Labels

Sunday, March 30, 2014

संशोधनसहित उपेन्द्र यादवको प्रस्ताव पारित

बाँकी काम गर्ने जिम्मा कार्यदललाई 
काठमाडौ चैत १६ गते । तीन मधेशीवादी दल (फोरम नेपाल, तमलोपा र सद्भावना पार्टी) बीच एकीकरण हुने कुरामा आशा जागेको छ । शंकै शंकाको बीचमा एकीकरणका लागि हुँदै आएको छलफलमा आइतवार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रस्ताव संशोधनसहित पारित भएको छ ।
बैठकमा सहभागि एक नेताका अनुसार उपेन्द्र यादवले छलफलको म्याण्डेटअनुसार तराई काँग्रेसदेखि सद्भावना परिषद् र मधेश आन्दोलनसम्मको विषय समावेश गरेर उपेन्द्र यादवले आफ्नो प्रस्तावलाई संशोधन गरेपछि आज उनको प्रस्ताव पारित भएको हो ।

पार्टीको नाम, झण्डा, विधानलगायतका विषयमा टुगों लगाउन कार्यदललाई जिम्मेवारी दिएको छ । तीनदलबाट पाँच पाँचजना गरी १५ जनाको एक कार्यदल बनेको छ सोही कार्यदललाई नाम, झण्डालगायतका विषयमा टुगों लगाउन जिम्मा दिएको छ । सोही कार्यदलले यसअघि १२ वटा बैठक बसेर ६ बुँदे प्रतिवेदन दलका अध्यक्षहरुलाई बुझाई सकेका छन् । अब नयाँ ढंगबाट पुनः छलफल गर्न तीन दलका अध्यक्षहरुले भनेका छन् ।

1 comment:

  1. झन्डामा सबभन्दा राम्रो तीर छाप नै हुन्छ ।

    ReplyDelete