Labels

Tuesday, March 25, 2014

उपेन्द्रले दिए महन्थ र राजेन्द्रलाई छ पन्नाको ‘होमवर्क’

काठमाडौ चैत ११ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलमा हुने एकीकरणका लागि आशा जगाउनु भएको छ । आज (मंगलवार) तमलोपाको पार्टी कार्यालयमा होलीपछि बसेको पहिलो बैठकमा उपेन्द्र यादवले पार्टी एकीकरणको सैद्धान्तिक पक्ष समेटेर प्रारम्भिक मस्यौदा पेस गरेपछि अब एकीकरण हुन्छ भने कुरामा बैठकमा सहभागि नेताहरु ढुक्क देखिन्थे ।

तर एक नेताले शंका पनि व्यक्त गरे । उनले भने, विद्यार्थीले मास्टरलाई धेरै हैरान गरेपछि भारी भारी गृहकार्य दिएर विद्यार्थीलाई शान्त पार्छन र अल्झाएर राख्छन् । त्यस्तै गर्नुभएको छ उपेन्द्र यादवले । १५ सदस्यीयले पेस गरेको प्रतिवेदनलाई कुनै महत्व नदिई पुरै सैद्धान्तिक कुराहरु समेटेर ६ पेज लामो मस्यौदा पेस गर्नुभयो । स्वायत्त मधेश प्रदेशसहितको मस्यौदामा पार्टीको नाम समाजवादी लोकतान्त्रिक फोरम नेपाल राख्नु भएको छ भने झण्डा चौकुना रहेका छन् । त्यसमा तीन रंग रहेका छन् जसमा माथिको रंग रातो, बीचमा सेतो र त्यहाँ स्टार राख्नुभएको छ भने तल हरियो रंग उल्लेख गर्नुभएको छ ।
अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको मस्यौदामाथि तीनटै दलमा भोली बुधवार छलफलव हुनेछ र पर्सी चैत १३ गते विहीवार पुनः तमलोपाको कार्यालयमा बैठक बस्नेछ ।

1 comment:

  1. म नेता हुँ जनता लाई मौका दिन्छु ।
    तिमी मलाई जिताउ म धोका दिन्छु ।

    बेच्दछु मुर्तिका गहनाहरु म चोर् होइन ।
    म असल हुँ भनी कसम माता गौका दिन्छु ।

    म नेता शासक हुँ देशका जे गरेनी मिल्छ ।
    मन लागे कसैल छकका, कसैलाई चौका दिन्छु ।

    भोट लिनलाई म बाउ भन्न् पनि पछी पर्दिन ।
    म लोभि जनतालाई रक्सी र बोका दिन्छु ।

    म सर्बहारा बर्ग गरीबहरुका नेता हुँ ।
    मलाई कुर्सी देउ नत्र गोलिका खोका दिन्छु ।

    रचनाकार : राम अधिन यादब (सम्भव)

    ReplyDelete