Labels

Sunday, September 1, 2013

चुनावी तालमेलका लागि वार्ता गर्न भरत विमलको संयोजकत्वमा वार्ता समिति





सुरेशकुमार यादव
ललितपुर, भदौ १६ गते । मधेशी जनअधिकार फोरम नेपालले अन्य दलसँग चुनावी तालमेलका लागि वार्ता गर्न पार्टीका वरिष्ठ नेता भरतविमल यादवको संयोजकत्वमा आइतवार वार्ता समिति गठन गरेको छ ।चुनावमा तालमेलका लागि मधेशवादी दलहरुबीच वार्ता र छलफल जारी रहेको अवस्थामा फोरम नेपालले केन्द्रीय समितिको निर्ण्ायले नै नेता यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा तीनदिनदेखि जारी बैठकले सो समिति गठन गरेको नेता यादवले जानकारी गराउनुभयो ।
    तरार्इ मधेश लोकतान्त्रिक पार्टी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबीच चुनावी तालमेलका लागि सैद्धान्तिक सहमति भइसकेको छ भने सद्‍भावना पार्टी लगायत अन्य दलहरुको पनि वार्ता र छलफल जारी रहेको छ ।त्यसैगरि सोही बैठकले अगामी सविधानसभा चुनावका लागि चुनावी घोष्ाण्ाापत्र तयार गर्न पार्टीका प्रवत्तmा रत्नेश्वरलाल कायस्थको संयोजकत्वमा सात सदस्यीय मास्यौदा तयारी समिति समेत गठन गरेको छ । गत शुत्रmवारदेखि शुरु भएको बैठकमा मधेशमा पार्टीको अवस्थाको बारेमा केन्द्रीय सदस्यहरुले दुर्इ दिनसम्म आआफ्‍नो धारण्ाा राखेका थिए भने आइतवारको बैठकमा उम्मेदवार चयनका लागि के कस्तो मापदण्ड बनाउने बारे छलफल भएको उहाँले जानकारी गराउनु भयो ।
      मधेशवादी दलमध्ये फोरम नेपाल सबभन्दा अगाडि रहेको रिर्पोटिगं नेताहरुले गनर्ु भएको छ, उहाँले भन्नुभयो('बैठकमा नेताहरुले पार्टीको बारेमा गनर्ुभएको रिर्पोटिङ्ग अनुसार नै पार्टीले चुनावी रण्ानीति बनाउने छ ।' फोरम नेपाल पहिलो चुनाव जस्तो थियो त्यस्तै अवस्थामा रहेको दावी गर्दै उहाँले उम्मेदवार छनौटको मापदण्डबारे पनि छलफल भएको बताउनुभयो ।
      चुनाव जित्न सक्ने, जनतामा प्रभाव भएको, नैतिक पतन नदेखिएको, दलको विचार र सिद्धान्तप्रति प्रतिवद्ध भएको, मधेश आन्दोलनमा योगदान दिएकोलगायतका मापदण्ड उम्मेदवार छनौटका लागि तय गरिने बताउँदै उहाँले यसपालीको चुनावमा विगतको चुनावभन्दा उम्मेदवार छनौटमा फोरम नेपाल सचेत रहेको समेत जानकारी गराउनुभयो ।भर्खरभर्खर आन्दोलनबाट आएको पार्टी चुनावमा जाँदा उम्मेदवार पहिचान नै नगरिकन सविधानसभा सदस्य बनाएकाले दललार्इ निकै क्ष्ाति भएको कुरा बैठकमा उठेको थियो । दल र विचारप्रति प्रतिवद्ध र जनताको स्वार्थ मात्र हेनर्ेलार्इ मात्र सविधानसभाको चुनावमा टिकट दिने मनस्थितिमा दल पुगेको प्रवत्तmा कायस्थले बताउनुभयो ।
       अन्य दलसँग चुनावी तालमेलका लागि पार्टीले तीन विकल्प अघि सारेको छ । स्रोतका अनुसार दोस्रो सविधानसभाको चुनावमा अवस्था हेरेर मात्र चुनावमा एक्लै जाने नभए आदिवासी जनजातिहरुसँग तालमेल गरेर जाने त्यो पनि नभए तेस्रो विकल्पको रुपमा अन्य दलसँग तालमेल गरेर चुनावमा जाने फोरमको आन्तरिक तयारी रहेके छ । यस विष्ायमा वार्ता समितिले छलफल गनर्े बतार्इएको छ । 

No comments:

Post a Comment