Labels

Sunday, September 28, 2014

मैले सबै थारुलाई आन्दोलन गर्नुस् भनेको थिएँ

विजयकुमार गच्छदार
फोरम लोकतान्त्रिक संसदीय दल नेता
पहिचान सहितको संघीयता ल्याउनुपर्छ। यसका लागि हामीले अझै पनि आन्दोलन गर्नुपर्ने भएको छ किनभने यथास्थितिवादीहरु बहुमतमा छन्, संघीयता भएमा देश टुक्रन्छ भन्नेहरु बहुमतमा छन्। हामीले चाहेको भन्दा विपरितका शक्तिहरु संविधानसभामा भिमकाय भएका छन्
कांग्रेस र एमाले एक ठाउँमा उभिँदा करिब दुई तिहाई हुन्छ । उनीहरुले कस्तो संविधान बनाउन चाहेका हुन् भन्ने हामी हेर्दैछौं
अघिल्लो संविधानसभा र अहिलेको संविधानसभामा धेरै फरक छ । पहिचानसहितको संघीयता चाहने हामी अहिले कमजोर अवस्थामा छौं । अढाइसय वर्षदेखि नेपालमा एकात्मक शासन छ, एकात्मक शासनका पक्षधरहरु अहिले बलियो भएका छन् । पहिचानसहितको संघीयता र संघीयता सहितको संविधानले मात्र अब यो देशमा दिगो समाधान दिन सक्छ । स्थायी शान्ति ल्याउने हो भने संघीय संविधान ल्याउनै पर्छ । तर, संविधान ल्याउन सजिलो छैन
थारुले चाहेको छ थारुवान प्रदेश तर थारुवानको नाम सुन्न नचाहनेहरु धेरै बलियो छन् । थरुहटका लागि तपाईहरुले आन्दोलन गर्नुभएको थियो, त्यसबेला म सरकारमा थिएँ तर मैले सबै थारुलाई आन्दोलन गर्नुस् भनेको थिएँ
मेचीदेखि महाकालीसम्म थरुहट प्रदेश हुनुपर्छ । समग्र तराई थरुहट प्रदेश बनोस् भन्ने तपाईहरुको चाहना छ, यो गर्न दिन्छन् जस्तो छैनन् । मैले के प्रस्ताव राखेको छु भने चितवनदेखि पश्चिम कैलाली कञ्चनुपरसम्म थारुवान प्रदेश बनाउनुपर्छ । समाधान निस्कन्छ कि भनेर मैले चितवनदेखि पश्चिम थारुवान प्रदेश भनेको हूँ
पर्सादेखि झापासम्म गैर थारु मधेसीको बाहुल्य छ, त्यो क्षेत्र स्वायत्त प्रदेश बनाउनुपर्छ । यी दुवै खाले प्रदेश बनाउन नदिनेहरु दुई तिहाइ छन् ठूला ठूला पार्टीहरु यो विषयमा एक छन् । यी दुवै प्रदेश त्यसरी दिन्छन् जस्तो छैन सुनसरी मोरङ र झापा पहाडमा गाभ्ने भन्दैछन् कांग्रेस र एमालेहरुले
अब हामीसँग समय छैन, १४ गतेसम्म सहमति गर्नुछ । २१ गतेसम्ममा असहमतिका विषयलाई प्रश्नावली बनाउनुपर्छ । सहमति नगरेपछि संविधानसभा प्रक्रियामा जानुपर्ने हुन्छ । भोटिङमा जाँदा दुई तिहाई बहुमत चाहिन्छ । एकथरि प्रक्रियामा जानु हुँदैन र सहमति गर्नुपर्छ भन्ने छौं । हाम्रो विरोधका बावजुत दुई तिहाइले संविधान पारित भयो भने त्यो संविधान चल्छ ? कि संविधान मान्दैनौं भनेर जानुपर्ने कि दुई तिहाइको निर्णय मानेर जानुपर्ने जटिल स्थिति छ।
ठूलो पार्टीहरुले मेरो भूमिका खोजिरहेका छन् । तपाईहरुको नारा मन पर्छ  मलाई तर त्यसमै नारा मिलाउन सक्दिन । थारु र मधेसी, मधेसी र पहाडी मिलाउन यो देशमा कसैले सकछ भने विजय गच्छदारले मात्रै सक्छ जुन रवैया ठूलो पार्टीको देखिन्छ, माघ आठमा संविधान बन्ने देखिँदैन।

माघमा संविधान ल्याउन सकिएन भने के हुन्छ ?  त्यसबेला के हुन्छ ?  यो विषयमा अहिले नै सोच्ने कि नसोच्ने ?  देशको स्थितिलाई बुद्धिमतापूर्ण तरिकाले, एक कदम पछाडि हटेर भए पनि समाधान खोज्न म लागिरहेको छु

No comments:

Post a Comment