Labels

Wednesday, September 4, 2013

महेन्द्र र रामनरेश मिले


सुरेशकुमार यादव
काठमाडौ भदौ १९ गते । मधेशवादी दलबीच एकीकरणका लागि अभियान नै चलाएका दलहरुबीच त एकीकरण हुन सकेन तर अभियानै नचालाएका दलहरुबीच बुधवार एकीकरण भएको छ ।
महेन्द्रराय यादव अध्यक्ष रहनु भएको तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीेपाल र रामनरेशराय यादव अध्यक्ष रहनु भएको राष्ट्रिय सद्भावना पार्टर्ीीच बुधवार एकीकरण भएको छ ।
    एकीकृत भएको पार्टर्ीीे नाम तर्राई मधेश सद्भावना पार्टर्ीीेहेका छ भने त्यसको अध्यक्षमा महेन्द्रराय यादव र वरिष्ठ नेतामा रामनरेशराय यादवलाई राखिएको छ । सविधानसभा रहेकै बेला महन्थ ठाकुर अध्यक्ष रहेको तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीट तमलोपा नेपाल अलग भएको थियो भने राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टर्ीीट राष्ट्रिय सद्भावना पार्टर्ीीलग भएको थियो ।
     सविधानसभा विघटनपछि तमलोपा नेपालबाट पदाधिकारीहरु निस्केर विजयकुमार गच्छदारको पार्टर्ीीधेशी जनअधिकार फोरम -लोकतान्त्रिक) मा प्रवेश गर्ने लहर नै चलेको थियो । गोविन्द चौधरी, दानबहादुर चौधरी, अरविन्द साहलगायत केन्द्रीय सदस्य तथा पर्ूव सभासद्सहति दर्जनौ नेता तमलोपा नेपाल छाडेर फोरम लोकतान्त्रिकमा प्रवेश गरिसकेका छन् ।
पत्रकारले यस विषयमा जिज्ञासामा राख्दा अध्यक्ष महेन्द्रराय यादवले उहाँहरु प्रत्यक्ष निर्वाचन नलड्ने सबैलाई समानुपातिक नै चाहिएको र आफूले दिन अस्विकार गरेको कारण पार्टर्ीीाडेर उहाँहरु हिडेको दावी गर्नुभयो । उहाँहरु मेरो पार्टर्ीीट गएकोमा मलाई कुनै पश्चाताप छैन, उहाँले भन्नुभयो-'राजनीति जनताका लागि गर्ने हो, आफ्नो लागि होइन कतिपय नेताहरुले आफ्नै व्यक्तिगत स्वार्थका लागि राजनीतिक गरेको कारण हाम्रो पार्टर्ीी टिक्न सक्नु भएन ।'
सविधानसभाबाट सविधान निर्माण गर्नका लागि आफूहरुले एकीकरण गरेको बताउँदै वरिष्ठ नेता रामनरेश राय यादवले एकीकरणका लागि वार्ता समिति बनाएर पनि एकीकरण गर्न नसकेका दलहरुको लागि आफूहरुको एकीकरण ठुलो पाठ भएको बताउनुभयो । एकीकरणको नाममा मधेशवादी दलहरु नाटक गरिरहेको आरोप लगाउँदै नेता यादवले मधेशमा आफूलाई ठुला दल भन्नेहरु मधेशी जनतासँग विश्वासघात गरेको आरोप लगाउनु भयो ।
सविधानसभा विघटनपछि मधेशवादी दलमा एकीकरण गर्ने ठुलो लहर चलेको थियो । तर, तमलोपा नेपला र राष्ट्रिय सद्भावना पार्टर्ीीहेक आजसम्म कसैको बीचमा एकीकरण हुन सकेका छैनन् । तमलोपाले पार्टर्ीीकीकरण गर्नका लागि अभियान सञ्चालन गरेका तीनवर्षभयो तर हालसम्म कसैसँग एकीकरण भएको छैन । पार्टर्ीीकीकरण गर्नका लागि तमलोपामा ह्रदयश त्रिपाठी, फोरम लोकतान्त्रिकमा रामेश्वर राय यादव, सद्भावना पार्टर्ीी मनिष सुमनको संयोजकत्वमा वार्ता समिति पनि गठन गर्यो तर हालसम्म कसैसँग एकीकरण गर्न सकेको छैन ।
कहिले तपमलोपा र फोरम नेपालबीच एकीकरणका सम्पर्ूण्ा प्रकृया पूरा भयो भनि हल्ला हुन्छन् भने कहिले सद्भावना पार्टर्ीी तमलोपाबीच एकीकरण भयो भने चर्चा हुन्छन् तर अन्त्यमा केही हुन सकेन । शरत्सिह भण्डारीको पार्टर्ीीाष्ट्रिय मधेश समाजवादी पार्टर्ीी जयप्रकाश गुप्ताको तर्राई मधेश अभियानबीच एकीकरण भयो अब घोषणा हुन् मात्र बाँकी छ भनि सोही पार्टर्ीी नेताहरुले सञ्चारमाध्यममा चर्चा चलाएका  थिए तर सफल हुन सकेन । बरु एक दलले अर्को दलको नेता तथा कार्यकर्ता तान्ने कार्यलाई हालसम्म जारी राखेका छन् ।
मधेशवादी दलहरुमा एकीकरण सफल नभएपछि अहिले चुनावी तालमेलका लागि वार्ता र छलफल शुरु भएको छ । केही दिन पहिले तमलोपा र फोरम लोकतान्त्रिक पार्टर्ीीच तालमेल हुने सैद्धान्तिकसहमति भएपनि समानुपातिक तथा प्रत्यक्षतर्फो सीट मिलाउन बाँकी छ । त्यस्तै तमलोपासँग सद्भावना पार्टर्ीीे पनि तालमेलका लागि विहिवार वार्ता हुने भनिएको छ । तर सद्भावना पार्टर्ीी्रोतका अनुसार सो पार्टर्ीी अध्यक्ष राजेन्द्र महतो तालमेलको पक्षमा नरहेको बुझिएको छ ।
मधेशमा राम्रो पक्कड बनाएका उपेन्द्र यादव अध्यक्ष रहनु भएको फोरम नेपालपनि तालमेलको पक्षमा देखिनु भएको छैन । तर, तालमेल तथा मोर्चाबन्दीको विरोधी हो कि भन्ने आरोपका कारण वरिष्ठ नेता भरतविमल यादवको संयोजकत्वमा वार्ता समिति बनाएको छ ।
मधेशवादी दलमा सबभन्दा कमजोर देखिएका मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव पनि चुनावी तालमेल अथाव एकीकरणको पक्षमा देखिनु भएको छैन । उहाँको पार्टर्ीीट सम्पर्ूण्ा पदाधिकारीहरु निस्किसकेपछि आफ्नो गृह जिल्ला सिरहामा मात्र सिमित हुनु पुगेका अध्यक्ष यादव चुनावी तालमेल गर्नु भनेको सविधासभाको चुनाव भाँड्ने खेल भएको आरोप लगाउनु भएको छ ।
त्यस्तै सद्भावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतोले चुनावमा तालमेलभन्दा एक्ला एक्लै चुनाव लडे मधेशवादी दललाई बढी फाइदा हुने दावी गर्नुभयो । आफू तालमेल अथवा मोर्चाबन्दीको विरोधी होइन तर कसैले भन्दैमा पनि तालमेलमा जाने पक्षमा आफू नरहेको प्रतिकृया दिनुभयो । जुन पार्टर्ीीग तालमेल गर्ने हो त्यसको जनतामा पहुँच, पार्टर्ीीे अवस्था र चुनावमा त्यसको प्रभावलगायतका विषयमा बुझेर मात्र तालमेल गर्ने बताउनुभयो ।

No comments:

Post a Comment