Labels

Saturday, December 21, 2013

मधेशी मोर्चाको विवादले गठबन्धन प्रभावित

काठमाडौ असार १० गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्रको विवादले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेका संघीय लोकतान्त्रिक
गणतान्त्रिक गठबन्धन पनि प्रभावित भएको छ ।
    गठबन्धनका प्रमुखघटक मधेशी मोर्चामा रहेका पाँच दलमध्ये तीन दल बैठकमा अनुपस्थित भएपछि गठबन्धनका निर्णयहरु प्रभावित भएका छन् । माअ‍ोवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमवार बसेको गठबन्धनको बैठकमा मोर्चाका तीन
दल अनुपस्थित भएपछि महत्वपूर्ण निर्णयहरु लिन नसकेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिहले स्विकार्नु भयो ।
    विभाजनको अन्त्यतिर पुगेको मधेशी मोर्चाको बैठक असार ८ गतेका लागि बोलाएको थियो तर आन्तरिक विवादका कारण बैठक बस्दै नबसि अनिश्चितकालका लागि स्थगित भयो भने गठबन्धनको बैठकमा पनि मोर्चाको बहुमत दल उपस्थित नभएको कारण महत्वपूर्ण निर्णय नै नगरिकन मोर्चाको निर्णयको पर्खाइमा बैठक स्थिगित गर्यो ।
    गठबन्धनको बैठकमा अनुपस्थित रहनु भएका तराई मधेश लोकतान्त्रिक पार्टी
नेपालका अध्यक्ष महेन्द्रराय यादवले गठबन्धनको बारेमा मधेशी मोर्चाले आफ्नो राय स्पष्ट नगरेसम्म गठबन्धनको बैठक बस्नुको कुनै औचित्य नरहेको बताउनुभयो । गठबन्धनमा मधेशवादी दल एक्लै एक्लै गएको होइन मोर्चाको आधारमा गएको हो, त्यसैले त्यहाँको मोर्चाको विचार र धारणा नै आउनुपर्छ कुनै एउटा पार्टी र व्यक्तिको विचारले हुँदैन उहाँले भन्नुभयो–‘सविधानसभा चुनावको मिति तोकिसकेको अवस्थामा गठबन्धनको भूमिकाबारेमा छलफल हुनुपर्ने ठाउँमा मोर्चाको राय नलिइकन जानुको कुनै औचित्य नदेखेको कारण आफू बैठकमा नगएको हो ।’
    गठबन्धन बैठकमा अनुपस्थित रहनु भएका मधेशी जनअधिकार फोरम
गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव राजधानी बाहिर हुनुहुन्थ्यो । यस विषयमा सहअध्यक्ष बीपी यादवसँग जिज्ञासा राख्दा उहाँले गठबन्धनको बैठक बारे आफ्नो
पार्टीमा कुनै प्रकारको जानकारी नआएको कारण बैठकमा अनुपस्थित रहेको प्रतिकृया
दिनुभयो । गठबन्धनको बैठकमा मोर्चा सहभागि हुने हो, तर चारमहिनादेखि मोर्चाको
बैठक नै बसेको छैन भने के एजेण्डा लिएर गठबन्धनको बैठकमा जाने भनि अन्योलता मधेशी मोर्चाको नेतामा देखिएको उहाँले बताउनुभयो । मधेशी मोर्चा एकीकृत रहला कि नरहला भने अवस्थामा पुगेको छ भने मोर्चा लिएर बनेको गठबन्धनको अवस्था के हुन्छ त्यो पछिको कुरा हो, उहाँले भन्नुभयो ।
    मोर्चाबन्दीको विरुद्धमा कडा अभिव्यक्ति दिँदै आउनु भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अब मोर्चा र गठबन्धनको कुनै औचित्य नरहेको धारणा राख्दै आउनु भएको छ । पार्टीको महासचिव मनिष सुमनले आफ्नो पार्टीको नजरमा मोर्चा र गठबन्धनको कुनै औचित्य नरहेको बताउनु भयो ।
    २०६९ को फागुन १ गतेदेखि हालसम्म मोर्चाले थुप्रै कामहरु गरेका छन् तर
त्यो कुराको कुनै जानकारी हाम्रो पार्टी वा नेतालाई छैन, उहाँले भन्नुभयो–‘उच्च स्तरीय राजनीति संयन्त्रमा मोर्चाको सहभागिता, लोकमान सिह कार्कीको नियुक्ति, विद्याधर मल्लिक, उमाकान्त झा, पी.बी ठाकुरलगायतको नियुक्तिमा कसैलाई केही सोधिएन सबै कार्य भयो तर मोर्चामा छलफल भएन भने आज मोर्चाको के काम ? त्यसैले मोर्चाबन्दीको पक्षमा हामी छैनौ ।’
    गठबन्धनको बैठकमा पुग्नु भएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमाओवादी र मधेशवादी दलको बीचमा मुद्दा मिल्ने भएकाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एक्ले एक्ले हिड्नाले यहाँ कसैलाई केही प्राप्त हुँदैन, मुद्दा मिल्नेहरु साथ साथ जानुपर्ने धारणा राख्नु भयो । मधेशमा एकता र मोर्चाबन्दीको कुरा जसले उठाएपनि त्यस व्यक्तिमा व्यवस्थापनको कमी देखिएको बताउँदै एकता र सहकार्यको अभियान चलाएर मात्र हुँदैन त्यसका लागि प्रकृया, प्रावधान र उद्देश्य स्पष्ट हुनुपर्छ अहिले मधेशवादी दलमा देखिएको एकता र मोर्चाको अभियान उद्देश्यविहिन र प्रकृया विहिन रहेको बताउनुभयो ।
    शनिवार उहाँको पार्टीमा तमलोपा नेपालका केन्द्रीय सदस्य एव्र राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चान्द तारालगायतका नेता प्रवेश गर्नुभएको छ ।
सुरेशकुमार यादव

No comments:

Post a Comment