Labels

Monday, December 30, 2013

खोइ खोई को को परे एमाअ‍ोवादीको समानुपातिक सभासद्मा


एमाअ‍ोवादी पार्टीको विवादै विवादको बीच समानुपातिको लिस्ट निर्वाचन आयोग पुर्याए पनि त्यहाँ समावेशी कुरा नमिलेपछि पत्र मात्र दार्ता गराएर फर्केका थिए नेता वर्षमान पुन । स्रोतले भने अध्यक्ष प्रचण्डले एकलौटी ढंगबाट लिस्ट पठाएपछि डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ असन्तुष्ट भएर बैठकबाट उठेका थिए । सबैलाई चित्त बुझ्ने गरी आयोगमा नाम संशोधन गरेर पठाउने पार्टीको स्रोतको दावी छ । हिजो आयोगमा बुझाएको समानुपातिक सभासद्को नामावाली यस्तो छ ः

मोसान्टोको लफडा अहिलेसम्म मिलेन पो त मन्त्रालय हैरान


सुरेशकुमार यादव
काठमाडौ पुस १४ गते । कृषि विकास मन्त्रालयले अमेरिकाको मोन्सान्टो कम्पनीले तयार गरेको आनुवांशिक परिवर्तीत जिवाणु (जीएमओ) नेपाल नभित्रिएको पुनः स्पष्ट पारेका छन् ।
दुई दिन आगाडि गरेको पत्रकार सम्मेलनपछि आन्दोलन र विरोधका कार्यक्रमहरु नरोकेपछि मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी पुनः स्पष्ट पार्ने प्रयास गरेको छ । मोनसान्टो कम्पनीका जिएमओ बीउ नेपाल आयात नभएको र त्यसका नीतिहरुको बारेमा जानकारी गराउन गत शुक्रवार पत्रकार सम्मेलन गरेको थियो र सोही दिन कृषकहरुले शान्तिबाटीकामा जुलुस पनि निकालेका थिए । त्यतिले मात्र नपुगेपछि मोन्सान्टो कम्पनीको विरुद्धमा सर्वोच्चमा आइतवार रीट दायर भएपछि सोही दिन तीन बजे मन्त्रालयमा विज्ञ र सम्बन्धित निकायका प्रमुखहरुलाई मञ्चामा राखेर मन्त्रालयले  पत्रकार सम्मेलन गरेका थिए ।

सभासद् बन्न क–कसको भाग्य खुल्यो ल हेर्नुस् लिस्ट

  •  
  • निर्वाचन आयोगले तोकिएको अन्तिम दिन आज २८ दल समानुपातिक उम्मेदवारको नाम बुझाएको छ । विवादै विवादैकै बीचमा २८ दलले रातीसम्म बुझाए भने एमाओवादी, मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीभित्र देखिएको विवादका कारण समानुपातिकको नाम बुझाउन सकेन । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत् सिह भण्डारीले रकम लिएर उम्मेदवारको नाम पठाएको भन्दै सो पार्टीका महासचिव रामेश्वर साहले नोट अफ डिसेन्ट लेखी पार्टी कार्यालयमा धर्ना बसेका थिए । त्यस्तै काँग्रेस पार्टीभित्र पनि विवाद देखिएको छ । प्र्रस्तुत छ समानुपातिक सभासद्को लिस्ट-

हारेका मधेशी नेताले पठाए सविधानसभा श्रीमतीलाई

 संविधानसभामा प्रतिनिधित्व गर्ने ३० मध्ये २८ दलले निर्वाचन आयोगमा समानुपातिकतर्फ बुझाएको सूची हेर्दा केही नेतापत्नीहरुले संविधानसभा सदस्य हुने अवसर पाएका छन् । 
प्रत्यक्षतर्फ पराजित सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफु सभासद् हुन नपाएपछि श्रीमती सहीलदेवी महतोलाई संविधानसभा सदस्य निर्वाचित घोषणामा लागि निर्वाचन आयोगमा नाम सिफारिस गर्नु भएको छ । समानुपातिकमा पाँच सीट पाएको सदभावनाले नाम सिफारिस गर्ने जिम्मा अध्यक्ष महतोलाई दिएको थियो ।

Saturday, December 28, 2013

ठाकुरले भने, सरकारमा जाने कुनै निर्णय छैन

सुरेशकुमार यादव
काठमाडौ पुस १३ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने नजाने बारे आफ्नो पार्टीले कुनै निर्णय नगरेको बताउनु भएको छ ।
पार्टीको छैठो वार्षिक उपलक्ष्यमा शनिवार आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले सविधान निर्माण आफ्नो पार्टीको प्राथमिक कुरा हो, सरकार गौण कुरा भएकाले सरकारको बारेमा कुनै छलफल नभएको प्रष्ट पार्नु भयो । हामी सरकारमा जाने भनेर निर्णयमा पुगिसकेका छैनौं, उहाँले भन्नुभयो, अहिलेसम्मको निर्णय प्रतिपक्षमा बस्ने हो । सरकारमा जाने नजाने विषय भोलिको परिस्थिति र समीकरणले निर्धारण गर्नेछ ।

धान उत्पादनमा वृद्धि


काठमाडौ पुस १२ गते । कृषकको मुख्यवाली धानको उत्पादन गत सालभन्दा १२ प्रतिशतले वृद्धि भएको छ । कृषि विकास मन्त्रालयअन्तर्गतको कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक विभागले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा चालु आर्थिकवर्ष २०७०÷७१ को धानलगायत केही प्रमुख वालीको अवस्था सार्वजनिक गर्ने क्रममा सो कुराको जानकारी गराएको हो ।
कृषि प्रविधि र समयमा वर्षा भएको कारणले धान उत्पादनमा वृद्धि भएको ठहर गर्दै हालसम्मको तथ्यांक अनुसार एक खरब नौ अर्ब ३६ करोड रुपियाँ मूल्य बराबरको ५० लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ । सामान्यतया जुन १० तारिखमा शुरुहुने मनसुन यसवर्ष केही ढिला भएको तर आषाढ तथा श्रावणभरी निकै सक्रियवर्षा भएको तथा सेप्टेम्वरको अन्त्यसम्म मनसुन रहेका कारण धान उत्पादनमा सहयोग पुगेको जनाएको छ ।

सरकारले भने, मोनसान्टोको जेओएओ नेपाल आउन नदिने

सुरेशकुमार यादव
काठमाडौ पुस १२ गते । नेपाल सरकारको कृषि विकास मन्त्रालयले नीतिमा नै जैविक विविधता, वतावरण र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम भएका जेएमओ तथा त्यसका उत्पादनलाई निषेध गर्ने नीति भएका कारण सो आयात गर्न कुनै प्रकारको अनुमति कसैलाई नदिएको र नदिने पनि प्रष्ट पारेको छ ।
विदेशी कम्पनी मोन्सान्टोबाट आयातित वर्णशंकर (हाईव्रिड) जातका बीउ सम्बन्धि आएका समाचारहरुप्रति ध्यानाकर्षण गर्दै मन्त्रालयअन्तर्गतको बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रले त्यसको खण्डन गरेको छ । मन्त्रालयमा शुक्रवार पत्रकार सम्मेलन गरी बीउ बिजन नियमावली, २०६९ को नियम १२ को उपनियम ४ अनुसार जेएमओ बीउ आयात गर्न जैविक सुरक्षा जोखिमको आधारमा मात्र दर्ता गर्ने प्रवधान रहेको जनाएको छ ।

Friday, December 27, 2013

एमालेले ल्याए समानुपातिको नाम (सुची सहित)


गोकर्णमा तीनदेखि जारी एमालेको बैठकले समानुपातिको नाम चयन गरेको छ । प्रमुख तीन दलमध्ये एमाले नै पहिलो पार्टी भयो । समानुपातिको नाम चयन गर्नेमा । प्रत्यक्षमा ९१ सीट जितेका एमाले ८४ जना समानुपातिको नाम चयन गरेको छ ।
खस आर्य
१. अमृत बोहोरा
२. युवराज ज्ञवाली
३. भरतमोहन अधिकारी

Wednesday, December 25, 2013

फोरम नेपालले भने, चुनावमा आफैैबाट अन्तरर्घात भएपछि पो यस्तो भयो


सुरेशकुमार यादव
काठमाडौ पुस १० गते । दोस्रो सविधानसभा चुनावमा राज्यबाट धाँधली भएको ठहर गरेका मधेशी जनअधिकार फोरम नेपालले पार्टीभित्रैबाट पनि अन्तरर्घात भएको भन्दै पार्टीभित्र कारवाहीको प्रकृया शुरु गरेको छ ।
तीन दिनदखि जारी कन्द्रिय समितिको बैठकबाट नै तीनजनालाई साधारण सदस्यसमेतबाट निष्काशन गरेको छ । निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै केन्द्रिय सदस्य नारायण मेहता, केन्द्रिय सल्लाहकारहरु विरेन्द्र यादव, ह्रदयनारायण चौधरीलाई कारवाही गरी पार्टीबाट निष्काशन गरेको पार्टीका प्रवक्ता रत्नेश्वर कायस्थले जानकारी गराउनुभयो ।

Tuesday, December 24, 2013

पहाडमा चार आना र मधेशमा ८ धुर जमिन हुने सबै किसान

  • सुरेशकुमार यादव
काठमाडौ पुस ९ गते । केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय कृषिगणना २०६८÷०६९ को नतिजा सार्वजनिक गरेको छ । विभागको कार्यालयमा मंगलवार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छैठो कृषिगणनाका लागि ५२ सय वडामा एकलाख २४ हजार चारसय कृषक परिवारलाई छनौट गरेको थियो ।
    विभागले कृषिगणनाका लागि जग्गाको चलन, उपयोग, स्थायी र राष्ट्रिय कृषिगणना २०६८ को नतिजाअस्थायी बाली, पशुपक्षीको स्थिति, कृषिकार्यमा प्रयोग भएको औजार र पूँजीगत विवरण, सिँचाई, कृषिऋण, उत्पादनको खाद्यपर्याप्त आदिवारे तथ्यांक संकलन गरेर गणनाको प्रतिवेदन तयार गरेको छ । प्रतिवेदन अनुसार नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार छन् जसमध्ये एकलाख १६ हजार परिवारले खेतीपाती नगरेको उल्लेख छ । १० वर्षअघिको तुलनामा कृषक परिवारको सँख्यामा ४ लाख ६७ हजारले वृद्धि भएको छ ।

Monday, December 23, 2013

भाजपाको भगतसिहले यसरी गरे हिन्दु राष्ट्रका वकालत


  • सुरेशकुमार यादव

काठमाडौ पुस ८ गते । नेपाललाई हिन्दु राष्ट्र बनाउनमा सहयोग गरिरहेको आरोप खेप्दै आएका भारतीय जनता पार्टीले त्यसका उपाध्यक्ष भगतसिंह कोसीयारीले खण्डन त गर्नुभयो तर घुमाएर हिन्दु राष्ट्र चाहिन्छ भनि सन्देश पनि दिनुभयो । उहाँले पार्टीका नेता नरेन्द्र मोदी या अध्यक्ष राजनाथ सिहले भनेर नेपाल हिन्दु राष्ट्र हुँदैन तर नेपाली जनताले चाहे हुने धारणा राख्नु भयो ।
स्रोतले भने, दुई दिनदेखि नेपाल भ्रमणमा रहनु भएका उपाध्यक्ष कोसीयारीले राष्ट्रपति डा.रामवरण यादवदेखि अन्य वरिष्ठ नेताहरुलाई भेटेर हिन्दु राष्ट्रका लागि याचना र आग्रह दुईटै गर्नुभयो । उहाँले सोमवार एक कार्यक्रममा घुमाउरो तरिकाले भन्नुभयो–‘यहाँ बहुसंख्यक हिन्दु रहेको नेपाल राष्ट्रलाई सबैले हिन्दु बाहुल्य राष्ट्र भन्नुपर्ने र हिन्दुत्व संस्कार भएकोले कसैले पनि चाहँदैमा त्यसलाई नष्ट पार्न सकिदैन ।

तमलोपाले धाँधलीको छानविन नभएसम्म समानुपातिक लिस्ट नबुझाउने



  • सुरेशकुमार यादव

काठमाडौ पुस ८ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सविधानसभा चुनावमा भएको धाँधलीलाई सरकारले सम्बोधन नगरेसम्म समानुपातिको नाम नबुझाउने दोहोर्याउनु भएको छ ।
बिजुलीबजारस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा बोल्नु हुँदै अध्यक्ष ठाकुरले राज्यले सुनियोजित रुपमा धाँधली गरेको आरोप लगाउँदै यसको सम्बोधन नभएसम्म समानुपातिकको लिस्ट बुझाउन नहुने धारणा राख्नु भएको छ । निर्वाचन नै स्वच्छ नभए लोकतन्त्र धरापमा पर्ने भएकाले यसको कुनै नकुनै रुपमा सम्बोधन हुनुपर्छ नत्र निर्वाचनबाट जनताको विश्वास उठ्ने भएकाले उच्च स्तरीय छानविन आयोग गठन हुनुपर्ने माग पार्टीले पहिलादेखि नै उठाई रहेकाले सरकारले छिट्टै सम्बोधन गर्नेछ भनि आशावादी रहेको धारणा अध्यक्ष ठाुकरले राख्नु भएको पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले बताउनुभयो ।

मधेशी दलितले मागे सविधानसभामा आफ्नो भाग


  • सुरेशकुमार यादव

काठमाडौ, पुस ८ गते । तराई मधेस दलित अल्पसंख्यक पिछडा वर्ग फाउन्डेसनले समानुपातिक सिद्धान्तको आधारमा मधेसी दलितको संविधानसभामा समानुपातिक प्रतिनिधित्व गराउन माग गरेको छ ।
फाउन्डेसनले सोमबार पत्रकार गरी ६ प्रतिशत जनसँख्या रहेको मधेशी दलितको सम्मानजनक सहभागिताको माग गर्दै मधेशी दलितको प्रतिनिधित्व सुनिश्चित गराउन नसके नयाँ बन्ने संविधानसभामा समेत सबैको अपनत्व हुन नसक्ने चेतावनी दिदै अन्यथा मधेसी दलितहरु फेरि पनि थप सिमान्तकृत र बहिस्कृत हुने सम्भावना रहेको बताएका छन् ।

समानुपातिकका लागि यो कस्तो झमेला, त्यसैका लागि पार्टी कार्यालयमा लाग्दैछन् मेला !


सुरेशकुमार यादव
काठमाडौ पुस ७ गते । निर्वाचन आयोगले पुस १० गतेसम्म समानुपातिको नामावली बुझाउन दिएको म्याद नजिकिदै जाँदा मधेशवादी दलहरु नाम चयनका लागि गृहकार्यमा जुटेका छन् । आआफ्नो तर्फको व्यक्ति समानुपातिकमा परुन भनेर पार्टीमाथि बढेको दवावका कारण मधेशवादी दलहरु अन्तरिक गृहकार्यमा लागेका छन् ।
विगत झै यसपाली पनि सीटसँख्या बढ्ने सम्भावनाका कारणले समानुपातिकमा नेता तथा कार्यकर्ताहरुको नाम त्यतिकै मात्रामा राखे तर सीटसँख्या कम आएका कारणले सबैलाई चित बुझाउन पार्टीका अध्यक्षहरु हम्मे हम्मे भएको छ । समानुपातिककै कारण पार्टीहरुमा आन्तरिक विवादको समस्या त्यतिकै देखिएको छ । कतिपय अध्यक्षले कार्यकर्ताको दवाव थेग्न नसकेर मोवाइल पनि अफ गरेका छन् भने पार्टी कार्यालयसमेत जान छाडेका छन् ।
सद्भावना पार्टी र लोकतान्त्रिक फोरममा समानुपातिकको नाम चयन गर्ने जिम्म अध्यक्षलाई दिएको कारण पार्टी कार्यालयमाभन्दा अध्यक्ष जहाँ हुन्छ त्यही भिड हुन्छ, अथवा फोनको घन्टी बजी रहन्छ । यता तमलोपा र फोरम नेपालको बैठक पार्टी कार्यालयमा जारी रहेका कारण सो दलको पार्टी कार्यालयमा त्यस्तो भिड देख्न सकिन्छ । शाक्तिशाली ठाउँबाट अध्यक्ष कहाँ विभिन्न व्यक्तिका सोर्स पनि पुग्ने गरेको छ ।

Saturday, December 21, 2013

मधेशी मोर्चाको विवादले गठबन्धन प्रभावित

काठमाडौ असार १० गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्रको विवादले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेका संघीय लोकतान्त्रिक
गणतान्त्रिक गठबन्धन पनि प्रभावित भएको छ ।
    गठबन्धनका प्रमुखघटक मधेशी मोर्चामा रहेका पाँच दलमध्ये तीन दल बैठकमा अनुपस्थित भएपछि गठबन्धनका निर्णयहरु प्रभावित भएका छन् । माअ‍ोवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमवार बसेको गठबन्धनको बैठकमा मोर्चाका तीन
दल अनुपस्थित भएपछि महत्वपूर्ण निर्णयहरु लिन नसकेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिहले स्विकार्नु भयो ।
    विभाजनको अन्त्यतिर पुगेको मधेशी मोर्चाको बैठक असार ८ गतेका लागि बोलाएको थियो तर आन्तरिक विवादका कारण बैठक बस्दै नबसि अनिश्चितकालका लागि स्थगित भयो भने गठबन्धनको बैठकमा पनि मोर्चाको बहुमत दल उपस्थित नभएको कारण महत्वपूर्ण निर्णय नै नगरिकन मोर्चाको निर्णयको पर्खाइमा बैठक स्थिगित गर्यो ।
    गठबन्धनको बैठकमा अनुपस्थित रहनु भएका तराई मधेश लोकतान्त्रिक पार्टी
नेपालका अध्यक्ष महेन्द्रराय यादवले गठबन्धनको बारेमा मधेशी मोर्चाले आफ्नो राय स्पष्ट नगरेसम्म गठबन्धनको बैठक बस्नुको कुनै औचित्य नरहेको बताउनुभयो । गठबन्धनमा मधेशवादी दल एक्लै एक्लै गएको होइन मोर्चाको आधारमा गएको हो, त्यसैले त्यहाँको मोर्चाको विचार र धारणा नै आउनुपर्छ कुनै एउटा पार्टी र व्यक्तिको विचारले हुँदैन उहाँले भन्नुभयो–‘सविधानसभा चुनावको मिति तोकिसकेको अवस्थामा गठबन्धनको भूमिकाबारेमा छलफल हुनुपर्ने ठाउँमा मोर्चाको राय नलिइकन जानुको कुनै औचित्य नदेखेको कारण आफू बैठकमा नगएको हो ।’
    गठबन्धन बैठकमा अनुपस्थित रहनु भएका मधेशी जनअधिकार फोरम
गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव राजधानी बाहिर हुनुहुन्थ्यो । यस विषयमा सहअध्यक्ष बीपी यादवसँग जिज्ञासा राख्दा उहाँले गठबन्धनको बैठक बारे आफ्नो
पार्टीमा कुनै प्रकारको जानकारी नआएको कारण बैठकमा अनुपस्थित रहेको प्रतिकृया
दिनुभयो । गठबन्धनको बैठकमा मोर्चा सहभागि हुने हो, तर चारमहिनादेखि मोर्चाको
बैठक नै बसेको छैन भने के एजेण्डा लिएर गठबन्धनको बैठकमा जाने भनि अन्योलता मधेशी मोर्चाको नेतामा देखिएको उहाँले बताउनुभयो । मधेशी मोर्चा एकीकृत रहला कि नरहला भने अवस्थामा पुगेको छ भने मोर्चा लिएर बनेको गठबन्धनको अवस्था के हुन्छ त्यो पछिको कुरा हो, उहाँले भन्नुभयो ।
    मोर्चाबन्दीको विरुद्धमा कडा अभिव्यक्ति दिँदै आउनु भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अब मोर्चा र गठबन्धनको कुनै औचित्य नरहेको धारणा राख्दै आउनु भएको छ । पार्टीको महासचिव मनिष सुमनले आफ्नो पार्टीको नजरमा मोर्चा र गठबन्धनको कुनै औचित्य नरहेको बताउनु भयो ।
    २०६९ को फागुन १ गतेदेखि हालसम्म मोर्चाले थुप्रै कामहरु गरेका छन् तर
त्यो कुराको कुनै जानकारी हाम्रो पार्टी वा नेतालाई छैन, उहाँले भन्नुभयो–‘उच्च स्तरीय राजनीति संयन्त्रमा मोर्चाको सहभागिता, लोकमान सिह कार्कीको नियुक्ति, विद्याधर मल्लिक, उमाकान्त झा, पी.बी ठाकुरलगायतको नियुक्तिमा कसैलाई केही सोधिएन सबै कार्य भयो तर मोर्चामा छलफल भएन भने आज मोर्चाको के काम ? त्यसैले मोर्चाबन्दीको पक्षमा हामी छैनौ ।’
    गठबन्धनको बैठकमा पुग्नु भएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमाओवादी र मधेशवादी दलको बीचमा मुद्दा मिल्ने भएकाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एक्ले एक्ले हिड्नाले यहाँ कसैलाई केही प्राप्त हुँदैन, मुद्दा मिल्नेहरु साथ साथ जानुपर्ने धारणा राख्नु भयो । मधेशमा एकता र मोर्चाबन्दीको कुरा जसले उठाएपनि त्यस व्यक्तिमा व्यवस्थापनको कमी देखिएको बताउँदै एकता र सहकार्यको अभियान चलाएर मात्र हुँदैन त्यसका लागि प्रकृया, प्रावधान र उद्देश्य स्पष्ट हुनुपर्छ अहिले मधेशवादी दलमा देखिएको एकता र मोर्चाको अभियान उद्देश्यविहिन र प्रकृया विहिन रहेको बताउनुभयो ।
    शनिवार उहाँको पार्टीमा तमलोपा नेपालका केन्द्रीय सदस्य एव्र राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चान्द तारालगायतका नेता प्रवेश गर्नुभएको छ ।
सुरेशकुमार यादव

सविधानसभाको चुनावपछि फोरम नेपालको पहिलो बैठक


  • सुरेशकुमार यादव

काठमाडौ पुस ६ गते । दोस्रो सविधानसभा चुनावको समिक्षा, आगामि कार्यनीति तथा सामानुपातिक सभासद्लगायतको विषयमा छलफल गर्न मधेशी जनअधिकार फोरम नेपालको बैठक शनिवारदेखि शुरु भएको छ ।
दोस्रो सविधानसभाको चुनावपछि ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको बैठकमा पार्टीका छवटा क्षेत्र विराट, सलहेस, सिम्रौनगढ, लुम्बनी, अवध, महाकालीक्षेत्र लगायत उपत्यका समितिका इन्चार्जहरुले आआफ्नो कुरा राख्नु भएको छ । बोल्ने अधिकाँश इन्चार्जहरुले चुनावको समिक्षामा राज्यबाट धाँधली हुनुको साथै पार्टीको आन्तरिक तथा मधेशवादी दलको विभाजनको कारण सविधानसभा निर्वाचनमा पार्टी कमजोर भएको ठहर गरेका छन् ।

Friday, December 20, 2013

चौधरी ग्रुपद्धारा मोन्सान्टोको बीउ बेचेको स्विकार



  • सुरेशकुमार यादव

काठमाडौ पुस ५ गते । विश्वमा विवादीत रहेका अमेरिकी कम्पनी मोन्सान्टोको बीउ बेच्दै आएका चौधरी ग्रुपका सीजी सिड्स एण्ड फर्टिलाइजर प्रा.लि.ले सो कम्पनीसँग सम्बन्ध तोडेको छ ।
सीजी सिड्स एण्ड फर्टिलाइजर प्रा.लि. ले शुक्रवार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । विवादित कम्पनीको बीउ बेच्न लागेको समाचार बाहिर आएपछि सीजी कम्पनीले पत्रकार सम्मेलन गरी सो सम्बन्ध टुटेको जानकारी गराएको हो । सञ्चारमाध्यममा आएको समाचारप्रति आश्यर्च व्यक्त गर्दै सीजी सिड्स कम्पनीले यता आएर मोन्सान्टो कम्पनीको जेनेटिकल्ली मोडिफाइड (जि.ए.ओ.) भएको कुनै पनि बीउ नबेचेको दावी गरेको छ ।

Thursday, December 19, 2013

हामी विष खान्छौ त सधै मर्छौ


  • सुरेशकुमार यादव

काठमाडौं, पुस ४ गते । तरकारी, फलफुल तथा अन्य अन्नवालीमा विषादीको बढ्दो प्रयोगले चिन्ताको विषय बनिरहेको बेला सरकारले कृषिक्षेत्रलाई विषादीमुक्त बनाउन अभियान शुरु गरेको छ । ‘तीन गाई १० रोपनी जग्गा, रसायनको प्रयोगविना उत्पादन हुन्छ पक्का’ भन्ने मुल नाराका साथ राजधानीबाट नै अभियान शुरु गरेको छ ।

Wednesday, December 18, 2013

को, कहाँ, कसरी बनाउँदैछन् मधेशी मोर्चा ?

  • सुरेशकुमार यादव

काठमाडौ पुस २ गते । दोस्रो सविधानसभाको चुनावपछि नराम्री हार व्यहोरेका मधेशवादी दलहरु शक्ति संचयका लागि एकताको प्रयासमा लागेका छन् । तीन दलबाट दर्जन टुक्रा भएका मधेशवादी दलहरुबीच एउटै मोर्चा वा एकीकरणको प्रयास भएपनि तीनवटा मोार्चा बन्ने संभावना बढेको हो ।

चौधरीले विदेशी कम्पनीलाई ताकेपछि किसानलाई मर्का



  • सुरेशकुमार यादव

चौधरी गु्रपले विकासशील देशमा विवादित रहेको बहुराष्ट्रिय कम्पनी मोन्सान्टोको बीउ बिजन बेचविखन गर्न लागेको प्रति नेपाल सद्भावना पार्टीको ध्यानाकर्षण भएको छ । सो कम्पनीको हाइब्रिड मकैलगायत विभिन्न तरकारीको बीउका साथै नाम समेत नखुलाइएको कीटनाशक औषधीहरुको बिक्री वितरणमा रोक लगाउन सो पार्टीले विज्ञप्तिमार्फत सरकारसँग माग गरेको छ ।

Sunday, December 15, 2013

राष्ट्रपति विवाद बारे यसो भने मधेशी नेता

के भन्छन् मधेशी बुद्धिजिवीहरु ?



  • सुरेशकुमार यादव

काठमाडौ मंसिर ३० गते । राष्ट्रपति फेर्नु पर्ने बारे उठेको बहसमा प्रायः मधेशवादी दलहरु अहिले राष्ट्रपति फेर्न नपर्ने पक्षमा देखिएका भने कतिपय मौन देखिएका छन् । सविधानसभा चुनावपछि खासगरि काँग्रेस र एमालेको बीचमा राष्ट्रपति विषयमा देखिएको विवादमा मधेशवादी दलहरुले अन्तरिम सविधानमा भएको व्यवस्था अनुसार राष्ट्रपति रहनु पर्ने बताएका छन् ।

Saturday, December 14, 2013

सद्भावना किन भए लचिलो ? (विज्ञप्तिसहित)


काठमाडौ मंसिर २९ गते । सद्भावना पार्टीले सविधानसभाको चुनावमा भएको धाँधली बारे छानविन नभएसम्म समानुपातिकको नामावली नपठाउने अडानमा लचिलो भएको छ ।

Friday, December 13, 2013

पार्टीमा संजय साह अल्पमतमा



  • सुरेशकुमार 

काठमाडौ मंसिर २८ गते । सद्भावना पार्टीका उपाध्यक्ष संजय साहले सविधानसभा बहिष्कार गर्ने राखेको प्रस्ताव पार्टीले परित गरेन । चारदिनदेखि जारी केन्द्रिय समितिको विहिवारको बैठकमा नेता साहले सविधानसभा बहिष्कार गरेर सडक आन्दोलनमा जानुपर्ने प्रस्ताव बैठकमा लग्नु भएको थियो ।

सद्भावना पार्टीमा संजय साहको फरक मत



  • सुरेशकुमार यादव

काठमाडौ मंसिर २७ गते । चार दिनदेखि जारी सद्भावना पार्टीको केन्द्रिय समितिको बैठकमा सो पार्टीका उपाध्यक्ष संजय साहले फरकमत राखेपछि बैठक लम्बिने भएको छ ।

Tuesday, December 10, 2013

बंगुरको नाममा हँसाए धुर्मुस्ले, फाइभ स्टारमा रमाए सबैले


काठमाडौ असोज २५ गते । देश राजनीतिक दलहरुबाट होइन, किसानबाट बन्नेछ, कृषिको विकास भए मात्र देशमा विकास हुनेछ, हास्य कलाकार सीताराम कटेल ‘धुर्मस’ को यो भनाईपछि हलमा तालि गुन्जिएको थियो ।

धाँधलीको छानविन नभए समानुपातिक नपठाउने सद्भावनाको आडान


सुरेशकुमार यादव
काठमाडौ मंसिर २५ गते । मधेशवादी दलमा देखिएको विभाजनका कारण सविधानसभामा कमजोर भएको ठहर गर्दै सद्भावना पार्टीले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।
दुई दिनेदेखि चलेको पार्टी केन्द्रीय समितिको बैठकबाट यस्तो निर्णय गर्दै यसका लागि पार्टीले अन्य मधेशवादी दलहरुसँग संवाद र छलफल तत्कालै थाल्नि गर्ने भएको छ । मंगरवार बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका महसचिव मनिष समुनले दोस्रो सविधानसभा चुनावमा मधेशवादी दल कमजोर भएर आउनुमा अन्य कारणमध्ये दलहरु आपसमा विभाजित पनि एउटा कारण रहेको ठहर आफ्नो पार्टीले गरेको बताउनुभयो ।
बैठकमा केन्द्रीय सदस्यहरुले गरेको रिर्पोटिगं अनुसार मधेशी दल कमजोर हुनुमा आफैमा विभाजन पनि एक कारक भएपनि राज्यबाट सुनयोजित ढंगबाट भएको धाँधली प्रमुख कारण रहेको निष्कर्षमा पार्टी पुगको महसचिव सुमनले बताउनुभयो । त्यसका समाधानका लागि मधेशमा पार्टी एकताका लागि पहल गर्ने, एकता नभए एउटै मोर्चा जसरी पनि बनाउने पार्टीले निर्णय गर्नुको साथै निर्वाचनमा भएको धाँधलीको छानविन गर्न पनि माग गरेको छ ।
महासचिव सुमनले सरकारले सुनियोजित ढंगबाट धाँधली गराएको हो, त्यसैले यसको छानविनका लागि उच्च स्तरीय छानविन आयोग बन्नुपर्ने आफ्नो पार्टीको जोडदार माग रहेको बताउनुभयो । साथै छानविन आयोग गठन नभएसम्म सामानुपातिक सभासद्हरुको नाम पनि नपठाउने निर्णय पार्टीले गरेको छ ।


Monday, December 9, 2013

गच्छदारले भने, मोर्चाबन्दी तथा गठबन्धनले देशमा द्धन्द हुन्छ


सुरेशकुमार यादव
काठमाडौ मंसिर २४ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सविधानसभाबाट नै हरेक समस्याको समाधान गर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई आग्रह गर्नुभएको छ ।
दोस्रो सविधानसभाको चुनावमा धाँधली भएको भन्दै एमाओवादीले छानविन नभएसम्म सविधानसभामा भाग नलिने तथा समानुपातिकको नाम समेत नपठाउने अडान गलत रहेको बताउँदै अध्यक्ष गच्छदारले सविधानसभाबाट नै निर्वाचनमा भएको धाँधलीबारे छानविन गरी त्यसलाई समाधान गर्ने बाटोतिर लाग्न सुझाव दिनुभयो ।
दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्न सोमवार सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सविधानसभा चुनावमा धाँधली भएको कुरा आफ्नो पार्टीले पनि भरिहेको र त्यसका लागि उच्च स्तरीय छानविन आयोग गठन गरी छानविनको माग समेत गरेको हो तर सविधानसभा अवरुद्ध गरेर होइन त्यहाँ बहस र छलफल चलाएर समाधान गर्ने बताउनुभयो ।
बल्ल बल्ल भएको चुनावबाट गठन हुने सविधानसभालाई नै बहिष्कार गर्ने हो भने देशमा झन द्धन्द बढ्ने भएकाले सहमति र सहकार्यबाट सबै कुराको समाधानतिर दलहरु लाग्नु पर्ने उहाँको धारणा थियो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक समेत रहि सक्नु भएका अध्यक्ष गच्छदारले सहमति र सहकार्यको आवश्यकत रहेको यस अवस्थामा गबन्धन, गुटबन्दी र मोर्चाबन्दीले समस्या झन बल्झिने भएकाले आफ्नो दल कुनै गठबन्धन वा मोर्चाबन्दीमा नजाने पनि स्पष्ट पार्दै देशमा अहिले दुई गुट काँग्रेस र एमाले भने अर्को एमाओवादी र मधेशवादी दलको देखिएको छ त्यसमध्ये आफू कुनै गुटमा नजाने स्पष्ट पर्नुभयो । 
उहाँले देशमा देखिएको दुई शक्तिबीचको द्धन्दलाई मध्यस्थता गरी समाधान गर्ने भूमिका आफ्नो पार्टी खेल्ने बताउँदै मधेशवादी दललाई पनि कुनैप्रकारको मोर्चाबन्दीमा नलाग्न आग्रह गरिने बताउनुभयो । आफ्नो पार्टीबाट अलग भएका शरत्सिह भण्डारीको पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टीसँग एकता नभएर खास एजेण्डा र मुद्दामा सहकार्य मात्र हुने उहाँले स्पष्ट समेत पार्नुभयो ।
सरकारमा जाने नजाने बारे पत्रकारले राखेको जिज्ञासामा उहाँले सरकारमा जाने नजाने विषयमा पार्टीले कुनैपनि निर्णय नगरेको बताउँदै आफ्नो पार्टीको पहिलो प्राथमिकता सविधान त्यसपछि मात्र सरकारले रहेको स्पष्ट पार्नुभयो । उहाँले सविधान निर्माणको सुनिश्चितता नभएसम्म सरकारको बारेमा सोच्न समेत नसकिने दावी गर्दै सविधान निर्माणका सुनिश्चितता भएपछि सहमतिको सरकार निर्माण हुने अवस्था आयो भने मात्र त्यसको बारेमा सोच्ने धारणा राख्नुभयो । सविधानसभाबाट सहमति र सहकार्यको माध्यमबाट समस्या समाधान नगरे आफ्नो पार्टीले कठोर निर्णय लिने समेत चेतावनी दिनुभयो ।

Sunday, December 8, 2013

चुनावपछि गच्छदार पार्टीको यस्तो छ निर्णय


सुरेशकुमार यादव
काठमाडौ मंसिर २३ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मधेशवादी दल र एकीकृत नेकपा (माओवादी) सहितको गठबन्धनमा हाललाई नजाने ननिर्णय गरेको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय समितिको बैठकमा भएको छलफलले एमाओवादीको गठबन्धनसँग मुद्दा नमिल्ने भएकोले तत्कालै सो गठबन्धनमा सहभागि नहुने स्पष्ट पारेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका नेता रामजनम चौधरीले एमाओवादी गठबन्धनसँग आफ्नो दलको मुद्दा बाँझिएकाले सो गठबन्धनमा तत्कालै नजाने छलफल भएको बताउनुभयो ।
मधेशवादी दलसहित १६ दलले एमाओवादीसँग बनाएको संघीय लोकतान्त्रिक गठबन्धनको बारेमा पनि छलफल भयो तर त्यसमा सहभागि हुने नहुने विषय टुगों लागेको छैन नेता चौधरीले भन्नुभयो–‘एमाओवादीलगायतका दलहरुले सविधानसभामा भाग नलिने पक्षमा छन् भने हामी सविधानसभामा भाग लिने पक्षमा छौ, त्यसले गर्दा हाम्रो कुरा बाँझिएकाले सो गठबन्धनमा जाने नजाने गम्भिर छलफल हुन बाँकी छ तर तत्कालै नजाने स्पष्ट भएको छ ।’ पार्टीले पहिचानसहितको संघीयता र संघीयतासहितको सविधान निर्माण गराउनका लागि सदन र सडकमा संघर्ष जारी राख्ने निर्णय गरेको नेता चौधरीले बताउनुभयो ।
केन्द्रीय समितिको बैठकले सविधानसभा चुनावमा धाँधली भएको भन्दै उच्च स्तरीय छानविन आयोग गठन हुनुपर्ने माग समेत गरेको छ । पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले चुनाव सकिने लगत्तै निर्वाचन शान्तिपूर्ण धाँधलीरहित भएको अभिव्यक्ति दिनु भएको थियो तर दुई दिनसम्म चलेको बैठकमा चुनावको समिक्षा हुँदा ठाउँ ठाउँमा धाँधली भएको ठहर भएपछि पार्टीले छानविनको माग गरेको छ ।
देशैभरि चुनावमा धाँधली भएको होइन तर सिमित ठाउँहरुमा धाँधली भएको कुरा पार्टीले ठहर गरेको नेता चौधरीले बताउनुभयो । उहाँले सरकारसँग छानविन आयोग गठन गर्नुपर्ने पार्टीले माग गरेको बताउनुभयो । समानुपातिक सीटको बारेमा पनि छलफल भएको हो तर ककसलाई दिने भने विषयको टुगों लगाउँने जिम्मा पार्टीका अध्यक्ष गच्छदारलाई केन्द्रीय समितिले जिम्मेवारी दिएको छ ।
मिडियामा आएको जस्तो काँग्रेसलाई सरकार निर्माण गर्न समर्थन वा असमर्थन गरेको होइन, उहाँले भन्नुभयो–‘आफ्नो अध्यक्षले काँग्रेसका सभापति सुशिल कोइरालालाई भेटेर सहमतिको आधारमा आगाडि बढ्न सुझाव मात्र दिनु भएको हो । सहमतिको आधार सविधान निर्माण गर्नुको साथै सरकार पनि त्यसै आधारमा गठन गर्न सल्लाह मात्र दिनु भएको हो, पार्टीका अध्यक्ष स्वयंले बैठकमा यो कुरा प्रष्ट पार्नु भएको हो । सरकारमा जाने नजाने विषयमा छलफल हुन बाँकी छ ।’ मुद्दा मिल्ने अन्य मधेशवादी दलसँग सहकार्य र एकता गरेर जाने विषयमा समेत निर्णय भएको उहाँले बताउनुभयो ।

Saturday, December 7, 2013

उपेन्द्र र गच्छदार आआफ्नो घर अनि मधेशमा के को भर


सुरेशकुमार यादव
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पुनः पुरानै खेमामा फर्केका छन् । वामपन्थी विचारधाराबाट राजनीतिक शुरु गरेका उनी पहिलो सविधानसभा चुनावपछि एमाओवादीसँग गठनबन्धन गरी नौ महिना सरकारसमेत सञ्चालनमा सहभागि भएका थिए तर गच्छदार र गुप्ताका कारण यादवको सम्बन्ध एमाओवादीसँग टुटेको थियो । एमाओवादीसँग उनको सम्बन्ध टुट्नुको अरु कुनै कारण होइन, आफ्नो पार्टीबाट अलग भएका दलहरु मधेशी जनअधिकार फोरम लोकतान्त्रिक तथा मधेशी जनअधिकार फोरम गणतान्त्रिकसँग गठबन्धन बनाउनु नै मुख्य कारण थियो ।
    अहिले एमाओवादीको गठबन्धनमा न जयप्रकाश गुप्ता रहेका छन् न विजयकुमार गच्छदार । त्यसैले सविधानसभा चुनाव सके लगतै एमाओवादीलाई पछ्याउँदै पेरिसडाँडासम्म पुगेका छन् उनी । तर, एमाओवादीसँग पुनः यस्तो मितजोरीलाई उनकै पार्टीका थुप्रै नेताहरुले मन पराएका छैन । फोरम नेपालका एक केन्द्रीय सदस्यले भने, उपेन्द्रलाई कसैले बुझ्न सकेन, पार्टीभित्र के गर्नु हुन्छ कहाँ जानु हुन्छ कसैलाई थाह छैन । एमाओवादीकै कारण पार्टीको यस्तो हालत भएको थाह पाउँदा पाउँदै पुनः त्यसैको पिछलग्गु बन्नु पार्टीको हितमा राम्रो होइन ।’

    एमाओवादीसँग दोस्रो पटकको सरकार निर्माण गर्दा विजयकुमार गच्छदार उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालबाट अलग भएका थिए । गच्छदारले एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउनुपर्छ भने पक्षमा थिए भने उपेन्द्र यादवले पुनः एमाओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भने पक्षमा थिए । त्यही रस्सा कस्सीमा मधेशका सबभन्दा ठुला पार्टी पहिलोपटक दुई टुक्रा भएको थियो । गच्छदारले पार्टी विभाजन गरेर सिधै माधवकुमार नेपालको नेतृत्वलाई समर्थन गर्दै सरकारमा सहभागि भएका थिए । त्यसपछि विस्तारै उपेन्द्र यादवको पार्टी फोरम नेपाल र एमाओवादीको दुरी बढ्दै गयो र विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिक र एमाओवादीबीच दुरी घट्दै गयो । पार्टी विभाजनपछि उपेन्द्र यादव र विजयकुमार गच्छदारबीच पानी बाराबारको स्थिति रह्यो । यस्तो मनमुटाव शुरु भयो कि सविधानसभा चुनावपछि बनेको प्रचण्ड नेतृत्वको सरकार बाहेक दुवैजना एउटै सरकारमा कहिले साथ रहेन । माधव नेपालको नेतृत्वमा बनेको सरकारमा अन्य मधेशवादी दललगायत विजयकुमार गच्छदार मात्र सहभागि थिए, उपेन्द्र यादव बाहिर बसे । भने त्यसपछि बनेको झलनाथ खनालको सरकारमा उपेन्द्र यादवमात्र गए गच्छदार गएन ।
    एमाओवादीकै सहयोगमा बनेका झलनाथ नेतृत्वको सरकार ढाल्न पछि एमाओवादीले नै अभियान शुरु गरे त्यस अभियानमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पूर्ण सहयोग गर्न थाले । सो अभियानको अग्रपंक्तिमा राजनीतिका दाउपेचमा माहिर गच्छदार नै थिए । त्यतिबेला नै फोरम नेपालबाट सो पार्टीका सहअध्यक्ष जयप्रकाश गुप्ता पनि अलग भएर मधेशी जनअधिकार फोरम गणतान्त्रिक गठन गरेका थिए । त्यसपछि गुप्ता र गच्छदार दाजु–भाइको सम्बन्ध जोड्दै एमाओवादीका नेता डा.बाबुराम भट्टराईको नेतृत्वमा निर्माण भएको सरकारमा चारबुँदे सम्झौता गरी गुप्तासहितको मधेशी मोर्चा सहभागि भएका थिए । त्यो सरकारमा उपेन्द्र यादवलाई सहभागि हुन पटक पटक आग्रह पनि गरियो तर त्यहाँ गुप्ता र गच्छदार जस्ता धोकेवाज र भ्रष्ट हुँदा हुँदै कुनै पनि हालतमा सो सरकार सहभागि नुहने भन्दै सरकार बाहिर बसे । यहाँसम्म कि थोरै समयका लागि एमाले र काँग्रेस पनि सो सरकारमा सहभागि भएपछि उपेन्द्र यादवको पार्टी सरकारको प्रतिपक्षि दल भए । उपेन्द्र यादवको पार्टी लामो समयसम्म सरकार बाहिर रहेर मधेशको दौडाहा गरिरहे ।
    भट्टराई नेतृत्वको सरकारमा हालीमुहाली गरेर बसेकै अवस्थामा फोरम गणतान्त्रिकका तत्कालिन अध्यक्ष जयप्रकाश गुप्ता भ्रष्टाचारको आरोपमा जेल परे । त्यसको ठाउँ सोही पार्टीका सहअध्यक्ष राजकिशोर यादवले लिए । त्यसबेला पनि पुर्नगठन भएको सरकारमा उपेन्द्र यादवलाई परराष्ट्र तथा उपप्रधानमन्त्री दिँदा पनि सहभागि भएन । अध्यक्ष यादवका लागि धेरै दिनसम्म उपप्रधान तथा परराष्ट्र मन्त्रालय खाली राखेका थिए तर उपेन्द्र यादव त्यसमा सहभागि भएन कारण थियो गच्छदार पनि सो सरकारमा उपप्रधान तथा गृहमन्त्री थिए । उपेन्द्रको धारणा थियो कि गच्छदार र आफू एउटै हाराहारीमा नरहने र सोही अडानका कारण सरकारमा सहभागि भएन । अहिले आएर मधेशको ठुलो पार्टी विजय गच्छदारको भएको छ भने तेस्रो पार्टी उपेन्द्र यादवको । सत्ताका खेलाडी गच्छदार देशको सबभन्दा ठुलो पार्टी काँग्रेसको खेमामा लागेका छन् भने उपेन्द्र यादव पुनः एमाओवादीकै खेमामा ।
    पेरिसडाँडामा पटक पटक बसेको मधेशी दलसहितको बैठकमा अध्यक्ष प्रचण्डले पटक पटक बोलाउँदा पनि गच्छदार न आफै उपस्थित भए नपार्टीका अरु कुनै प्रतिनिधिलाई पठाए । सो मोर्चामा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, महेन्द्र यादव, अनिल झालगायतका मधेशी दलहरु सभागि छन् । अन्ततः फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार एमाओवादीको मोर्चा छाडेर अहिले काँग्रेसको मोर्चामा सहभागि भइसकेका छन् । शुक्रवार मात्र काँग्रेसका सभापति सुशिल कोइरालालाई उनकै निवासमा भेटेर सहमतिको सरकार बनाउनुस् आफ्नो पार्टीको पुर्ण समर्थन रहने प्रतिवद्धता जनाईसकेका छन् । लामो समयसम्ममा काँग्रेसमा रहेर काम गरिसकेका गच्छदारलाई एमाओवादीको गठबन्धनभन्दा काँग्रेस गठबन्धनमा काम गर्न सजिलो हुने विश्लेषकहरुको ठम्याई छ । सविधानसभा चुनाव सकिने लगतै मधेशमा तेस्रो उपेन्द्र यादव र देशमा तेस्रो प्रचण्डको सम्पर्कमा गए भने मधेशमा पहिलो गच्छदार र देशमा पहिलो काँग्रेसको सम्पर्कमा गए ।     

एकताका लागि भण्डारीले गरे गच्छदारलाई आह्वान


सुरेशकुमार यादव
काठमाडौ मंसिर २२ गते । विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट अलग भइ राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गर्नु भएका शरत्सिह भण्डारीले फोरम लोकतान्त्रिक पार्टीलाई एकताका लागि आह्वान गर्नुभएको छ ।
    पार्टीद्धारा शनिवार एक विज्ञप्ति जारी गरी सो आह्वान गर्नु भएको हो । नेपाली सेनामा मधेशी युवाको सामूहिक प्रवेशमा पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले सहयोग नगरेकोलगायतका आरोप लगाउँदै पार्टी नै अलग गर्नुभएका भण्डारी पुनः एकता र सहकार्यका लागि आह्वन गर्नुभएको छ ।
भण्डारी रक्षामन्त्री भएको बेला नेपाली सेनामा मधेशीको सामूहिक प्रवेशलाई लिएर दिएको अभिव्यक्तिका कारण मन्त्री पदबाट नै त्याग्नु परेको थियो र त्यसमा गच्छदारले असहयोग गर्नुभएको थियो । सविधानसभा रहेकै बेला फोरम लोकतान्त्रिकबाट अलग हुनु भएका भण्डारी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मोर्चाबन्दी गरी संघर्षमा थिए भने गच्छदारको मधेशी मोर्चामा हुनुहुन्थ्यो ।
    सविधानसभा चुनावमा प्रत्यक्षतर्फ एउटा पनि सीट जित्न सफल नभएका अध्यक्ष भण्डारीले निर्वाचनमा मधेशवादी दलहरु कमजोरमा हुनुमा दलहरु विभाजित नै मुख्य कारण रहेको ठहर गरेको छ । भण्डारीको पार्टीले समानुपातिकमा तीन सीट ल्याएको छ ।
    संविधानसभाको निर्वाचन परिणामबाट विगतमा जुनसुकै कारणले विभाजित भएका मधेशवादी दलहरुलाई एकजुट भएर अघि बढ्ने जनआकांक्षा र जनादेश मुखरित भएको ठहर गर्दै सहमति, सहकार्य र एकीकरणको प्रक्रियाले विगतमा विभाजनका कारण कमजोर बनेका मधेशवादी दलहरुका लागि शतिmसञ्चय हुने र मुद्दा कार्यान्वयन गराउन सशतm, प्रभावकारी तथा निर्णायक भूमिका निर्वाह गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । सहमति, सहकार्य र एकीकरणका लागि जस्तो सुकै लचकता अपनाउन आफ्नो पार्टी तयार रहेको उल्लेख गर्दै सो पार्टीले फोरम लोकतान्त्रिकसँगै तराई मधेश लोकतान्त्रिक पार्टीलाई पनि एकताका लागि आह्वान गरेको छ ।
मधेशवादी दलहरुको गम्भीरता, लगाव र अथक प्रयासका कारण संघीयतालगायतका मुद्दाको स्वामित्व राज्यले ग्रहण गरेको उल्लेख गर्दै स्वामित्व लिइसकेको मुद्दालाई सम्बोधन गर्ने दायित्व राज्यको हो र ती मुद्दालाई कार्यान्वयन गराउन खबरदारी गर्ने काम मधेशवादी दलहरुको भएको विज्ञप्तिमा उल्ल्ेख छ । राज्यले स्वामित्व लिएका मुद्दालाई कार्यान्वयन गराउन समान विचार र धारणा भएका मधेशवादी दल र शतिmहरुबीच सहमति, सहकार्य र एकीकरण आवश्यकतामा जोड दिएको छ ।

Friday, December 6, 2013

मधेशी दलको बीचमा पुनः एकताको प्रयास


सुरेशकुमार यादव
काठमाडौ मंसिर २१ गते । दोस्रो सविधानसभामा हार बेहोरेका मधेशवादी दलहरु एकता र सहकार्यमा जोड दिएका छन् ।
अलग अलग रहेकै कारण निर्वाचनमा मधेशवादी दलहरु कमजोर भएको ठहर गर्दै एकीकरण तथा मोर्चाबन्दीका लागि प्रकृया शुरु गरेको छ । त्यसो त चुनावअघि पनि यसैगरि एकीकरण र मोर्चाबन्दीको अभियानै चलाइएको थियो तर सफल हुन सकेका थिएन ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिक, तराई मधेश फोरम नेपाल, संघीय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले विहिवार पत्रकार सम्मेलन गरी एकता र सहकार्यका लागि तयार रहेको घोषणा नै गरे । पहिलो चरणमा पार्टी एकीकरणकै लागि प्रयास गर्ने, नभए सघर्षका लागि मोर्चा बनाउने यी चार दलको बीचमा सहमति भएको हो ।
तराई मधेश फोरम नेपालका अध्यक्ष अमर यादवले पहिलो प्रयास एकताकै लागि हुने, नभए मोर्चा पनि बनाउने सहमति भएको र त्यसको गृहकार्य तिब्र रुपमा अगाडि बढी रहेको बताउनुभयो । ‘हामी चार दल अब कुनै नकुनै रुपमा एक ठाउँमा आउँछौ नै त्यसमा अन्य दललाई पनि समावेश गराउन छलफल गर्न कार्यदल बनाउन लागेका छौ, उहाँले भन्नुभयो–‘मधेशवादी दलको यो अवस्था हुँदा अब चाही पक्कै चेत खुलेको हुनुपर्छ र एकताका लागि तयार हुन्छ ।’
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि मधेशवादी दलहरुको बीचमा विभाजन भएकै कारण यो अवस्था सृजना भएको निष्कर्षमा पुग्नु भएको छ । चुनावअघि एकता तथा मोर्चाबन्दीका लागि एकवर्षसम्म अभियान चलाउनु भएका अध्यक्ष ठाकुर चुनावपछि पनि एकतामै जोड दिनु भएको छ । पार्टीको कार्यसम्पादनको बैठकले पनि दलहरुको बीचमा एकता हुनुपर्ने र त्यसका लागि पार्टीले पहल गर्नुपर्ने निर्णय गरेको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि दलहरुमा विभाजनका कारण निर्वाचनमा कमजोर भएको ठहर गर्दै एकीकरणमा जोड दिनु भएको छ । दलहरुको बीचमा एकीकरण नभएपनि मोर्चाबन्दी हुर्नैपर्ने उहाँको धारणा छ ।
त्यसैगरि मधेशवादी दलका युवा विद्यार्थीहरुको संयुक्त बैठकले पनि एकताका लािग आआफ्ना दलमा दवाव दिने निर्णय गरेको छ । सद्भवना पार्टीका महासचिव मनिष सुमनले युवा विद्यार्थीहरुको पहिलो चरणको बैठकले दलहरुको बीचमा मोर्चाबन्दी नभएको, एकता नभएको कारण निर्वाचनमा कमजोर भएको ठहर गरेको बताउनु भयो । उहाँले अब अर्को बैठक बसी कार्यदल बनाएर दलहरुलाई एकताका लागि दवाव दिने बताउनुभयो ।

Tuesday, November 19, 2013

खुशीको सीमा रहेन खिलराज रेग्मीलाई


सुरेशकुमार यादव
काठमाडौ मंसिर ४ गते । अन्तरिम मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई कसैले तपाईको सबभन्दा खुशी र सुखीका दिन कुन हो भनि सोध्यो भने उहाँले आजैको दिनलाई सम्झनु हुन्छ । र, किन नहोस् पनि, सविधानसभा चुनाव गराउनका लागि मन्त्रीपरिषद्का अध्यक्ष बन्नु भएका रेग्मीले शान्तिपूर्ण चुनाव सम्पन्न गराएकोमा निकै खुशी देखिनु भयो ।
मंगलवार विहानै ७ बजे बानेश्वर हाइटको सानो गौचरनमा मतदान गर्न पुग्नु भएका अध्यक्ष रेग्मीलाई जो कोही हेर्दा सहजै अनुमान लगाउथ्यो, उहाँको खुशीको सीमा छैन् । गाडीबाट ओर्लने वित्तिकै मुस्कुराएर हात हलाउँदै मतदान केन्द्रभित्र छिर्नु भएको थियो । प्रायः गम्भिर दखिने अध्यक्ष रेग्मी भित्र छिर्दा पनि उहाँको अनुहारमा चमक र मुस्कान कायमै थियो । प्रत्यक्ष र समानुपातिकको मत खसालिसकेपछि पुनः मुस्कानसहित उपस्थित मतदाताको साथमा हात हलाउँदै खुशी साट्नु भएको थियो ।
मिडियामा हतपत बोल्न नचाहने अध्यक्ष रेग्मी सो दिन बडो सहज तरिकाले मिडियाको सामुने मुस्कुराउँदै भन्नुभयो–‘म आज निकै खुशी छु । किनभने सरकारले पाएको जिम्मेवारी आज पुरा गरेको छ ।’ सविधानसभाको चुनावमा जनताको सहभागिताले मलाई निकै सन्तोष मिलेको छ, उहाँले भन्नुभयो–‘हामीले कल्पना गरेको भन्दा पनि शान्त र सौहाद्र वतावरणमा जनताको सहभागितमा चुनाव हुँदैछ ।
उहाँले ढुक्कका साथ मतदान गर्न मतदाताहरुलाई आग्रह पनि गर्नुभयो । चुनावपछि शान्ति र सविधान निर्माण हुन्छ र त्यसले समाज रुपान्तरणको दिशामा जाने उहाँले विश्वास प्रकट गर्नुभयो । छोटो भन्दा छोटोसमयमा सविधान निर्माण होस् भनि चाहेको बताउँदै उहाँले अन्तिम अवसरको रुपमा सविधानसभा चुनावमा मतदान गर्न आग्रह गर्नुभयो ।
यता निर्वाचनका लागि शान्ति सुरक्षाको जिम्मा लिनु भएका गृहमन्त्री माधव घिमिरेको अनुहारमा पनि त्यस्तै खुशी झल्केको थियो । क्षेत्र नं. ७ बनस्थलीमा मतदान गरेपछि मन्त्री घिमिरेले सबै ठाउँमा शान्तिपूर्वक चुनाव हुँदैछ, त्यसले आफूलाई निकै खुशी लागेको प्रतिकृया दिनुभयो । निर्वाचन असुरक्षित वतावरणमा होला, शान्ति सुरक्षा बिग्रेला भनि हामीले कहिले कल्पना गरेका थिएनौ, उहाँले भन्नुभयो–‘हामीले सोचे अनुसार नै सविधानसभाको चुनाव सम्पन्न हुँदैछ, सरकारका लागि यो भन्दा खुशी अरु केही हुनै सक्दैन ।’
कसैका डर र क्रासबाट क्रसित हुनुहुँदैन हामीले सुरक्षाको राम्रो प्रबन्ध गरेका छौ, ढुक्क भएर मतदान गर्नुस्, मतदानकेन्द्रमा उपस्थित मतदाताहरुलाई भन्नुभयो । उहाँले सविधानसभाको चुनावपछि सविधान मात्र निर्माण हुँदैन, समाज रुपान्तरणका साथै आर्थिक समृद्धि पनि हुने धारणा राख्दै भन्नुभयो–‘यो निर्वाचनले सबैको भाग्यको ढोका खुल्ने छ ।’
निर्वाचन गराउने जिम्मा लिनु भएका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती पनि आफ्नो खुशी मतदाताहरुसँग बाँड्नु भयो । विहान बानेश्वरको सहकारी प्रतिष्ठानमा रहेका मतदान केन्द्रमा मतदान गर्न पुग्नु भएका आयुक्त उप्रेती मुस्कुराउँदै मतदानकेन्द्रमा छिर्नु भएको थियो । कर्मचारी र मतदातासँग हात हलाएर खुशी साट्दै मतदान गर्नु भएका उहाँले जो जहाँ जुन अवस्थामा हुनुहुन्छ त्यही अवस्थामा मतदान गर्न गई हाल्नुस् भनि आग्रह गर्नुभयो ।
सविधान निर्माणको यो अन्तिम मौका हो, त्यसैले सुतिरहनु भएको छ भने छिटो विउझ्नुस्, बसिरहनु भएको छ भने उठ्नुस्, हिडि रहनु भएको छ भने दौड्नुस् र जति सक्दो छिटो मतदान केन्द्रमा गएर मत दिनुस् भनि आग्रह गर्नुभयो । उहाँले सविधान र राष्ट्र निर्माण बोलेर होइन मत दिएर हुन्छ त्यसैले ब्यापक सहभागितामा मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
डर र त्रासका लागि जति हल्ला फैलाएपनि जनताको सामुनेमा कसैको केही चल्दैन भनि प्रमाणित भएको भन्दै उहाँले भन्नुभयो–‘विहानैदेखि जुन रुपमा जनताका सहभागिता देखिएको छ त्यसले चुनाव सोचेभन्दा बढी फरक ढंगले सफल भएको छ ।’
सरकारका मुख्य सचिव लिलामणी पौडेल आफ्ना बालबच्चासहित चण्डोलस्थित विशाल मिलन केन्द्रमा रहेको क्षेत्र ५ को मतदानकन्द्रमा पुग्नु भएको थियो । उहाँले सविधानसभाको चुनावमा जनताले जसरी सहभागिता देखाएको छ, त्यसले आफू निकै प्रफुलित भएको प्रतिकृया दिनुभयो । निर्वाचन गराउन गठन भएको यो सरकारले आफ्नो काम सफलतापूर्वक सम्पन्न गराउन लागेकोमा सारा देश खुशी भएको उहाँले बढीभन्दा बढी जनसहभागितामा निर्वाचन सम्पन्न गराउन मतदाताहरुमा आग्रह गर्नुभयो ।
काठमाडौ क्षेत्र नं. ५ मा आफ्नो मतदान गरेपछि सोही क्षेत्रबाट काँग्रेसका उम्मेदवार बनेका नेता नरहरी आचार्यले सञ्चारकर्मीसँग प्रतिकृया दिँदै भन्नुभयो–‘यो ऐतिहासिक सविधानसभा चुनावमा सबैले मतदान गरुन्, कोही पनि नछुटुन् ।’ यो चुनाव जनताका भाग्य र भविष्यसँग जोडिएकाले सबैले आफ्नो मत दिन पाउनुपर्ने उल्लेख गर्दै यसले नै देशलाई शान्ति स्थापना गर्नमा मदत पुर्याउने बताउनुभयो । उहाँले आफ्नो क्षेत्रमा मतदाता परिचयपत्र वितरण भएको आधारमा ७५ प्रतिशतभन्दा बढी मत खस्ने दावी पनि गर्नुभयो ।
एमाओवादीका नेता एवं काठमाडौ क्षेत्र नं. २ का उम्मेदवार लिलामणी पोखरेलले जित हारको कुरा पछिको कुरा हो पहिला शान्तिपूर्ण र व्यापक सहभागितामा मतदान सम्पन्न हुनुपर्ने कुरामा जोड दिनुभयो । जनताको जुन प्रकारको सहभागिता दखिएको छ त्यसले सविधानसभा चुनाव सफल हुने कुरामा विश्वास लिएको धारणा उहाँले राख्नुभयो ।
देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने यो सविधानसभाको चुनाव कुनै पनि हालतमा सफल हुन्छ र एकवर्षभित्र सविधान निर्माण हुने दावी पनि उहाँले गर्नुभयो ।
एमाले पार्टीका सचिव एवं क्षेत्र नं. ५ का उम्मेदवार इश्वर पोखरेलले जनता बडो उत्साहका साथ मतदानमा सहभागि भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले निर्वाचन सम्पन्न पछि लोकतान्त्रिक सविधान निर्माण गर्न अगामि सविधानसभाबाट सहमति भइसकेकालाई थाँति राखेर बाँकी रहेका विषयमा छलफल गरी चाँडो सविधान निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले सहमति भइसकेका विषयमा पुनः छलफल गरेर समय बर्बाद गर्यो भने सविधान निर्माण नहुने जिकिर गर्नुभयो । उहाँले निर्वाचन सम्पन्नपछि गठन हुने सरकारले सविधान निर्माणको साथै आर्थिक रुपान्तरणका लागि पनि कार्य गर्नुपर्ने धारणा राख्नुभयो । विगतमा देखिएका त्रुटीहरुलाई सच्याउँदै सविधान निर्माणमा लाग्यो भने समयमा सविधान निर्माण हुने समेत सुझाव दिनुभयो ।
काँग्रेसका युवा नेता एवं क्षेत्र नं. ४ का उम्मेदवार गगन थापाले यो दोस्रो सविधानसभा चुनावमा आफ्नो अधिकार प्रयोग गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो । उहाँले जति व्यापक सहभागितमा मतदान हुन्छ त्यति नै दरिलो सविधानसभा गठन हुने बताउनुभयो । उहाँले सो अवसरमा एकवर्षभन्दा बढी समय नलगाएर सविधान निर्माण गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।
एमाओवादीका युवा नेता नन्दकिशोर पुनःले यो सविधानसभा सफल भयो भने राष्ट्रको मिसन सफल हुने विश्वास व्यक्त गर्नुभयो । पहिलो सविधानसभा विघटनपछि निराश बनेका जनतालाई आशाको केन्द्र यो सविधानसभाको चुनाव लागेको बताउँदै उहाँले अब अर्को सविधानसभाको चुनाव नहुने गरी मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
    

बाउ बन्ने प्रतिक्षामा


आज सविधानसभाको अन्तिम समय लगभग ४५ मिनट बाँकी रहँदा मेरो मनमा विहानदेखि एउटा कुरा खेलिरहेको छ, थोरै चिन्ता र धेरै खुशीका साथमा । म छोरा वा छोरीको वाउ बन्ने मंसिर १६ गतेको समय थियो तर नियमित चेकअप गर्ने डा. श्रीवास्तवले पहिला अप्रेशन भएर बच्चा भएको कारण यसपटक पनि अप्रेशनै गर्नुपर्ने सुझाव दिनुभयो । र त्यसको लागि हिसाब गरेर उहाँले कात्तिक २६ गते अप्रेशन गर्ने समय जुडाउनु भयो र मंसिर २५ गते भर्ना गर्न सल्लाह पनि दिनुभयो । वैद्यबाले बन्द गर्दैछ थाह हुँदा हुँदै मैले कात्तिक २५ गते जोरपाटीको मेडिकल कलेजमा भर्ना गर्ने स्विकार पनि गरे । मनमा अलि पिडा र चाँडै वाउ बन्ने धेरै खुशी लिएर हामी (श्रीमान–श्रीमती) कोठा फर्कियौ । कात्तिक २५ गतेको पर्खाइमा । घरमा पनि खबर गरिदिए, कात्तिक २६ गते भर्ना हुने भनेर । आमा पनि छठ सिध्याएर आउनु भयो । त्यसअघि नै मेरी सासुआमा पनि आउनु भएको थियो । नहुँदै कात्तिक २५ गते पनि आइपुग्यो । त्यो दिन हामीभित्रको छटपट्टी र पिडाको सीमा थिएन के गर्ने नगर्ने भनेर । चारैतिर बन्द छ । विहानैदेखि बम पड्किरहेको समाचार आइरहेका छन् । हामी कोठामा बसेर एकछिन् गन्थन मन्थन गर्यौ र डा.श्रीवास्तवसँग एकपटक कुरा गर्ने निष्कर्षमा पुग्यौ ।
मैले त्यो दिन विहान ८ बजे फोन लगाए । डा.श्रीवास्तले फोन उठाउनु भयो । मैले भने–‘म्याम बन्द कडा भयो, जताततै बमै बमको हल्ला छ, के गरौ ?’ अनि उहाँले भन्नुभयो–‘म त डाक्टर हुँ मेरा लागि अस्पतालबाट गाडि पनि आउँछ, तिमिहरु के गर्छौ विचार गर ।’ मैले भन–‘म्याम प्यासेन्टलाई पुर्याउन त मलाई पनि कुनै समस्या छैन् एम्बुलेन्स मगाएर पनि पुर्याउँछु तर समस्या त यहाँ कुरुवा र भेट्न आउने आफन्तहरुको भयो । अप्रेशनको बेला केही आवश्यक कुरा चाहिएमा पनि बाहिर गएर ल्याउन समस्या हुन्छ के गरौ, वैद्यबाले कात्तिक २७ गतसम्म मात्र बन्द गर्ने रे भनि हल्ला पनि छ ।’ अनि उहाँले भन्नुभयो–‘त्यसो भए प्यासेन्टलाई ठिक छ भने दुई दिन पर्खिदा हुन्छ ।’ मैले भने–‘म्याडम प्यासेन्टलाई ठिक छ कुनै समस्या छैन ।’ डाक्टर र मबीचको सल्लाहले कात्तिक २७ गतेसम्म कुर्ने कुरा भयो ।
कात्तिक २५ गतेपछि आमहड्ताल फिर्ता लिई यातायात हड्तालको घोषणा भयो मंसिर ५ गतेसम्मका लागि । मैले कात्तिक २७ गते विहानै डा.श्रीवास्तवलाई फोन गरे । श्रीवास्तले भन्नुभयो–‘अब बन्द यस्तै हो शनिवार भर्ना गर्नुस् आइतवार (मंसिर २ गते) अप्रेशन गरिदिन्छु । किनभने आइतवार मेरी छोरी विदेशबाट आउँदैछिन् त्यसपछि म समय दिन सक्दिन ।’ मैले छोटो प्रतिकृया दिँदै भने–‘हुन्छ म्याम ।’ अब जे हुन्छ हुन्छ अडताल भएपनि बाउ बन्न अब ढिलो गर्नु हुँदेन भनि म आफ्नो तयारीमा लागे । सुत्केरीका लागि चाहिने लुगाफाटा लगायत अरु समानहरु किने । शनिवार विहान मैले मान्दै आएको पशुपतिनाथको दर्शन गर्न पनि गए । त्यहाँ अप्रेशन सक्सेसका लागि प्रार्थना पनि गरे सायद पशुपतिबाबाले आर्शिवाद पनि दिनु भएको होला । म खुशी हुँदै कोठा फर्के । त्यो दिन म आफ्नो मोवाइल कोठामै चार्जमा छाडेर घुम्न गएका थिए । कोठा लगभग ८ः१५ बजे फर्केका थिए । फोन चेक गरे डा. श्रीवास्तको ५ कल आएको रहेछ । म हतपत कल ब्याक गरेर सरी भने–‘उताबाट पनि डा. श्रीवास्तवले सरी भन्नुभयो । मैले भने–‘म्याम किन सरी ?’ उहाँले भन्नुभयो–‘सुरेश बाबु हेर न म त अप्रेशन गर्न न भ्याउने भए, मेरो आफ्नै भाइको लखनउमा देहान्त भएको छ म त त्यहाँ जसरी पनि जानुपर्छ ।’ म त झसङग भए म कस्तो ब्याड लक छु भनेर आफैलाई धिकारे र म ब्याड लक हो कि आउने सन्तान ब्याड लक हो चिन्तामा परे तर कतिपय बुजुर्गले भने–‘ब्याडलक होइन बच्चा जन्मनु भनेको इश्वरका बर्दान हो धर्तीमा आएपछि मात्र उ मानव हुन्छ । उसको मर्जी नभएसम्म धर्तीमा आउँदैन ।’ डा.श्रीवास्तवले भन्नुभयो–‘म अरु एकजना डाक्टरलाई भन्दिन्छुु उहाँले अप्रेशन गर्दिनु हुन्छ राम्रै हुन्छ ।’ म निकै चिन्तामा परे मेरी श्रीमतीको पनि त्यही हालत भयो । हाम्रो इच्छा थियो कि नियमित चेकअप गर्ने सँग नै अप्रेशन गराउ र अरुको सल्लाह पनि त्यस्तै थियो । मैल भने–‘म्याम तपाई कहिले फर्किने ?’ म त बुधवार या विहीवार फर्किन्छु, उहाँको जवाफ थियो । मैले भने–‘त्यतिबेलै अप्रेशन गर्दा हुँदैन, हामीलाई अरुबाट अप्रेशन गराउने मनै छैन ।’ अनि उहाँले भन्नुभयो–‘यसबारेमा म केही भन्न सकिदिन्न । अप्रेशन गर्ने समय भइसकेका छन् बीचमा केही भइहाल्यो भने म जिम्मेवारी लिईदिन ।’ टेन्सनले पागल भए जस्तो लाग्यो के गरौ के गरौ जस्तो भयो । श्रीमतीसँग सोधे उनले पनि के गर्ने के गर्ने भनिन् ।
त्यसपछि मैले पुनः डा.श्रीवास्तवलाई फोन गरे र भने–‘म्याम अप्रेशन त तपाईबाट नै गराउने इच्छ छ तर अब तपाई जे भन्नुहुन्छ त्यही गर्छु ।’ अनि उहाँले भनिन्–‘४ बजेको मेरो फल्याट् छ, एकछिन् मेरो घरमा आउनुस् । प्यासेन्ट हेरौ अनि डिसिजन गरौला ।’ हामी डा.श्रीवास्तवको घरमा गयौं १ः३० बजे । उहाँले चेकअप गर्नुभयो । सबैथोक ठिक छ भन्नुभयो । तर, अप्रेशन गर्ने समय एकदम नजिक आइसकेकाले बीचैमा पनि कही हुनसक्छ, त्यसैले अप्रेशन गराउँदा नै ठिक हुन्छ, भन्नुभयो । मेरी श्रीमतीले मानिन् र भनिन–‘म्याम जे हुन्छ हुन्छ, यतिका दिन पर्खियौ अब दुई चार दिन पर्खेर भएपनि तपाईबाट नै अप्रेशन गराउने ।’ त्यसपछि डा.श्रीवास्तवले अब भगवानको इच्छा, मेरो विचारमा अप्रेशन गराउँदा नै ठिक तर अब तपाईहरु भन्नुहुन्छ भने ठिक छ म विहीवार (मंसिर ६ गते) फर्केपछि अप्रेशन गरिदिउँदा भन्नुभयो । हामी पनि पशुपतिनाथलाई एकपटक सम्झे र कोठा फर्के पशुपतिनाथको दयाले अहिलेसम्म केही भएको छैन । चिन्ता र डरसँगै विहीवारको पर्खाइमा छु ।

Saturday, October 26, 2013

राष्ट्रिय मधेश समाजवादी पार्टी संविधानसभा निर्वाचन, २०७० घोषणापत्र


राष्ट्रिय मधेश समाजवादी पार्टी
संविधानसभा निर्वाचन, २०७०
घोषणापत्र


“रामसपाको दृढ अडान, बन्नैपर्छ लोकतान्त्रिक संविधान ।”
“लोकतन्त्र, सङ्घीयता, समावेशीकरण, समानता एवं समृद्धि हाम्रो आदर्श ।”
 “विभेदले विद्रोह निम्त्याउँछ, विद्रोहले विखण्डन जन्माउँछ । विद्रोह र विखण्डन रोक्नका लागि विभेदको अन्त्य आवश्यक छ । विभेदका विरुद्ध लड्न हामी प्रतिबद्ध छौँ ।” 
— राष्ट्रिय अध्यक्ष, शरत्‌ सिंह भण्डारी

आदरणीय महिला तथा सज्जनवृन्द,
राष्ट्रिय मधेश समाजवादी पार्टीको यो घोषणापत्र देशवासीप्रति समर्पण गर्दै हामी विभेदका विरुद्ध सम्मान, पहिचान एवं अधिकारका लागि भएको मधेश विद्रोह र लोकतन्त्रका लागि भएको जनआन्दोलनका क्रममा आफ्नो प्राणको आहुति दिने तमाम वीर शहीदहरूप्रति अन्तरात्माबाटै सम्मान एवं श्रद्धाञ्जलि अर्पण गर्दछौँ र शहीदहरूको सपना साकार पार्नका लागि अनवरत सङ्घर्षरत रहने सङ्कल्प व्यक्त गर्दछौँ । सम्मान, पहिचान, अधिकार, सङ्घीयता, समावेशीकरण एवं लोकतन्त्रका लागि भएका सबैखाले आन्दोलनमा योगदान दिएका सम्पूर्ण सपूतहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै तिनको अभिनन्दन गर्दछौँ ।
संविधानसभाको निर्वाचन दोस्रोपटक २०७० मंसिर ४ गते सम्पन्न हुँदैछ । संविधानसभामार्फत् बन्ने संविधानबाटै हामी नेपालीको भविष्य र अधिकार सुनिश्चित हुनुपर्दछ । वर्षौंदेखि विभेद र बहिष्करणमा पारिएका मधेशी, थारू, आदिवासी(जनजाति, दलित, मुस्लिम, पिछडावर्ग, अति पिछडावर्ग तथा आधा जनसङ्ख्याका रूपमा रहेका महिलाको सम्मान, अधिकार र पहिचानका लागि सङ्घर्षरत पार्टीलाई मतदान गरी आफ्नो र भावी सन्ततिको भविष्य सुरक्षित गर्नु हामी सबैको कर्त्तव्य हो । विभेद, उत्पीडन र बहिष्करणमा पारिएका समुदाय तथा वर्गका व्यक्तिको पक्षमा सङ्घर्षरत पार्टीका उम्मेदवारलाई निर्वाचित गराई संविधानसभामा पठाउनु तपाइँको अधिकार मात्र नभई कर्त्तव्य पनि हो । राष्ट्रिय मधेश समाजवादी पार्टी यस्तै विभेद, उत्पीडन र बहिष्करणमा पारिएका मधेशी, दलित, मुसलमान, महिला तथा आदिवासी(जनजातिको मुक्तिका लागि स्थापित सङ्घर्षशील एवं प्रतिबद्ध पार्टी हो ।
राष्ट्रिय मधेश समाजवादी पार्टी
राष्ट्रिय मधेश समाजवादी पार्टी देशमा व्याप्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, लैङ्गिक, भौगोलिक आदि प्रकारका विभेद, शोषण, उत्पीडन र बहिष्करणका विरुद्ध लड्नका लागि गठित एवं आफ्नो लक्ष्यप्रति कटिबद्घ पार्टी हो । यो पार्टी नेपालको मधेश(तराई भूभागमा बसोबास गर्ने सबै मधेशी, पहाडी, दलित, मुस्लिम, थारू, दनुवार, राजवंशीलगाायतका आदिवासी(जनजाति एवं अन्य सबै समुदायलाई सँगै लिएर हिँड्ने प्रतिबद्धता बोकेको एक मात्र विश्वसनीय पार्टी हो । यो पार्टी मधेश र मधेशीका विरुद्ध विभेदको असह्य पीडाबोधबाट जन्मेको हुनाले यसको मुख्य लक्ष्य पनि मधेशीका विरुद्ध जारी विभेदको अन्त्य गरेर मधेशलाई उत्पीडनबाट मुक्ति दिलाउनु रहेको छ । विभेदको पीडाले सबैभन्दा बढी मधेश नै आक्रान्त रहेकोले यो पार्टी मधेशलाई आधार बनाएर देशमा व्याप्त सबै प्रकारका विभेदहरूको अन्त्य चाहन्छ र समृद्घ मधेशको आधारशिलामा देशलाई सम्पन्न बनाउन राष्ट्रिय पार्टीका रूपमा योगदान दिने उद्देश्यले क्रियाशील छ ।
सरकार निर्माणका क्रममा मिति २०६८ भदौ ११ गते एनेकपा माओवादी र मधेशी मोर्चाबीच सम्पन्न चारबुँदे सहमतिमा उल्लिखित “मधेशी युवाहरूलाई सेनामा सामूहिक प्रवेश गराउने” सन्दर्भमा आवाज उठाउँदा यस पार्टीका राष्ट्रिय अध्यक्ष शरत्‌ सिंह भण्डारीले तत्कालीन रक्षामन्त्रीका हैसियतले “विभेदले उत्पन्न विद्रोह र विद्रोहको दुष्परिणाम विखण्डन” जस्तो सार्वभौम यथार्थबारे राज्यलाई सार्वजनिक रूपमा सावधान गराउँदा उहाँलाई राष्ट्रघातीको संज्ञा दिइयो, विखण्डनकारीको आरोप लगाइयो । खास वर्ग तथा समुदाय(विशेषको वर्चश्वको राजनीतिमा रमेका नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी जस्ता दलहरूले यस कुरालाई लिएर आफ्नो वैचारिक नग्नताको प्रदर्शन गर्नुसम्म गरे । राष्ट्रियताको अपव्याख्या गर्दै अध्यक्ष भण्डारीमाथि क्षमा(याचनाका लागि दबाव दिइयो । तर मधेशी जनतालाई आधारभूत रूपमा देशको नागरिक बनाउने सन्दर्भमा उठाइएको आफ्नो कदम गलत थियो भनी माफी मागेर पदमा लिसो टाँसिइरहनुभन्दा मन्त्री पद नै त्याग गरेर जनताको आवाजलाई निरन्तर मुखरित पार्ने कार्यलाई उहाँले श्रेयस्कर ठान्नुभयो । त्यसबेला सम्पूर्ण न्यायप्रेमी मधेशी जनसमुदाय तथा देशका बुद्धिजीवीहरूले मधेशको यस शास्वत र संवेदनशील मुद्दाप्रति ऐक्यबद्घता प्रदर्शन गरेर उहाँलाई साथ दिएका थिए । तर मधेश आन्दोलनको ब्याज खाएर सत्तामा पुगेका कतिपय नेता तथा निर्वाचित प्रतिनिधिबाट मधेशले यस मुद्दामा कुनै प्रकारको साथ(सहयोग पाएन । सत्ता(स्वार्थमा लिप्त मधेशी नेताहरूले समेत समावेशीकरण तथा सङ्घीयतासम्बन्धी मुद्दामा सदा असहिष्णु रहँदै आएका नेकपा एमाले, नेपाली काँग्रेस, एमाओवादी जस्ता मधेश(विरोधी दलहरूलाई नै सहयोग गर्दै मधेश र मधेशीको आत्मविश्वास छताछुल्ल पार्ने अभियानमा बाँदरलाई लिस्नो लाउने काम गरे । फलतः नेपाली सेनामा मधेशी युवाको सम्मानजनक सहभागितासम्बन्धी अध्यक्ष भण्डारीको योजना सफल हुन सकेन ।
हाम्रो मान्यता छ– जबसम्म कुनै समुदायको पहुँच राज्यको बन्दुक, सन्दुक र कलमसम्म हुँदैन तबसम्म विभेद र बहिष्करणबाट त्यस समुदायको मुक्ति सम्भव छैन । अर्थात् मधेशी समुदायलाई राज्यको मूल धारमा ल्याउनका निमित्त बन्दुक ९सुरक्षा निकाय०, सन्दुक ९राज्यकोष, योजना निर्माण र अर्थ प्रणाली० तथा कलम ९विधायिका(संविधानसभा, प्रशासन तथा मिडिया० मा यस समुदायको समानुपातिक उपस्थिति अपरिहार्य छ । राज्यमा मधेशीको यस्तो उपस्थिति गराउनका निमित्त राष्ट्रिय मधेश समाजवादी पार्टी प्रतिबद्ध छ ।
पार्टीको अवधारणा स् मधेशवाद र समाजवाद 
राष्ट्रिय मधेश समाजवादी पार्टीको राजनीतिक धरातल लोकतान्त्रिक समाजवाद एवं मधेश विद्रोहबाट स्थापित सङ्घीयता र समावेशीकरणलाई संस्थागत गर्नु हो । यही नै मधेशवाद पनि हो । मधेशवादको यस लक्ष्यलाई लोकतान्त्रिक समाजवादद्वारा निर्देशित सिद्धान्तबाट हासिल गर्नु यस पार्टीको अभीष्ट हो । वर्षौंदेखिको बहिष्करण, आन्तरिक औपनिवेशिकरण र राज्यको विभेदकारी नीतिका विरुद्ध भएको मधेश आन्दोलनकै उपलब्धिका रूपमा मधेशवाद स्थापित भएको हो, जसको मूल उद्देश्य सङ्घीय समावेशी लोकतन्त्र र स्वायत्त मधेश प्रदेश स्थापित गरी यसलाई संस्थागत गर्नु रहेको छ । समानता र समृद्धिका माध्यमले सिर्जना हुने आर्थिक सम्पन्नताबाट विभेदको अन्त्य गर्नु पनि यस पार्टीको ध्येय हो । मधेशको भूगोलभित्र रहेका बहुल संस्कृतियुक्त राष्ट्रिय पहिचानको रेखाङ्कन र उत्पीडनबाट स्वतन्त्र समाजमा रूपान्तरण हाम्रो प्रमुख उद्देश्य हो । मधेशवादको सम्बन्ध सङ्घीय संरचना, समावेशी लोकतन्त्र र समग्र सामाजिक अन्तरविरोधको अन्त्य गरी स्थापित हुने समानतासँग छ । मधेशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपान्तरणसँग मधेशवादको सम्बन्ध गाँसिएको छ । मधेशी तथा मधेशको राष्ट्रिय संयन्त्रमा प्रभाव, पहुँच र पकड तथा आर्थिक, सामाजिक एवं राजनीतिक रूपान्तरण नभइकन मधेशका मुद्दाहरूको सम्बोधन हुन सक्दैन । मधेशवाद भनेको मूल रूपमा मधेशीको पहिचान, सम्मान तथा अधिकारको प्रत्याभूति अन्तर्निहित रहेको सिद्धान्त हो ।
जीवनका साधन तथा पूँजीका माध्यमहरूको सञ्चालन एवं वितरण सबैका लागि हुनु नै समाजवाद हो । तर यो तब मात्र सम्भव छ, जब समाजमा बाँड्नका लागि त्यो पर्याप्त होस् । गरिबी बाँडेर समाजवाद कदापि आउन सक्दैन । समाजवादको आधार पूँजीवादमा पलाउँछ र त्यस पूँजीलाई सबैको सामूहिक हितमा परिचालन गरेर समाजलाई व्यवस्थित गर्न सकिन्छ भन्ने बुद्धको सङ्घवादबाट निःसृत समाजवादी आदर्शलाई मार्गदर्शन मानेर राष्ट्रिय मधेश समाजवादी पार्टीले मधेशवाद र लोकतान्त्रिक समाजवादलाई आफ्नो राजनीतिक दर्शन बनाएको हो । सामाजिक(आर्थिक रूपान्तरण नै समाजवादको मुख्य लक्ष्य हो । समाजको विकास आर्थिक कारणबाट मात्र सम्भव छ र समाजभित्रका सम्पूर्ण उत्पादनका साधनमा सामाजिक नियन्त्रण आवश्यक छ । यही धारमा रहेर लोकतान्त्रिक समाजवादबाटै समाज र राष्ट्रको प्रगति सम्भव छ भन्ने पार्टीको धारणा रहेको छ । शोषणरहित आर्थिक समाजले उत्पादनका साधन र उत्पादित वस्तुहरू समाजको नियन्त्रणमा रहने व्यवस्था गर्दछ । पार्टी चाहन्छ– कुनै किसिमको हकले पनि असमानताको रूप लिन नपाओस्, समान अवसर र सामाजिक न्याय स्थापित होस् । हामीले अख्तियार गरेको समाजवादको अर्थ हो– देशभित्रको धन र साधनमा प्रजातान्त्रिक ढङ्गबाट समाजको नियन्त्रण र निर्देशनमा रही उत्पादन वृद्धि र समाजका लागि समान अवसर प्रदान गरी जनताको जीवनस्तर उच्च पार्दै लैजानु । भगवान् बुद्धद्वारा प्रतिपादित सङ्घवादलाई व्यवहारमा उतारेर समाजवादको आधुनिक सिद्धान्त र बुद्धको सङ्घवादी दर्शनसँगको फ्युजन मोडलका रूपमा तयार हुने समाजवादलाई पार्टीले आफ्नो आधार बनाएको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका उद्देश्य, नीति, एवं प्रतिबद्घता
-विभेद र बहिष्करणका विरुद्ध ऐक्यवद्धता एवं अनवरत सङ्घर्ष सञ्चालन गर्नु ।
-सङ्घीय शासन(प्रणाली, समावेशी लोकतन्त्र, गणतन्त्र, आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेश प्रदेश, धर्मनिरपेक्षता, आधारभूत मानवअधिकार, राष्ट्रिय पहिचान, प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली, सार्वभौम नागरिक एवं संवैधानिक सर्वोच्चता, विधिको शासन, प्रेस स्वतन्त्रता, स्वतन्त्र तथा निष्पक्ष न्याय(प्रणाली, सामाजिक न्याय एवं सर्वमान्य लोकतान्त्रिक मूल्य(मान्यताप्रति दृढ तथा आस्थावान रहनु ।
-विभेद तथा बहिष्करणमा पारिएका मधेशी, पहाडी, महिला, दलित, मुस्लिम, थारू, आदिवासी, जनजाति, पिछडावर्ग, अति पिछडावर्ग, श्रमिक तथा शारीरिक रूपबाट अशक्त एवं अन्य अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई राज्यका सम्पूर्ण संरचना, शक्ति, साधन र स्रोतमा समानुपातिक प्रतिनिधित्व एवं पहुँचको सुनिश्चितता प्रदान गर्नु ।
-समाजमा विद्यमान सामुदायिक, जातीय, वर्गीय, लैङ्गिक, क्षेत्रीय आदि सबैखाले असमानता, शोषण, उत्पीडन तथा विभेदको अन्त्य गर्दै स्वतन्त्रता, समानता, सह(अस्तित्व एवं सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि प्रतिबद्ध रहनु ।
-राष्ट्रिय एकता एवं अखण्डतालाई सुदृढ गर्दै समृद्ध तथा स्वावलम्बी राष्ट्र(निर्माणका लागि प्रतिबद्घ रहनु ।
-आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिकोणले अविकसित मधेशी, महिला, दलित, मुस्लिम, थारू, आदिवासी, जनजाति, पिछडावर्ग, अति पिछडावर्ग, पिछडिएको क्षेत्रका जनता, श्रमिक, उत्पीडित, सीमान्तकृत समुदायहरूको समानुपातिक समावेशीकरण सिद्घान्तका आधारमा पहिचान, अधिकार, प्रतिनिधित्व एवं पहुँच सुनिश्चित गर्नु ।
-सङ्घीय संरचनाअन्तर्गत आत्मनिर्णयको अधिकार, स्वशासन तथा पहिचानसहित स्वायत्त मधेश प्रदेश एवं अन्य स्वायत्त प्रदेशहरूको स्थापनामा प्रतिबद्घ रहनु ।
-सामाजिक तथा आर्थिक रूपान्तरण गर्दै लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्नु र विधिको शासन स्थापित गरी सभ्य, समृद्ध एवं गौरवशाली समाज निर्माण गर्नु ।
-राज्यको नीति(निर्माण तथा प्रशासनिक संयन्त्र, साधन(स्रोत र सेनासहितका सुरक्षा निकायमा मधेशी समुदायलगायत बहिष्कृत अन्य समुदायहरूको पहुँच समानुपातिक सङ्ख्यामा सुनिश्चित गर्नु ।
-मधेशी, दलित, मुस्लिम, थारू, आदिवासी, जनजातिसमेत अन्य सबै समुदायको भेषभूषा, भाषा, संस्कृतिलाई राष्ट्रिय मान्यता दिलाउन क्रियाशील रहनु ।
-मधेश विद्रोहका क्रममा नेपाल सरकारसँग भएका ८ र २२ बुँदे एवं आदिवासी(जनजाति, थरुहट, दलितलगायतका पक्षहरूसँग भएका सहमतिको कार्यान्वयन एवं परिपालनाका लागि क्रियाशील रहनु ।
-वञ्चितीकरणमा परेका समुदायलाई विशेष अवसर प्रदान गर्नका लागि सकारात्मक विभेद ९एयकष्तष्खभ म्ष्कअचष्mष्लबतष्यल० तथा सह(अस्तित्व ९ऋय(भहष्कतबलअभ० को सिद्धान्तका आधारमा सेना, प्रहरी, निजामति, वैदेशिक सेवा, शिक्षा, राजनीतिक नियुक्ति, संवैधानिक निकाय एवं आयोग जस्ता राज्यका सबैखाले सेवाहरूमा समानुपातिक आधारमा आरक्षणका लागि क्रियाशील रहनु ।
-कृषि, पर्यटन एवं उद्योग आर्थिक विकासका मेरुदण्ड हुन् । मधेशलाई मरुभूमिकरणबाट बचाउनका लागि चुरे वन तथा जलाधार क्षेत्रको संरक्षण, सम्बर्द्धन एवं विकासका लागि साझेदारी वनको अवधारणा लागू गर्नु । मधेशको आर्थिक रूपान्तरणका लागि “चुरे जोगाउँ मधेश बचाउँ” हाम्रो मूल नारा हो । पार्टीले समृद्ध मधेशको जगमा सम्पन्न देशको परिकल्पना गरेको छ ।
-कृषि, पर्यटन र उद्योगमा आधारित रोजगारी सिर्जना गर्दै विदेश पलायन भइरहेका युवाहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउनका लागि प्रयासरत रहनु । चुरे संरक्षणलाई जीविका तथा रोजगारीसँग आबद्घ गराई पलायन भइरहेका श्रमशक्तिलाई स्वरोजगारमा लगाउनु र श्रम(क्षेत्रलाई मर्यादित बनाउँदै बन्द एवं रुग्ण उद्योगहरू खुलाई रोजगारीका क्षेत्रहरू विस्तार गर्नु ।
-महिला, दलित, मुस्लिमसहित अन्य सीमान्तकृत समुदायका बालबालिकाहरूलाई सुलभ एवं गुणस्तरीय शिक्षा प्रदान गर्न प्रेरणा, प्रोत्साहन, सहयोग तथा प्राथमिकताका लागि काम गर्नु ।
-समाजमा विद्यमान छुवाछूत, दाइजोप्रथा, बोक्सीप्रथा तथा अन्य सामाजिक कुरीति एवं महिलामाथि हुने सबैखाले हिंसा तथा बालबालिकामाथिको शोषण आदिको अन्त्य गर्दै विभेदरहित समतामूलक समाजको निर्माण गर्नु ।
-शारीरिक रूपले अशक्त व्यक्तिको रोजगार, शिक्षा र स्वास्थ्यका लागि विशेष आरक्षणको व्यवस्था गर्नु ।
-कमैया, भूमिहीन, हलिया, दलित एवं अल्पसङ्ख्यकलगायतका नेपाली उत्पीडित समुदायका लागि निःशुल्क आवास तथा जग्गा उपलब्ध गराई तिनको उत्थानका लागि जीविकामुखी कार्यक्रम ल्याउनु ।
-कम्लरी प्रथा जस्तो गैरमानवोचित प्रथालाई समूल नष्ट गराई यस्ता प्रथाविरुद्ध कानूनी व्यवस्थाका लागि पहल गर्नु ।
-देशका अल्पसङ्ख्यकलगायत हरेक समुदाय, जाति तथा वर्गका मानिसलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनु ।
-सशस्त्र राजनीतिक आन्दोलनमा सक्रिय युवाहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा ल्याउनका लागि प्रयत्नशील रहनु ।
-सेनामा मधेशी युवाहरूको समानुपातिक सङ्ख्यामा सामूहिक प्रवेशलाई सुनिश्चित गर्दै नेपाली सेनालाई राष्ट्रिय स्वरूप प्रदान गर्नु ।
-अल्पसङ्ख्यकहरूको अधिकारका सम्बन्धमा राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय मानवअधिकारको मान्यताअनुरूप जातीय, भाषिक, धार्मिक अधिकारहरूलाई संवैधानिक प्रत्याभूति दिलाउनु ।
-पार्टीका सम्पूर्ण निकाय तथा संरचनाका निर्वाचित पदमा न्यूनतम ३३ प्रतिशत महिलाहरूका लागि र दलित, मुस्लिम तथा थारू, आदिवासी, जनजातिका लागि २० प्रतिशत स्थान आरक्षित गरिएको छ । महिलाका लागि आरक्षित पदमध्ये २० प्रतिशत दलित, मुस्लिम, आदिवासी तथा जनजाति महिलाका लागि आरक्षित छ । यसैअनुरूपको व्यवस्था राज्यका सबै अङ्गमा गराउनेतर्फ क्रियाशील रहनु ।
-पार्टीमा एउटै व्यक्ति निरन्तर दुई कार्यकालभन्दा बढी राष्ट्रिय अध्यक्ष, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, नगर अध्यक्षको पदभार ग्रहणका लागि उम्मेदवार हुन नपाउने व्यवस्थालाई व्यावहारिक रूपमै कडाइका साथ पालना गराउनु ।
पार्टीका मान्यताहरू स्
-मधेशमा बस्ने सबैखाले सांस्कृतिक एवं भाषाभाषी समुदायका व्यक्तिहरूको ऐक्यवद्घता र एकीकृत प्रयासबाटै समृद्घ मधेशको परिकल्पनालाई साकार गर्न सकिन्छ । यसका लागि सबैको भाषा, संस्कृति, मनोभावलाई स्थान र सम्मान दिइनुपर्दछ ।
-मधेश कृषिप्रधान भूभाग भएकै कारण नेपाल कृषिप्रधान देश भएको हो । वास्तवमा नेपाल मधेश प्रधान देश हो । मधेशविनाको नेपालको कल्पना गर्न सकिँदैन । मधेश समृद्घ भए मात्रै देश सम्पन्न हुन सक्दछ । समृद्घ मधेश नै देशको सम्पन्नताको आधारशिला हो । यसैले यो पार्टी मधेश आधारित राष्ट्रिय पार्टी हो । अर्थात् रामसपा मधेश(प्रधान वा मधेश केन्द्रित राष्ट्रिय पार्टी हो ।
-मधेशमा विद्यमान विविधता नै मधेशको शक्ति हो, यसको विशिष्ट पहिचान हो । मधेशमा बस्ने सबै मधेशी हुन् ।
-भाषिक विविधताले एकातिर बहुलताको बोध गराउँछ भने राष्ट्रिय सम्पर्क भाषाले राष्ट्रिय एकतालाई प्रगाढ बनाउँछ । राष्ट्रिय सम्पर्कका लागि हामीसँग दुई भाषाहरू क्रमशः नेपाली र हिन्दी छन् । यी दुवै भाषा अब देशका स्वाभाविक सम्पर्क भाषाका रूपमा प्रयोग भइरहेका छन् ।

सेनामा मधेशी युवाको सामूहिक प्रवेशको मुद्दा स्
नेपालको भूगोलभित्र मधेशमा बसोबास गर्ने मधेशीहरू सम्पूर्ण रूपले नेपाली नागरिक हुन् । नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र सुरक्षामा सबै नेपालीको समान अधिकार एवं दायित्व हुन्छ । मधेशी समुदायलाई मात्रै राष्ट्रिय सुरक्षाको अधिकार र दायित्वबाट अलग राख्दा मधेशी समुदायमा आफूलाई गहनतम् राष्ट्रिय जिम्मेवारीबाट अलग्याएर बहिष्करणमा पारिएको तथा दोस्रो दर्जाको नागरिक बनाइएको बोध भएका कारण मधेशी युवाले नेपालको अखण्डता र सुरक्षामा सहभागी भई राष्ट्रको स्वामित्व ग्रहण गर्दै अधिकारसम्पन्न नागरिक हुन सङ्घर्ष गर्नु परेको छ । राष्ट्रिय सुरक्षामा सहभागिता जस्तो गहन दायित्वबाट कसैलाई विमुख गर्नुहुन्न भन्ने धारणा पार्टीको रहेको छ । देशको आधा जनसङ्ख्याको प्रतिनिधित्व गर्ने मधेशी युवाहरूको राष्ट्रिय स्वामित्व ग्रहण गर्ने उत्कट राष्ट्रवादी भावनालाई पार्टीले सम्मान गरी प्रमुख प्रथमिकतामा राखेको छ । सेनामा मधेशी युवाले जागिरका लागि नभई राष्ट्रको स्वामित्व ग्रहण गर्नका लागि र राष्ट्रिय सुरक्षा एवं राष्ट्रिय अखण्डतामा ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नका लागि न्यायोचित प्रवेश खोजेका हुन् । मधेशी युवाको सेनामा प्रवेशको बाटोमा अवरोध खडा गरेर वस्तुतः राष्ट्रमा मधेशीको स्वामित्व रहेको सार्वभौम यर्थाथलाई स्वीकार गर्नबाट राज्य पन्छिन खोजेको देखिन्छ । राज्य शासक वर्ग वा सीमित समुदायको मात्र नभई ठूलो सङ्ख्यामा रहेका मधेशीहरूका साथै सबै नेपालीको साझा फूलवारी हो र यस फूलबारीमा आ(आफ्नै सुगन्ध र विशिष्टताका साथ सबै फूलहरूले फुल्न पाउनुपर्छ भन्ने मान्यतालाई स्थापित गरी सबै प्रकारका विभेद समाप्त पार्ने रामसपाको अभियान रहेको छ । यस महाअभियान एवं लडाइँमा साथ दिनका लागि हामी न्याय तथा समानताका पक्षपाती सम्पूर्ण नेपाली जनसमुदायसँग हार्दिक अनुरोध गर्दछौँ ।
अन्य पार्टीहरूबारे रामसपाको दृष्टिकोण 
नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएर पनि सङ्घीयता र समावेशी लोकतन्त्रका लागि प्रतिबद्ध छैन र मधेशमैत्रीसमेत होइन । नेकपा एमाले सङ्घीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेशप्रति अनुदार पार्टी हो । यसको नेतृत्वतहको संरचना हेर्ने हो भने यहाँ मात्रै खसवादी ब्राह्मणहरूको वर्चस्व भेटिन्छ, जो प्रखर मधेशविरोधी पनि छन् । यो पार्टी सङ्घीयताविरोधी त हो नै, उत्पीडित बहिष्कृत समुदायको हक(अधिकारका लागि रत्तिभर संवेदनशीलता नभएको पार्टीका रूपमा पनि देखिने गरेको छ । एनेकपा माओवादी लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी हो । शक्तिका बलमा सत्ता कब्जा गर्ने नीतिबाट यो पार्टी सञ्चालित छ । अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनाले माओपादीको मूल चरित्र सङ्घीयताविरोधी हो । मुलुकमा व्याप्त दण्डहीनता, भ्रष्टाचार, असुरक्षा, अशान्ति एवं अराजकता मुख्य रूपले एनेकपा माओवादीकै कारण हावी भएकोमा दुई मत छैन । पहिचान, सम्मान र अधिकारका लागि भएको ऐतिहासिक मधेश आन्दोलनका क्रममा शहीद रमेश महतोका हत्यारा र ५२ जना मधेशी शहीद सपूतहरूको हत्याका लागि समेत मुख्य जिम्मेदार एनेकपा माओवादी नै हो ।
काँग्रेस, एमाले एवं एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा जस्ता तथाकथित मधेशवादी पार्टीहरूको मिलीभगतमा संविधान निर्माण नगरीकनै पहिलो संविधानसभालाई विघटन गराइयो र यतिबेला पुनः निर्लज्ज भएर यी चारवटै पक्ष आफ्नो वर्चश्व फेरि कायम गरेर देश लुट्ने योजना बुन्न तल्लीन देखिन्छन् । हरेक ठाउँ र निकायमा यिनै चार दलका अयोग्य, अक्षम, अनुभवहीन, चाटुकार भरौटेहरू भएकाले राज्यका यावत् संयन्त्रहरू यिनकै स्वार्थपूर्तिका साधनमा सीमित भएका छन् । न त जनतालाई केही लाभ भएको छ, न त देशको कुनै क्षेत्रमा प्रगति नै हुन सकेको छ । मधेश आन्दोलनबाट स्थापित सङ्घीयता र समावेशीकरणको मुद्दा आज वञ्चितीकरण र केन्द्रीकरणमा रूपान्तरित भई उनै प्रमुख चार दलरमोर्चाको फगत स्वार्थपूर्तिको साधन तथा अलोकतान्त्रिक शासनको नग्ननृत्यका रूपमा देखिँदै आएको छ ।
मधेशकेन्द्रित पार्टीहरूमा मजफो नेपाल, तमलोपा, सद्भावना, फोरम लोकतान्त्रिकलगायतका पार्टीहरूका विगतका व्यक्तिगत निहितस्वार्थले प्रेरित क्रियाकलापहरूबाट कसरी मधेश तथा मधेशीको बेइज्जती भएको छ र मधेशका मुद्दा ओझेलमा परेका छन् भन्ने कुरा सम्पूर्ण स्वाभिमानी मधेशीलाई लज्जाबोधका साथ स्पष्ट रूपमा ज्ञात नै छ । अतएव, यस बारेमा उल्लेख गरिरहनु हामी आवश्यक ठान्दैनौँ ।
यी सबै पार्टीहरूभन्दा नितान्त भिन्न प्रकारको वैकल्पिक सङ्गठित शक्तिको रूपमा स्थापित एवं मधेशका मुद्दामा प्रतिबद्ध पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टी हो । यो पार्टी विखण्डनबाट नभई नवीन सोचका साथ नयाँ पार्टीका रूपमा जन्मेको हो । सत्ता प्राप्तिका लागि टूटफूट भइरहने नेपालको राजनीतिक परिप्रेक्ष्यमा सम्भवतः यही मात्र एउटा यस्तो पार्टी हो, जो पाएको सत्तालाई परित्याग गरी आफ्नो सिद्धान्तनिष्ठताका कारण र मधेशीलगायतका वञ्चितीकरणमा पारिएका जनतालाई सबल(सफल पार्ने उद्देश्यबाट अस्तित्वमा आएको हो । सीमित स्वार्थबाट प्रेरित व्यक्तिको लहडमा बनेको नभई मधेशका हजारौँको जनता उपस्थित रहेको राष्ट्रिय सम्मेलनबाट बनेको देशको एक मात्र गौरवशाली यो पार्टी सर्वाधिक समावेशी पार्टी पनि हो । मधेश आन्दोलनबाट प्राप्त जनादेशप्रतिको प्रतिबद्धतालाई यस पार्टीले व्यवहारमै सिद्ध गरेको छ । यो पार्टी देशमा व्याप्त विभेदको अन्त्य गरेर सामाजिक सद्भाव, आपसी एकता, आर्थिक विकास, सामाजिक न्याय, राष्ट्रिय सम्पदाको संरक्षण एवं विकास गर्दै राष्ट्रिय समुन्नतिको मार्ग प्रशस्त गर्ने अभियानका साथ अग्रसर छ ।
संविधानसभाको निर्वाचन हुँदैछ र संविधानसभा निर्वाचनपछि स्थानीय तहको निर्वाचन पनि हुनेछ, जसका लागि राष्ट्रिय स्तरमा तपाइँको प्रतिनिधिका रूपमा हाम्रो सशक्त उपस्थिति भए मात्रै हामी सबै तहमा विगतका आन्दोलनहरूमा अभिव्यक्त जनभावनालाई कार्यरूप दिन सक्नेगरी सशक्त भूमिका निर्वाह गर्न सक्दछौँ । यसका लागि राष्ट्रिय मधेश समाजवादी पार्टी मधेश र पहाडका सबै समुदायलाई ऐक्यबद्घ गरी “एकतामै शक्ति छ” भन्ने भावनाबाट काँधमा काँध मिलाई हिँड्दै नेपाली जनताको विजय हुने प्रकृतिको यात्रामा साथ दिन हार्दिक आह्वान गर्दछ । आउनुहोस्, हामी सबै सँग मिलेर समृद्घ मधेश र सम्पन्न देशको निर्माणका लागि एकजुट भएर लागौँ ।
भावी संविधानको स्वरूप 
सङ्घीय समावेशी लोकतन्त्र स्
राष्ट्रिय मधेश समाजवादी पार्टी ९रामसपा० देशमा विद्यमान जातीय, भाषिक, सांस्कृतिक, धार्मिक एवं क्षेत्रीय विविधताहरूलाई नेपालको राष्ट्रिय विशिष्टता मान्दछ र त्यसैबमोजिम नेपालका आदिवासी, जनजाति, मधेशी, मुस्लिम आदिको पहिचान र स्वायत्तताको आकांक्षा मुखरित समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य(संरचनाको मागलाई संवैधानिक प्रणालीमा मूर्त्तरूप दिन प्रतिबद्ध छ । रामसपा महिला, मधेशी, जनजाति(आदिवासी, दलित, उत्पीडित, मुसलमान, श्रमजीवीसहित आर्थिक(सामाजिक विकास प्रक्रियामा पछाडि पारिएका जाति, समुदाय र वर्गलाई राज्य(संरचनामा न्यायोचित सहभागिता दिलाउनका लागि समावेशी लोकतन्त्रको निर्माण एवं विकास चाहन्छ । सबै नागरिकको सशक्तिकरणका निम्ति अवसरहरूको सिर्जना गरेर शासन(प्रक्रिया र प्रणालीमा समान एवं सार्थक सहभागिता सुनिश्चित गर्न यो पार्टी प्रतिबद्ध छ । यसका लागि समानुपातिक सहभागिता र समावेशी निर्वाचन(प्रणाली, सक्षम, निष्पक्ष एवं समावेशी प्रशासन(यन्त्र, विकेन्द्रित अधिकार, सकारात्मक विभेदको नीति अवलम्बन गरिनेछ ।
सङ्घीय राज्य संरचनाको स्वरूप 
-केन्द्रीकृत एकात्मक राज्यको सट्टामा लोकतान्त्रिक शासन(प्रणाली, बहुपहिचानसहितका स्वायत्त प्रदेशहरू रहेको सार्वभौमसत्ता सम्पन्न सङ्घीय समावेशी लोकतान्त्रिक नेपालको निर्माण गरिनेछ ।
-सङ्घमा संसद्‌बाट निर्वाचित प्रधानमन्त्री सरकार(प्रमुख र सङ्घ तथा प्रदेशबाट निर्वाचित जनप्रतिनिधिबाट परोक्ष निवार्चन प्रणालीद्वारा निर्वाचित संवैधानिक राष्ट्रपति राष्ट्र(प्रमुख रहने संवैधानिक व्यवस्था गरिनेछ । यो पार्टी संसदीय सर्वोच्चताको संवैधानिक व्यवस्थाका पक्षमा रहेको छ ।
-सर्वोच्च अदालत, निर्वाचन आयोग, लोकसेवा आयोग, महालेखा परीक्षक र अधिकारसम्पन्न अख्तियार दुरुपयोग निवारण आयोगको संवैधानिक व्यवस्था यस पार्टीको दृष्टिकोण रहेको छ ।
-प्रदेशको संरचनाको प्रमुख आधारमा भौगोलिक अवस्थिति, जनसङ्ख्या, प्राकृतिक स्रोत(साधन, आर्थिक सम्भाव्यता, भाषिक( जातीय एवं सांस्कृतिक विविधिता तथा सघनता, राजनीतिक(प्रशासनिक सुगमता आदि हुनेछन् । मधेश(तराई, पहाड, हिमालका विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने मधेशी, आदिवासी(जनजाति, दलित, मुसलमान तथा अन्य समुदायका भावनाअनुरूप सङ्घीय संरचनाको प्रत्याभूति गरिनेछ ।
-आत्मनिर्णयको अधिकार एवं पहिचानसहित स्वायत्त मधेश प्रदेशसहितका प्रदेशहरूको निर्माण रामसपाको सङ्घीयतासम्बन्धी आधारविन्दु हो ।
-राज्यको पुनर्संरचना पहिचान र सामर्थ्यका आधारमा गरिनेछ ।
-पार्टी केन्द्र, प्रदेश र स्थानीय सरकार– तीन स्तरबाट राज्यका काम, कर्त्तव्य र अधिकारहरूको वितरण एवं व्यवस्थापनको पक्षमा रहेको छ ।
-केन्द्र, प्रदेश र स्थानीय सरकारका अधिकार र कर्त्तव्यका सम्बन्धमा संविधानमा उल्लेख गरिनेछ ।
-परराष्ट्र(सम्बन्ध, मुद्रानीति, राष्ट्रिय सुरक्षा र प्रदेशहरूका बीच समन्वयसम्बन्धी विषय जस्तो– हवाई यातायत, राजमार्ग, जलविद्युत एवं राष्ट्रिय महत्त्वका विकास आयोजनाहरू मुख्य रूपले केन्द्रअन्तर्गत र अन्य राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा भाषिक अधिकारसहित कृषि, वन, शिक्षा, स्वास्थ्य, रोजगारी आदि विषय प्रदेशअन्तर्गत रहनेछन् । स्थानीय स्तरमा गरिने विकास निर्माणसम्बन्धी काम, प्रशासनिक व्यवस्था एवं न्याय सम्पादनसम्बन्धी कार्य पनि स्थानीय सरकारअन्तर्गत रहनेछन् ।
-भन्सार, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क जस्ता राजश्व असुली केन्द्रको अधिकारक्षेत्रमा हुनेछ, जसलाई सङ्घीय र प्रादेशिक स्तरमा समानुपातिक ढङ्गले वितरण गरेर काम(काज सञ्चालनको व्यवस्थन गरिनेछ । घर(जग्गा, सम्पत्ति कर, सवारी कर, रजिस्ट्रेशन दस्तुर आदि राजश्वका अन्य स्रोत प्रदेश र स्थानीय सरकारका मातहत रहनेछ ।
-केन्द्रीय राजश्व तथा अनुदानको समुचित वितरणका लागि वित्तीय आयोग गठन गरिनेछ । साथै पूर्वाधार(निर्माण तथा विकास कार्यसम्बन्धी प्रयोजनका लागि प्रादेशिक सरकारलाई ऋण परिचालन तथा विकास योजना सञ्चालन गर्ने अधिकार हुनेछ ।
-प्रदेशअन्तर्गत गाउँ र नगरमा स्वशासनको अधिकारसहितका स्थानीय स्वायत्त सरकारको संरचना निर्माण गरिनेछ ।
-केन्द्रमा व्यवस्थापिका संसद्‌ तथा राज्यसभासहित दुई सदन र प्रदेशमा एक विधानसभा हुनेछ । जनसङ्ख्याका आधारमा सदनमा प्रतिनिधित्वको व्यवस्था हुनेछ । व्यवस्थापिका संसद्‌ र प्रादेशिक संसद्‌मा आरक्षणद्वारा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधि निर्वाचित हुने प्रत्याभूति दिइनेछ । संसद्‌मा दलित, मुसलमान र आदिवासी(जनजातिको आरक्षणका पक्षमा पनि पार्टी प्रयत्नशील रहनेछ ।
-सङ्घीय र प्रादेशिक संसद्‌को चुनाव प्रत्यक्ष निर्वाचन प्रणाली ९पहिलो हुने निर्वाचित हुने० का आधारमा हुनुपर्ने पार्टीको धारणा रहेको छ । गैरभौगोलिक क्षेत्र कायम गरी मधेशी, थारू, आदिवासी(जनजाति, दलित, मुसलमान, महिला, अल्पसङ्ख्यक आदि समुदायका लागि समावेशी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने पक्षमा पार्टी रहनेछ ।
-केन्द्रमा कार्यपालिका प्रमुखका रूपमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्रीको व्यवस्था गरिनेछ । केन्द्रीय एवं प्रादेशिक मन्त्रिपरिषद्को गठन समावेशी सिद्धान्तका आधारमा गरिनेछ ।
-राज्यलाई समावेशी स्वरूपमा रूपान्तरण गर्ने उद्देश्यले स(साना वर्ग एवं समुदायहरूको पनि राज्य(संरचना एवं निर्णय(प्रक्रियामा पहुँच तथा सहभागिता सुनिश्चित हुन सकोस् भन्नका लागि सामाजिक न्यायको सिद्घान्तअनुरूप सकारात्मक विभेदको नीति अवलम्बन गरिनेछ ।
-सङ्घीय मधेश प्रदेशमा राज्यस्तरीय मानवअधिकार आयोग, महिला आयोग, दलित आयोग, प्रहरी आयोग, अल्पसङ्ख्यक आयोग, नागरिकतासम्बन्धी आयोग, मुस्लिम आयोग, सूचना आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन क्षेत्र निर्धारण आयोग, आप्रवासन आयोग आदिको संवैधानिक व्यवस्था गरिनेछ ।
-निर्वाचन क्षेत्रहरूलाई हरेक जनगणनापछि जनसङ्ख्याका आधारमा निर्धारण गर्ने व्यवस्था गरिनेछ ।
-नेपाली नागरिक ९पिता वा माता० का सन्तान नैसर्गिक रूपले नेपालका नागरिक हुनेछन् । नेपालका नागरिकसँग विवाहित विदेशीहरू पनि नेपालको नागरिक हुने तथा स्थायी बसोबास गरिरहेका अङ्गीकृत नागरिकका सन्तान र आश्रित परिवारलाई समेत नागरिकताको उपयुक्त व्यवस्था गरिनुपर्ने पार्टीको धारणा रहेको छ ।
-विदेशी नागरिकता प्राप्त गैर(आवासीय नेपाली ९ल्च्ल्० हरूको नेपाली नागरिकता कायमै रहने व्यवस्थाका पक्षमा पार्टी रहनेछ ।
-नागरिकता प्रमाणपत्र प्रदान गर्ने सम्पूर्ण अधिकार प्रदेश सरकारमा निहित रहनेछ ।
-नागरिकता समस्याको स्थायी समाधानका लागि अमेरिका, यूरोप आदि विकसित देशहरूमा लागू गरिएको राष्ट्रिय पहिचानपत्र जन्मिँदाकै समयमा दिने व्यवस्था मिलाइनेछ ।
-नागरिकता प्रमाणपत्र अन्तरिम व्यवस्थाका रूपमा मात्र रहनेछ, जसलाई ग्रामीण स्तरको स्थानीय सरकारद्वारा वितरण गर्ने व्यवस्था गरिनेछ । आमाका नामबाट पनि नागरिकता दिने व्यवस्थाको प्रभावकारी कार्यान्वयनको पक्षमा पार्टी रहेको छ ।
-मधेशी समुदायमा व्याप्त राज्यविहीनता ९नागरिकता समस्या० को अन्त्य गरिनेछ ।
-अदालतमा विद्यमान एकाङ्गी संरचनालाई पूर्णतः समावेशी स्वरूपको बनाइनेछ ।
-समावेशी ऐनको व्यवस्था यथाशीघ्र गर्नका लागि पार्टी प्रतिबद्ध रहनेछ ।
-हातहतियार तथा खरखजाना ऐन र सार्वजनिक अपराध नियन्त्रण ऐनअन्तर्गत प्रमुख जिल्ला अधिकारीमा निहित असीमित अधिकारको व्यापक दुरुपयोगको भइरहेको विद्यमान अवस्थालाई दृष्टिगत गरी हातहतियार तथा खरखजाना ऐन, २०१९ को दफा २४ अनुसार मुद्दा सुनवाइको अर्धन्यायिक अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइनु अन्तरिम संविधानको मूलभावना विपरीत छ, जसलाई सम्मानित सर्वोच्च अदालतले ६ महीनाभित्रै कानून संशोधन गर्नू भनी नेपाल सरकारलाई २०६८ आश्विन ५ गते आदेशसमेत दिएको थियो । यस कानूनको दुरुपयोगबाट करीब ५ सय मधेशी युवाहरू जेल सजाय भोग्न बाध्य छन् । सर्वोच्च अदालतको आदेशअनुरूप यस कानूनमा आवश्यक संशोधन गराइनेछ ।
महिला तथा बालबालिकाका मुद्दाहरू स्
-आगामी संविधानसभा एवं स्थानीय निकायमा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता ।
-महिला उद्यमी कोषको स्थापना गरी महिलाहरूलाई व्याजरहित सहुलियती ऋणको व्यवस्था एवं महिला कृषकहरूका लागि महिलामैत्री प्रविधिको व्यवस्था ।
-जग्गा(जमीन तथा अन्य अचल सम्पत्तिमा महिलाहरूको संयुक्त स्वामित्वको व्यवस्था तथा हस्तान्तरणमा सहुलियत एवं सरकारी स्वामित्वको बाँझो जग्गामा एकल, गरिब तथा वृद्ध महिलाहरूको सामूहिक बसोबास एवं जीवन निर्वाहका लागि व्यवस्थापन ।
-महिला विरुद्धको हिंसालाई सम्बोधन गर्न शून्य सहिष्णुताको नीतिको प्रबर्द्धन गर्दै दण्डहीनताको अन्त्यका लागि कानूनको तर्जुमा तथा प्रभावकारी कार्यान्वयन, महिला तथा बालबालिकामाथि हुने हिंसाका अभियुक्तलाई कानूनको दायरामा ल्याउने, हिंसाबाट पीडित महिला तथा बालबालिकालाई क्षतिपूर्ति तथा न्यायको सुनिश्चितता ।
-महिला तथा बालबालिका हिंसाविरुद्ध सबै समूहका पुरुष तथा युवाहरूको परिचालन गरी लैङ्गिक समानता तथा सहकार्यको वातावरण बनाई महिला विरुद्धको हिंसा अन्त्यका लागि पर्याप्त स्रोत जुटाउन आवश्यक स्रोतको आँकलन तथा अनुगमन गर्ने ।
-लैङ्गिक उत्तरदायी संविधान, कानून तथा नीतिहरूको व्यवस्था एवं कार्यान्वयनका लागि पर्याप्त स्रोतको व्यवस्था गर्ने ।
-राष्ट्रिय स्तरमा महिला सशक्तिकरणका विकास लक्ष्यसहितको समय(निर्धारित लैङ्गिक नीतिको तर्जुमा तथा कार्यान्वयन गर्दै राष्ट्रिय महिला आयोगलाई संवैधानिक निकायका रूपमा पर्याप्त क्षेत्राधिकार, पहुँच तथा स्रोतको व्यवस्था गर्ने ।
-वृद्ध महिला, गैरआर्थिक क्षेत्रका महिला कामदार तथा सीमान्तकृत महिलाको लागि सामाजिक संरक्षणको व्यवस्था गर्ने ।
-बालिकाहरूका लागि कक्षा १२ सम्म निःशुल्क तथा उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था एवं हरेक २ किलोमिटरको दूरीमा प्राथमिक तथा ४(५ किलोमिटरको दूरीमा माध्यमिक विद्यालयको व्यवस्था गर्ने ।
-स्थानीय तहका हरेक गाउँमा बालिकाका लागि विशेष कार्यक्रमको व्यवस्था, जस्तै– शिशु स्याहार तथा बालबालिका कक्ष, यातायात सुविधा, स्वास्थ्य वीमा तथा मातृशिशु कल्याण सेवा, मातृत्व तथा बाल बचाउ, पोषण एवं समग्र स्वास्थ्यको गुणस्तरीय सेवाको व्यवस्था गर्ने ।
-लैङ्गिक आधारमा हुने भ्रूण(पहिचान तथा भ्रूण(हत्याका लागि कठोर कानूनको निर्माण तथा कार्यान्वयन गर्ने ।
-पश्चिम नेपालमा अभिशापका रूपमा रहेको कम्लरी समस्याबारे पार्टी गम्भीर छ । सामाजिक न्यायको सिद्धान्तविपरीत जाने यस्ता सामाजिक कुरीतिको अन्त्यका लागि पार्टी राहतको प्रबन्ध गर्नुका साथै कानूनै बनाएर यसको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

मुस्लिम समुदायका मुद्दा
-अन्तरिम संविधान र संविधानसभाबाट बन्ने संविधानको प्रत्येक दफा(उपदफाहरूमा जहाँ(जहाँ महिला, मधेशी, थारू, आदिवासी, जनजाति उल्लेख छ, त्यहाँ मुस्लिम शब्द पनि उल्लेख गराइनेछ ।
-मुसलमान समुदायका लागि निजामति सेवा, प्रहरी सेवा, सेना, विश्वविद्यालय सेवा र स्वास्थ्य सेवामा उनीहरूको जनसङ्ख्याको अनुपातमा छुट्टै आरक्षणको व्यवस्था गराइनेछ । आर्थिक क्षेत्रमा पहुँच बनाउन विशेष आर्थिक प्याकेजका साथै बैङ्क तथा वित्तीय संस्थाबाट सरल र सहज ढङ्गबाट ऋणको व्यवस्था गराइनेछ ।
-अधिकारसम्पन्न उच्चस्तरीय स्थायी केन्द्रीय हज कमिटी गठन गराइनेछ र हजसम्बन्धी सम्पूर्ण कार्य गर्न(गराउन एउटा छुट्टै हज भवनको व्यवस्था गराइनेछ ।
-उच्चस्तरीय स्थायी केन्द्रीय मदरसा शिक्षा समिति गठन गराउने प्रयत्न गरिनेछ । साथै मदरसाबाट प्राप्त प्रमाणपत्रलाई समकक्षी स्कूल, कलेज र विश्वविद्यालयहरूको प्रमाणपत्रसरह मान्यता प्रदान गराइनेछ ।
-हजरत मोहम्मदको जन्मदिन, सबे बारात तथा मोहर्रमका अवसरमा सार्वजनिक विदा घोषणा गराइनेछ ।
-मुसलमानहरूका सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यहरू जस्तै– विवाह, तलाक, सम्बन्ध(विच्छेद, परिवारभित्र पैतृक सम्पत्तिको बाँडफाँड इत्यादि शरीअत ९क्ष्कबिmष्अ व्गचष्कउचगमभलअभ० अनुसार हुने भएकोले ःगकष्mि एभचकयलब िीबध को व्यवस्था गराइनेछ ।
-मुसलमानहरूको इदगाह, मदरसा, कब्रिस्तानलगायत अन्य सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्द्धनमा राज्यलाई पनि सरिक गराइनेछ ।
-देशको विभिन्न भागमा छरिएर रहेका लाखौँ मुसलमानहरू नागरिकताविहीन छन् । तिनीहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाई नेपाली नागरिक भएको अनुभूति गर्ने व्यवस्था मिलाइनेछ ।
-मुस्लिम महिलाहरूका लागि उनीहरूको जनसङ्ख्याको अनुपातमा छुट्टै आरक्षण गराइनेछ ।
-साम्प्रदायिक दङ्गा गर्ने(गराउने विरुद्ध कठोर कानूनी कार्यवाहीको प्रत्याभूति गरिनेछ ।
दलित समुदायका मुद्दा
-अन्तरिम संविधान तथा विघटित संविधानसभाको विषयगत समितिको मस्यौदामा दलित समुदायको हक(अधिकारसँग जोडिएका सबै सकारात्मक प्रावधानहरूलाई संविधान निर्माणको क्रममा ग्रहण गरिनेछ ।
-सम्पूर्ण मधेशसहित विशेषगरी मिथिला क्षेत्रमा अनेकौँ गाथाहरू प्रचलित छन्, जसका नायकहरू हालको दलित समुदायका रहेको पाइन्छ । आफ्नो समयमा तिनको विशिष्ट योगदान रहेको थियो । राजा सलहेस, दीना(भद्री, बण्ठा चमारलगायत दलित समुदायबाट समाजमा विशिष्ट योगदान दिएका त्यस्ता व्यक्तित्वहरूको गाथालाई आधुनिक सन्दर्भमा प्रसार गरी दलितहरूको मनोबल बढाउनमा उपयोग गरिनेछ भने मिथिलाका लोकनायक सलहेसलाई राष्ट्रिय विभूति घोषणा गराउने पहल गरिनेछ ।
-जातीय विभेद तथा छुवाछूतले अत्यधिक प्रभावित एवं मानव विकास सूचकाङ्कमा पछाडि रहेका जिल्लालाई छुवाछूत प्रभावित विशेष क्षेत्र घोषणा गरी स्वदेशी तथा वैदेशिक सहयोगमा विशेष कार्यक्रमहरू साञ्चलन गर्ने नीति बनाइनेछ ।
-छुवाछूतमुक्त राष्ट्रको घोषणालाई यथार्थमा रूपान्तरण गर्दै दलित समुदायको समृद्धि र विकासका लागि दलित अधिकार दशक घोषणा गरी छुवाछूतजन्य व्यवहार गर्नेहरूउपर कडा कारवाही तथा छुवाछूतमुक्त गाउँ, नगर एवं जिल्लालाई विशेष अनुदान राशिले पुरष्कृत गर्ने व्यवस्था गरिनेछ ।
-छुवाछूतका विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ र पीडितहरूलाई सहज(सुलभ न्याय दिलाउन अदालतमा दलित इजलासको व्यवस्था गरिनेछ ।
-अधिकारसम्पन्न राष्ट्रिय दलित आयोगको व्यवस्था गरिनेछ ।
-दलित समुदायलाई निःशुल्क शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराइनेछ ।

आदिवासी(जनजातिका सम्बन्धमा
नेपालमा विद्यमान जातीय, लैङ्गिक, वर्गीय र क्षेत्रीय विभेदको अन्त्य तथा बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक नेपालको विशिष्ट सामाजिक संरचनालाई आत्मसात गरी नयाँ बन्ने संविधानमा आदिवासी(जनजातिका विविध विषयहरूका साथै नेपाल सरकार र आदिवासी(जनजातिबीच भएका सहमतिहरूको कार्यान्वयन गराउन रामसपा प्रतिबद्ध रहेको छ । सरकारबाट अनुमोदन भइसकेको आइ।एल।ओ। अभिसन्धि १६९ र आदिवासी(जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घलगायत अन्य अन्तर्राष्ट्रिय प्रावधानहरूको कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउने पक्षमा पार्टी छ । यस समुदायका प्राचीन ऐतिहासिक, धार्मिक स्थलहरूमाथिको अतिक्रमण बन्द गरी देशमा विद्यमान विशिष्ट सामाजिक संरचनालाई आत्मसात गर्दै अल्पसङ्ख्यक, लोपोन्मुख र अति सीमान्तकृत आदिवासी(जनजातिहरूको अधिकार सुनिश्चित गरिनुपर्ने रामसपाको धारणा रहेको छ ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका लोककल्याणकारी नीति एवं कार्यक्रमहरू 
समानता र समृद्धिका लागि सामाजिक न्यायमा आधारित लोकतन्त्र स्
रामसपा आर्थिक समृद्धि, समानता र सामाजिक न्यायलाई सुनिश्चित गर्दै राष्ट्रिय सहमतिबाट लोकतन्त्रको आधारलाई सबल तथा परिणाममुखी बनाउन प्रतिबद्ध छ । निजी क्षेत्रको उद्यमशीलता र लगानीलाई प्रोत्साहित गर्दै आर्थिक समृद्धि हासिल गर्ने नीति यस पार्टीले अख्तियार गरेको छ । आर्थिक वृद्धिको प्रतिफल सबै वर्गमा न्यायोचित वितरण गरिने समाजवादी अवधारणाका आधारमा सामाजिक न्याय एवं सामाजिक सुरक्षाको नीति अवलम्बन गरिनेछ । नेपाली जनताको जीवनस्तरमा सुधार गरी राष्ट्रलाई समृद्ध बनाए मात्रै लोकतन्त्र स्थायी हुन सक्दछ– यो रामसपाको मान्यता हो ।
-मधेशमा सम्पन्नताका बीच पनि विपन्नता छ, जसको मुख्य कारण सरकारको गलत नीति नै हो । यो विपन्नता समाप्त पार्नका लागि नेपाल(भारत सीमाक्षेत्रका बासिन्दालाई रु। ५०००र– सम्मको आवश्यक उपभोग्य वस्तु जस्तै– मलखाद, अन्न, तेल, कपडा, आदि सीमाक्षेत्रबाट एक देशबाट अर्को देशमा ल्याउन(लैजान कुनै प्रकारको भन्सार दस्तुर लगाइने छैन । यस प्रकार मुक्त व्यापारको सुविधा सीमावर्ती जिल्लाका नागरिकले मात्र पाउनेछन् । यस व्यवस्थाले मधेशका नागरिकहरूको आर्थिक स्तर उठाउन सकिन्छ ।
ड्ड स्थानीय स्तरमा सञ्चालन हुने सिँचाई, सडक, खानेपानी, वन, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि आदिसँग सम्बन्धित काम र आर्थिक(सामाजिक विकासमा स्थानीय समुदायको सहभागिता र स्वामित्वलाई प्रोत्साहित गरिनेछ ।
-नेपाल(भारत सीमावर्ती क्षेत्रका जिल्लामा बसोबास गर्ने समुदायलाई कृषि, सिँचाई, बाढी(नियन्त्रण तथा अन्यान्य क्षेत्रहरूमा सुविधा बढाउने उद्देश्यले उच्चस्तरीय नेपाल(भारत सीमा प्राधिकरण स्थापनाका लागि पनि रामसपाले पहल गर्नेछ, जसबाट उल्लिखित क्षेत्रमा देखिएका समस्याको निराकरण सम्भव छ ।
लगानी प्रबर्द्धन स् 
देशको आर्थिक समृद्धिका लागि स्वदेशी तथा विदेशी लगानीको आवश्यकतालाई दृष्टिगत गरी लगानी प्रोत्साहन, प्रबर्द्धन एवं सुरक्षणका लागि पार्टी प्रतिबद्ध छ । यसैले भारतसँग भएको बिप्पा ९द्यक्ष्एब्० सम्झौतालाई हाम्रो पार्टी समर्थन गर्दछ । देशको आर्थिक विकास लगानीविना सम्भव हुने नदेखिएकोले लगानी प्रबर्द्धनका साथै विश्वका विभिन्न मुलुकहरू र खासगरी हाम्रा दुई छिमेकी देश भारत तथा चीनले गरेको विकासबाट अत्यधिक लाभ लिने पार्टीको नीति रहनेछ । देशको आर्थिक विकास(दरलाई बढाउन रामसपा सदा प्रयत्नशील रहनेछ । यस सन्दर्भमा गैर(आवासीय नेपाली सङ्घ ९ल्यल(च्भकष्मभलत ल्भउबष् िब्ककयअष्बतष्यल० र अमेरिकामा बसोवास गर्ने तराईबासी नेपालीहरूको संस्था ९ब्ल्त्ब्० लाई पनि नेपालमा लगानी गर्न प्रोत्साहित गरिनेछ । तर देशमा आर्थिक विकास गर्न बाहिरी लगानीमा मात्र भर पर्नु उचित नदेखिएको हुँदा स्वदेशी लगानीलाई बढाउन पनि उत्तिकै पहल हुनेछ । यसरी स्वदेशी तथा वैदेशिक स्रोतबाट परिचालित रकम कृषि, उद्योग, पर्यटन, यातायात र जलस्रोत जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गरिनेछ । साथै मधेशमा आइटी पार्कको परिकल्पना गरेर रोजगारीका नयाँ सम्भावना पहिल्याउनेतर्फ पार्टीको ध्यान गएको छ । यसबाट सर्वसाधारण नेपाली जनतालाई देशमा नै रोजगारीको अवसर प्राप्त भई देशको उत्पादनशील जनसङ्ख्या रोजगारीको लागि विदेश पलायन हुने क्रम रोकिनेछ । कृषि, पर्यटन र जलस्रोत राष्ट्रिय प्राथमिकताका तीन प्रमुख क्षेत्र हुनेछन् । यी क्षेत्रको लगानीमा वृद्धि गरी आय(आर्जन र रोजगारीका अवसरबाट उच्च आर्थिक वृद्धि प्राप्त गर्न सकिन्छ र गरिबी निवारणमा यसले अनुकूल प्रभाव पार्नेछ ।
वैदेशिक व्यापार 
वैदेशिक व्यापारका क्षेत्रमा सन्तुलनका लागि आयात कम गर्दै निर्यात वृद्धिमा जोड दिइनेछ । देशको वैदेशिक व्यापारको स्थिति अत्यन्तै नाजुक छ । देशमा विदेशबाट झण्डै साढे छ अरब डलर बराबरको आयात हुन्छ, जबकि निर्यात ब्यापार १ अरब डलरभन्दा बढी हुँदैन । हालका दुई(तीन वर्षमा नै भारतसँगको व्यापार घाटा दोब्बर भएको छ भने चीनसँगको व्यापार घाटा अझ गम्भीर छ । हामीले चीनलाई जति निर्यात गर्दछौँ त्यसको छ गुणा बढी त्यहाँबाट आयात गर्दछौँ । कुनै बेला नेपाल चामल निर्यात गर्ने देशहरूमध्ये विश्वमा पाँचौँ स्थानमा रहेको थियो भने हाल हामी चामल आयात गर्नेमा पर्दछौँ । केही वर्षअघिसम्म कार्पेट तथा गार्मेन्ट क्षेत्र राम्रो अवस्थामा थियो, तर श्रमशक्तिको कमी तथा गलत सरकारी नीतिले यसको पनि स्थिति खराब भइसकेको छ । छिमेकी देश भारतले सफ्टवेयरका क्षेत्रमा चमत्कार गरे पनि त्यसको अनुभवबाट हामीले फाइदा लिन सकेका छैनौँ । यस परिप्रेक्ष्यमा रामसपाले भारतसँग रहेको अनुभवबाट फाइदा उठाई देशको व्यापार घाटा न्यून गर्नेतर्फ पहल गर्नेछ । समग्र रूपमा देशमा उत्पादनकै कमीले व्यापार घाटा भएको सन्दर्भमा कृषि, उद्योग, पर्यटन, जलस्रोत तथा अन्यान्य क्षेत्रहरूमा उत्पादन बढाउन यो पार्टी निरन्तर प्रयत्नशील रहनेछ ।
पूर्वाधार विकास स् शहरीकरण, यातायात र सञ्चार 
कुनै पनि क्षेत्रको आर्थिक विकासमा पूर्वाधारको विशेष महत्त्व हुन्छ । यस तथ्यलाई दृष्टिगत गर्दै रामसपा सम्पूर्ण मधेशलाई जोड्ने हुलाकी सडक निर्माणसँगै मधेशमा रेलमार्गको विकास तथा जयनगर(जनकपुर(बर्दिबास खण्डमा ब्रोडगेज रेलमार्गको निर्माण कार्यलाई शीघ्रातिशीघ्र कार्यान्वयनमा ल्याउन लागिपर्नेछ । पूर्व(पश्चिम राजमार्ग र हुलाकी मार्गको समानान्तरमा रेलमार्ग निर्माणको सम्भावनामाथिसमेत पार्टीको ध्यान केन्द्रित हुनेछ ।
मधेशमा हुलाकीमार्गमा पर्ने थुप्रै यस्ता बजारहरू छन्, जसको सांस्कृतिक, ऐतिहासिक, राजनीतिक दृष्टिले कुनै समयमा निकै ठूलो स्थान थियो । ती र हुलाकीमार्गमा पर्ने अन्य ससाना बजारहरूलाई योजनाबद्ध नगरका रूपमा विकसित गर्ने तथा ऐतिहासिक शहरहरूको गौरवगाथा उजागर गरेर त्यसतर्फ आमजनताका साथै विदेशी पर्यटकहरूलाई समेत आकर्षित गर्ने कार्यक्रमहरू अघि सारिनेछ । पुराना शहरहरूको आधुनिकीकरण तथा औद्योगिकीकरण गर्दै ठूला(ठूला ग्रामीण बस्ती र बजारहरूलाई शहरीकरण गरिनुका साथै प्रत्येक जिल्लामा एक नयाँ सुविधासम्पन्न योजनाबद्ध शहर निर्माणको आधार तयार गरिनेछ । यसबाट पञ्चायत कालमा महेन्द्रीय राष्ट्रवादको शिकार भएर ओझेलमा परेका मधेशका थुप्रै गौरवशाली स्थानहरूले पुनर्प्रकाश तथा पुनर्पहिचान प्राप्त गर्नेछन् ।
यसबाहेक मधेश(तराईका सबै गाविसलाई सडक सुविधासम्पन्न बनाउने उद्देश्यले ग्रामीण सडकको निर्माणका लागि पनि पार्टी प्रतिबद्ध छ । नेपाल(भारत क्षेत्रलाई जोड्ने अन्य सडकको निर्माण कार्यलाई कार्यान्वयन गर्न पनि पार्टीले पहल गर्नेछ । चुरे राजमार्ग निर्माणका लागि पार्टीको पहल निरन्तर रहनेछ । काठमाडौँलाई मधेश(तराईसँग जोड्ने द्रुतमार्ग ९ँबकत त्चबअप० को निर्माण(कार्य यथाशीघ्र सम्पन्न गराउन पार्टी प्रयत्नशील रहनेछ । मधेश(तराइको निजगढमा आधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका अतिरिक्त विराटनगर, जनकपुर, लुम्बिनी, नेपालगञ्ज र पोखरामा वैदेशिक लगानी आकर्षित गरी अन्तर्राष्ट्रिय विमानस्थल तथा धनगढी(महेन्द्रनगरमा सुविधासम्पन्न विमानस्थल निर्माण गर्ने प्रयास गरिनेछ । नेपाल वायु सेवा निगमको सेवामा वृद्घि, विस्तार र गुणात्मक सुधारका लागि यसलाई निजी क्षेत्रको साझेदारीबाट सञ्चालन गर्ने पक्षमा पार्टी छ । खुल्ला आकाश नीतिका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ सेवाको विस्तार गरिनेछ । साथै विभिन्न सञ्चार माध्यमको विकासका लागि पार्टी सदैव प्रयासरत रहनेछ ।
कृषि क्रान्ति र सहकारी आन्दोलन स्
कृषिप्रधान देश नेपालको मुख्य कृषिक्षेत्र मधेश हो । समृद्ध मधेश नै सम्पन्न देशको आधार भएको यस पार्टीको मान्यता रहेको परिप्रेक्ष्यमा मधेशको समृद्धिका लागि पार्टीले कृषिक्रान्तिलाई प्रमुख मार्गका रूपमा लिएको छ । नेपाल जलशक्तिजत्तिकै समृद्ध जनशक्तिमा पनि छ । तर जसरी नेपालको जलशक्ति फगत बगेर खेर गइरहेको छ त्यसैगरी यहाँको जनशक्ति पनि पराया भूमिमा पसिना बगाउँदै कौडीको भाउमा बिक्ने गरेको छ । जुन हातका श्रम, शक्ति र सिपले खेती, पशुपालन तथा अन्य उद्यम गरेर देशलाई आत्मनिर्भर बनाइरहेका थिए ती हातहरू हालका वर्षमा विदेशी मरुभूमिमा हराभरा पार्दैमा सकिइरहेका छन् । यस स्थितिलाई दृष्टिगत गरी रामसपा विदेश गइरहेका मधेशी युवाहरूलाई आफ्नै देशमा स्वरोजगारको वातावरण उपलब्ध गराएर विदेश जानबाट रोक्न तथा गइसकेकाहरूलाई पनि फर्काउन सकिन्छ अनि उनीहरूको संलग्नतामा मधेशमा हरित् क्रान्ति, श्वेत क्रान्ति तथा चुरे सम्बर्द्धन गरी यथेष्ट लाभ लिन सकिन्छ भन्ने मान्यता राख्दछ । यस मान्यताअन्तर्गत पार्टीले निम्नबमोजिमका नाराहरू तय गरेको छ—
“हरा(भरा बनाउँ मधेश, छोडेर आउनुस् बालुवाको देश ।”
“जोगाउँ आफ्नै चुरेको झाडी, छोडौँ अब नजाउँ खाडी ।”
“घरघरमै पालौँ अब बाच्छी र पाडी, किन व्यर्थ जाने हो बालुको खाडी रु”
“घरैपिच्छे पाली मवेशी, दूधको खोलो बगाउँछन् मधेशी ।”
यी नाराहरूलाई मूर्त्तरूप दिनका लागि—
-देशको अर्थतन्त्रमा कृषि क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण भएको र पारस्परिक अन्तरनिर्भरताको सामाजिक बनावट भएका कारणले पनि कृषि, उद्योग, उत्पादन, वितरण, बचत सङ्कलन, ऋण परिचालनका लागि सहकारीलाई महत्त्वपूर्ण आधार बनाउनुपर्ने आवश्यकताबोध रामसपाले गरेको छ । देशको कुल जनसङ्ख्याको झण्डै ७० प्रतिशतले आज पनि कृषि क्षेत्रबाटै रोजगारी पाइरहेको यथार्थलाई बुझेरै यस क्षेत्रको दिगो विकासका लागि रामसपा ठोस योजना र यथार्थ नीति अवलम्बन गर्नुपर्ने पक्षमा छ । कृषि क्षेत्रलाई राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको रूपमा अङ्गीकार गर्दै यसको आधुनिकीकरण गरी खाद्य तथा पोषण सुरक्षा, रोजगारी सिर्जना र गरिबी न्यूनीकरण तथा व्यापार सन्तुलनमा कृषि क्षेत्रको योगदान बढाउने मुख्य लक्ष्यका साथ उत्पादकत्व वृद्धि गराई यस क्षेत्रको व्यावसायिकरण गर्दै जानुपर्ने यस पार्टीको धारणा रहेको छ । यसका लागि हरित् क्रान्तिको अवधारणा ल्याइनेछ ।
-पशुपालनका माध्यमबाट हाल देशमा भइरहेको दुग्ध पदार्थको आयात एवं मासुका लागि हुने पशु(पक्षीको आयात प्रतिस्थापन गराई देशको आवश्यकता परिपूर्ति गर्न तथा निर्यात प्रबर्द्धन गर्न श्वेत क्रान्तिको अवधारणा साकार गर्नेतर्फ जोड दिइनेछ ।
-महोत्तरीको गौशाला गौपालनका दृष्टिले एक ऐतिहासिक स्थल भएको सन्दर्भमा त्यहाँ रहेको निगो गौशालालाई नमूना पशुपालन, पशु अनुसन्धान, दुग्ध उत्पादन, प्रशोधनसम्बन्धी नमूना केन्द्र बनाउनुका साथै कोशी टप्पू आसपासका क्षेत्रमा वृहद पशुपालन तथा दुग्ध प्रशोधन केन्द्र स्थापना एवं यी क्षेत्रहरूलाई मधेशका अन्य दुग्ध उत्पादक  क्षेत्रसँग आवद्ध गर्ने पहल गरिनेछ ।
-मधेशको खासगरी मिथिला क्षेत्रमा पोखरीहरू पर्याप्त सङ्ख्यामा रहेको र हालका समयमा सार्वजनिक पोखरीहरूको निजीकरण तथा अतिक्रमण हुँदै जानुका साथै पोखरी पुरेर अन्य किसिमका उपयोगमा ल्याइने चलन बढ्दै गएको परिप्रेक्ष्यमा सिँचाइ, वस्तुभाउलाई पानी ख्वाउने, बाढी नियन्त्रणमा सहयोग, वाष्पीकरणका माध्यमले जलचक्रको अनुकूलन जस्ता सन्दर्भमा यसको वैज्ञानिक महत्त्वलाई दृष्टिगत गरी पोखरीहरूको संरक्षण तथा जीर्णोद्धारलाई टेवा पुर्याउने कार्यक्रमहरू ल्याइनेछ ।
-मधेशमा रहेका कृत्रिम पोखरीहरूका साथै अन्य प्राकृतिक जलाशयहरूमा सामूहिक मत्स्यपालनका साथै जलाशयमा उत्पादन हुने विशेष मूल्य आउने विशिष्ट खाद्य वनस्पति मखानको उत्पादनका लागि वातावरण तयार गरिनेछ ।
-हिउँदमा देशको अधिकांश जग्गा बाँझो रहने हुनाले म्चथ ँबचmष्लन त्भअजलययिनथ का माध्यमबाट सबै जग्गाको बाली सघनता ३०० प्रतिशत बनाउने रणनीति अपनाइनेछ ।
-देशको खेतीयोग्य जग्गामध्ये दुई तिहाई जग्गा असिञ्चित र एक तिहाई जग्गा मात्र सिञ्चित रहेको अवस्थालाई दृष्टिगत गरी असिञ्चित जग्गालाई पनि सिञ्चित बनाउन विभिन्न नदी र जलाशयबाट सिँचाई तथा बिजुली उत्पादनको दीर्घकालीन योजना बनाउने र असिञ्चित जग्गाका लागि पनि उपलब्ध आधुनिक प्रविधिको उपयोग गर्ने ।
-रामसपाले नयाँ भूमिसुधार नीति ल्याउनेछ, जसअन्तर्गत कृषि भूमिमा भइरहेको विखण्डन रोकेर चक्लाबन्दी प्रणाली लागू गर्नेछ । कृषि कार्यमा यान्त्रिकीकरण तथा परम्परागत मलको प्रयोगमा जोड दिइनेछ । सहकारिताको सिद्धान्तअनुरूप एउटै व्यवस्थापन अन्तर्गत खेती हुनेछ र भएको कृषि उत्पादन सहकारीको शेयरको अनुपातमा सम्बन्धित किसानलाई प्रतिफल प्राप्त हुनेछ । यसले कृषिको व्यवसायीकरण भई उत्पादनमा वृद्धि हासिल गर्न सकिनेछ ।
-हाल देशमा कृषिसँग सम्बन्धित कामहरू विभिन्न मन्त्रालय जस्तो– भूमिसुधार, वन, वातावरण, सिँचाईमा छरिएकाले एउटै कामका लागि कृषकले विभिन्न मन्त्रालय धाउनुपर्ने झन्झटिलो व्यवस्था अन्त्य गरी कृषिसँग सम्बन्धित सबै कामहरू एउटै छातामुनि राख्नका लागि पहल गरिनेछ ।
-कृषिधनको पूर्ण व्यावसायीकरण, जैविक विविधता, वातावरण र जलवायु एवं बजारको मागअनुरूप कृषि उत्पादनका लागि विशेष क्षेत्रको विकास गरिनेछ । जमीन, जल, जङ्गल, जडीबुटी र जैविक विविधताको प्रयोग एवं संरक्षण किसानको नैसर्गिक अधिकार मानिनेछ । सिँचाईका स्रोत एवं सम्भावनाहरूको पहिचान गरी सुक्खा क्षेत्रमा सिँचाईको व्यवस्था गरिनेछ । पूर्वमा सुनकोशी डाइभर्सन एवं पश्चिममा भेरी(कर्णाली डाइभर्सन जस्ता आयोजनाहरूको कामलाई प्राथमिकताका साथ अगाडि बढाई सिँचाईबाट वञ्चित भूभागमा सिँचाई सुविधा उपलब्ध गराइनेछ । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गराई अपेक्षाकृत बढी मूल्य प्राप्त हुने चिया, कफी, अदुवा, फलफूल, पुष्प आदिको उत्पादन प्रबर्द्धन गराई देशमा परम्परागत वस्तुसँगै अन्य निर्यातजन्य कृषिवस्तुको उत्पादनमा जोड दिई कृषकको जीवनस्तर उकास्ने कार्यमा पार्टी प्रतिबद्ध रहनेछ ।
-वनसम्पदाको संरक्षण, चुरे क्षेत्रको संरक्षण(सम्बर्द्धन र व्यवसायीकरणमा जोड दिइनेछ । चुरे संरक्षण र सामुदायिक एवं साझेदारी वनको अवधारणाअनुरूपका कार्यक्रमहरू अगाडि बढाउने पार्टीको मुख्य नीति हुनेछ ।
-मधेशको भूमिगत जलस्रोतको विकासका लागि चुरे क्षेत्रमा ध्बतभच च्भकयचखयष्च पानीको पुनर्भरण तथा जल(सतहलाई रिचार्ज गर्न मद्दत पुर्याउने आयोजना सञ्चालनमा जोड दिने ।
-नेपालको कृषि क्षेत्र र किसानको जीवनस्तरमा आमूल सुधार ल्याउनका लागि राष्ट्रिय कृषि अभियानअन्तर्गत पन्ध्रवर्षे दीर्घकालीन योजना सञ्चालन गरी सिँचाई, कृषि सडक, कृषि बजार ९मण्डी०, कृषि ऋण, वीउ(बिजन उत्पादन, उन्नत बीज ब्याङ्क, कृषि सहकारी, कृषि तालीम, समयमै कृषिमूल्य निर्धारणको व्यवस्था, शीत भण्डारण एवं रासायनिक मल आपूर्ति जस्ता कार्यक्रमहरूलाई एकीकृत रूपमा प्रभावकारी ढङ्गले सञ्चालन गरिनेछ । न्यून आय भएका कृषकहरूलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने कार्यक्रम अगाडि ल्याइनेछ ।
-मधेशमा रहेका सरकारी कृषिरपशु केन्द्र तथा फार्महरूलाई निजी सार्वजनिक साझेदारी प्रणालीका आधारमा सञ्चालन गरी कृषकलाई उन्नत वीउ(बिजन, प्रविधि, कृषिज्ञान, सिप, कृषियन्त्र, बजार व्यवस्थापन, आधारमूल्य, कृषिवीमा, मलखादको उचित प्रयोग, प्राङ्गारिक खेती, माटो परीक्षण, पशुमा कृत्रिम गर्भाधान, पशु पोषण, रोग नियन्त्रण तथा कृषि र पशुसम्बन्धी विविध प्राविधिक सेवा प्रदान गर्ने निकायको रूपमा विकसित गर्ने नीति अख्तियार गरिनेछ ।
-कृषि, वन र चुरे क्षेत्रमा गरिने संरक्षण तथा सम्बर्द्धनलाई जीविका एवं रोजगारीसँग आवद्घ गरी देशको श्रमशक्तिलाई विदेश पलायनबाट रोक्ने र स्वदेशमै रोजगारीका प्रचुर अवसर सिर्जना गरी तिनलाई आत्मनिर्भर बनाउने उपयुक्त योजना सञ्चालन गर्ने पार्टीको दीर्घकालीन नीति हुनेछ ।
औद्योगिकीकरण स्
देशमा विद्यमान औद्योगिक सङ्कट हटाउनका लागि औद्योगीकरणको नया अभियान शुरू गरेर रोजगारीका अवसरहरूको सिर्जना गरिनेछ र कृषि आश्रित अर्थतन्त्रलाई आधुनिक ढङ्गमा रूपान्तरण गरिनेछ । निजी क्षेत्र र मजदूर युनियनहरूको सहमतिबाट औद्योगिक क्रान्ति ल्याई उपयुक्त लगानीको वातावरण बनाइनेछ । स्वदेशी श्रम, सिप र कच्चा पदार्थमा आधारित उद्योग तथा सेवाका क्षेत्रलाई प्रोत्साहित गरिनेछ । सम्पूर्ण मधेशलाई औद्योगिक क्षेत्र घोषणा गरिनेछ । यस सन्दर्भमा नेपाल(भारत सीमावर्ती जिल्लामा निर्यात प्रशोधन क्षेत्र ९भ्हउयचत उचयअभककष्लन शयलभ० को स्थापना गर्न पहल गरिनेछ । यस व्यवस्थालाई मूर्त्त रूप दिनका लागि निर्यात प्रशोधन क्षेत्रमा उद्योग(व्यवसाय सञ्चालित गर्नका लागि सम्बन्धित उद्योगलाई आयकर, अन्तःशुल्क तथा अन्यान्य क्षेत्रमा निश्चित अवधिका लागि छूट प्रदान गरिनेछ र भारतका खासगरी सीमावर्ती राज्य सिक्किम, बङ्गाल, बिहार, उत्तरप्रदेश तथा उत्तराखण्डमा रहने करीब ४० करोड जनसङ्ख्याका लागि औद्योगिक वस्तुको उत्पादन तथा निर्यातमा विशेष जोड दिइनेछ । यसले भारत तथा अन्य देशहरूबाट ठूलो मात्रामा मधेशमा पूँजी निवेश सम्भव हुन सक्दछ तथा इस क्षेत्रका नागरिकलाई रोजगारी व्यवस्थामा विशेष प्राथमिकता दिइनेछ ।
श्रमिकका सम्बन्धमा
श्रमसम्बन्धी अधिकांश चासोका विषयहरू श्रमिकको मौलिक अधिकारभित्रका विषय भएकाले तत्सम्बन्धमा नेपाली श्रमिकहरूको अधिकार रक्षाका लागि पार्टी प्रयत्नशील रहनेछ । हरेक वर्ष श्रम बजारमा झण्डै चार लाखको हाराहारीमा जनशक्ति थपिने र तद्‌नुसारको रोजगारी प्राप्त हुन नसकेकोले वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा देखिएको बृद्धिलाई न्यूनिकरण गर्न स्वदेशमै रोजगारीका नयाँ क्षेत्रहरूको खोजी तथा व्यवस्थापन, बन्द कल(कारखाना सञ्चालन, विकास निर्माणका योजना सञ्चालन, सहकारीमार्फत् कृषि क्षेत्रमै रोजगारीको वातावरण सिर्जना गर्नमा पार्टीको विशेष ध्यान रहनेछ । श्रमसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि र सम्झौता अनुमोदन तथा कार्यान्वयनको पक्षमा पार्टीले विशेष पहल र सक्रियता देखाउनेछ । मर्यादित श्रम र श्रममैत्री कार्यथलोका लागि पार्टीको प्रयास रहनेछ । श्रम क्षेत्रमा देखा परेका लैङ्गिक असमानता, ज्यालामा देखिएको असमानता, कार्यथलोमा हुने यौनजन्य हिंसा, बालश्रम, घरेलुश्रम र हिंसा, महिला श्रमिकहरूको अधिकार, पहिचान, प्रतिनिधित्व, महिला श्रमिकमैत्री संविधान, सामाजिक सुरक्षा कोषको सञ्चालन, कार्यविधि र ऐनको तर्जुमालगायतका विषयमा पार्टीले विशेष ध्यान पुर्याउनेछ । वैदेशिक रोजगारीका लागि विदेशिएका श्रमिकको अधिकार, सुरक्षा तथा रोजगारीको सुनिश्चितता एवं वैदेशिक रोजगारीमा देखिएका विसङ्गति र विकृतिलाई हटाउन पार्टी क्रियाशील रहनेछ ।
यसका साथै पार्टीले श्रमिकका विषयमा निष्पक्ष श्रमको अभ्यास, राष्ट्रिय मजदूर आयोगको गठन, रोजगारदाताको हस्तक्षेपमुक्त श्रमिक हितका क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन गर्न र महासङ्घ(परिसङ्घहरूमा आवद्ध हुन पाउने अधिकार प्रत्येक ट्रेड युनियनलाई दिलाउन पार्टी क्रियाशील रहनेछ । राज्यको नीतिअन्तर्गत समावेशी, समानुपातिक सहभागिताको सिद्धान्तका आधारमा मुलुकको राज्य संरचना तथा सार्वजनिक सेवामा श्रमिक वर्गलाई पनि सहभागी गराउँदै जाने व्यवस्था गराउन पार्टी प्रतिबद्ध छ ।
वैदेशिक रोजगार स्
विक्रम संवत् २०४६ सालको राजनीतिक परिवर्तनपछि वैदेशिक रोजगारीमा भएको वृद्धिकै परिणामस्वरूप देशमा अरबौँको राशि रेमिट्यान्सका रूपमा प्रतिवर्ष भित्रिरहेको छ । यस महत्त्वपूर्ण राष्ट्रिय आयमा अरू थप वृद्घिका लागि वैदेशिक रोजगारीमा जाने नागरिकको सिपवृद्धि र श्रमसुरक्षाको प्रत्याभूतिलाई उच्च प्राथमिकता दिएर सबै आवश्यक व्यवस्था गरिनेछ । प्रवासी तथा गैर(आवासीय नेपाली सबैको सिप, क्षमता र पूँजीलाई देश विकासमा लगाउने विशेष व्यवस्था मिलाइनेछ । मधेशी युवा वैदेशिक रोजगारका क्रममा ठगिने तथा शोषित हुने अवस्थाको अन्त्य गरिनेछ ।
पर्यटन स्
पर्यटन पूर्वाधारको राष्ट्रिय सञ्जाल निर्माण एवं विकास गरी वर्षैभरि देशमा विदेशी पर्यटकहरूलाई आकर्षित गर्नका लागि तराई(मधेश पर्यटनको छुट्टै अवधारणा विकास गरिनेछ । यसका लागि तराई पर्यटन सञ्जालको परिकल्पना गरी मधेशका धार्मिक एवं सांस्कृतिक पर्यटकीय स्थलको संरक्षण सम्बर्द्धन, हिमाली(पहाडी क्षेत्रमा सगरमाथा, मुक्तिनाथलगायतका प्राकृतिक एवं सांस्कृतिक धरोहरलाई दृश्यावलोकन तथा पदयात्रा पर्यटन, पर्वतारोहण, रिभर राफ्टिङ र नेपालको सांस्कृतिक विविधतासँग सम्बन्धित प्राचीन गौरवमय पर्यटकीय स्थलको प्रबर्द्धन गर्न प्रयास गरिनेछ । लुम्बिनी, जनकपुरधाम, धनुषाधाम क्षेत्र, सलहेस फुलवारी, मिथिला मध्य परिक्रमामार्ग, पशुपति क्षेत्र, मुक्तिनाथ क्षेत्र आदि महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक क्षेत्रको विकासमा उच्च प्राथमिकता दिइनेछ । नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि गराई रोजगारीका अवसर बढाउने प्रयास गरिनेछ । मधेशको आर्थिक विकाससँग पर्यटन क्षेत्रको प्रत्यक्ष सम्बन्ध भएकै कारण रामसपाले नेपाल(भारत सीमावर्ती क्षेत्रमा विभिन्न धार्मिक स्थलहरूको परिक्रमा सडक बनाएर जोड्ने काम गर्नेछ । यसबाट नेपालस्थित विराट एवं बराह क्षेत्र, सलहेस फुलबारी, मिथिला(विदेह, जनकपुर, सिमरौनगढ तथा लुम्बिनीसमेत देवदह र तिलौराकोटलाई भारतीय राज्य बिहार एवं उत्तरप्रदेशस्थित गया, कुशीनगर, अयोध्या आदि धार्मिक स्थलसँग जोड्नका लागि पहल गरिनेछ । यसैगरी तराई तथा हिमाली क्षेत्रमा धार्मिक स्थलहरूलाई पनि सडकले जोडेर भारतीय सीमावर्ती क्षेत्रमा आएका पर्टकहरू हिमाली क्षेत्रसम्म पुग्ने वातावरणको निर्माण गरिनेछ । जस्तो सलहेस फुलबारी, सखडा वा जनकपुर आएका तीर्थालुहरू हलेसी महादेवको दर्शन गर्न पनि पुग्न सकुन् भन्नका लागि आवश्यक पुर्वाधारको विकासमा जोड दिइनेछ ।
लुम्बिनी र जनकपुरलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न पनि पहल गरिनेछ । जनक, सीता र बुद्धका यी जन्मभूमिहरूमा मठ, मन्दिर, तलाउ, सडक, ढल एवं अन्य सार्वजनिक स्थानहरूको योजनाबद्ध विकास गरिनेछ । यससँगै मधेश(तराईलाई पहाड र हिमालसँग जोडेर दुवै क्षेत्रका पर्यटकीय स्थलहरूलाई आपसमा जोड्न उत्तर(दक्षिण मार्गको परिकल्पना गरेर यस क्षेत्रका नागरिकहरूबीचको भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउन रामसपा दत्तचित्त भएर लाग्नेछ ।
मधेशको विभिन्न समुदायका सांस्कृतिक विशिष्टता तथा विविधताहरूलाई पर्यटकीय आकर्षणका दृष्टिले समेत प्रबर्द्धन गरेर संस्कृति संरक्षणमा टेवा पुर्याउने कार्यक्रमहरू अघि सारिनेछ । यस क्रममा मिथिला परिक्रमा, सलहेस फुलबारी मेला, विवाह पञ्चमी, गढीमाइ मेला, कमला मेला, वाणगङ्गा मेलालगायतका धार्मिक भावका उत्सवहरूलाई संस्कृतिनिष्ठ बनाइनुका साथै होली, छठि, जुडशीतल, मधुश्रावणी, गबलग्गी, कदपखार, लबान, सामाचकेवा जस्ता सांस्कृतिक पर्वहरूलाई विशेष भव्य एवं लोकरञ्जक पार्दै लैजाने क्रियाकलाप बढाइनेछ ।
भाषा(साहित्य(संस्कृतिबारे 
भाषा, साहित्य, संस्कृति भनेको कुनै पनि जीवन्त समुदायको चिनारी हो । भाषा(साहित्य, बोली(चाली, भेष(भूषा, कला(संस्कृति आदिको विविधता नै राष्ट्रिय विशिष्टताको परिचायक हो र यी सबै कुरा देशका अमूल्य सम्पदा हुन् । भाषा, साहित्य र संस्कृति सम्पर्क(विस्तार तथा सम्बन्ध प्रगाढताका सबैभन्दा सशक्त माध्यम पनि हुन् । यस विषयमा राममसपाले निम्न नीति अँगालेको छ—
-मधेशसँग मैथिली जस्तो आर्य भाषाहरूमध्ये प्राचीनतम र समृद्ध साहित्यिक परम्परायुक्त भाषाको उपलब्धता र स्वामित्व छ भने भोजपुरी जस्तो व्यावसायिक भाषा तथा लोकजीवनमा रचे(बसेका आध्यात्मिक ग्रन्थहरू रामचरितमानस, हनुमान चालीसा आदि दिने अवधी भाषाका साथै विशिष्ट सांस्कृतिक परम्परायुक्त थारू भाषाको बहुलता छ । यीलगायत यस भूभागमा प्रयोग हुने सबै भाषालाई समुचित सम्मान र स्थान दिँदै स्थानीय स्तरमा प्रयोगको वातावरणसमेत बनाएर मधेशको र देशको भाषिक सम्पदाको संरक्षण तथा सम्बर्द्धन गरिनुपर्दछ ।
-विश्व(प्रसिद्ध भाषा(वैज्ञानिकहरूद्वारा विश्वकै मधुरतम भाषामध्येको एक विशिष्ट भाषाका रूपमा पहिचान र सम्मान पाएको मैथिली भाषा मधेशमा सबैभन्दा बढी व्यक्तिको मातृभाषाको रूपमा रहेको छ । मैथिलीको मधुरतालाई चिरस्थायी राख्दै यसको सुगन्धले सिङ्गो मधेश र देशलाई सुवासित पार्ने संयन्त्रका रूपमा राष्ट्रिय स्तरमा मैथिली एकेडेमी गठन गराउने पहल गरिनेछ ।
-मनोरञ्जनको संसारमा भोजपुरी भाषाले आफ्नो स्थान दह्रोसँग सुरक्षित गरिसकेको र भोजपुरी सिनेमाले नेपाली सिनेकर्मीहरूलाई पनि विस्तृत बजार र अवसर प्रदान गरेको परिप्रेक्ष्यमा भोजपुरी फिल्मको प्रसार तथा गुण(नियन्त्रणका लागि भोजपुरी सिने प्रतिष्ठान गठनमा जोड दिइनेछ ।
-मधेशको जनजीवनमा तुलसीकृत रामायण, हनुमान चालीसा जस्ता अवधी भाषाका आध्यात्मिक साहित्यले घर(घरमा तुलसीमोठ झैँ स्थापित हुने अवसर पाएका छन् । त्यसैगरी भोजपुरीमा रहेका कबीर दासका दोहाहरूले शताब्दियौँदेखि मधेशी जनजीवनलाई मार्गनिर्देश गर्ने गरेका छन् । यस्ता विशिष्ट पक्षहरूलाई थप उजागर गर्दै लोकरञ्जक र कल्याणकारी आध्यात्मिक साहित्यको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउने राष्ट्रिय स्तरमा तुलसी(कबीर अध्यात्म चिन्तन केन्द्र स्थापनाको पहल गरिनेछ ।
-नेपालको तराई(मधेशमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै थारू जातिको घनिभूत उपस्थिति छ । स्थानअनुसार तिनको भाषामा एकरूपताको अभाव देखिए तापनि पनि सांस्कृतिक सम्पदा र विशिष्टतामा यो अग्रणी रहेको छ । यस वैशिष्ट्यबाट सिङ्गो देश र मधेश लाभान्वित भई थारू संस्कृतिले पनि टेवा पाइरहोस् भन्ने हेतुले थारू सांस्कृतिक सङ्ग्रहालय निर्माणमा पार्टीले जोड दिनेछ ।
-मधेशमा बोलिने सबै समृद्ध भाषाहरूको संरक्षण गर्ने र अविकसित, अल्पविकसित वा निर्माणको क्रममा रहेका भाषाहरूको विकासको वातावरण बनाउने हेतुले मधेश साहित्य(संस्कृति प्रतिष्ठान स्थापना गराउने पहल यस पार्टीले गर्नेछ । यस प्रतिष्ठानद्वारा विकासको बाटोमा बामे सर्न लागेका मधेशका भाषाहरूको साहित्य तथा संस्कृतिमा आफूलाई विशेष केन्द्रित गरी प्राज्ञिक कार्यहरू अघि बढाइनेछ ।
-चौधौँ शताब्दीमै लेखिएका आफ्ना कालजयी रचनाहरूका कारणले महाकवि विद्यापति मिथिला क्षेत्रमा देवतातुल्य पूजित छन् । उनको साहित्यबाट प्रभावित भएर बङ्गाल, आसाम, उडिसा, नेपाल आदि सबैतिर उनकै शैली र प्रभावमा व्यापक रूपले काव्य रचना गरियो र सबैले विद्यापतिलाई आफ्नो कवि भन्ने गरे । यस्ता कालजयी महाकवि विद्यापति नेपाल र मधेशसँग जोडिएका हुनुको गौरवबोध गर्दै  विद्यापतिलाई राष्ट्रिय विभूति घोषणा गराउन पार्टीले अभियान थाल्नेछ ।

जलस्रोत स्
प्रचुर सम्भावनाले भरिएको जलस्रोत नेपालको आर्थिक विकासको मेरुदण्ड हुन सक्दछ । तर उपयुक्त नीतिको अभावका कारण यस प्राकृतिक स्रोतको सदुपयोग गर्न विगतका सबै सरकार असफल साबित भए । शासकको सङ्कीर्ण एवं एकाङ्गी सोच पनि यसको एउटा कारण हो । यस क्षेत्रमा वैदेशिक लगानी आकर्षित गरी यसको प्रबर्द्धन गर्नका लागि उपयुक्त वैदेशिक लगानी एवं सुरक्षण नीतिको आवश्यकता पार्टीले महशूस गरेको छ । पहाडी एवं हिमाली भूभागमा उत्पादन हुने जलविद्युतको समुचित उपभोगबाटै मधेशमा उद्योग(कलकारखानाको विकास गरेर राष्ट्रिय आय(आर्जन र रोजगारीका अवसरमा वृद्घि हुनुका साथै उद्योग(धन्धाका अलावा अर्थतन्त्रका अन्य क्षेत्रमा पनि पर्याप्त अनुकूल प्रभाव पार्न सकिन्छ । अतः जलस्रोतको विकास र उपयोगका लागि उपयुक्त राष्ट्रिय नीतिको निर्माण गरी राष्ट्रिय र वैदेशिक लगानीको प्रबर्द्धन गरिनेछ । यसका साथै प्रस्तावित तामाकोशी, पश्चिम सेती, अरूण तेश्रो,माथिल्लो कर्णाली आदि योजनाहरूको यथाशीघ्र सञ्चालन गरी आगामी १० वर्षभित्रै विद्युत उत्पादन क्षमतामा दश गुणा वृद्धि गरी ५००० मेगावाट उत्पादन क्षमताको लक्ष्य हासिल गर्नेतर्फ पार्टीको जोड रहनेछ । विद्युत निर्यातबाट अरबौँ विदेशी मुद्रा आर्जन हुनुका साथै देशमा सहज एवं सुलभ विद्युत आपूर्ति हुनाले औद्यौगिकीकरणका लागि पूर्वाधार निर्माण हुनेछ । वैकल्पिक ऊर्जा स्रोतको उपयोगमा पनि ध्यान दिइनेछ र देशका सम्पूर्ण भागमा विद्युत सेवाको विस्तार गरिनेछ । देशका पहाडी र उच्च हिमाली क्षेत्रमा जलविद्युत निर्माण तथा विकासका कार्यलाई रामसपा समर्थन गर्दछ । यस दिशामा यस पार्टीद्वारा साना, मझौला र ठूला योजनाहरू कर्णाली, मर्स्याङ्दी, अरूण, उच्च सप्तकोशी, महाकाली तथा अन्य जलविद्युत आयोजनाको कार्यान्वयनमा जे(जस्ता बाधा(अडचन देखिएका छन्, तिनको समाधान गरी जलविद्युत उत्पादन एवं निर्यातसँगै कृषि, उद्योग, सेवा तथा अन्य क्षेत्रको विकासमा विशेष रूपले पहल गरिनेछ ।
परराष्ट्र(नीति 
राष्ट्रिय पहिचान, स्वाधीनता एवं राष्ट्रिय हितको निर्वाध रूपले सम्बर्द्धन तथा संरक्षण गर्नु र विश्व शान्ति, सद्भाव र समुन्नतिका लागि योगदान दिनु पार्टीको परराष्ट्र नीतिको मुख्य लक्ष्य हुनेछ । यसको आधार तथा उद्देश्य निम्नानुसार हुनेछन् स्
-संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशील, असंलग्नता, राष्ट्रियहित एवं सुरक्षा परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका मूल आधार हुनेछन् ।
-पारस्परिक सम्मान, सद्भाव र समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध र मित्रता कायम गरिनेछ ।
-भारत र नेपालका नागरिकबीच प्राचीनकालदेखि नै जनस्तरमा विद्यमान सांस्कृतिक, पारिवारिक एवं पारस्परिक सम्बन्ध तथा दुई देशबीच कायम सन्धि(सम्झौता एवं खुल्ला सीमाका कारण कायम विशेष सम्बन्धलाई सुदृढ बनाउँदै पारस्परिक हितअनुकूल बनाइनेछ ।
-छिमेकी मित्र राष्ट्रहरूको बढ्दो आर्थिक उन्नतिको सराहना गर्दै देशको विकासमा त्यसको प्रतिफल लिनका लागि उपयुक्त नीति अख्तियार गरिनेछ ।
-क्षेत्रीय विकासमा ठोस परिणाममुखी सहयोगका लागि दक्षिण एशियाली राष्ट्रको सङ्गठन ९सार्क० को सिर्जनात्मक रूपान्तरण र सुदृढीकरणका पक्षमा रामसपा रहेको छ ।
-देशी सहायता उपयोग नीति र कार्यान्वयन प्रक्रियामा राष्ट्रिय स्वामित्व सुनिश्चित गरिनेछ ।

नेपाललाई उन्नतिको उत्कर्षमा पुर्याउनका लागि रामसपाले देखेको लोकतान्त्रिक संविधानको सपना र संविधानमार्फत् सबै सपनालाई यथार्थमा रूपान्तरित गर्ने सन्दर्भमा पार्टीले गरेको परिकल्पनालाई मूर्त्तरूप दिनका लागि तपाइँहरूको अठोट र भोट आवश्यक छ । तसर्थ आगामी संविधानसभा निवार्चनमा—
-पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानका लागि पार्टीको चुनाव चिन्ह साइकलमा गरौँ ।
-लोकतन्त्र, सङ्घीयता, समावेशीकरण, समानता र समृद्धिका लागि रामसपाको साइकल चिन्हमा आफ्नो बहुमूल्य मत प्रदान गरौँ ।
-सम्मान, पहिचान र अधिकारका लागि रामसपाको साइकल चिन्हमा मत प्रदान गरौँ ।
-समृद्घ मधेशको जगमा सम्पन्न देशको निर्माणका लागि ऐक्यबद्घ भई सहकार्य गरौँ, साइकलमा मतदान गरौँ ।