Labels

Saturday, September 27, 2014

गच्छदारले भने, एक मधेश एक प्रदेश हुँदैन

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षव विजयकुमार गच्छदारले एक मधेश एक स्वायत्त प्रदेश कुनैपनि हालत हुन नसक्ने बताएका छन् । थारु पत्रकार संघले आज आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष गच्छदारले मधेशी नेताहरुको दिमागबाट आफूले एक मधेश एक प्रदेश हटाएकाले मधेशमा दुई प्रदेश हुन्छ त्यसमा थारु समुदायलाई ढुक्क रहन आग्रह गरे ।  
उनले आफू चितवनदेखि पूर्व एक प्रदेश र चितवनदेखि पश्चिम अर्को प्रदेश गरी मधेशमा दुई प्रदेशको अवधारणा तयार गरेको बताए । उनले थारुहरुले आफ्नो पहिचान र सँस्कृतिलाई जगेर्ना गर्नका लागि आन्दोलन गरेका थिए र सो अनुसारको प्रदेश पाउनुपर्ने जिकिर गर्दै चितवनदेखि पूर्व ६५ प्रदेश र चितवनदेखि पश्चिम ३५ प्रतिशत थारु बसोवास गर्ने क्षेत्र भएकाले थारुको सम्मानका लागि सोही अनुसार संघीय राज्य स्थापना हुनुपर्ने बताए । आफू मधेशी होइन थारु हो भन्दै उनले थारुहरुको नारा राम्रो छ त्यसलाई आफूले स्वीकार गरेको तर लगाउन नसकिने बताए । आफू मधशी होइन थारु हो भन्नमा कुनै हिचकिचाहट नरहेको बताउँदै अध्यक्ष गच्छदारले थारु र मधेशी आपसमा लड्न नहुने धारणा पनि राखे । थारु र मधेशी आपसमा लड्यो भने समस्यामा समाधानका सट्टा अरु बल्झेर जाने भएकाले थारु र मधेशीलाई मिलाउन काम आफ्नो रहेको बताए । थारुमाथि चारैतिर समस्या रहेको बताउँदै उनले पश्चिममा अखण्ड सुदुरपश्चिमले समस्या पारेको छ भने पूर्वमा मधेश प्रदेशले थारुलाई समस्या पारेको बताए । 
ratopai

No comments:

Post a Comment