Labels

Monday, February 9, 2015

मधेशमा के छ आन्दोलनको अवस्था (स्थलगत कुरा)

आफ्नोे केही घरायसी कामका शिलशिलामा सिरहा पुगेको बेला एमाओवादी नेतृत्वको मोर्चाले शुरु गरेको आन्दोलनको बारेमा केही बुझ्ने चेस्टा गरे । त्यसका लागि विहानको हुस्सुमा माघ २३ गते जिल्लाको हुलाकी सडक र महेन्द्रराज मार्गलाई एक फन्को लगाए ।   ३० दलीय मोर्चाले थालेको आन्दोलन साँच्चै हुन्छ त भनि जनताको मनोभावना बुझ्न निस्केको थिए । त्यसक्रममा चौक– चौकमा चिया पसल र पान पसलमा हुने भिडमा मिसिन्थे । र, कुनै न कुनै बहानामा आन्दोलनको चर्चा गर्थे । फुर्सदामा देखिएका उनीहरु कहिले हुन्छ आन्दोलन भन्दै उल्टै प्रश्न गर्थे । कुराकनी गर्दा केहीले ३० दलीय मोर्चाले अहिले गरि राखेको आन्दोलनलाई आन्दोलन मान्दैनन्, आन्दोलन भनेको चक्का जाम, बन्द, हड्ताल, तोडफोड र आगजनी रहेको उनीहरुको बुझाई पाए ।
त्यही क्रममा सिरहाको लहान बजारमा विशाल होटलको अगाडि एमालेको भातृ संगठन युवा संघ नेपालका एकजना जिल्ला नेतासँग भेट भयो । मधेशमा आन्दोलनको तयारी बारे निष्पक्ष जानकारी लिन उनी भन्दा अरु कुनै पात्र हुन सक्दैन भनि पान पसलमा उभिराखेका साह थर ९नाम नराख्ने आग्रह० का नेतासँग भेट भयो । म उनलाई जति चिन्छु त्यति उनले मलाई चिन्दैनन् । सिरहा क्याम्पस पढ्दाको सानो चिनजान थियो त्यसैको मौका छोपी मैले उनको नजिक गएर नमस्ते भन्दै हात मिलाए । आफ्नो परिचय दिएपछि उनी खुशी भएर पान खान जाऔं पनि भने । म पनि खुशी साथ उनको पछि पछि लागे र त्यही नजिक रहेको पान पसलमा गएर कुराकानी शुरु गरे ।
उनले अरु केही कुरा गर्छन् कि भन्दा पहिले नै मैले एमाओवादी र मधेशवादीहरुले आन्दोलन गर्ने भनिरहेका छन् के छ लहानको अवस्था भन्ने जिज्ञासा राखे पछि उनले हाम्रो पार्टीका अध्यक्षजीले मधेशी नेताहरुलाई गाली नगरेको भए आज मधेशमा आन्दोलनको यो अवस्था हुने थिएन ।   अध्यक्षजीले मधेशी नेतालाई युपी र विहारलाई पनि मधेशमै मिलाउँ भनि दिएको अभिव्यक्तिले मधेशी जनताको चित्त दुखेको छ । र, त्यही कारणले नै आन्दोलन हुने सम्भावना बढेको छ । हाम्रो पार्टीको अध्यक्ष भएपनि मलाई पनि त्यो कुरा मन परेको छैन । मधेशीको पनि आफ्नै मान सम्मान छन् । पार्टी तथा राजनीतिक आफ्नो ठाउँमा छ । तर, जसरी मधेशीलाई होच्याएर उहाँले बोल्नुभयो त्यसले एमालेमा रहेका मधेशी कार्यकर्ताको पनि चित्त दुखेको छ र अहिले मधेशवादी दलका नेताहरुले त्यसैलाई ‘इशु’ बनाएर आन्दोलनको प्रचार प्रसार गरिरहेका छन् । र, आन्दोलन हुने निश्चित भएको छ ।’ उनले एकसुरमा भन्दै गए त्यतिबेला सम्ममा हामीले मुखमा पान हाली सकेका थियौं ।
उनको चाहना थियो, ‘मधेशवादी दलहरुले आन्दोलन गरिरहेका छन्, त्यसमा हाम्रो कुनै आपत्ति छैन । अधिकारका लागि आन्दोलन हो भने त्यसमा हाम्रो पनि मौन समर्थन हुन्छ तर जसरी आन्दोलनको नाममा पार्टी कार्यालय जलाउनुको साथै कार्यकर्तालाई गाली गलौज गर्छन् त्यसले हामीलाई अप्ठ्याएरो बनाएको छ, नेता साहले पान चपाउदै भने– हेर्नुस् यसअघिको आन्दोलनमा म पनि सरिक थिए । यही चौकमा कति गाडी तोडफोड गरे, कति टायर बाले हिसाब किताब छैन ।   त्यो दलविहीन आन्दोलन थियो । पार्टीलाई पनि जवाफ दिन सजिलो थियो तर यसपाली गाह्रो छ । हाम्रो मौन समर्थन मात्र हुन्छ । तर आन्दोलन हुन्छ ढुक्क हुनुस् ।’ आन्दोलन हुने उनको दावीलाई मैले झन कोट्याउने प्रयास गरे । उनले भने, मधेशमा अहिले पनि थिचो मिचो छ, विभेद छ । त्यो विभेद हट्नु पर्छ भन्ने पक्षमा मधेशी जनता रहेका छन् । तर मधेशमा यति विभेद हुँदा हुँदै तपाई किन एमालेमा बसिराख्नु भएको छ भन्नु होला तर मैले एमाले र मधेशवादी दलमा कुनै तात्विक फरक देखिन ।’ मधेशी जनताले यत्रो आन्दोलन गरे । त्यसको आडमा मधेशवादी दलहरु सिहदरवारमा शक्तिशाली मन्त्री भए । तर, मधेशी जनतामाथिको विभेद जस्ताको त्यस्तै छ, नेता साहको आरोप थियो ।
 एमाले पनि भन्छ– मधेशबाट विभेद हट्नुपर्छ । मधेशवादी दल पनि भन्छन् मधेशबाट विभेद हट्नुपर्छ तर काम कसैले गर्दैनन् । त्यसैले आफू एमाले पार्टीमा नै रहनु ठिक भएको बताए । सत्ताधारी दलमध्ये दोस्रो ठूलो दल एमालेका कार्यकर्ताहरुले नै मधेशमा आन्दोलन हुन्छ भनेपछि पत्याउन कर लाग्यो ।
 लहान जानुको उद्देश्य त्यहाँका पत्रकारहरुसँग भेट्नु पनि थियो । लहानको दुर्गा मन्दिर नजिक अपागंहरुको कार्यक्रम रहेको थियो । त्यही सबै पत्रकार भेट हुन्छ भन्ने मलाई लागेको थियो । म पनि उत्तैतिर लागे । त्यही कान्तिपुर, गोरखापत्र, रासस, टेलिभिजन र एफएमका पत्रकारहरुसँग भेट भयो । भेट हुने वित्तिकै कान्तिपुरका भरत जर्घामगरसँग सोधे–एमाआवादीहरु आन्दोलन गर्ने भनिरहेका छन् हुन्छ त आन्दोलन रु उनले अरु केही सोच्दै नसोचि भन्दि हाले, हुन्छ सर, यसपाली नसोचेको जस्तो आन्दोलन हुन्छ ।’ त्यहाँ रहेका अरु पत्रकारहरुले पनि आन्दोलन हुने कुरामा यसपाली कुनै दुविधा छैन भने । भरतजी कार्यक्रम आयोजकसँग गफ गर्न थाले । चिया खाने बाहानामा त्यहाँबाट बाहिर निस्किए । नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्व सभापति एवं तराई टेलिभिजनका पत्रकार रमानन्द गुप्ताको पुस्तक पसलमा गएर बसे । चिया खाँदै मैले आफ्नो उद्देश्य अनुसार कुरा शुरु गरे ।
मेरो लक्ष्य थियो– रमानन्द गुप्ताबाट आन्दोलनबारे बुझ्ने । उनी त्यहाँका पुरानो पत्रकारमध्येका एक हुन् । र, मुख्य कुरा उनी प्रेस युनियनसँग पनि आवद्ध छन् । उनले पनि आन्दोलनबारे निष्पक्ष विश्लेष गर्लान भनि मेरो आशा थियो । मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न मधेशवादी दल चुकेका छन् र त्यसले गर्दा पनि समस्या उत्पन्न भएको विश्लेषण पत्रकार गुप्ताको थियो । मधेशी जनतामाथि देखिएको विभेद कुनै पार्टीगत होइन, यो समुदाय र क्षेत्रगत हो यसका लागि सबै एकसाथ लड्नुपर्छ भन्ने बुझेर मधेशी जनता फेरि जुर्मुराएका छन् । यो बेला आन्दोलन हुन सकेन भने कहिले आन्दोलन हुन सक्दैन । मैले त्यसको कारण सोधे, उनले सिधा भने, मधेशका किसानहरु अहिले फुर्सदमा छन् रवी राय ९खद्यान्न० पनि उखाल्ने बेला भएको छैन, फुर्सद भएको बेलामा यसो नेताहरु आएर जुर्मुराए भने आन्दोलन त्यतिकै हुन्छ ।’  
राससका पत्रकार संन्तोष यादवले भने, एमालेका अध्यक्ष ओलीले मधेशको बारेमा जे जस्तो धारणा राखिरहेका छन् त्यसले आगोमा ध्यू थप्ने काम भइरहेको छ । ओलीले मधेशीलाई होच्याउने खालको अभिव्यक्ति दिएर मधेशी जनता आन्दोलनका लागि तयार भएका छन् । आन्दोलन हुन्छ यसमा कुनै दुईमत छैन ।’
गोरखापत्रका पत्रकार जिवछ यादव जो क्रान्तकारी पत्रकार संघ निकट हुन् । उनले मधेशमा एमाआवादीका अध्यक्ष प्रचण्ड, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नै उपस्थित भइ दिए आन्दोलन सफल हुने विष्लेषण सुनाए । उनको वुझाईमा अहिले यी नेताप्रति मधेशी जनताको विश्वास बढेको छ । बैठकहरुमा यी नेताहरुले लिएको अडानका कारण मधेशी जनतामा पनि विश्वास पलाएको छ ।   तर त्यही फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको राम्रो छैन । गच्छदारको अभिव्यक्तिले गर्दा मधेशी जनता निराश देखिएका छन् । गच्छदारको ढुलमुले अभिव्यक्तिसँग मधेशी जनता अनभिज्ञ छैन । पत्रकार यादव भन्दै थिए, गच्छदारजीको अभिव्यक्तिले आन्दोलनकारीमा निराशा ल्याएको छ । यस्तै रह्यो भने गच्छदारलाई मधेशबाट लखेट्न बेर लाउँदैनन् ।   मधेश आन्दोलनको मुडमा गइसकेको छ तर गच्छदारले वार्ता र संवादको कुरा गरेर निराशा ल्याइरहेका छन् ।’
सिरहा सदरमुकाम स्थित अस्पताल चौकमा पान पसलमा भेटिएका तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाधाई दिए । आन्दोलनको तयारीका लागि एक महिनादेखि जिल्लामा बसेका उनले आफ्नो अनुभव सुनाउँदै भने, ओलीले मधेशवादी दललाई गाली गरेकोमा आन्दोलनको तयारी गर्न निकै सजिलो भएको छ ।’ मधेशी जनतालाई अहिले पनि संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली कुन जन्तुको नाम हो थाहा छैन । तर यो चाही थाहा छ, मधेशमा रहेका अत्याचार । र, एक मधेश एक प्रदेश । एक मधेश प्रदेश नै किन त्यसको जफाव पनि गाउँका मधेशी जनतासँग छैन तर ओलीले मधेशीलाई दिएको गालीलाई सम्झेर बसेका छन् । यसको बदला आन्दोलनबाट नै लिनुपर्छ पनि भनिरहेका छन् ।   यस विषयमा नेता मण्डलले भने, मधेशी जनतामाथि यसरी यसरी विभेद छ, यो प्राप्तपछि विभेद अन्त्य हुन्छ भन्दा बुझ्दैनन् तर ओलीले मधेशीलाई यस्तो गाली गरे । फलानो नेताले मधेशीलाई यसरी हेपे । हामीलाई अधिकार दिँदैन र उल्टै गाली पनि गर्छन् भन्दा छिट्टै बुझ्छन् र आन्दोलनका लागि तयार हुन्छन् । यसपाली सम्झौताहिन आन्दोलन गर्न मधेशी जनता तयार भएका छन् नेताहरुले इशारा मात्रै गर्नुपर्छ ।’
 तर श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीका शिक्षक कपलेश्वर यादवको आन्दोलनबारे अलि फरक धारणा छ । उनले आन्दोलनलाई विकाससँग जोडेर विश्लेषण गरे । औरही गाउँमै एक समाजिक कार्यमा भेटेका शिक्षक यादवले मधेशी जनताले एक पटक हुलाकी सडकका लागि आन्दोलन गर्नुपर्छ । र, यसपालीको आन्दोलनमा यो पनि एउटा एजेण्डा हुनु पर्ने बताए ।   हुलाकी सडक भन्दा धेरैपछि निर्माण हुन लागेको महेन्द्रराजमाग निर्माण भएर अहिले पुरानो पनि भइसक्यो तर हुलाकी सडक जस्ताको त्यस्तै यो मधेशी जनतासँगको विभेद हो कि होइन रु उनले आक्रोशित हुँदै भने, मध्यलोक मार्ग भर्खरको योजना हो तर त्यो निर्माण भइसक्यो तर हुलाकी सडकको चर्चा मात्र हुन्छ काम हुँदैन ।’ उनले मधेशवादी दल वा अरु कुनै दलले राजनीतिक एजेण्डा मात्र लिएर आन्दोलनको घोषणा गर्यो भने सफल हुँदैन किनभने यसअघिको आन्दोलनहरुबाट मधेशी जनताले ती नेताहरुको चरित्र थाहा पाइसकेका छन् अब हुने आन्दोलनको एजेण्डा विकास पनि हुनुपर्ने उले टिप्पणी गरे ।  
खोक्सी जानकी नगर चौकको चियापसलमा भेट भएका मोहम्मद अतिउल्ला खाँले आन्दोलन फेरि गर्नुपरेकोमा चिन्ता जाहेर गरे । उनले अधिकारका लागि यसरी बारम्बार लड्नुपर्छ भने थाहा थिएन । उनले काँग्रेस र एमालेबाहेक अरु सबै दल आन्दोलनमा उत्रिएको प्रति सन्तोष व्यक्त गरे । उनले भने, संघीयता भने कुरा हामी गाउँवासीलाई के थाहा र कसैले जानकारी पनि गराएको छैन । मधेश आन्दोलनको समयमा नारा लगाएको ‘एक मधेश एक प्रदेश’ मात्र थाहा छ अरु केही थाहा छैन, सुन्दैछु अब ‘एक मधेश एक प्रदेश’ पनि रहेन रे । दुईटा प्रदेशको बारेमा कुरा हुँदै छ रे रु उनले दिक्क मान्दै मनका बह पोखे । 

No comments:

Post a Comment