सिके राउत विखण्डनकारीको आरोपमा अहिले थुनामा छन् । उनको बारेमा अहिले विभिन्न अड्कलहरु भइरहेका छन् । विभिन्न कोणबाट उनका कुराहरु आइरहेका छन् । विस्तारै विस्तारै मधेश ताँतिदै गइरहेका छन् । राजतन्त्र राजा र नेपाल देशको मधेशप्रति कुनै अधिकार छैन । मधेशप्रति सीर्फ मधेशीको अधिकार छ भन्ने सिके राउत ज्ञानेन्द्र शाहको अगाडि कसरी झुके र दौरा सुरवाल ढाका टोपी लगाउन किन बाध्य भए...........?
"त्यस वर्ष शिक्षा दिवसको अवसरमा तत्कालीन् राजा ज्ञानेन्द्रबाट म महेन्द्र विद्या भूषण पाउनेवाला थिएँ। बुवाको सम्मानमा मैले त्यो पदक धोती-कुर्तामा लिने ठूलो इच्छा थियो। अरू बेला जे लाए पनि विशेष अवसरहरूमा कम्तीमा धोती-कुर्ता लाउने हाम्रो संस्कार थियो र त्यही भएर त्यो चाहना जागृत भएको थियो।
यस बारेमा म घरमा पनि कुरा गरेको थिएँ, र गाउँलेहरूलाई पनि जानकारी गराएको थिएँ। तर प्राप्त जानकारी अनुसार त्यो पदक थाप्न पहाडीहरूको भेष दौरा-सुरुवाल र टोपी लाउनु अनिवार्य थियो, त्यही टोपी जुन नलाइकन नेपाली नागरिकता प्राप्त हुन्नथ्यो। म मन्त्रालय गएर सचिव समक्ष आफ्नो कुरा बारबार राखें, उनले मन्त्रीलाई पनि सोधे र भने — ‘दौरा-सुरूवाल-टोपी नलाइकन देखिनुभयो भने त्यहाँको हाता भित्र छिर्न पनि दिइने छैन।’ मलाई दु:ख लाग्यो। आफ्नो घरमा र गाउँलेहरू समक्ष गरेको कुरा सम्झेर झन बिझ्यो।

मैले
राजा ज्ञानेन्द्रका नाममा एउटा खुला पत्र लेखें, कम्प्युटर त मसँग थिएन, कुपन्डोलको एउटा साइबर क्याफेमा
गएर प्रति पेज दश रूपैयाँका दरले टाइप गराएँ, र प्रमुख दैनिक समाचारपत्रहरू र
मन्त्रालय लगायतका ठाउँहरूमा पठाएँ (हेर्नुस्, परिशिष्ट ख)। कुनै पनि
पत्रिकाले त्यसलाई स्थान दिएन, न त कुनै निकायबाट नै मैले त्यसको कुनै उत्तर नै पाएँ।
कतैबाट
कुनै प्रतिक्रिया नआउँदा सोचें, शायद यी कुराहरूमाथि बहस गर्नका लागि समय अपुग भएछ र यस पालि एक
पटक दौरा-सुरुवालमै राजालाई भेटौं, यसबारेमा पछि कुरा गरौंला। म
दुई-तीन दिनमै दौरा-सुरुवाल बनाउन लगाएँ, र त्यही लाएर राजालाई भेटन गएँ।
मैले
राजाबाट पदक ग्रहण गरें र कोठा फर्कें। त्यो दिन म ज्यादै अपमानित भएको महशूस गरें, मेरो आत्मसम्मान बलात्कारित
भएको महशूस गरें। पहाडी टोपी र दौरा-सुरुवाल नलाइकन अझै पनि नेपालीका रूपमा
स्वीकार्य हुन नसक्दा मेरो चित्त दुखेको थियो। मेरो योग्यता, मेरो डिग्रीलाई नेपाली टोपी
नलगाइदिंदासम्म पदक पाउन अयोग्य थियो।"
No comments:
Post a Comment