Labels

Wednesday, September 11, 2013

यसरी एक्ल्याउँदै छ महतोलाई


सुरेशकुमार यादव
काठमाडांै, भदौ २४ गते । एउटै मोर्चामा रहेर सरकारमा समेत सहभागी मधेशवादी दलमध्ये प्रमुख चार शक्ति -मधेशी जनअधिकार फोरम, नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी सद्भावना पार्टर्ीीदर्ुइ ध्रुवमा बाँडिएका छन् ।
महन्थ ठाकुर अध्यक्ष रहनुभएको तमलोपा र विजयकुमार गच्छदार अध्यक्ष रहेको फोरम
लोकतान्त्रिकले एउटा मोर्चाबन्दी गर्दैछन् भने उपेन्द्र यादव अध्यक्ष रहनुभएको फोरम नेपाल र राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टर्ीीर्कोतिर मोर्चाबन्दी गर्दैछन् । संविधानसभा विघटन भएलगत्तै मधेशवादी दलमा देखिएको एकीकरणको प्रयास असफल भएपछि संविधानसभा निर्वाचन घोषणासँगै चुनावी तालमेलका लागि ती दलहरु दर्ुइ ध्रुवमा बाँडिएका छन् ।
दुवै समूहले आफ्ना आन्तरिक चुनावी तयारीका लागि कार्यदल बनाएर काम गरिरहेका छन् । महन्थ ठाकुर समूहका तमलोपाको तर्फाट उपाध्यक्ष हृृदयेश त्रिपाठीले कार्यदलको नेतृत्व गरिहनु भएको छ भने फोरम लोकतान्त्रिकको तर्फाट वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले नेतृत्व गरिरहनु भएको छ । यी दर्ुइ दलका कार्यदलले सोमवार बैठक बसी चुनावी क्षेत्र अध्ययन गर्ने जिम्मेवारी बाँडफाँड गरेका छन् । बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको पनि उपस्थिति थियो ।
त्यस्तै उपेन्द्र यादव समूहमा फोरम नेपालको तर्फाट कार्यदलको नेतृत्व वरिष्ठ नेता भरतविमल यादवले गरिहनुभएको छ भने सद्भावना पार्टर्ीीे तर्फाट सहअध्यक्ष लक्ष्मणलाल कर्ण्र्ाा नेतृत्व गरिहनुभएको छ । यी दर्ुइ कार्यदलको बैठक पनि सोमवार छुट्टै बसेको थियो । फोरम नेपालका वरिष्ठ नेता भरतविमल यादवले आजको बैठकमा चुनावी तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको बताउनुभयो । 'हामी कसैलाई निषेध गरेर जाने पक्षमा छैनांै, नेता यादवले भन्नुभयो-'चारवटै शक्ति एकै ठाउँबाट चुनाव लडे मधेशका लागि फाइदा हुन्छ ।'
तर, महन्थ ठाकुर समूहका फोरम लोकतान्त्रिकको तर्फाट बनेको कार्यदलका संयोजक रामेश्वर राय यादवको धारणा अलि फरक छ । गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो-'हाम्रो फोरम लोकतान्त्रिक र तमलोपाबीच सहमति भएपछि मात्र अरु दलसँग कुरा गर्नेछांै । पहिला हामी बीच क्षेत्रगत हिसाबमा कुरा मिलोस् अनि मात्र राजेन्द्र महतो र उपेन्द्र यादवसँग छलफल गर्नेछांै ।'
  तपलोपा र फोरम लोकतान्त्रिकबीच भएको छलफलले गर्दा अब मधेशमा दर्ुइ समूह हुने स्पष्ट भएको सद्भाना पार्टर्ीी एक नेताले गोरखापत्रलाई भन्नुभयो । 'उहाँहरु आपसमा क्षेत्र बाँडचुँड गरिसकेपछि मात्र हामीसँग छलफल गर्न आउनु भयो भने के लिएर छलफलमा आउनु हुन्छ - उहाँहरुको यस्तो सहमति हामीलाई मान्य हुनेछैन, ती नेताले भन्नुभयो ।'
फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष यादवले निर्वाचनका समयमा मधेसवादी दलबीच दर्ुइ धार देखिएको बताउँदै प्रयास त सबैलाई मिलाएर जाने हुन्छ तर कोही मिल्न नचाहेमा त्यसका लागि नकर्ुर्ने बताउनुभयो । तमलोपाका एक नेताले भने,-'राजेन्द्र महतो र हामीबीच कुरै मिल्दैन, उहाँले हामीलाई मधेशको गद्दार भन्दै पटक पटक गाली गर्नुभएको छ भने यस अवस्थामा उहाँसँग हाम्रो सहकार्य सम्भव छैन तर पनि मिलाउने प्रयास जारी रहने छ ।' मधेशलाई पाँच टुक्रामा बाँडेको आरोप लगाउँदै अध्यक्ष महतोले मधेशका विभिन्न कार्यक्रममा र्सार्वजनिक रुपमै अध्यक्ष ठाकुर र गच्छदारलाई गाली गर्नुभएको थियो ।
मधेसवादी दलमा देखिएको नेतृत्व टक्करका कारण पार्टर्ीीकीकरण सम्भव नभएपछि नेताहरुले चुनावी तालमेलमा जोड दिन थालेका छन् ।   स्रोतले भन्यो-'ठाकुरलाई वरिष्ठ नेता मानेर पार्टर्ीीे नेतृत्व आफैंले गर्ने गच्छदारको चाहना र मधेसी राजनीतिमा राजनीतिक, आर्थिक र चारित्रिक हिसाबले स्वच्छ छवि भएका ठाकुरलाई नै अघि बढाउनर्ुपर्ने तमलोपाको निष्कर्षर आफैंले नेतृत्व दिने ठाकुरको चाहनाका कारण एकीकरणको प्रक्रिया अघि बढ्न सकेको थिएन तर अहिले चुनावी तालमेल गरेर पछि वरिष्ठ नेतामा ठाकुरलाई मनाएर आफू एकीकृत पार्टर्ीीे अध्यक्ष बन्ने गच्छदारको चाहना रहेको छ ।'
फोरम नेपालबाट अलग भएका  गच्छदारले कुनै पनि हालतमा उपेन्द्र यादवलाई आफ्नो मोर्चामा ल्याउने पक्षमा हुनुहुन्न, तमलोपा स्रोतले भन्यो, यी दर्ुइ नेता एक मोर्चामा भए नेतृत्वका लागि टक्कर हुने भएकाले नै गच्छदार महतो र यादवसँग तालमेल गर्ने पक्षमा देखिनभएको छैन । उता उपेन्द्र यादव र महतो पनि कसैसँग तालमेल नगरीकनै चुनावमा जाने आन्तरिक तयारीमा रहेको बुझिएको छ । यी दर्ुइ दल मधेशमा आफूलाई बलियो भएको दावी गरिएको आधारमा चुनाव एक्ला एक्लै लड्दा नै फाइदा भने उहाँहरुको बुझाई छ ।
सद्भावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतेाले तालमेल गरेर गयो भने मधेशलाई घाटा सुनिश्चित रहेको बताउनुभयो । उहाँका अनुसार छुट्टा छुट्टै चुनावमा लडे  थोरै थोरै सीट आए पनि धेरै हुन्छ तर तालमेलमा गए त्यसभन्दा थोरै सीट आउने दावी गर्नुभयो ।
यता फोरम नेपालका उपेन्द्र यादवको आठदलीय मोर्चामा ताम्सालिङ नेपाल राष्ट्रिय दल, जनमुक्ति पार्र्टर्ी, नेपाल लोकतान्त्रिक नागरिक पार्र्टर्ी, थरूहट तर्राई पार्टर्ीीेपाल, नेपाल शान्ति समाज तथा शरत्सिह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टर्ीीहेका छ । अध्यक्ष यादवले अरु दलसँग चुनावी तालमेल नभए आफुहरु आफै मोर्चामा रहेका दलसँग तालमेल गरेर चुनावमा जाने बताउनुभयो ।

No comments:

Post a Comment