Labels

Tuesday, September 10, 2013

अनिल झाको जवाफ प्रचण्डलाई


सुरेशकुमार यादव
काठमाडौ भदौ २१ गते । संघीय सद्भावना पार्टर्ीी अध्यक्ष अनिलकुमार झाले मधेसवादी दलका नेताहरु शिरदेखि पैतालासम्म बद्नाम रहेको भन्ने एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिप्रति आक्रोश पोख्दै त्यसलाई प्रमाणित गर्न चुनौति दिनुभएको छ । 
एमाओवादीका अध्यक्ष प्रचण्डले भदौ १५ गते वाइसीएलको महाधिवेशन उद्घाटन गर्दै मधेशी नेता शिरदेखि पैतालासम्म बद्नाम रहेको तैपनि सहकार्य गर्न वाध्य भएको अभिव्यक्ति दिनुभएको थियो । अध्यक्ष झाले शुक्रबार आयोजना गर्नुभएको पार्टर्ीी्रवेश कार्यक्रममा स्वार्थी र भ्रष्टाचारी भएको भनी अध्यक्ष प्रचण्डले लगाएको आरोपप्रति आक्रोस ब्यक्त गर्दै यदि त्यस्तो हो भने त्यसलाई प्रमाणित गरेर देखाइदिन चुनौति दिनुभयो । 
चाहेको बेला प्रयोग गर्ने र मतलव सिधिएपछि त्यसकै विरोध गर्नु राम्रो होइन भन्दै उहाँले मधेशी नेताहरु कसरी बद्नाम, भ्रष्टाचारी हो प्रमाणित गर्न प्रचण्डलाई चुनौति दिन्छु भन्नुभयो । लामो संर्घष्ा गरेर आएका गैर मधेशी पार्टर्ीी समेत फुटेको उल्लेख गर्दै अध्यक्ष झाले भर्खरै खुलेका मधेसबादी पार्टर्ीी फुट्नु स्वार्थ कारक नभई स्वभाविक भएको तर्क गनुभयो । 
उहाँले मधेशवादी दलहरुवीच एउटै झण्डा र एउटै उम्मेदवार बनाउने गरी मोर्चाबन्दी गराउन आफू तयार रहेको दावी गर्नुभयो तर सोही कार्यक्रममा तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी उपाध्यक्ष ब्रजकिशोर सिहलाई पार्टर्ीी भित्र्याउनु भयो । यो कुरा उहाँमा मात्र होइन, अन्य मधेशवादी दलका नेताहरु पनि एकातिर एकताका कुरा गर्छन् भने अर्कोतिर एकअर्काको नेता तान्ने कार्यलाई पनि जारी राखेका छन् ।
नव प्रवेशी ब्रजकिशोर सिंहले आफू नेपाली काग्रेसबाट दर्ुइ-दर्ुइ पटकसम्म संसद्मा निर्वाचित भएको ब्यक्ति भए पनि समानताका लागि मधेसबादी दलमा प्रवेश गरेको बताउनुभयो । राष्ट्रियता, प्रजातन्त्र र समानतामा कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै मधेसवादको वकालत गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा दिशाविहीन, मधेसी जनता ठग्ने र सरकारमा जाने सिढीको रुपमा मात्र प्रयोग भएको आरोप लगाउनु भयो ।

No comments:

Post a Comment