Labels

Monday, September 2, 2013

माओवादीमा कसलार्इ के जिम्मा ?


सुरेशकुमार यादव
काठमाडौ भदौ १७ गते । एकीक ृत नेकपा (माओवादी) केन्द्रीय समितिको बैठकले पार्टीको केन्द्रीय कार्यालय तथा विभिन्न ब्यूरो र राज्यसमितिमा जिम्मेवारी हेरफेर गरि कार्यविभाजन गरेको छ ।
   भदौ ११ गतेदेखि जारी केन्द्रीय समिति बैठकको अन्तिम दिन सोमवार सकिएको बैठकले ब्यूरो इन्चार्ज, राज्यसमिति इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको पार्टीले जनाएको छ । कार्यविभाजन अन्तर्गत केन्द्रीय कार्यालयको जिम्मेवारी अध्यक्ष्ा पुष्पकमल दहाल 'प्रचण्ड', डा.बाबुरा भट्‍रार्इ, नारायण्ाकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीलार्इ दिएको छ ।
    पार्टीका प्रवत्तmा अग्नी सापकोटाले गराएको जानकारी अनुसार पूर्वाञ्चल ब्यूूरो प्रमुखमा वर्ष्ामान पुनलार्इ जिम्मेवारी दिएको छ । उहाँलार्इ भmापा जिल्लाबाट चुनाउन लडाउने पार्टीको तयारी रहेको छ  । एमालेबाट एमाओवादीमा प्रवेश गनर्ु भएका रामचन्द्र भmालार्इ मधेश ब्यूरोको जिम्मेवारी दिएको छ । उहाँसँगै एमाओवादीमा आउनु भएका उर्मिला अर्यालार्इ वत्तmा टोलीमा राखिएको छ । यसअघिको मधेश ब्यूरो इन्चार्जलार्इ उत्पादन तथा सहकारी ब्यूरोको जिम्मेवारी दिएको छ ।

   दागं जिल्लाबाट उम्मेदवारी दिने तयारीमा रहनु भएका क ृष्ण्ाबहादुर महारालार्इ तामसालिङ तथा उपत्यकाको जिम्मेवारी दिएको छ भने पश्चिमाञ्चलको टोपबहादुर रायमाभmीलार्इ जिम्मेवारी दिएको छ । सुदूरपश्चिमको जिम्मेवारी शत्तmिबहादुर बस्नेतलार्इ दिएको जनाइएको छ । अन्तराष्टि्रय ब्यूरोको जिम्मेवारी दिनानाथ शर्मा, विशेष्ा ब्यूरोको जिम्मेवारी जनार्दन शर्मा, सूचना तथा सञ्चारको अग्नि सापकोटा र युवा ब्यूरोको जिम्मेवारी नन्दकिशोर पुनलार्इ दिइएको प्रवत्तmा सापकोटाले जानकारी गराउनुभयो ।
    यसैगरी राज्य समितिमा गरिएको हेरफेर अनुसार सेति(महाकाली इन्चार्जमा लेखराज भट्ट रहनु भएको छ भने संयोजकको जिम्मेवारीमा खगराज भट्टलार्इ राखिएको छ । भेरी कण्र्ाार्लीको इन्चार्जमा कालीबहादुर र संयोजकमा डि.आर. पौडेललार्इ राखिएको छ भने थारुवानको इन्चार्जमा नवराज सुवेदी र संयोजक जगप्रसाद शर्मालार्इ राखिएको छ । मगरातको इन्चार्जमा लोकेन्द्र विष्ट र संयोजकमा गिरीधारीलाल न्यौपाने, तमुवानको इन्चार्जमा भीम प्रसाद गौतम र सयोजकमा हरि अधिकारीलार्इ राखिएको छ ।नेवा:राज्य समितिको इन्चार्जमा देवेन्द्र पौडेल र संयोजकमा भmक्कुप्रसाद सुवेदीलार्इ यथावत राखिएको छ ।
     ताम्सालिङको इन्चार्जमा विश्वभत्तm दुलाल र संयोजकमा नारायण्ा दाहाललार्इ राखिएको छ । भोजपुराको इन्चार्जमा प्रभु शाह र संयोजकमा अनिल, मिथिलाको इन्चार्जमा विश्वनाथ साह र संयोजकमा श्रवण्ा यादव तथा अवधको इन्चार्जमा चन्द्रप्रकाश खनाल र संयोजकमा वामदेव क्ष्ोत्रीलार्इ जिम्मेवारी दिएको छ ।
    त्यस्तै किराँत राज्य समितिको इन्चार्जमा हिमाल रार्इ र संयोजकमा बालक ृष्ण्ा ढुंगेललार्इ राखिएको छ । लिम्बुवानको इन्चार्जमा टंक आङहाङ र संयोजकमा हेमराज भण्डारी, कोचिलाको इन्चार्जमा गोपाल किराँती र संयोजकमा कुमार पौडेललार्इ जिम्मेवारी दिएको छ । प्रवासको इन्चार्जमा विष्ण्ाुहरी शर्मा र संयोजकमा टीबी पाठकलार्इ जिम्मेवारी दिएको छ । जिल्ला सम्मेलन हुन बाँकी रहेकाले विधानबमोजिम जिल्ला सचिव बनाउन नमिलेपछि सचिवको जिम्मेवारी पनि राज्य समितिका संयोजकहरुले नै पूरा गनर्े भएको छ ।
     कार्यविभाजनको घोष्ाण्ाापछि पार्टीका अध्यक्ष्ा पुष्पकमल दहाल 'प्रचण्ड' निदर्ेशन दिँदै भन्नुभयो('यो स्थायी कार्यविभाजन होइन, सविधानसभाको चुनावसम्मका लागि मात्र हो । तापर्इहरुले पाएका जिम्मेवारीलार्इ सफता पूर्वक सम्पन्न गनर्ुस्‍ यसको मूल्यांकन चुनावपछि हुने राष्टि्रय सम्मेलनले गनर्े कार्यविभाजनमा हुनेछ ।' उहाँले यो कार्यविभाजन मंसिर ४ गतेको चुनाव सम्पन्न गराउनका लागि गरिएको बताउँदै भोलीदेखि दोस्रो अभियानमा जिम्मेवारी पाएकाहरु खटिने छन्‍ र असोज १० गतेपछि बस्ने केन्द्रीय समितिले त्यसको बारेमा मूल्यांकन गरी चुनावी रण्ानीति तयारी गरिने बताउनुभयो । यो नितान्त चुनावी कार्यविभाजन हो, सबै मिलेर मंसिर ४ गते हुने सविधानसभाको चुनाव सफल पारौ भनि उहाँले आह्‍वान गनर्ु भयोे ।
   स्रोतका अनुसार उहाँले जोर जवर्जस्तीले कसैले टिकट पाउँदैन टिकट पाउनका लागि जनताको मन जित्नुपर्छ, कार्यालयमा धर्ना बसेर नपाउने जानकारी नेताहरुलार्इ गराउनु भएको थियो । उहाँले जनतामा गएर काम गरेर आउनुस्‍ अनि मात्र टिकटको बारेमा छलफल गरौला भनि टिकटका लागि दौडा दौड तथा हानाथाप गनर्े नेता तथा कार्यकर्तालार्इ चेतावनी दिनुभएको थियो ।
      केन्द्रीय सदस्य रामकुमार शर्माका अनुसार बैठकले भदौ १८ गतेदेखि शुरु हुने दोस्रो चरण्ा चुनावी अभियानका लागि बोल्ने वत्तmा टोली समेत बनाएको छ । त्यसमा पार्टी अध्यक्ष्ा प्रचण्ड, डा.बाबुराम भट्टरार्इ, नारायण्ाकाजी श्रेष्ठ 'प्रकाश; पोष्टबहादुर बोगटी, अमिक शेरचन, गिरिराजमण्ाि पोखरेल, लीलामण्ाि पोखरेल, हिसिला यमी, उर्मीला अर्याल, हरिबोल गजुरेल, राम कार्की, रामकुमार शर्मालगायत १५ जना रहेका छन्‍ ।
   यो अभियानलार्इ पनि दुर्इचरण्ामा सम्पन्न गनर्े जनाएको छ । उम्मेदवारी दिनुअघि एकचरण्ा र उम्मेदवारी दिइसकेपछि अर्को चरण्ाको गरी दुर्इ चरण्ामा अभियान सम्पन्न गनर्े नेता शर्माले जानकारी गराउनु भयो । यसअघि पोष्टबहादुर बोगटीको संयोजकत्वमा गठन भएको उम्मेदवार छनौट समितिलार्इ निरन्तरता दिएको छ र त्यसमा रामचन्द्र भmालार्इ थपिएको नेता शर्माले जानकारी गराउनुभयो ।
    सोमवारको बैठकमा अध्यक्ष्ा प्रचण्ड निकै उत्साहित देखिनु भएकेा थियो । अभियानपछि भएको रिर्पोटिगं अनुसार म निकै उत्साहित भएको छु, अगामि सविधानसभाको चुनावमा एमाओवादी दुर्इ तिहार्इ बहुत ल्याउने पक्का भएको छ, उहाँले भन्नुभयो('९० सीट त किलियर छन्‍, यसमा कुनै शंका छैन अरु ९० सीटका लागि अलि मेहनत गनर्ुपर्छ ।'
   अध्यक्ष्ा प्रचण्डले पार्टी विभाजनपछि पार्टीको बारेमा जुन भ्रम थियो त्यो भ्रम हटेको दावी समेत गनर्ुभयो । अभियानको रिर्पोटिगंले पार्टीलार्इ निकै उत्साहित बनाएको छ र विभाजनले पार्टीमा कुनै असर नगरेको दावी उहाँले गनर्ु भएको बैठकमा सहभागि नेता शर्माले बताउनुभयो ।

फुजेलको घटनालार्इ उचाले त्यसको विरुद्धमा संघर्ष्ा गनर्े चेतावनी
   एकीक ृत नेकपा (माओवादी) ले गोरखा फुजेलका क ृष्ण्ाप्रसाद अधिकारीको घटनालार्इ उचाले भने त्यसको विरुद्धमा आन्दोलनमा जाने निर्ण्ाय सोमवारको केन्द्रीय समितिको बैठकले गरेको छ । शान्ति सम्भmौताको भावनाको विपिरित अधिकारीको घटनालार्इ उचालिरहेको ठहर गर्दै सरकारले त्यसलार्इ तत्कालै नरोके आन्दोलनमा जाने पार्टीले निर्ण्ाय गरेको पार्टीले जनाएको छ ।
   बैठकपछि पत्रकारलार्इ प्रतिक ृया दिँदै प्रवत्तmा सापकोटाले चुनावको मुखमा आएर द्धन्दकालको घटनालार्इ उचालेर चुनावलार्इ प्रभाव पानर्ुको साथै एमाओवादीलार्इ बद्‍नाम गराउने यो ठुलो ष्ाड्‍यन्त्र भएको आरोप लगाउँदै सरकारले यसको बारेमा चाँडै केही नसोचे पार्टीले कठोर निर्ण्ाय लिने चेतावनी समेत दिनुभयो ।
    माओवादीको पनि हजारौ कार्यकर्ता मारिएका छन्‍, मानर्े निदर्ेशन दिने यहीका व्यत्तmिहरु हुन्‍ यदि हामीले उनीहरुको विरुद्धमा मुद्दा दायर गरियौ भने देशको अवस्था के हुन्छ भन्नु हुँदै प्रवत्तmा सापकोटाले यदि सरकारले यसलार्इ रोकेन आफूहरु पनि सोही बाटोमा लाग्ने चेतावनी दिनुभयो ।
   सत्य निरुपण्ा तथा मेलमिलाप आयोगबाट सुल्भmाउनुपर्ने घटनालार्इ ष्ाड्‍यन्त्रपूर्वक उचालिरहेको आरोप लगाउँदै प्रवत्तmा त्यसबेला जनकारवाही तथा जनयुद्धका लागि निदर्ेशन दिने सुपि्रम कमाण्डर अध्यक्ष्ा प्रचण्ड हुनुहुन्थ्यो भने जनसरकार प्रमुख डा.बाबुराम भट्‍टरार्इ हुनुहुन्थ्यो उहाँहरुको विरुद्धमा मुद्दा लगाउन उहाँले चुनौति पनि दिनुभयो ।

No comments:

Post a Comment