Labels

Thursday, September 26, 2013

अजाद सिह उपेन्द्रको साथमा



सुरेशकुमार यादव
काठमाडौ असोज ४ गते । मधेशमा सशस्त्र आन्दोलन त्यागेर सरकारसँग वार्तामा रहेका संयुक्त तर्राई जनतान्त्रिक मुक्ति मोर्चा -अजाद समूह) र मधेशी जनअधिकार फोरम नेपालबीच शुक्रवार एक कार्यक्रमबीच एकीकरण भएको छ ।
एकीकरणपछि मोर्चाका नेताहरुलाई पार्टर्ीी स्वागत गदै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मङ्सिर ४ गते हुने सविधानसभा चुनावको मितिलाई कुनै पनि हालतमा र्सार्न नहुने बताउनु भएको छ । कहि कतैबाट चुनाव सार्ने षड्यन्त्र भयो भने जनताले त्यसको विरुद्धमा व्रि्रोह गर्ने उहाँको चेतावनी थियो । 
चुनाव सार्ने षड्यन्त्र भइरहेको दावी गर्दै उहाँले मङ्सिर ४ गते हुने सविधानसभाको चुनावको मिति सरेपछि कुनै पनि हालतमा चुनाव नहुने धारणा ब्यक्त गर्नुभयो । अघिल्लो सविधासभाको चुनाव स्थगित गर्ने षड्यन्त्रकारीहरु नै मङ्सिर ४ गते चुनाव सार्ने षडयन्त्रमा लागेको आरोप यादवले लगाउँदै षड्यन्त्र गरेर ०४७ सालको सविधान ल्याउन चाहेको आरोप लगाउनु भयो । प्रमुख चार दलको षड्यन्त्रले  सविधासनभा विघटन भएको आरोप लगाउँदै अहिले पनि उहाँहरुबाट चुनाव सार्ने गार्ँइगर्ुर्ँइ शुरु भएको बताउनुभयो । कुनै बहाना बनाएर सविधानसभाको चुनाव नगर्ने र पछि ०४७ सालकै सविधानलाई पोलिस लगाएर जनतालाई सुम्पिने षड्यन्त्र भइरहेको र त्यसबाट सचेत रहनु उहाँले आग्रह गर्नुभएको थियो ।
अध्यक्ष यादवले लोकतन्त्रबाट देश कर्मचारीतन्त्रमा गएको छ तर अब पनि सविधानसभाको चुनाव नभए मुलुक प्रतिगमनमा जाने ठोकुवा गर्नुभयो । देशलाई सविधानसभा चुनावको अत्यन्तै आवश्यकता परेको छ, उहाँले भन्नुभयो- 'सरकारले अन्य कार्यलाई छाडेर भए पनि तोकिएको समयमा चुनाव सम्पन्न गराउनर्ुपर्छ ।'
मधेशका अत्यन्तै क्रान्तिकारी शक्ति आफ्नो पार्टर्ीीग एकीकरण गरेको छ, यसले मधेशमा एउटा शक्ति पैदा गरेको छ, उहाँले भन्नुभयो-'मधेशी जनअधिकार फोरम पार्टर्ीीवभाजन भएको हो भन्नेहरुको लागि ठुलो जवाफ भएको छ । हाम्रो पार्टर्ीीवभाजन वा फुटेको होइन, पार्टर्ीीत्र रहेका फोरह मैला साफ भएको छ । अब पार्टर्ीीझ सशक्त रुपमा अगाडि बढ्दैछ । थुप्रै क्रान्तिकारी नेताहरु फोरम नेपालसँग जुट्दैछ । अगामि सविधानसभाको चुनावमा मधेशमा फोरम नेपाल नै बहुमतमा रहनेछ ।
उहाँले मुलुकमा अहिले पनि परिवर्तन चाहने र नचाहनेबीच संर्घष्ा जारी रहेको बताउँदै यो संर्घष्ा जारी रहेसम्म न सविधानसभाको चुनाव हुने  न संविधान बन्ने हुँदा एउटा शक्ति पराजित हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो । परिवर्तन चाहने र नचाहनेमध्ये कोही एकजना पराजित नभएसम्म समस्या समाधान नहुने उहाँको धारणा थियो ।
पार्टर्ीी वरिष्ठ नेता भरतविमल यादवले मङ्सिर ४ गते सविधानसभाको चुनाव सम्पन्न गराउन पर्ूण्ा तयारी तथा सहभागिताका साथ त्यसमा लाग्नुपर्ने बताउनुभयो । तोकिएकेा मितिमा सविधानसभाको चुनाव हुन नदिन त्रि्र रुपमा षड्यन्त्र भइरहेको बताउँदै उहाँले आफ्नो पार्टर्ीीुनावका लागि पर्ूण्ारुपमा तयार रहेको बताउनु भयो । एक युगमा एकपटक आउने ऐतिहासिक सविधानसभाका चुनाव हुने भएकाले त्यसका लागि पर्ूण्ा रुपमा तयारीमा लाग्न उपस्थित कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।
मधेशी जनताको बहुप्रतिक्षित पहिलो सविधानसभा षड्यन्त्रमुलक ढंगले विघटन भयो र हुन लागेको अर्को सविधानसभाको चुनाव पनि नगरेर मधेशी जनतालाई अधिकारबाट बञ्चित गर्न खोजेको उहाँले आरोप लगाउनुभयो ।
संयुक्त तर्राई जनतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष उदयकान्त मिश्र -आजाद सिह) ले मधेशको मुक्तिको चाहना र मिसन कायम राख्दै संर्घष्ाको बाटो परिवर्तन गरेको बताउनुभयो । उहाँले बुलेटबाट सम्भव नभएको कार्य ब्यालेटबाट सम्भव गर्ने बताउनु भयो । अहिलेको राजनीतिक अवस्थालाई हर्ेदा सशस्त्र आन्दोलनबाट मधेश मुक्ति सम्भव नभएकाले शान्तिपर्ूण्ा आन्दोलनमा आएको बताउनुभयो ।
आफूहरुले सरकारसँग बारम्बार वार्ता र छलफल गरे पनि त्यसको कुनै सुनुवाई नभएको बताउँदै उहाँले मधेशमा अर्को आन्दोलनको तयारीमा आफू जुटेको बताउँदै त्यसका लागि फोरम नेपालसँग एकीकरण गरेको बताउनुभयो । मधेश मुक्तिका लागि लामो संर्घष्ा र बलिदानी दिएर आएका फोरम नेपालबाट मात्र मधेशको मुक्ति सम्भव भएको धारणा ब्यक्त गर्दै सविधानसभा चुनावको तयारीमा आफ्नो दल जुटिसकेको बताउनुभयो । अब आफू मोर्चाको नेता होइन, फोरम नेपालको नेताको रुपमा चिनिने उहाँले बताउनुभयो ।  

No comments:

Post a Comment