एकीकृत नेकपा -माओवादी) को युवा संगठन योङ कम्युनिष्ट लिग -वाइसीएल) को अध्यक्षमा गणेशमान पुन र्सवसम्मतिबाट पुनः निर्वाचित भएपनि अन्य पदाधिकारीहरुमा कुरा नमिल्दा बैठक स्थगित भएको छ ।
मंगलवार राति अबेरसम्म चलेको प्रथम अधिवेशनले पुनको अध्यक्षतामा तीन सय ८९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्ण्र्ााभएको थियो । कार्यसमितिलाई पर्ूण्ाता दिन बुधवार बसेको बैठकमा महासचिव तथा उपाध्यक्षपदमा कुरा नमिल्दा बैठक विहिवारका लागि स्थागित गरिएको वाइसीएलले जनाएको छ ।
निवर्तमान सचिव प्रभातले पदाधिकारी चयनमा कुनै विवाद छैन साथीहरुले आज दावी गर्नु भएको छ ढिलो भएको कारणले भोलीका लागि बैठक स्थगित गरेको बताउँदै अर्को बैठकले त्यसको टुगों लाग्ने बताउनुभयो । महासचिव र उपाध्यक्ष पदमा आरसी शर्माm सन्देश पौडेल, शैलेन्द्र चपागार्ँइ, जुनु कुमारीलगायतका छन् त्यसमध्ये महासचिव पदका लागि दावेदारहरु सबभन्दा बढी देखिएको स्रोतले जनाएको छ ।

भदौ १५ गतेदेखि शुरु भएको महाधिवेशन १८ गतेसम्म चलेको थियो । मंसिर ४ गते हुने सविधानसभा चुनावमा युवालाई कसरी परिचालन गर्न सकिन्छ त्यसको विषयमा वासीएलले रणनीति बनाउन लागेको जनाइएको छ । महाधिवेशन समापनको दिन एमाआवादी अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले पनि अगामि सविधानसभाको चुनावमा युवाको भूमिका महत्वपर्ूण्ा रहेकाले त्यसको तयारीमा लाग्न निर्देशन दिनुभएको थियो । अधिवेशनले पार्टर्ीीे हेटौडा महाधिवेशनबाट ल्याएको युवाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाउने कार्यदिशालाई सघाउने गरी कार्यनीति तय गरेको वाईसीएलले जनाएको छ ।

राज्यसमिति संयोजकलाई प्रचण्डको निर्देशन
एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले दोस्रो चरणको देशव्यापी चुनावी अभियान सफल पार्न राज्यसमितिका इन्चार्ज तथा संयोजकहरुलाई निर्देशन दिनुभएको छ ।
हालै सम्पन्न केन्द्रीय समितिले गरेका निर्ण्र्ाारु अक्षरश पाल्न गरियौ भने अगामी सविधानसभाको चुनाव एमाओवादीको पक्षमा हुने बताउँदै अध्यक्ष प्रचण्डले बैठकले तय गरेका कार्यविभाजन अनुसार आआफ्नो काम सम्पन्न गर्न निर्देशन दिनुभएको मिथिला राज्य समितिका इन्चार्ज विश्वनाथ साहले बताउनु भयो ।
बुधवार केन्द्रीय कार्यालयमा पेरिसडाँडामा भएको राज्यसमिति तथा ब्यूरो इन्चार्जहरुको छलफलमा उहाँले त्यस्तो निर्देशन दिनु भएको हो । एमाओवादीले पहिलोचराण्को एकमहिने अभियान सफल गरेपछि भदौ १८ गतेदेखि असोज १० गतेसम्म दोस्रोचरणको चुनावी अभियान सञ्चालन गर्ने निर्ण्र्ााबैठकबाट गरेको छ ।
हालै सम्पन्न केन्द्रीय समितिको बैठकले सविधानसभा चुनावलाई लक्षित गरी ब्यूरो, राज्यसमितिलगायतमा नेताहरुको कार्यविभाजन गरेको छ । पार्टर्ीी अध्यक्ष मात्र अरु सबै केन्द्रीय सदस्य रहेको यो अवस्थामा गरिएको कार्यविभाजनलाई सविधानसभासम्मका लागि मात्र भनिएको छ । चुनावपछि हुने राष्ट्रिय सम्मेलनबाट पद बाँडफाँड हुने पार्टर्ीी निर्ण्र्ाागरिसकेको छ ।

No comments:

Post a Comment