Labels

Monday, December 23, 2013

तमलोपाले धाँधलीको छानविन नभएसम्म समानुपातिक लिस्ट नबुझाउने



  • सुरेशकुमार यादव

काठमाडौ पुस ८ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सविधानसभा चुनावमा भएको धाँधलीलाई सरकारले सम्बोधन नगरेसम्म समानुपातिको नाम नबुझाउने दोहोर्याउनु भएको छ ।
बिजुलीबजारस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा बोल्नु हुँदै अध्यक्ष ठाकुरले राज्यले सुनियोजित रुपमा धाँधली गरेको आरोप लगाउँदै यसको सम्बोधन नभएसम्म समानुपातिकको लिस्ट बुझाउन नहुने धारणा राख्नु भएको छ । निर्वाचन नै स्वच्छ नभए लोकतन्त्र धरापमा पर्ने भएकाले यसको कुनै नकुनै रुपमा सम्बोधन हुनुपर्छ नत्र निर्वाचनबाट जनताको विश्वास उठ्ने भएकाले उच्च स्तरीय छानविन आयोग गठन हुनुपर्ने माग पार्टीले पहिलादेखि नै उठाई रहेकाले सरकारले छिट्टै सम्बोधन गर्नेछ भनि आशावादी रहेको धारणा अध्यक्ष ठाुकरले राख्नु भएको पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले बताउनुभयो ।

पुस १० गतेभित्र समानुपातिकको नाम बुझाउन निर्वाचन आयोगले तोकेको म्याद एक दिन बाँकी रहँदा तमलोपाको यस्तो कुरा आएको हो । उपाध्यक्ष लालले आफ्नो पार्टी जनादेश अथवा सविधानसभाको विरोधी होइन तर धाँधली भएको वा नभएको छानविन हुनुपर्ने आफ्नो पार्टीको अडान रहेको बताउनुभयो । निर्वाचन आयोगले तोकेको म्यादभित्रै सरकारले धाँधलीको बारेमा सम्बोधन गर्नुहुन्छ भने विश्वास लागेको बताउनुभयो ।
उहाँले बैठकमा मेधशवादी दलहरुको बीचमा एकता वा मोर्चाबन्दी हुनुपर्ने र त्यसका लागि तमलोपाले पहल गर्नुपर्ने छलफल भएको बताउनुभयो । पार्टीले विगत ३ वर्षदेखि एकीकरणका लागि पहल गरिरहेको र केही कारणले सफल नभएको बताउँदै उहाँले सविधानसभाको परिणामका कारण एकीकरण हुने सम्भावना बढेकाले आफ्नो पार्टी अगुवाई गर्ने बताउनुभयो । पार्टीले प्राप्त गरेको आठजना समानुपातिको बारेमा कसलाई पठाउने बारे मंगलवार छलफल गर्ने बताउनुभयो ।

No comments:

Post a Comment