Labels

Sunday, September 29, 2013

उम्मेदवार चयनको जिम्मा हेडक्वाटरलाई


सुरेशकुमार यादव
काठमाडौ असोज १२ गते । एकीकृत नेकपा माओवादीले गठन गरेको उम्मेदवार छनौट समितिले सविधानसभा चुनावका लागि उम्मेदवार चयन गर्न नसकेपछि सोको जिम्मा कार्यालयलाई दिएको छ ।
केहीदिनदखि लगातार रुपमा बस्दै आएको समितिको बैठकले विभिन्न राज्य समिति तथा ब्यूरो इन्चार्जहरुसँग छलफल गरेपनि उम्मेदवारको टुगों लागेको छैन । पहिलोचरणमा मुख्य नेतासहित सम्पर्ूण्ा क्षेत्रको ७५ प्रतिशत उम्मेदवारको नाम शुक्रवार घोषणा गर्ने भनिएपनि सो आइतवारको लागि सरेको हो ।
समितिका संयोजक पोष्टबहादुर बोगटीले राज्य समिति तथा ब्यूरो इन्चार्जहरुसँग कुराकानी गरेर मिलाएपनि मधेशमा विवाद देखिएको कारणले पर्ूण्ाता नपाएको समितिका एक सदस्यले गोरखापत्रलाई बताउनुभयो । भोजपुरा राज्यसमितिका इन्चार्ज प्रभु साह र संयोजक क्षेत्रबहादुर श्रेष्ठले उम्मेदवारको सुची बेग्ला-बेग्लै बुझाएको कारण विवाद देखेएका स्रोतका दावी छ । संयोजक श्रेष्ठले मधेस ब्युरो इन्चार्ज रामचन्द्र झामार्फ भोजपुरा राज्य समिति अर्न्तर्गतका बारा, पर्सर्ाा रौतहटका १७ वटा निर्वाचन क्षेत्रका लागि बेग्लै सुची बुझाएका छन् । श्रेष्ठले वुझाएको सुचीलाई झाले औपचारिक रुपमा शुक्रवार उम्मेदवार छनौट समितिको वैठकमा पेश गरेका गर्नुभएकेा थियो भने त्यसअघी नै इन्चार्जको हैसियतले साहले छनौट समितिमा भोजपुराका उम्मेदवारको सुची पेश गर्नुभएकेा थिया ।

पार्टर्ीी आन्तरिक तयारी नपुगकेा कारण चुनावमा उठ्ने प्रत्यक्ष तर्फा उम्मेदवारहरुको नाम घोषणा नभएको बताउनुभयो । केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिवार भएको नियमित पत्रकार भेटघाटमा प्रवक्ता सापकोटाले  आइतवारसम्ममा ७५ प्रतिशत उम्मेदवार घोषणा गर्ने जानकारी गराउनु भयो । एक ठाउँमा मिलाउन बाँकी रहेकाले आइतवार केन्द्रीय कार्यालयको बैठक बसी त्यसको टुगों लगाउन बताउनुभयो ।
कतिपय ठाउँमा प्रभावशाली नेताहरु पार्टर्ीी प्रवेश गर्न लागको कारण उम्मेदवारको टुगों लगाउनमा ढिलाई भइरहेको बताउँदै प्रवक्त सापकोटाले समानुपातिक उम्मेदवारहरुको पनि सूची तयार हुँदै गरेको बताउनु भयो ।
एको अर्को प्रसंगमा उहाँले चुनावका लागि सम्पर्ूण्ा तयारी पूरा भएका हुनाले कुनै पनि हालतमा मंसिर ४ गते हुने चुनावका मिति नसार्ने बताउनुभयो । उहाँले यदि मंसिर ४ गतेलाई सार्यो भने कहिले पनि चुनाव नहुने बताउनुभयो ।

No comments:

Post a Comment