Labels

Monday, September 30, 2013

प्रचण्डले यो कुरा त्यतिकै बोलेको होइन


योङ्ग कम्यूनिष्ट लिङ्ग -वाइसीएल) को भदौ १५ गते राजधानीमा भएको प्रथम महाधिवेशनमा एमाआवादीका पार्टर्ीी अध्यक्ष प्रचण्डले शिरदेखि टुप्पोसम्म बद्नाम रहेका मधेशी मोर्चाका नेतासँग सरकार बनाउनु आफ्नो पार्टर्ीीे बाध्यता रहेको र अब यस्तो गल्ति दोहोर्याईने छैन भन्नुभएको थियो भने त्यतिखेर नै मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग चुनावी तालमेल गर्ने घोषणा गर्नुले मधेशमा एउटा तरंगले नै ल्याएको छ । प्रचण्डले एकतिरले दर्ुइ निशान गरेका छन् भन्नेहरु पनि छन् भने दुबै परिवर्तनकारी शक्ति भएकाले सँगैजाँदा राम्रो हुने पनि भन्नेहरु छन् । तर यी दर्ुइ तर्क आआफ्नै ठाउँमा ठिक हुनसक्छ तर यथार्थ त्यस्तो होइन ।
पटक पटक मधेशी मोर्चाको साथ लिएर सरकार बनाए, त्यतिमात्र होइन कि विपक्षीलाई आफ्नो शाक्ति देखाउनका लागि मधेशी मोर्चासँग मिलेर संघीय लोकतान्त्रिक गठबन्धन पनि बनाए तर सविधानसभा विघटनपछि हुन लागेको दोस्रो सविधानसभा चुनावको पर्ूवसन्ध्यामा अध्यक्ष प्रचण्डकै मुखबाट कडा रुपमा अभिव्यक्ति आउनुले यसमाथि विभिन्न खेाजनीति हुन थालेका छन् । सहारा टाइम्सले प्राप्त गरेको स्रोतका अनुसार एमाओवादीले भदौं १० गते सम्पन्न गरेको एक महिने आफ्नो चुनावी अभियानको रिर्पोर्टले मधेशमा सबभन्दा शक्तिशाली उपेन्द्र यादवको पार्टर्ीीmोरम नेपाल नै रहेको देखाएको छ भने छ भने हालै सम्पन्न फोरम नेपालको केन्द्रीय समितिको बैठकमा पनि मधेशमा फोरम नेपाल नै सबभन्दा बलियो पार्टर्ीीहेका निष्कर्षनिकालेको छ ।
एमाओवादीको रिर्पोर्ट अनुसार पहाडि जिल्लाहरुमा काँग्रेससँग प्रतिस्पर्धा रहने छ भने मधेशको जिल्ल्ााहरुमा फोरम नेपालसँग मात्र प्रतिस्पर्धा रहने छ । मधेशका जिल्लाहरुमा खटिएका नेताहरुले दिएको रिर्पोर्ट अनुसार फोरम नेपाल पटक पटक विभाजन भएपनि त्यसले मधेशमा खासै असर पारेको छैन । माथि माथि मात्र पार्टर्ीीवभाजन भएको देखियो, 'ग्रास रुट' मा त फोरम नेपालकै कार्यकर्ताहरु छन् । अन्य दलको सदरमुकाम तथा शहरभन्दा कहीकतै संगठन छैन् जबकि मतदाताहरु प्रायः ग्रामिण क्षेत्रमा नै बस्छन् । एमाओवादीले मधेशमा जति हल्ला गरेपनि फोरम नेपाललाई टप्न सकिदैन भने कुरा अध्यक्ष प्रचण्डले बुझेर नै वसन्तपुरबाट मधेशी मोर्चाका नेतालाई गाली गर्दै उपेन्द्र यादवसँग हात मिलाउने घोषणा गर्नुभयो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका विजयकुमार गच्छदारको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, राजकिशोर यादवको मधेशी जनअधिकार फोरम गणतान्त्रिक, महन्थ ठाकुरको तर्राई मधेश लोकतान्त्रि पार्टर्ीीमहेन्द्रराय यादवको तर्राई मधेश लोकतान्त्रिक नेपाल र राजेन्द्र महतो सद्भावना पार्टर्ीीई मिलाएर पनि फोरम नेपालजति मत ल्याउन सकिदैन भने एमाओवादीको रिर्पोर्टमा आएपछि अध्यक्ष प्रचण्डले मधेशी मोर्चाको साथ छाडेर उपेन्द्र यादवको साथ खोजेका छन् । भदौ १८ गते बालकुमारीस्थित खन्ना गार्मेन्टस्मा भएको विभिन्न वर्गिय संगठनहरुको गोप्य प्रशिक्षण कार्यक्रममा पनि अध्यक्ष प्रचण्डले सविधानसभामा दर्ुइ बहुमत ल्याउनका लागि मधेशमा फोरम नेपालसँग चुनावी तालमेल गर्नैपर्छ, अरु मधेशवादी दलहरु सत्ताका खेलाडी मात्र हुन् जनाधार छैन, उनीहरुसँग तालमेल गरेर केही नहुने पार्टर्ीीे निष्कर्षसुनाउनु भएको थियो ।
मधेशी मोर्चासहित अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन सक्रिय रहेको बेला एउटै चुनाव चिन्ह र एउटै घोषणापत्रको आधारमा सविधानसभा चुनाव लड्ने सैद्धान्तिक सहमति भएको थियो । तर, त्यो सहमतिको विरोध गर्दै सद्भावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतो र मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले विरोध गर्दै बैठकमा जान समेत छाडिसकेका थिए । पेरिसडाँडामा साउनको पहिलो सत्ता बसेको बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादवको मात्र उपस्थिति थियो । सो बैठकमा अध्यक्ष प्रचण्डले संयुक्त रुपमा चुनाव लड्ने प्रस्ताव राखेपछि यसको बारेमा अहिले नै टुगों नलगाउँ आफूहरुले आफ्नो मोर्चामा यसको बारेमा छलफल गरेपछि मात्र यसको टुगोंव लगाउने भनेर हिडेका मोर्चाका ती नेताहरु न यता मोर्चाका बैठक बसेका छन् न उता गठबन्धनको बैठकमा गएका छन् । यस कुराले पनि गठबन्धनका संयोजक एवं अध्यक्ष प्रचण्ड मधेशी मोर्चाका नेताहरुप्रति चिढिनु भएका छ र शिरदेखि टुपप्पोसम्म बद्नाम भनेर गाली गर्नुभएको छ ।  
एमाओवादीका भातृ संगठन राष्ट्रिय मधेशी मुक्ति मोर्चा -क्रान्तकारी) का अध्यक्ष रामकुमार शर्माले एमाओवादीले फोरम नेपालसँग चुनावी तालमेल गर्नका लागि कुराकानी भइरहका छन्, मधेशी मोर्चाका नेताहरुको कुरा मात्र ठुलो छ मधेशमा कुनै पकड छैन बरु त्यसको अनुपातमा फोरम नेपालकै राम्रो छ, पार्टर्ीी नेताहरुले दिएको रिर्पोर्टले पनि त्यही भनेको कारणले आफ्नो पार्टर्ीीmोरम नेपालसँग तालमेल गर्ने मनस्थितिमा पुगेको बताउनुभयो । एमाओवादीका प्रवक्ता अग्नी सापकोटाले मधेशमा अन्य दलभन्दा उपेन्द्र यादवको फोरम नेपाल नै बलियो भएकाले सहकार्यका लागि पहिलो प्राथमिकतामा उहाँलाई राखेको बताउनुभयो । पहिलो प्राथमिकतामा फोरम नेपाल रहेको छ, र दोस्रोमा अशोक र्राईको पार्टर्ीींघीय समाजवादी पार्टर्ीीहेको छ, त्यसपछि मात्र अर्को दलसँग सहकार्य गर्ने हाम्रो पार्टर्ीी तय गरेको छ, उहाँले भन्नुभयो-'अघिल्लो सविधानसभाको चुनावमा परिवर्तनकारी शक्तिको दर्ुइ तिहाई बहुमत नपुगेका कारण यसपाली परिवर्तनकारी शक्तिसँग ध्रुवीकरण गरेर सविधानसभामा दर्ुइ तिहाई बहुमत ल्याएर सविधान निर्माण गर्नेछौ ।'

No comments:

Post a Comment