Labels

Saturday, December 7, 2013

एकताका लागि भण्डारीले गरे गच्छदारलाई आह्वान


सुरेशकुमार यादव
काठमाडौ मंसिर २२ गते । विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट अलग भइ राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गर्नु भएका शरत्सिह भण्डारीले फोरम लोकतान्त्रिक पार्टीलाई एकताका लागि आह्वान गर्नुभएको छ ।
    पार्टीद्धारा शनिवार एक विज्ञप्ति जारी गरी सो आह्वान गर्नु भएको हो । नेपाली सेनामा मधेशी युवाको सामूहिक प्रवेशमा पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले सहयोग नगरेकोलगायतका आरोप लगाउँदै पार्टी नै अलग गर्नुभएका भण्डारी पुनः एकता र सहकार्यका लागि आह्वन गर्नुभएको छ ।
भण्डारी रक्षामन्त्री भएको बेला नेपाली सेनामा मधेशीको सामूहिक प्रवेशलाई लिएर दिएको अभिव्यक्तिका कारण मन्त्री पदबाट नै त्याग्नु परेको थियो र त्यसमा गच्छदारले असहयोग गर्नुभएको थियो । सविधानसभा रहेकै बेला फोरम लोकतान्त्रिकबाट अलग हुनु भएका भण्डारी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मोर्चाबन्दी गरी संघर्षमा थिए भने गच्छदारको मधेशी मोर्चामा हुनुहुन्थ्यो ।
    सविधानसभा चुनावमा प्रत्यक्षतर्फ एउटा पनि सीट जित्न सफल नभएका अध्यक्ष भण्डारीले निर्वाचनमा मधेशवादी दलहरु कमजोरमा हुनुमा दलहरु विभाजित नै मुख्य कारण रहेको ठहर गरेको छ । भण्डारीको पार्टीले समानुपातिकमा तीन सीट ल्याएको छ ।
    संविधानसभाको निर्वाचन परिणामबाट विगतमा जुनसुकै कारणले विभाजित भएका मधेशवादी दलहरुलाई एकजुट भएर अघि बढ्ने जनआकांक्षा र जनादेश मुखरित भएको ठहर गर्दै सहमति, सहकार्य र एकीकरणको प्रक्रियाले विगतमा विभाजनका कारण कमजोर बनेका मधेशवादी दलहरुका लागि शतिmसञ्चय हुने र मुद्दा कार्यान्वयन गराउन सशतm, प्रभावकारी तथा निर्णायक भूमिका निर्वाह गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । सहमति, सहकार्य र एकीकरणका लागि जस्तो सुकै लचकता अपनाउन आफ्नो पार्टी तयार रहेको उल्लेख गर्दै सो पार्टीले फोरम लोकतान्त्रिकसँगै तराई मधेश लोकतान्त्रिक पार्टीलाई पनि एकताका लागि आह्वान गरेको छ ।
मधेशवादी दलहरुको गम्भीरता, लगाव र अथक प्रयासका कारण संघीयतालगायतका मुद्दाको स्वामित्व राज्यले ग्रहण गरेको उल्लेख गर्दै स्वामित्व लिइसकेको मुद्दालाई सम्बोधन गर्ने दायित्व राज्यको हो र ती मुद्दालाई कार्यान्वयन गराउन खबरदारी गर्ने काम मधेशवादी दलहरुको भएको विज्ञप्तिमा उल्ल्ेख छ । राज्यले स्वामित्व लिएका मुद्दालाई कार्यान्वयन गराउन समान विचार र धारणा भएका मधेशवादी दल र शतिmहरुबीच सहमति, सहकार्य र एकीकरण आवश्यकतामा जोड दिएको छ ।

No comments:

Post a Comment