-सुरेशकुमार यादव
यतिखेर तराई रंगमय भएको छ । । राजधानीदेखि मधेसको हरेक ठाउँ जस्तै जनकपुर, सिरहा सप्तरी, वीरगन्ज, विराटनगर जहाँ पुगे पनि मानिसहरु रंगीन मुडमा देखिन्छ । माघमा हुने श्रीपंञ्चमीबाट परम्परागत ढंगले शुरु हुने होली फागुन लाग्ने वित्तिकै पुरौ माहौल रंगीन हुन जान्छन् । घरघरमा होलाीका गीत संगित तथा डम्फुहरु बज्न थाल्छन् । मिथिलाक्षेत्रको ग्रामीण क्षेत्रमा कुनै एक व्यक्तिलाई घरमा बोलाएर गधामा चढाएर गाउँमा घुमाएर रमाइलो गरेका हुन्छन् । होली प्रारम्भ भएपछि मिथिला परिक्रमा एवं महामूर्ख सम्मेलनजस्ता कार्यव्रmम पनि चलिरहन्छन् । वर्षभरि जतिसुकै झगडा किन नहोस, झगडियालाई चोकमा ल्याएर एकअर्कामा मित्रता गाँसिदिने र त्यसको साक्षी हुनेहरूले दुवैलाई सक्दो भाङ ख्वाउने चलनले होली पर्व आकर्षित भएको हो । मिथिला क्षेत्रमा देखिने अर्को विशेषता हो युवायुवतीबीच चल्ने रंगको जुहारी ।
केही वर्षअघिसम्म विरलै घरबाहिर निस्कने युवतीहरू शिक्षा र चेतनाका कारण मिथिला क्षेत्रका युवतीहरु खुल्दै गइरहेका छन् । वसन्तको आगमन, रातो रंग र जवानीले तानिएको पछिल्ला पुस्तालाई होलीले एकअर्कासँग खुल्न मद्दत गरेको प्राज्ञ दिनेश गुप्ता बताउँछन् । ग्रमिण क्षेत्रभन्दा शहरको रंगको होली अलि आव्रmामक हुन्छन् । मौका पर्ने बित्तिकै कुनै राम्रो चिटिक्क परेका चेलीहरुको चोलीमा युवाहरू ताकीताकी रंग हान्छन् । प्रत्युत्तरमा युवतीको झुन्डले एउटा युवकलाई पव्रmन्छ र अनुहार नै नचिनिने गरी अबिर र रंग पोतिदिन्छ, रमाइलो हुन्छन् त्यो क्षण युवा युवतीको लागि । मधेस आन्दोलनपछि खुल्ला महसुस गरिएका युवापुस्ताले होलीलाई पनि आधुनिकीकरण गरीरहेका छन् । आत्मविश्वासी भएका युवापुस्ताले परम्परागत रूढीलाई पनि तोड्न थालेका छन्का मिथिलो क्षेत्रमा । शिक्षित युवायुवती खुलेर रंग र अबिरबाट आप्mना प्रेम प्रकट गरिरहेका हुन्छन् ।’ राजधानीको होलीले होलीको महत्व नै विगारेको छ । यहाँ रंगको होली होइन पानीको होली हुन थालको छ । यहाँको होलीमा कुनै मर्यादा हुँदैन पत्रकार दिनेश यादवको बुझाईछ ।
होलीमा रातो रंग सबैभन्दा बढी प्रयोग गरिन्छ । रातो रंगले सबैभन्दा बढी आकर्षण युवालाई गर्छ । प्रशिद्ध पुस्तक ’हिलिङ विद कलर एन्ड लाइट’ मा लेखक दिया जिमवेल भन्छन्, ’रंगले मानिसको शरीरमा मात्र होइन, भावनात्मक स्तरमा असर पु¥याउँछ । रातो रंग युवालाई मन पर्नुको कारण यसले युवाभित्रका प्रेम एवं आन्तरिक शक्तिलाई ऊर्जावान् बनाउनु पनि हो । हिलिङ विद कलर एन्ड लाइटका लेखिकालाई नेपालीले मनाउने होलीका बारेमा सायद जानकारी छैन । यद्यपि उनले बेलाबेलामा रंगसँग खेल्ने बानी भएका मानिसहरू तनावबाट मुक्त हुने कुरा उल्लेख गरेकी छन् । उनले नीलो र हरियो रंग लगाउँदा एकआपसमा प्रीति बस्ने कुरा उल्लेख गरेकी छिन् । होलीमा ४१ कटेका पुरुषमहिलाहरूले हरियो र नीलो अबिर प्रयोग गर्छन् । यो उमेरमा किन मानिस हरियो र नीलो रंग रुचाउँछ, यसको पनि मनोवैज्ञानिक कारण भएको अनुमान गर्न सकिन्छ । यद्यपि वसन्त ऋतुको प्रारम्भ यसै दिनदेखि हुने भएकाले वातावरणमा छाएको गर्मी र हरियालीलाई यी दुई रंगले एकसाथ व्यक्त गर्ने अनुमान गरिन्छ । पहाडी क्षेत्रमा होलीमा फागु र धमार लोकगीत गुञ्जन थाल्छन् । यसले अद्भूत शान्ति दिन्छ । यसबेला तराईमा भने ढोलक, झाँझ र मञ्जरी बजाउँदै गाउँ डुल्ने कार्यव्रmम सम्पत्र गरिन्छ । यो मौसम, रंग र संगीतको अनौठो सम्मिश्रण हो ।
बिहान प्रारम्भ भएको होलीमा संकोच मान्दै घरबाट चिहाउने व्यक्तिहरू जब वातावरण रंगमा परिवर्तन हुन्छ, उनीहरू मूल सडकमा निस्केर होली कार्यव्रmममा सहभागी हुन थाल्छन् । ’यो रंग मानिसको भावना परिवर्तन गर्ने अस्त्र हो ।’ मनोचिकित्सक डा. बीबी शर्मा भन्छन्, ’चढ्दो गर्मी, रातो रंग र यौवन यी तीन कुराले मानसिक रूपमा गम्भीर प्रभाव पार्छ ।’ मुस्कान र होलीको शुभकामनाबाट प्रारम्भ भएको बिहानी गर्मी चढ्दै जाँदा रंग छ्याप्ने, शरीर रंग्याउने र नाचगानमा रुमलिन थाल्छ । त्यसपछि शत्रुता मेटिन्छ । रूढि र परम्परा तोडिन्छन् । युवायुवती एकआपसमा खुल्दै जान्छन् र उनीहरू प्रेममा एकाकार हुन्छन् । ’बुबाका पालादेखिको शत्रुता पनि होलीले मेटाएको मैले पाएको छु,’ राजनैतिक एवं सामाजिक विश्लेषक सीके लाल भन्छन्, ’रंग आफैंमा आकर्षक छ, त्यसमा पनि रातो रंगले विगतका तिक्तता एवं क्लेष मेटाउन सहयोग गर्छ ।’ यसमा अन्य साथीहरूले उनीहरूको दूरी मेटाउने प्रयास गर्छन् । मनका आवेगलाई व्यङ्ग््यात्मक रूपमा प्रकट गर्ने र त्यस्तै जवाफ प्राप्त गर्ने शैली बिस्तारै हाँसोमा परिणत हुन थाल्छ । त्यसपछि एकअर्कालाई देख्दा मुख खुम्च्याउनेहरू बिस्तारै बोल्न थाल्छन् । ’फागुले शत्रुलाई मित्र एवं घृणालाई प्रेममा परिणत गर्न मद्दत गर्छ ।’ सीके लाल भन्छन्, ’अहिले राजनैतिक तिक्तता बोकेका नेताहरूले आमजनताले मनाउने होलीबाट ठूलो पाठ सिक्नुपर्छ ।’ यद्यपि होलीको प्रेम प्रकट गर्ने र प्रेम उब्जाउने विशिष्ट शैलीलाई केही कविमण्डलीबाहेक अरू संस्थाले राजनैतिक वृत्तमा पसाउन सकेका छैनन् ।
सांस्कृतिक पक्ष
होली निकै प्राचीन पर्व मानिन्छ । भारतीय इतिहासकारहरूले भारतको उत्तरी एवं पूर्वी क्षेत्रमा होली विशिष्ट रूपमा मनाइन्छ भत्रे कुरा उल्लेख गरेका छन् । भारतको उत्तरी क्षेत्रले नेपाललाई पनि इंगित गरेकाले यो क्षेत्रमा प्राचीन कालदेखि नै होली मनाइने गरेको देखिन्छ । नारद पुराण र भविष्य पुराणमा पनि होलीको चर्चा चलेका कारण यो निकै प्राचीन पर्व हो भत्रे अनुमान गरिएको छ । होली पर्व हिरण्यकश्यपुकी बहिनी होलिकाको मृत्यु भएपछि खुसी भएका प्रल्हादका शुभचिन्तकले मनाएको अनुमानलाई मध्यनजर गर्दै यो ५ हजार वर्षपूर्वको पर्व हो भत्रे अनुमान कतिपय विश्लेषकले गरेका छन् । कतिपय स्थानमा होलीलाई वसन्त उत्सव भनिन्छ । होली वसन्त आगमनको खुसीमा मनाइने गरेको उनीहरूको तर्क छ । प्राचीन कालमा मानिस प्रकृतिका उपासक थिए । प्रत्येक ऋतुको आगमनमा मनाइने पर्व यसका उदाहरण हुन् ।
काठमाडौं उपत्यकाको होलीको सांस्कृतिक पक्ष निकै रमाइलो छ । वसन्तपुर दरबारअघि रंगीबिरंगी कपडाका टुव्रmाहरू झुन्ड्याएर बनाइएको तीनछत्रे चीर गाडेपछि काठमाडौंमा विधिवत् होली प्रारम्भ हुन्छ । फाल्गुण शुक्ल अष्टमीका दिन गाडिने यो चीर पूणिर्माको रात टहटह जून लागेका बखत ढालिन्छ । उक्त चीर टुँडिखेलमा दहन गरेपछि उपत्यकामा होली सकिएको घोषणा गरिन्छ । तीनछत्रे चीर गाडेर होली प्रारम्भ गरिएको कथाले तत्कालीन राजाहरूको शक्तिलाई इंगित गर्छ । बाइसेचौबीसे राज्य भएका बेला सबैजसो हिन्दू राजा आप्mनो दरबारअघि मयलको रूख रोप्थे । त्यही रूखमा राजाको आदेशमा विभित्र पताका फहराएपछि होली प्रारम्भ भएको मानिन्थ्यो । राज्य फरक भए पनि चाडपर्व मनाउने शैली एकै भएपछि अरूभन्दा बलियो राज्य पाल्पाले नयाँ शैलीमा होली मनाउने विचार ग¥यो । फलस्वरूप कुनै पाल्पाली राजाले दरबारअघिको रूखमा पतका नफहराई एउटा चीर गाडेर त्यसमा पतका फहराए । यो नौलो प्रयोग अन्य राज्यले पनि प्रारम्भ गरे । पाल्पाली राजाले आफूले सुरु गरेको यो शैली अरूले सिको गरेको मन पराएनन् । फलस्वरूप चीर गाडेर होली सुरु गर्ने अन्य राज्यमा आव्रmमण हुन थाल्यो । यो कुरा पृथ्वीनारायण शाहले थाहा पाए । उनी पाल्पालीसँग कुनै निहुँमा युद्ध गर्न चाहन्थे । उनले आप्mनो दरबारअघि एउटा होइन, तीनछत्रे चीर गाडेर होली प्रारम्भ गरिएको घोषणा गरे ।
यसको अर्थ आफू पाल्पालीभन्दा बलियो हुँ भत्रे संकेत थियो । पाल्पालीको भन्दा बढी चीर गाडेर होली प्रारम्भ गरिएको घोषणापछि अन्य राज्यले अब गोर्खा र पाल्पाबीच युद्ध हुन्छ भत्रे अनुमान गरेका थिए, तर पाल्पाली राजाले गोर्खामा आव्रmमण गर्ने आँट गरेनन् । त्यसपछि पृथ्वीनारायण शाहले आप्mना मित्र राज्यलाई पनि तीनछत्रे चीर गाडेर होली मनाउन आह्वान गरे । यसो गर्दा पाल्पाले आव्रmमण गरे गोर्खाले सहयोग गर्ने संकेत उनले दिएका थिए । अर्को वर्षपछि गोर्खाको अधीनमा आएका राज्यमा तीनछत्रे चीर गाडेर होली प्रारम्भ भएको घोषणा हुन थाल्यो । पाल्पा गोर्खाको अधीनमा आएपछि पाल्पामा पनि तीनछत्रे चीर गाडियो । काठमाडौंमा पनि यही नीति लागू भयो । वि.सं. १८२५ मा काठमाडौं विजय भएपछि यसको प्रभाव सम्पूर्ण नेपालमा प¥यो । केही समयअघि सम्म गाउँका भद्रभलाद्मीको घरमा तीनछत्रे चीर गाडेर होली सुरु भएको घोषणा गर्ने र त्यसपछि गाउँमा होली सुरु हुने चलन थियो । आधुनिक परिवेशपछि भने चीर गाड्ने चलन कम हुँदै गएको छ । अहिले गाउँका मूलीले अन्य गाउँलेलाई अबिर लगाउने र मित्रता एवं सहकार्यको घोषणा गर्ने चलन भने कायमै छ ।

No comments:
Post a Comment