Labels

Monday, December 30, 2013

हारेका मधेशी नेताले पठाए सविधानसभा श्रीमतीलाई

 संविधानसभामा प्रतिनिधित्व गर्ने ३० मध्ये २८ दलले निर्वाचन आयोगमा समानुपातिकतर्फ बुझाएको सूची हेर्दा केही नेतापत्नीहरुले संविधानसभा सदस्य हुने अवसर पाएका छन् । 
प्रत्यक्षतर्फ पराजित सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफु सभासद् हुन नपाएपछि श्रीमती सहीलदेवी महतोलाई संविधानसभा सदस्य निर्वाचित घोषणामा लागि निर्वाचन आयोगमा नाम सिफारिस गर्नु भएको छ । समानुपातिकमा पाँच सीट पाएको सदभावनाले नाम सिफारिस गर्ने जिम्मा अध्यक्ष महतोलाई दिएको थियो ।

यसैगरी प्रत्यक्षमा पराजित पूर्वमन्त्री तथा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पनि श्रीमती सरिता कुमारी यादवको नाम सिफारिस गर्नु भएको छ । गणतान्त्रिकले एकसीट पाएको छ ।
यसैगरी एक सीट पाएको संघीय सद्भावना पार्टीले पनि पार्टी अध्यक्ष अनिल झाकी श्रीमती डा.डिम्पल झाको नाम आयोगमा पठाएको  छ । 
संविधानसभामा काग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई देख्न नपाइए पनि उहाँकी  श्रीमती शीला शर्मा खड्कालाई भने देख्न पाइने भएको छ । नेपाली कांग्रेसले सोमबार आयोगमा बुझाएको ९१ जनाको सूचीमा श्रीमती खड्काको पनि नाम रहेको छ ।
यसैगरी कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको दम्पती नै संविधानसभामा देखिनेभएको  छ । देउवापत्नी डा.आरजु देउवाको नाम पनि काँग्रेसले सभासद् घोषणाका लागि आयोगमा पठाएको छ । डा. आरजु अघिल्लो संविधानसभामा पनि समानुपातिकबाटै सभासद् हुनु भएको थियो ।
यसैगरी नेकपा एमालेबाट पनि एक दम्पतीलाई संविधानसभा सदस्यका रुपमा देख्न पाइने भएको छ ।  एमालेका नेता अमृतकुमार बोहोरा र उहाँकी पत्नी एमाले पोलिटव्यूरो सदस्य अष्टलक्ष्मी शाक्यलाई एमालेले समानुपातिक सूचिबाटै सभासद् बनाउन आयोगमा वुझाएको  ८४ सीट भित्र पारेको छ ।
यस्तै , नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह नेपाली राजनीतिमा अर्धभूमिगत रुपमा सक्रीय रहेका कारण संविधान सभामा देख्ने सम्भावना छैन तर उहाँकी पत्नी दुर्गा पौडेल भने राष्टिय जनमोर्चाको समानुपातिकतर्फको तीन सिटमध्येबाट संविधानसभामा पुग्नुहुने भएको छ ।


No comments:

Post a Comment