Labels

Sunday, December 8, 2013

चुनावपछि गच्छदार पार्टीको यस्तो छ निर्णय


सुरेशकुमार यादव
काठमाडौ मंसिर २३ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मधेशवादी दल र एकीकृत नेकपा (माओवादी) सहितको गठबन्धनमा हाललाई नजाने ननिर्णय गरेको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय समितिको बैठकमा भएको छलफलले एमाओवादीको गठबन्धनसँग मुद्दा नमिल्ने भएकोले तत्कालै सो गठबन्धनमा सहभागि नहुने स्पष्ट पारेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका नेता रामजनम चौधरीले एमाओवादी गठबन्धनसँग आफ्नो दलको मुद्दा बाँझिएकाले सो गठबन्धनमा तत्कालै नजाने छलफल भएको बताउनुभयो ।
मधेशवादी दलसहित १६ दलले एमाओवादीसँग बनाएको संघीय लोकतान्त्रिक गठबन्धनको बारेमा पनि छलफल भयो तर त्यसमा सहभागि हुने नहुने विषय टुगों लागेको छैन नेता चौधरीले भन्नुभयो–‘एमाओवादीलगायतका दलहरुले सविधानसभामा भाग नलिने पक्षमा छन् भने हामी सविधानसभामा भाग लिने पक्षमा छौ, त्यसले गर्दा हाम्रो कुरा बाँझिएकाले सो गठबन्धनमा जाने नजाने गम्भिर छलफल हुन बाँकी छ तर तत्कालै नजाने स्पष्ट भएको छ ।’ पार्टीले पहिचानसहितको संघीयता र संघीयतासहितको सविधान निर्माण गराउनका लागि सदन र सडकमा संघर्ष जारी राख्ने निर्णय गरेको नेता चौधरीले बताउनुभयो ।
केन्द्रीय समितिको बैठकले सविधानसभा चुनावमा धाँधली भएको भन्दै उच्च स्तरीय छानविन आयोग गठन हुनुपर्ने माग समेत गरेको छ । पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले चुनाव सकिने लगत्तै निर्वाचन शान्तिपूर्ण धाँधलीरहित भएको अभिव्यक्ति दिनु भएको थियो तर दुई दिनसम्म चलेको बैठकमा चुनावको समिक्षा हुँदा ठाउँ ठाउँमा धाँधली भएको ठहर भएपछि पार्टीले छानविनको माग गरेको छ ।
देशैभरि चुनावमा धाँधली भएको होइन तर सिमित ठाउँहरुमा धाँधली भएको कुरा पार्टीले ठहर गरेको नेता चौधरीले बताउनुभयो । उहाँले सरकारसँग छानविन आयोग गठन गर्नुपर्ने पार्टीले माग गरेको बताउनुभयो । समानुपातिक सीटको बारेमा पनि छलफल भएको हो तर ककसलाई दिने भने विषयको टुगों लगाउँने जिम्मा पार्टीका अध्यक्ष गच्छदारलाई केन्द्रीय समितिले जिम्मेवारी दिएको छ ।
मिडियामा आएको जस्तो काँग्रेसलाई सरकार निर्माण गर्न समर्थन वा असमर्थन गरेको होइन, उहाँले भन्नुभयो–‘आफ्नो अध्यक्षले काँग्रेसका सभापति सुशिल कोइरालालाई भेटेर सहमतिको आधारमा आगाडि बढ्न सुझाव मात्र दिनु भएको हो । सहमतिको आधार सविधान निर्माण गर्नुको साथै सरकार पनि त्यसै आधारमा गठन गर्न सल्लाह मात्र दिनु भएको हो, पार्टीका अध्यक्ष स्वयंले बैठकमा यो कुरा प्रष्ट पार्नु भएको हो । सरकारमा जाने नजाने विषयमा छलफल हुन बाँकी छ ।’ मुद्दा मिल्ने अन्य मधेशवादी दलसँग सहकार्य र एकता गरेर जाने विषयमा समेत निर्णय भएको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment