Labels

Wednesday, November 26, 2014

नेपाल आएर के के भने मोदीले ?




जनकपुर भ्रमण किन रद्द भयो ? (भिडियोसहित)


नेपालले मलाई जति माया दिएको छ, त्यसलाई म कहिल्यै विर्सन सक्दिन । त्यसकारण म नेपालको धेरै धेरै अभारी छु । आज जुन ट्रमा सेन्टरको लोकार्पण भइरहेको छ एक प्रकारले यो जीवन रक्षाको अभियान हो । मानिसको जीवन बचाउने सबैभन्दा महत्वपूर्ण समय हो । अगर अन्तिम समयमे मानिसलाई उपयुक्त उपचारको सुविधा मिले र प्रोपर ट्रिटमेन्टको सहारा मिले मानिसको जीवन बचाउन सकिन्छ । नेपाल र भारतको मैत्री सम्बन्धको यो उत्तम उपहार हो यो र एक किसिमले जीवनको सौगात दिइरहेको छ । त्यस्तो उपहार जसले जीवनको सौगात दिइरहेको छ त्यो हामीलाई जडदेखिनै जोड्छ । हामीलाई जीवनसँग जोड्छ, हाम्रो अरमानसँग जोड्छ र हामीलाई अरमान पूरा गर्नका लागि प्रयास गर्ने शक्ति दिन्छ ।

Wednesday, November 12, 2014

सरकारमा जाने बारे यस्तो छ मधेशवादी नेताको गुदी कुरा


संयुक्त प्रस्तावबारे आफ्नै पार्टीबाट अलोचना खेप्न थालेपछि सत्ताधारी दलका नेताहरुले त्यसलाई कमजोर पार्न र एमाओवादी नेतृत्वको २२ दलीय मोर्चालाई तोड्न अहिले नयाँ रणनीति अघि सारेका छन् । सत्ताधारी दल काँग्रेस र एमालेले मोर्चामा आवद्ध मधेशवादी दलका नेताहरुलाई सरकारमा आउन प्रलोभन दिइरहेको खुलासा सो दलका नेताहरुले आफै गरेका छन् ।
सरकारलाई समावेशी बनाउने नाममा एमालेका अध्यक्ष केपी ओलीले स्वयं मधेशवादी दलका नेताहरुसँग भेटेर सरकारमा आउन प्रस्ताव गरेका छन् भने उता काँग्रेसका महामन्त्री कृष्ण सिटौला र सोही पार्टीका नेता आमोदप्रसाद उपाध्यायले मधेशी नेताहरुसँग भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

Tuesday, November 11, 2014

म मन्त्री बन्नका लागि सभासद् बनेको होइन

sarita yadav (1)
तपाई वर्तमान सविधानसभाका सबभन्दा कान्छी सभासद् हुनुहु्न्छ, सविधान निर्माणको प्रकृयालाई कसरी लिनु भएको छ, संविधान कसरी निर्माण भइरहेको छ ?
सविधान निर्माणका कार्य धेरै हदसम्म अगाडि बढेको छ । विगतको सविधानसभामा भएको सहमतिलाई आत्मसात गर्दै नयाँ विषय अर्थात् विवादीत विषयहरुमा सहमति जुटाउने काम भइरहेका छन् । प्रमुख दलहरु दिनरात त्यसैमा लागेको जस्तो देखिन्छ । हामी बाहिरबाट हेर्दा ठूला दलहरु विभिन्न छलफलमा जुटेको देखिन्छ । त्यसबाहेक अन्य समितिहरुमा पनि छलफलहरु जारी नै छन् ।

तमलोपा र फोरम गणतान्त्रिक सरकारमा जाने

काठमांडू/तराई मधेश लोकतान्त्रिक पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टीलाई सरकारमा ल्याउने पहल भइरहेको जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले सार्क शिखर सम्मेलनअघि नै एमाओवादी नेतृत्वको २२ दलीय मोर्चामा आबद्ध रहेका तमलोपा र मोर्चा बाहिर रहेका फोरम गणतान्त्रिकलाई पहिलो चरणमा सरकारमा ल्याउने तयारी भइरहेको छ ।

Sunday, November 9, 2014

सात प्रदेशको विरोधमा काँग्रेसका मधेशी सभासद्ले बुझाए हस्ताक्षर




काठमाडौ कात्तिक २३ गते । काँग्रेस र एमालले ल्याएको सात प्रदेशको विरोध गर्दै काँग्रेस पार्टीका २४ जनासभासद्ले पार्टीका सभापति एवं प्रधानमन्त्री सुशिल कोइरालालाई हस्ताक्षर बुझाएका छन् । मधेशको भावना विपरित एमालेको लहैलहैमा आएर यो प्रस्ताव आएको भन्दै काँग्रेसका अधिकाँशसभासद्हरुले त्यसको विरोध गरिरहेका छन् ।

Saturday, November 8, 2014

प्रचण्डलाई खुट्टा नकमाउन मधेशवादी दलको आग्रह

काठमाडौं कात्तिक २२ गते । मधेशवादी दलका नेताहरुले एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई खुट्टा नकमाउन आग्रह गरेको छ । अध्यक्ष प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाले आज जनकपुरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्ने क्रममा मधेशी नेताहरुले सो आग्रह गरेका हुन् ।
विगतमा मधेशलाई पाँच प्रदेशमा विभाजन गर्न एमाओवादीले पनि साथ दिएको आरोप लगाउँदै यो सविधानसभामा एमाओवादीले खुट्टा कमाउन नहुने धारणा राखेका थिए । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले भने, प्रचण्डजी तपाई खुट्टा नकमाउनुस् हामी तपाईको साथमा छौं । काँग्रेस एमालले ल्याएको प्रस्तावलाई जसरी हामी संयुक्त रुपमा विरोध गरिरहेका छौ त्यसलाई निरन्तरता दिऔं भने प्रस्तावको बारेमा सोच्न बाध्य हुनेछ । यसबीचमा हामीमध्ये कसैले खुट्टा कमायो भने देशका लागि ठुलो पराजित सावित हुनेछ ।’

मधेश आन्दोलनः एक समिक्षा

–सुरेशकुमार यादव


विषय प्रवेश
नेपालको मधेश भन्नाले मुलुकको दक्षिण समतल भूभागलाई जनाउँछ । मधेशको क्षेत्रफल (२२ जिल्ला) नेपालको कुल भूभाग २३ प्रतिशत अर्थात ३४०१९ वर्ग किमि रहेको छ । पूर्वदेखि पश्चिममा गरी मधेश क्षेत्रको लम्बाई ५०० माइल र उत्तर दक्षिणको चौडाई सरदर २० माइल रहेको छ । समुन्द्र सतहबाट औसत ५०० मिटरसम्मको अग्लो भूभागको मेधश क्षेत्रमा सबै समतल भूभाग मात्र नभएर शिवालिक पर्वत श्रृखलाको पहाडि प्रकारको भूभाग पनि केही जिल्लाहरुमा पर्दछ । नेपालका प्रायशः सबै महत्वपूर्ण नदीहरु जस्तै मेची, कन्काई, कोशी, कमला, वागमती, नारायणी, राप्ती, बबई, कर्णाली र महाकाली मधेश भएरै बगेका छन् ।
नेपालको ५० प्रतिशतभन्दा बढी जनसँख्याको बासोवास रहेको मधेश क्षेत्रले पूर्व, दक्षिण र पश्चिम गरी भारतको पश्चिम बंगाल, विहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यहरुलाई छोएको छ । यही क्षेत्रमा परम्परागत रुपमा बसोबास गरि आएका विभिन्न जातजातिका गैर नेपाली मातृभाषा भएका गैर पहाडि मूलका मानिसहरुलाई मधेशको मूल बासिन्दा मधेशी भनिन्छ । जसको आफ्नै मौलिक सँस्कृति, भाषा, भेषभुषा, जीवशैली र मौलिक पहिचान रहेको छ ।

काँग्रेसका लागि मधेशवादी दलको सुराकी गर्छन् मण्डल

काठमाडौ कात्तिक ९ गते । सशक्त रुपमा आएका मधेशको राजनीतिक एका एक रणनीति रुपमा किन कमजोर भयो भने कुराको खोजी मधेशी राजनीतिकमा भएको छ । मधेश आन्दोलनपछि गठन भएको दलमा विभिन्न प्रकारका व्यक्तिहरुको घुसपैठ भएको छ र त्यहाँ हुने गतिविधिको रिर्पोटिगं अन्य ठाउँमा हुने गरेका कारण मधेशवादी दलको यतिका कमजोर भएका छन् र रणनीतिक फेल भएको ठहर गरेको छ ।
ती दलमा कोही पत्रकार भएर जासुसी गरिरहेका छन् भने कोही नागरिक समाज त कोही बुद्धिजिवि भएर जासुसी गरिरहेका छन् । तीमध्ये अग्रपंक्तिमा मधेशी नागरिक समाजका अध्यक्ष गणेशकुमार मण्डल रहेका छन् । मधेशवादी दलहरुमा उनलाई काँग्रेस पार्टीको सुराकीको रुपमा लिएको छ । मधेशी नागरिक समाजको नामबाट मधेशवादी दलसँग सम्पर्क गर्ने र त्यहाँ भएका कुरालाई काँग्रेसमा पुर्याउने काम गरिरहेको पार्टी स्रोतहरुले जनाएका छन् ।

तमलोपाभित्र तिब्र असन्तुष्टि




काठमाडौं, कात्तिक २० – तराई मधेश लोकतान्त्रिक पार्टीभित्र चुलिएको आन्तरिक विवाद समाधान नभएपछि सो पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष महन्थ ठाकुर समक्ष १३ बुँदे माग तेर्साएको छ । पार्टीभित्र देखिएको गुट उपगुटले पार्टीको कुनैपनि क्रियाकलाप अगाडि नबढेको र पार्टी कुनै एक व्यक्ति र एकै समुदायको हातमा गएको आरोपहरु लागि रहेका छन् । पार्टीभित्र एउटा गुटको नेतृत्व सोही पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले गरिरहेका छन् भने अर्को गुटको नेतृत्व महामन्त्री एवं प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले गरिरहेका छन् ।   यी दुई गुटका चलखेलका कारण हालसम्म पार्टीले महाधिवेशन गराउन सकेको छैन भने प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठक लगभग १५ महिनादेखि बस्न सकेको छैन । कम्तीमा प्रत्येक महिनामा एक पटक बस्ने केन्द्रीय कार्य सम्पादन समितिको औपचारिक बैठक लगभग छ महिनादेखि बस्न सकेको छैन । पार्टीका अध्यक्ष ठाकुरले आफैले गरेका निर्णयलाई आफै उल्टाउन लागेकोमा उनको तिब्र विरोध हुन थालेको छ ।

सात प्रदेशविरुद्ध कांग्रेसका मधेसी सभासदको हस्ताक्षर अभियान

नेपाली कांग्रेसका मधेसी सभासदहरुले आफ्नै पार्टीले अघि सारेको सात प्रदेशको प्रस्तावविरुद्ध हस्ताक्षर संकलन गरेका छन् ।
पार्टी नेतृत्वले एमालेसँग मिलेर सात प्रदेशको साझा प्रस्ताव तयार पारेपछि कांग्रेसका मधेसी केन्द्रीय नेता एवं सभासदहरुले हस्ताक्षर अभियान चलाएका हुन् । कांग्रेसका ५० जना सभासदको हस्ताक्षर संकलन भइसकेको छ ।
यसरी हस्ताक्षर गर्नेमा राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव, अमरेशकुमार सिंहदेखि मोरङका सभासद अमृत अर्याल समेत रहेका छन् । हस्ताक्षर अभियानका एक सदस्यका अनुसार सात प्रदेशविरुद्ध तराई-मधेसका ५७ सभासदले नै हस्ताक्षर गर्ने सहमति जनाइसकेका छन् ।
आफ्नो प्रस्तावलाई सम्वाद समितिमार्फत् प्रक्रियामा छिराई दुई तिहाइमार्फत् पारित गराउने कांग्रेस र एमालेका नेताहरुको योजनामा मधेसी सभासदको असहमतिले ठूलो झड्का लागेको छ । कांग्रेसमा ५० सभासदले असहमति जनाएपछि अब संविधानसभामा सत्तापक्षले लैजाने ७ प्रदेशको प्रस्ताव पारित नहुने स्थिति आएको छ ।

भारत चुपचाप बस्यो भने सरकारलाई १० महिनामा घुँडा टेकाउँछौ

–जयकृष्ण गोइत
अध्यक्ष, जनतान्त्रिक तराई मुक्ति मोर्चा

माओवादी छाडेर २०६१ सालदेखि स्वतन्त्र तराईको माग गर्दै सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइत संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सरकारसँग वार्ता गर्न चाहन्छन् तर सरकारले सो शर्तलाई वेवास्ता गर्दै आएका छन् । सरकारले विषेश सुरक्षा योजना लागु गरेपछि सशस्त्र गतिविधि सुस्ताएको छ यद्यपी गोइतले भारतको भूमिका खोजेका छन् उनी भन्छन्, भारत चुपचाप बसिदिए भने १० महिनामा नेपाली सरकारलाई घुँडा टेकाई दिन्छौ ।’ यही र यस्तै विषयमा रातोपाटीले भूमिगत रहेका गोइतसँग फोनमा गरेको कुराकानीको मुख्य अंश

Monday, October 20, 2014

पहिला नेपाली कि पहिला मधेशी दुई मधेशीको बहस

बारा र पर्साका दुई जना मधेशी एकले भन्छन् म पहिला नेपाली अनि मधेशी र अर्को भन्छन् मधेशी पहिचानको नेपाली नागरिक । तराई मधेश लोकतान्त्रि पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले भन्छन् म मधेशी पहिचानको नेपाली हो भने बाराकै छेउमा रहेका पर्सा वीरगञ्जका फेसबुक सञ्जाल परिवर्तनका लागि हामी नेपाली एक प्रशासन्त सिहले म पहिला नेपाली अनि मधेशी भनेका छन् ।

Sunday, September 28, 2014

मैले सबै थारुलाई आन्दोलन गर्नुस् भनेको थिएँ

विजयकुमार गच्छदार
फोरम लोकतान्त्रिक संसदीय दल नेता
पहिचान सहितको संघीयता ल्याउनुपर्छ। यसका लागि हामीले अझै पनि आन्दोलन गर्नुपर्ने भएको छ किनभने यथास्थितिवादीहरु बहुमतमा छन्, संघीयता भएमा देश टुक्रन्छ भन्नेहरु बहुमतमा छन्। हामीले चाहेको भन्दा विपरितका शक्तिहरु संविधानसभामा भिमकाय भएका छन्

घर जाँदै हुनुहुन्छ ? खाना खाने बेला यसो विचार गर्ने हो कि ?

तपाई दशैंमा घर जाँदै हुनुहुन्छ भने बाटोमा पक्कैपनि कुनै होटलमा खाना खानुहुन्छ होला । त्यसो भए तपाई कुनै होटलमा खाना खान पस्नुअघि यो स्टिकरलाई हेर्नुहोला अनि मात्र खानु होला ।  राम्रो खाना विक्रि वितरण गर्ने होटलमा हरियो स्टिकर टाँसेको छ भने त्यसभन्दा कम गुणस्तरको खाना विक्रि वितरण गर्ने होटलमा पहेलो रंगभित्र एउटा रातो धर्का भएको स्टिकर टाँसिएको छ ।

Saturday, September 27, 2014

गच्छदारले भने, एक मधेश एक प्रदेश हुँदैन

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षव विजयकुमार गच्छदारले एक मधेश एक स्वायत्त प्रदेश कुनैपनि हालत हुन नसक्ने बताएका छन् । थारु पत्रकार संघले आज आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष गच्छदारले मधेशी नेताहरुको दिमागबाट आफूले एक मधेश एक प्रदेश हटाएकाले मधेशमा दुई प्रदेश हुन्छ त्यसमा थारु समुदायलाई ढुक्क रहन आग्रह गरे ।  

Tuesday, September 23, 2014

जनतान्त्रिक तराई मोर्चासँग वार्ता

भूमिगत जनतान्त्रिक तराई मोर्चा पवन समूहसँग प्रारम्भिक वार्ता उपसमितिले संसद सचिवालयमा वार्ता गरेर चार बुँदे सहमति गरेको छ।
यो समूहले राजनीतिको आवरणमा आपराधिक गतिविधि त्याग्ने सम्झौता विगतमा शान्ति मन्त्रालयसँग पनि गरिसकेको थियो। समूहले केही हतियार पनि बुझाइसकेको छ र आजको सम्झौतामा उसका कार्यकर्ता रिहा गर्न पहल गरिने उल्लेख छ।

Monday, September 22, 2014

सिके राउतका बारेमा अब बोल्नेछन् मधेशी दलका नेता

मधेशवादी दलले सिके राउतको बारेमा एउटै भ्वाइस ल्याउने भएका छन् । सिहदरवारमा मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सद्भावना पार्टीको संयुक्त बैठकले यस्तो गर्ने भएका छन् ।

सिके राउतको बारेमा के तयार गर्दैछन् मधेशी नेता ?

मधेसवादी दलका नेताहरुले अहिले संसद सचिवालयमा विशेष बैठक गरिरहेका छन्। देशको वर्तमान परिस्थिति, संसदीय गतिरोध र संविधानमा सामूहिक अडान लिने विषयमा मधेसवादी नेताहरुको छलफल भइरहेको थाहा भएको छ । स्रोतका अनुसार थुनामा रहेका सिके राउतका बारेमा पनि सो बैठकमा छलफल हुने बताइएको छ । 

Saturday, September 20, 2014

अमेरिकाबाट सीके राउतको रिहाईको माग

अमेरिकामा रहेका नेपाली तराइबासीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईयन इन अमेरिका एन्टाले नेपालमा पक्राउ परेका डाक्टर सीके राउतको रिहाइको माग गरेको छ । एन्टाका अध्यक्ष ललित झा र प्रवक्ता जय पी शाहले जारी गरेको वक्तब्यमा राउतलाई पक्राउ गरिएकोमा निन्दा गर्दै रिहाईको माग गरिएको हो । राउत देशको अखण्डतामा आँच आउने अभिब्यपक्ति दिएको अभियोगमा नेपालमा पक्राउ परेका हुन् । एन्टाले राउतको स्वतन्त्र मधेषसम्बन्धी अवधारणामा सहमति नजनाउने तर अभिव्यक्ति स्वतन्त्रताको हक सबैलाई भएको भन्दै राउतको रिहाईको माग गरेको हो ।

सिके राउतले किन लगाए दौरा सुरुवाल र ढाका टोपी ? पढ्नुस राउतकै शब्दमा

सिके राउत विखण्डनकारीको आरोपमा अहिले थुनामा छन् । उनको बारेमा अहिले विभिन्न अड्कलहरु भइरहेका छन् । विभिन्न कोणबाट उनका कुराहरु आइरहेका छन् । विस्तारै विस्तारै मधेश ताँतिदै गइरहेका छन् । राजतन्त्र राजा र नेपाल देशको मधेशप्रति कुनै अधिकार छैन । मधेशप्रति सीर्फ मधेशीको अधिकार छ भन्ने सिके राउत ज्ञानेन्द्र शाहको अगाडि कसरी झुके र दौरा सुरवाल ढाका टोपी लगाउन किन बाध्य भए...........?

Thursday, September 18, 2014

राउतको बारे सरकारले जवाफ दिनुपर्ने गच्छदारद्धरा संसदमा माग

काठमाडौ असोज २ गते । राष्ट्रद्रोहको मुद्दामा सिके राउतको बारे विशेष अदालतमा बहस चलिरहदा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले संसदमा पनि सिके राउतको बारेमा कुरा उठाएका छन् ।
उनले डा.बाबुराम भट्टराईले संवाद समितिबाट बाहिर रहेका मधेसवादी नेताहरुलाई बोलाउ“दा सिके राउतलाई पनि बोलाएर उनको धारणा माग गरेका थिए, सुझाव माग गरे अुनसार राउतले आत्मनिणर््ँय सहितको अधिकार सविधानमा हुनुपर्ने सुझाव दिएको बताउदै देशबाटै छुट्टिन पाउने गरी राइट टु सेप्रेशनको सुझाव दिएका मान्छेलाई प्रहरीले आहिले किन समातेको भन्दै सरकारसग प्रश्न गरे ।

भट्टराईलाई खुश पार्न गच्छदारले दिए भण्डारीलाई बलिदानी

काठमाडौ असोज २ गते । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टी विभाजनको दुई अढाईवर्षपछि सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले नयॉ कुराको खुलासा गरेका छन् ।
आज प्रतिपक्षि दलको मध्येबाट बोल्ने क्रममा उनले संसद खुलाउनका लागि नै आफूले आफ्ना पार्टीका रक्षा मन्त्री शरट्सिह भण्डारीलाई मन्त्री पदबाट फिर्ता बोलाएको खुलासा गरेका छन् ।

Monday, September 15, 2014

अमेरिकामा महिनाको १४ लाख कमाउँथे सिके राउत

स्वतन्त्र मधेश राष्ट्रका लागि शान्तिपूर्ण अभियान थालेका सप्तरीको महदेवा गाविस निवासी डा. सिके राउतको निःशर्त रिहाईका लागि उनका वुवा श्वेताम्बर राउतले आग्रह गरेका छन् । 
महदेवा गाविस–३ निवासी ६२ बर्षिय अवकास प्राप्त शिक्षक राउतले आफ्ना छोरा गैरकानुनी कार्यमा संलग्न नरहेको भन्दै छोराको निःशर्त रिहाईका लागि पहल गरी दिन मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजलाई आग्रह गरेका हुन् । 

Wednesday, August 6, 2014

धर्मनाथ साहको कुरा सुनेपछि रामपृत पासवानले भन्यो, उम्मेदवार पनि सक्षम हुनुपर्छ

एमालेमा हारेका धर्मनाथ साहले भने ‘म भ्रममा थिए’ भने आर्टिकल पढेपछि सोही पार्टीका नेता रामपृत पासवानले भने,एमालेको महाधिवेशन बडो लोकतान्त्रिक प्रकृयाबाट सम्पन्न भएको छ । यो महाधिवेशनलाई ऐतिहासिक मानिएको छ । २ लाख ५६ हजार सदस्य रहेको यस एमाले पार्टीले देखाएको लोकतान्त्रिक विधिबाट अन्य दलले पाठ सिक्नु पर्ने हुन्छ । दलितहरुका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याइएको थियो जो भारतमा एम्बेडकरले गर्न खोजेका थिए सकेन । निर्वाचनमा गएको कारणले प्रतिस्पर्धा गर्नुपर्छ । निर्वाचनमा देश भरिका एमालेका मतदाताले भाग लिएका थिए । सबैले आआफ्नो च्वाइस अनुसार मतदान गरे । त्यसमा कोही हारे कोही जिते । त्यसका लागि कसैले चित्त दुखाउनु हुँदैन ।

मनिष सुमन किन चाहन्छन् बुढो हुन ?

काठमाडौ साउन २१ गते । प्रायः मान्छे जन्मेपछि जहिले पनि युवा तन्नेरी र हठ्ठाकठ्ठा रहन चाहन्छ र कामना पनि त्यही गरिरहेका हुन्छन् तर सद्भावना पार्टीका महासचिव मनिष सुमनलाई युवा अवस्था होइन बृद्धा अवस्था नै अचेल प्रिय लाग्ने थालेका छन् । उनले आफू युवा भएकै कारणले अवसरबाट बञ्चित रहेको पिडा पोखेका छन् । उनले कतिखेर युवाबाट प्रोढमा जाउँ र पार्टीले दिने अवसर प्राप्त गरौ जस्तो लाग्न थालेको धारणा राखेका छन् । उनले भने, जबसम्म युवा रहि रहन्छु तबसम्म कुनै अवसर पाउदिन जस्तो लाग्यो । अब चाँडै प्रौढमा जानुपर्छ ।’
 उनले अगाडी भने, मबाट गल्ति भएको छ कि म अरुभन्दा अलि ढिलो जन्मेको छु, अलि चाँडो जन्मेको भए म पनि अवसरबाट बन्चित हुँदैन थिए होला ।

Tuesday, August 5, 2014

एमालेमा हारेका धर्मनाथ साहले भने ‘म भ्रममा थिए’

धर्मनाथ साह
नेता, एमाले
म एमाले पार्टीमा राजनीतिक शुरु गर्दा कहिले पनि रंगीय तथा वर्गाीय विभेदको राजनीतिक गरिन र त्यस्तो अनुभाव पनि गरिन । मधेशको कतिपय ठाउँमा हामीले पहाडीलाई नेता बनाएका छौ । नेता बनाएर केन्द्रमा पठाएका छौ तर कहिले पनि उ पहाडी हो म मधेशी हुँ भने कुरा मनमा आएन । प्रदीप गिरीदेखि लिएर लिलानाथसम्मलाई सिरहामा हामीले नेता बनाएका हौं । हामीले पहाडी वा मधेशीको रुपमा कहिले देखेनौ एउटा नेतको रुपमा मात्र देखियौ । धनुषा सप्तरीमा पनि त्यस्ता थुप्रै पहाडि नेता छन् जसलाई मधेशीले नेता बनाएका हुन । यसपाली सिरहाबाट मधेशीले नै प्रचण्डलाई जिताएर पठाएको छ । अर्थात मधेशीले कहिले पनि पहाडीलाई पहाडीया भनेर विभेद गरेन तर पहाडी पार्टीले मधेशीलाई मधेशीया भनेर विभेद गरेको छ त्यो कुरा एमालेमा प्रष्ट देखिएको छ ।

तमलोपा र सद्भावना पार्टीको एकीकरण भयो भने म खुशी हुन्छु

-उपेन्द्र यादव
अध्यक्ष, मधेशी जनअधिकार फोरम नेपाल

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तमलोपा र फोरम नेपालबीच अध्यक्षमा कुरा नमिलेका कारण एकीकरण प्रकृया अवरुद्ध भएको आरोप छ के भन्नुहुन्छ ?
–म आरोप प्रत्यारोपमा जान चाहन्न । राजेन्द्रजीको कुरा म पनि सञ्चारमाध्यमबाट सुनेको हुँ । यो राम्रो कुरा होइन । तीन दलको एकीकरण कुरा प्रकृयामा छन् । प्रकृया नटुगेंसम्म यस्तो अभिव्यक्तिहरु आउनु राम्रो होइन ।

भारत पुगेर के भन्यो मोदीले ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्रोतसाधन, प्रतिभा र विविधताको धनी रहेको नेपाल चाँडै नै स्थिर, समावेशी र समृद्ध राष्ट्र बन्ने र त्यो दक्षिण एसियाकै लागि गर्व र बाँकी विश्वका लागि उत्पे्ररणा हुने बताउनुभएको छ ।

दुई दिने नेपाल भ्रमणबाट सोमबार फर्किएलगत्तै नयाँदिल्लीमा जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्री मोदीले नेपालसँगको आफ्नो व्यक्तिगत सम्बन्धमा भ्रमणले नयाँ आयाम थपेको जनाउनुभएको छ ।

आजको सांसदमा के बोले नेताहरुले ?

काठमाडौँ, २० साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले यही साउन १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गाविस वडा नं ५ स्थित जुरेमा गएको पहिरोले पु¥याएको क्षति र  सुनकासी नदी खुलाउन भइराखेका प्रयासबारे  सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख सुवासचन्द्र नेम्बाङसँग समय माग गरी एकीकृत नेकपा (माओवादी)का सांसद अग्निप्रसाद सापकोटाले जुरेको पहिरोले पुरिएर हालसम्म ३३ जनाको मृत्यु भएको, १५७ वटा घर पुरिएको, ११७ जना बेपत्ता भएको, ४३६ जना विस्थापित भएको र ४० जना घाइते भएको सदनलाई जानकारी गराउनुभयो ।

Monday, August 4, 2014

मधेशी नेतालाई यस्तो भने प्रधानमन्त्री मोदीले

काठमाडौ साउन १९ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेशवादी दललाई हिमाल पहाड तराईलाई मिलाउन सुझाव दिएको छ । मधेशमा सिके राउत जस्ता नेताहरु छुट्टै मधेशको कुरा गरिरहेको बेला मोदीले मधेशी नेतालाई यस्तो सुझाव दिएको हो । यति मात्र होइन कि मधेशको विकासलाई हिमाल र पहाडसँग जोड्नै पर्ने सुझाव आएको मधेशी जनअअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।

मोदीसँग भेट्दै मधेशी नेता

मधेशीवादी दलका नेताहरु प्रधानमन्त्री नरेन्द्र मोदीसँग ह्यात होटलमा सामुहिक रुपमा भेटीरहेका छन् । जय प्रकाश गुप्तासहित गएका मधेशी नेताहरुले शान्ति र सविधानको बारेमा कुरा राख्नुको साथै मधेश प्रदेशको पनि कुरा राख्ने स्रोतको दावी छ । विकासका लागि मुख्य एजेण्डा हुलाकी सडक नै हो । मधेशको मेरुदण्ड भनेको हुलाकी सडक भएको हुनाले त्यसलाई तीन वर्षभित्र पुरा गर्न मोदीलाई आग्रह गरिने बताइएको छ ।
मधेशवादी दलका नेताहरु मोदी नेपाल भ्रमणमा आउनुअघि साउन १६ गते प्रधानमन्त्री सुशिल कोईराला मार्फत ज्ञापनपत्र पनि बुझाएको छ । त्यसमा पनि उनीहरुले चारवटा कुरा उल्लेख गरेका छन् ।

मोदीसँग यी कुरा गर्छन् मधेशी नेता


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटमा मधेशवादी दलका नेताहरु के कस्तो कुरा गर्ने भनि तयारी साथ मधेशी नेताहरु आज मोदीलाई भेट्दैछ ।  २.४५ वजेदेखि ३.३० बजेसम्म ह्यातमा भेटन लागेक मधेशी नेताहरुले विकास निर्माणका साथै सविधान निर्माणमा विशेष जोड दिने भएका छन् । प्रधानमन्त्री नरेन्द्र मादीसँग सामूहिक भेटको क्रममा के के एजेण्डामा छलफल गर्ने विषयमा उनीहरु आपसमा छलफल गरिसकेका छन् ।

मोदीले के कारणले सबैको मन मोहे पढ्नुस् उनकै शब्दमा


म नेपालमा आउन पाएकोमा अत्यन्तै हर्षित छु ।  धेरै धेरै वर्षअघि एक यात्रु तीर्थालुको रुपमा म यहाँ आएको थिएँ । यो भनाइ कि एक पटक तपाईले नेपालको भ्रमण गर्नुभयो भने यो जीवनपर्यन्त सम्बन्धमा बदलिन्छ  । प्रथमतः यस सुन्दर देशको यात्रीको रुपमा म फेरि फर्केर आएको छु । प्रधानमन्त्रीको हैसियतमा पुनः आउन पाउँदा वास्तवमै मैले भाग्यशाली महशुश गर्छु । यो यस्तो यात्रा थियो जुन म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्नेवितिकै गर्न चाहन्थे किनकि हाम्रो नेपालसँगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकतामध्ये हो । निमन्त्रणा गर्नुभएकोमा म सरकार र नेपालका जनतालाई धन्यवाद दिन चाहन्छु । मसँगै मैले १२५ करोड भारतीय जनताको माया, शुभकामना र सदभावना लिएर आएको छु ।

Saturday, July 19, 2014

सुरेश मण्डलले आफ्नै पार्टीको बारेमा लेखेको कुरा तपाईले पढ्नु भो त ?

काङग्रेस, एमाले र माओवादीका पछुवाहरु मधेसी दलहरुका अगुवा बनेकाले पनि मधेस र मधेसी जनताको यो दुर्दसा भैरहेको छ । यिनिहरुबाट मधेसलाई जोगाउन अब ुहार्डकोर मधेसवादी युवाु बीच एकता जरुरी छ ।  तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेशकुमार मण्डलले लेखेका यो स्टाट्स हुन् । पार्टीको एउटा जिम्मेवार नेताले यसरी लेख्दा उनको पार्टीले यो कुरालाई कसरी लिएको छ त्यो बुझ्नै पर्ने कुरा हो तर पार्टीको एकजना केन्द्रीय सदस्यले यसरी पार्टीको बारेमा लेख्नु वास्तवमा साहसीक काम हुन् । पछिल्लो समय उनले जुलाई १३ तारिखको पनि एउटा स्टाट्स लेखेका छन् । त्यसमा उनले मधेशका प्रमुख तीन दलका नेता राजेन्द्र महतो, महन्थ ठाकुर र उपेन्द्र यादवको सकारात्मक नाकारात्मक पक्षको बारेमा उल्लेख गरेका छन् । उनले आफ्नामा स्टाट्स यस्तो लेखेका छन्

राजेन्द्र महतोले उठाउलान यस्तो कडा कदम ?

आज धेरै दिनपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टीको बारेमा बोलेका छन् । उनले पार्टीबाट विगतमा भएको गल्ति कमिकमजोरीलाई आत्मसात गर्दै क्षमा याचना पनि मागेका छन् । शानिवार मधेशी बुद्धिजिवि, पत्रकार, वकिल, प्रध्यापकलगायतसँगको अन्तरक्रियाका कार्यक्रममा आफ्नो पार्टीको स्वयतःपत्र जारी गर्दै सविधानसभाको चुनावपछि चयन भएको समानुपातिक सभासद् चयनमा कतै नकतै त्रुटीभएको स्वीकार्दै त्यसलाई सच्याउने प्रतिवद्धता जनाए । उनले आफ्ना श्रीमती शैल महतोलाई समानुपातिक सभासद् बनाउँदा पार्टीभित्र र बाहिर आलोचना भएको थियो ।

Thursday, July 10, 2014

मधेशी नेतालाई जस्तो देखे त्यस्तो लेखे

आज (असार २६ गते) वर्ड ट्रेड सेन्टरमा एक कार्यक्रमबीच संघीय गणतान्त्रिक मोर्चाको घोषणा भएको छ । पाँच मधेशवादी दल, एउटा अशोक राईको संघीय समाजवादी पार्टी र एमाओवादी गरी पाँच दलको मोर्चा । कार्यक्रममा मधेशवादी दलका नेताहरु निकै खुशी देखिएका थिए । उपेन्द्र यादवदेखि राजेन्द्र महतोको मुहारमा यस्तो खुशी देखियो त्यो विरलै देख्न पाइन्छ । त्यति मात्र होइन आज मैले पहिलो पटक तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई हाँसेको देखे । अर्को अच्चमको कुरा कहिले न बोल्ने पानी बाराबारको स्थितिमा रहेका उपेन्द्र यादव र विजय कुमार गच्छदार पनि हाँसि हाँसि जिस्केको देखे । के भनेर जिस्केका थिए त्यो पछि चर्चा गरौला पहिलो यहाँ मधेशी नेताको बारेमा कुरा गरौ ।

Tuesday, July 8, 2014

परम्परा काम गर्न नपाएका मुसहर विदेश पलायनभएपछि फर्केका छैनन्

मोरङको केरौन–५ स्थित  १६ घर धुरीको एउटा सानो मुसहर वस्ती छ । त्यहाँका मुसहर समुदायले परम्परागत काम नपाएपछि सो वस्तीका धेरै तन्नेरीहरू भारत पलायन भएका छन् । तीन जना त अहिलेसम्म गाउँ फर्किएका छैनन् । मुसहरहरूको् परम्परागत काम माटो काट्ने पुर्ने बाँध निर्माण गर्ने हो । माटोको काम गर्ने छिटो र सरल प्रविधि भित्रिएपछि मुसहर वस्तीका धेरै युवा युवतीहरु भारत जाने थालेका छन् । युवा रामप्रसाद ऋषिदेव भन्छन्– जागिर खाउँ पढेको छैन्, आफूले जानेको काम पाउनै छोड्यो, सब ट्रयाक्टर र स्कावेटर लगाएर माटोको काम गर्छन् । विदेश नगएर के गर्नु ।

Sunday, July 6, 2014

नइ माय तुँ चिन्ता नइ कर, हमरा किछो ने हेतै

‘नइ माय तुँ चिन्ता नइ कर, हमरा किछो ने हेतै’ अर्थात आमा तिमी चिन्ता नगर, मलाई केहि पनि हुँदैन । २०५७ सालअघि इनरबति देवीका जेठा छोराले उनलाई भनेको कुरा सम्झिदैं भक्कानो छाडेर रोइन् । ‘त्यस बेला कहिलेकाहिं घर आउँदा किन माओवादीमा लागेको ?, घरमै बसेर खेतीपाती गर्न अथवा पढ्न भनिरहेको थिएँ । तर मानेनन् उनले’ सप्तरीको मलेकपुर गाविस ५, खुरहुरिया निवासी इनरबति देवी यादव सम्झेर भन्छिन्, ‘‘तैपनी छोराले आफ्नो सुरक्षा गर्न भन्दै खुट्टा ढोगेर आर्शिवाद लिन्थे र म दिन्थे पनि । आखिर छोरा न हुन् ।’

Saturday, June 28, 2014

रेणुलाई गाली गरेपछि शिवजी ६ महिनाका लागि निलम्बित

डा.शिवजी यादव
काठमाडौ आसार १३ गते । मधेशी जनअधिकार फोरम नेपालका कोषाध्यक्ष रेणु कुमारी यादवलाई सोही पार्टीका सभासद् एवं केन्द्रीय सदस्य डा.शिवजी यादवले गाली बेइज्जती गरेको आरोपमा पार्टीले उनलाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
केही दिन पहिले पार्टी कार्यालयमै उच्चारण नै गर्न नसक्ने शब्दमा शिवजीले गाली गर्दै रेणु यादवलाई ‘तिम्रै कारणले यो पार्टी बदनाम भएको हो र बर्बाद भएको हो । तिमी जबसम्म यो पार्टीमा रहन्छौ तबसम्म यो पार्टीको हविगत यस्तै रहन्छन्’ भनि उपेन्द्र यादवसँग जोडेर रेणु यादवलाई नानाथरीका गाली गरेको पार्टी स्रोतले जनाएको छ । रेणु यादव र शिवजी यादवबीच भनाभन भएको ठाउँमा सो पार्टीका महासचिव रामसहाय यादवसमेत उपस्थित थिए ।

भण्डारीले भने, मधेशवादी दलमा एकीकरण हुनै सक्दैन


काठमाडौ असार १३ गते । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारीले तीन मधेशी दलको बीचमा हुन लागेको एकीकरण कुनैपनि हालत नहुने बताउनु भएको छ । तीन दल (मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी) का नेताहरुको आआफ्नै दाव रहेका कारण एकीकरण हुने सम्भावना नरहेको दावी गर्नु भयो ।

Tuesday, June 24, 2014

राजु र रहमान मधेशी भएकै कारण प्रहरीको शिकार

काठमाडौ आसार १० गते । मधेशका बुद्धिजिवि, लेखक तथा पत्रकारले फेसबुकमा कमेन्टस गरेकै आधारमा बाराका राजु साह र सप्तरीका अब्दुल रहमानलाई मधेशी भएकै कारण राज्यले पक्राउ गरेको दावी गरेका छन् । यदि त्यो ठाउँमा कुनै पहाडि भएको भए नेपाल प्रहरीले पक्राउ गर्न हिम्मत नै गर्दैन थिए पनि टिप्पणी गरे ।
    मंगलवार मधेशी पत्रकार संघले आयोजना गरेको ‘नेपालमा सोसल मिडिया प्रयोगको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँहरुले सो दावी गरेका हुन् ।

Monday, June 16, 2014

मधेशलाई पाँच प्रदेश बनाउने सहमतिको मध्यस्ता रअ ले गरेका थिए

तुलानारायण साह
गणतन्त्र दिवसको अवसर पारेर संविधानसभामा राज्य पुनःसंरचनाको बहस सुरु भएको थियो । एक साताको बहसपछि सभाले विवादित विषयलाई 'संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति'मा पठाउने निर्णय गर्‍यो । लगभग चार सय सभासदहरूले भावी प्रदेशहरूको सङ्ख्या र नाम बारेमा बोलेका थिए । विवाद जस्ताको तस्तै छ ।
प्रदेशको सङ्ख्या, सिमाङ्कन र नामाङ्कनमा कुरा नमिलेर अघिल्लो संविधानसभाको अवसान भएको थियो । खासगरी मधेसमा कति प्रदेश रहनेमा तीव्र विवाद थियो ।

फोरम नेपाललाई रअ ले फुटाएकै हो त ?

आज पत्रकार प्रशान्त झाको पुस्तक ब्याटल्स न्यु रिपब्लिक विमोचन भयो राजधानीमा । दिल्लीमा विमोचनपछि नै यो पुस्तकको चर्चा नेपाललगायत वरपरको देशमा फैलियो । मलाई त्यो पुस्तकको बारेमा चसो भयो । दरवार मार्गमा पुस्तक विमोचन कार्यक्रम राखिएको थियो । जसमा अतिथि थिए, एमाओवादीका नेता डा.बाबुराम भट्टराई, काँग्रेसका युवा नेता गगन थापा र विश्लेषक सी के लाल । मलाई आयोजकबाट त कुनै निमन्त्रणा थिएन तर मैले काम गर्ने मिडिया हाउसबाट म रिर्पोटरको हैसियतले त्यहाँ पुगेका थिए । यस्ता थुप्रै पुस्तक विमोचन कार्यक्रमहरुमा गएका थिए र गइरहन्छु पनि तर त्यहाँको उपस्थिति र खास गरी पुस्तकको प्रशंसा यस्तो पाए कि पुस्तकका बारेमा एक पटक पुनः सोच्न बाध्य भए ।

सविधानसभामा तीन मधेशी दल एक ठाम

अन्योलमा रहेको तीन मधेशवादी (फोरम नेपाल, तमलोपा, सद्भावना) दलको एकीकरण प्रकृया बडो उत्साहजनक तथा सकारात्मक रुपमा अगाडि बढेको छ । लगभग दुई महिनापछि आज (सोमवार) साँझ तमलोपाको कार्यालयमा बसेको तीन दलका अध्यक्षसहित कार्यदलको बैठकमा नेताहरु एकीकरणका लागि निकै सकारात्मक रुपमा प्रस्तुत भएको सद्भावना पार्टीका युवा नेता एवं कार्यदलका सदस्य योगन्द्रराय यादवले बताए ।

मधेशको द्धन्द व्यवस्थानका लागि छुट्टै आयोग

मधेशलगायत विभिन्न ठाउँमा जारी द्धन्द व्यवस्थापनका लागि सरकारले आज छुट्टै आयोग गठन गरेको छ । तराई मधेशमा जारी सशस्त्र आन्दोलनमा रहेका कतिपय समूहसँग सरकारले वार्ता गरेका छन् र त्यहाँ भएको सम्झौता कार्यान्वयन नहुँदा मुलुक झन द्धन्दमा गएको कारणले मधेशवादी दलहरुले मधेशको द्धन्द व्यवस्थापनका लागि माग गर्दै आएको थियो । एमाओवादी जनयुद्धको व्यवस्थापन तथा शान्ति प्रकृयालाई पूर्णता दिनका लागि गठन गरिएका बेपत्ता छानविन तथा मेलमिलाप आयोग जस्तो यो पनि गठन गरिएको हो । मेलमिलाप आयोग गठन हुन लाग्दा यसमा मधेशको द्धन्दको बारेमा केही सम्बोधन नभएको भन्दै मधेशवादी दलले विरोध जनाएको थियो र त्यही विरोधका कारणले सरकारले ६० दिनभित्र मधेशको द्धन्द व्यवस्थापनका लागि आयोग गठन गर्ने प्रतिवद्धता अनुसार नै सरकारले सोमवार पुनरावेदन अदालतका पूर्व न्यायधिश केशव मैनालीको अध्यक्षतमा चार सदस्यीय आयोग गठन गरिएको छ । बाँकी सदस्यमा दीपेन्द्र झा, रामकुमार राइ र गीता मैनाली रहेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए ।

Friday, June 6, 2014

आपत्तिजनक अवस्थामा हवल्दार पक्राउ

अवैध यौन क्रियाकलापमा संलग्न भएको आशंकामा प्रहरीले महोत्तरीको बर्दिबासका दुई लजबाट शुक्रबार दुई जोडी युवा युवतीलाई पक्राउ गरेको छ ।
बर्दिबासमा रहेको जय मा पञ्चधुरा गेष्ट हाउस र गौरी शंकर होटलमा छापा मारी प्रहरीले दुई जोडी युवा युवतीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो ।

Tuesday, May 27, 2014

सर्वोच्चद्वारा ठाकुरमाथि बज्र प्रहार

सर्लाही क्षेत्र नं. ६ बाट दोस्रो सविधानसभामा पराजित भएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत थुप्रै नेताहरुको सपना चकनाचुर भएको छ । चुनाव हारेर पनि सभासद् बन्ने लाइनमा ठाकुरलगायत सद्भावना पाटीृका अध्यक्ष राजेन्द्र महतो, मधेशी जनअधिकार फोरम नेपालका कोषाध्यक्ष रेणु यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारी पनि २६ मध्येको मनोनितमा पार्न दौडधुपमा लागेका थिए त्यसमध्ये अध्यक्षद्धय ठाकुर र महतोको निश्चित भइसकेको थियो भने अरुले आश्वासन पाएका थिए ।

गच्छदारले भने त्यसो हो भने ठिक हुँदैन

अहिले नेपाली राजनीतिकमा मनोनित हुने २६ कोटाको निकै चर्चा छ । त्यो मनोनित नहुँदा कतिपय दलको क्रियाकलाप र कार्यक्रमहरु ठप्प परेका छन् भने कतिपयमा विवाद पनि उत्पन्न भएका छन् । बैशाखका अन्तिम साता मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयहरु सार्वजानिक गर्न पार्टीले पत्रकार सम्मेलन आयोजना गरेको थियो । र, सोही पत्रकार सम्मेलनमा पत्रकारले सुन्दैछु तपाईको पार्टी मनोनित हुने २६ मा परेको छैन, तमलोपा र सद्भावना पार्टीले एक एकवटा पाउँदैछन, कतिको सत्यता हो भनि सोधेका थिए ।

मधेशी अभियानको नाममा कुर्सी ताक्दै

दोस्रो सविधानसभा चुनावमा अपेक्षाकृत राम्रो परिणाम नल्याएपछि मधेशवादी दलको विकल्प मधेशमा विभिन्न कोणबाट खोजी भइरहेको छ । त्यसका लागि विभिन्न अभियानहरु सञ्चालनको साथै मोर्चा बन्ने काम पनि तिब्र रुपमा शुरु भएको छ । पछिल्लोसमय त स्व.गजेन्द्रनारायण सिहले छाडिसकेका सद्भावना परिषद्लाई उनकै कार्यकर्ताले पुनः जिवित गरेका छन् । त्यस्तै जेलमै रहेका बेला मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टी खोसिएपछि तराई मधेश राष्ट्रिय अभियान गठन गरी जेपी गुप्ताले पनि मधेशमा अभियान सञ्चालन गर्दै आएका छन् ।

Sunday, May 18, 2014

मोदी जिताउन कसको हात ? त्यो जान्नका लागि यो पढ्नुस्

भारतको १६ औ लोकसभामा भारतीय जनता पार्टीलाई सबभन्दा ठुलो पार्टी बनाउनमा त्यहाँका युवाहरुको मुख्य भूमिका रहेको खुलासा भएको छ । चुनावी प्रचार प्रसारको रणनीति बनाउनु देखि लिएर मोदीको भाषण समेत लेख्ने काम त्यही युवाहरुले गर्थे । मोदीको क्याम्पको प्रभावकारी बनाउनका लागि यो टीम सेनाकै जस्तो काम गर्थे । विपक्षि दलको गतिवधिमाथि दृष्टि राख्नुको साथै उनीहरुको हरेक दावको निस्तेज पार्ने सुझाव दिने काम त्यही युवाहरुले गरेका थिए । यो समूहमा सहभागि सबै गुजरातका युवाहरु सहभागि थिए ।

बलराम नायकको संयोजकत्वमा सद्भावना परिषद् पुनःगठित

काठमाडौ जेठ ४ – २४ वर्ष पहिला विघटन भएको सद्भावना परिषद् पुनः गठन भएको छ । मधेशको अधिकारका लागि आवाज उठाउन गठन भएको सद्भावना परिषद्लाई बलराम नायकको संयोजकत्वमा पुनःगठन गरेको छ । बसाईसराईसम्बन्धि आएको गुरुङ प्रतिवेदनको विरुद्धमा २०४० सालमा बाबा राम जनम तिवारीको अध्यक्षतमा सद्भावना परिषद् गठन गरिएको थियो पछि त्यसको संयोजक स्व.गजेन्द्रनारायण सिह भएका थिए ।

Friday, May 2, 2014

मोदी उदयको सन्त्रास


  • सुरेशकुमार यादव
  • एकीकृत पार्टीको अध्यक्ष महन्थ ठाकुरलाई नै बनाउनु पर्ने भारतीय नेताहरुको चाहनाले पनि अबको मोदी सरकारले त्यो चाहनालाई कतिको बुझ्छन्, त्यसमा पनि गन्थनहरु शुरु भएका छन् ।
  • मोदीको सरकार नबन्ला तर अहिलेको जस्तो भारतको परिस्थिति चुनावपछि रहने छैन । सबभन्दा ठुलो गणतान्त्रिक मुलुक भएका र संभावना बोकेका मुलुक भारतको परिवर्तनले हरेक देशलाई केही नकेही असर अवश्य पार्नेछन् । मोदीको उदयले नेपाल जस्तै अमेरिका पनि त्यतिकै झस्किएका छन् ।

Thursday, May 1, 2014

२२ वर्षमा २२ सरकार, काँग्रेसले ११ पटक नेतृत्व लिए

प्रजातन्त्र पुर्नस्थापनादेखि २२ वर्षमा २२ पटक सरकार परिवर्तन भए तर ती सरकारले मन्त्री बनाउनेबाहेक अन्य महत्वपूर्ण कुनै काम गरेका छैनन् । २२ वर्षको राजनीतिक सत्ताको वरिपरी नै घुमिरहे । २०४७ देखि २०७० सालसम्म चार सय ४३ क्याविनेट स्तरका मन्त्री भएका छन् । यसैगरी एक सय ९३ राज्यमन्त्री र ७१ सहायकमन्त्री भए । ०४७ यता हालसम्म मन्त्री हुनेमा सबैभन्दा बढी काँग्रेसका छन् । काँग्रेसबाट मात्र दुई सयभन्दा बढी नेताहरु मन्त्री भएको देखिन्छन् । त्यस्तै एमालेबाट ९६, राप्रपाबाट ४८, सद्भावनाबाट १७ र माओवादीबाट ५० भन्दा बढी मन्त्री तथा राज्यमन्त्री बनेका छन् । प्रजातन्त्र पुनस्स्थापना भएयता १२ प्रधानमन्त्री र १६ उपप्रधानमन्त्री भए । कांग्रेसले मात्र एघारवटा सरकारको नेतृत्व गरिसकेका छन् ।

तीन दलको अडान कायमै, कार्यदलद्वरा विकल्प प्रस्तुत



  • एकीकरण नभए नहोस् सद्भावना शब्द छोडिन
  • महतोले भने, एकीकरणको बाधक म हुँदिन
  • अध्यक्षमा फोरम नेपालको दावी कायमै
  • नेतृत्व पाउने ढुक्क भएर तमलोपा गौण 

मधेशवादी तीन दल मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीचको एकीकरणमा हालसम्म धेरै कुरा भएको छ र केही पनि भएको छैनन् नेताहरुले बताउँन थालेका छन् । एकीकरणकै लागि हालसम्म ३० पटक भन्दा बढी बैठक बसिसकेका छन् तर एकआधबाहेक कुनै कुरामा टुगों लागेको छैन । पार्टीका नेताहरुलाई यसबारे जिज्ञासा राख्दा उनीहरुले सबै कुरामा छलफल भएको छ एकीकरणको नजिकमा छौ तर केही कुराको टुगों नलागेको प्रतिकृया दिएका छन् ।