Labels

Wednesday, September 4, 2013

उम्मेदवार छनौट गर्न फोरमको यस्तो छ मापदण्ड

सुरेशकुमार यादव
काठमाडौ भदौ १८ गते । मधेशी जनअधिकार फोरम मधेशी जनअधिकार फोरम नेपालले सविधानसभा चुनावका लागि उम्मेदवारी छनौट गर्ने सयमसीमा तय गरेको छ ।
प्रत्येक जिल्लाबाट भदौ मसान्तभित्र उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा आई पुग्नुपर्ने जिल्ला समितिलाई जानाकरी गर्राई सकेकेा पार्टर्ीी वरिष्ठ नेता भरतविमलव यादवले बताउनुभयो ।
प्रत्यक्षतर्फउम्मेदवार चयन गर्न प्रत्येक निर्वाचन क्षेत्र समितिले एक महिनासहित कम्तीमा तीनजना र समानुपातिकतर्फजिल्ला समितिले कम्तीमा १ महिला र एक पुरुषसहित ५ जनासम्मको नाम समावेशी आधारमा सिफारिश गरी क्षेत्रीय समितिले जिल्ला समितिमार्फ केन्द्रमा पठाउनुपर्ने निर्ण्र्ााकेन्द्रीय समितिले गरेको छ ।
भदौ १४ गतेदेखि १७ गतेसम्म बसेको केन्द्रीय समितिको निर्ण्र्ाार्सार्वजनिक गर्न मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्नु हुँदै वरिष्ठ नेता यादवले अहिले विभिन्न मधेशवादी दलहरु एक मधेश प्रदेशलाई छाडेर दर्ुइ प्रदेशको कुरा गर्न थालेको बताउँदै उहाँले आफ्नेा पार्टर्ीीक मधेश एक स्वायत्त प्रदेशमा अडिग रहेको बताउनुभयो ।
उहाँले अन्य दलसँग चुनावी तालमेलका लागि वार्ता गर्न पार्टर्ीी समिति बनाएको बताउँदै एकीकरण, मोर्चा, वा चुनावी तालमेलका लागि वार्ता गर्न आफ्नो दल तयार रहेको बताउनुभयो । मुद्दा र विचार मिल्नेसँग हाम्रो तालमेल हुनसक्छ, उहाँले भन्नुभयो-'तर सत्ता र व्यक्तिगत स्वार्थ देख्नेहरुसँग कुनै प्रकारको एकीकरण हुनेछैन ।
वरिष्ठ नेता यादवको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ त्यसमा महासचिव रामसहाय यादव, सचिव रत्नेश्वरलाल कायस्थ, श्रवणकुमार अग्रवाल र अमरेश नारायण झा सदस्य रहनु भएको छ ।
त्यसैगरि सोही बैठकले अगामी सविधानसभा चुनावका लागि चुनावी घोषणापत्र तयार गर्न पार्टर्ीी प्रवक्ता रत्नेश्वरलाल कायस्थको संयोजकत्वमा सात सदस्यीय मास्यौदा तयारी समिति समेत गठन गरेको छ । सविधान सभा निवाचन अभियान संचालन गर्नेलगायत विभिन्न अन्य समितिहरु गठन गरेको छ ।
केन्द्रीय समितिको बैठकमा उम्मेदवार चयनका लागि पनि मापदण्ड तयार गरेको छ । वरिष्ट नेता यादवका अनुसार चुनाव जित्न सक्ने, जनतामा प्रभाव भएको, नैतिक पतन नदेखिएको, दलको विचार र सिद्धान्तप्रति प्रतिवद्ध भएको, मधेश आन्दोलनमा योगदान दिएकोलगायतका मापदण्ड तयार गरेको छ ।
नेता यादवले भर्खर्रभर्खर आन्दोलनबाट आएको पार्टर्ीीुनावमा जाँदा उम्मेदवार पहिचान नै नगरिकन सविधानसभा सदस्य बनाएकाले दललाई निकै क्षति भएको कुरा बैठकमा उठेको बताउँदै दल र विचारप्रति प्रतिवद्ध र जनताको स्वार्थ मात्र हर्ेर्नेलाई मात्र सविधानसभाको चुनावमा टिकट दिने मनस्थितिमा दल पुगेको बताउनुभयो ।

No comments:

Post a Comment