Labels

Wednesday, December 25, 2013

फोरम नेपालले भने, चुनावमा आफैैबाट अन्तरर्घात भएपछि पो यस्तो भयो


सुरेशकुमार यादव
काठमाडौ पुस १० गते । दोस्रो सविधानसभा चुनावमा राज्यबाट धाँधली भएको ठहर गरेका मधेशी जनअधिकार फोरम नेपालले पार्टीभित्रैबाट पनि अन्तरर्घात भएको भन्दै पार्टीभित्र कारवाहीको प्रकृया शुरु गरेको छ ।
तीन दिनदखि जारी कन्द्रिय समितिको बैठकबाट नै तीनजनालाई साधारण सदस्यसमेतबाट निष्काशन गरेको छ । निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै केन्द्रिय सदस्य नारायण मेहता, केन्द्रिय सल्लाहकारहरु विरेन्द्र यादव, ह्रदयनारायण चौधरीलाई कारवाही गरी पार्टीबाट निष्काशन गरेको पार्टीका प्रवक्ता रत्नेश्वर कायस्थले जानकारी गराउनुभयो ।

चुनावमा यस किसिमले हार बेहोर्नुमा मुख्य कारण राज्यद्धारा धाँधली भएपनि पार्टीभित्रैबाट अन्तरर्घात र धोकाहरु भएको कुरा केन्द्रिय सदस्यहरुले प्रमाणसहित बैठकमा प्रस्तुत गरेपछि पार्टीले छानविन प्रकृयालाई अगाडि बढाउने भएको छ । बैठकले चुनावमा कहाँ, कसले र कसरी अन्तरर्घात गरेको छानविन गर्नका लागि पार्टीका महासचिव रामसहाय यादवको संयाजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको छ । त्यसका सदस्यहरुमा अशोक यादव र गुलाम सर्वरशेख रहनु भएको छ ।
प्रवक्ता कायस्थले तीन दिनसम्म चलेको बैठकमा बोल्ने अधिँकाश केन्द्रिय सदस्यहरुले चुनावमा पार्टीकै नेता तथा कार्यकर्ताले धोका दिएको कारण हार बेहोर्नुपरेको कुरा उठाएपछि छानविनका लागि समिति गठन भएको जानकारी गराउनु भयो । सो समितिले एक महिनाभित्र आफ्नो प्रतिवेदन पार्टीमा पेश गर्नेछ । प्रत्यक्षमा टिकट नपाएको तथा समानुपातिकमा नाम सिफारिश नभएको असुन्तष्टिले गर्दा चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको क्षेत्रिय इन्चार्जहरुले बैठकमा रिर्पोटिग गरेका छन् ।
यसैगरि पार्टीलाई शुद्धिकरण तथा अनुशासित बनाउनका लागि सम्पूर्ण पार्टीका सम्पूर्ण विभागहरुलाई भंग गरी पूर्णगठन गर्ने निर्णय गरेको छ ।
बुधवार सम्पन्न केन्द्रिय समितिको बैठकले समानुपातिक सभासद्को नाम चयनका लागि पनि मापदण्ड तय गरेको छ । पार्टीमा अनुशासित भई महत्वपूर्ण भूमिका खेलेको, चुनावमा सबभन्दा बढी मत प्राप्त गरेको जिल्ला, उम्मेदवारलाई जिताउन प्रभावकारी भूमिका खेलेको, पार्टीप्रति इमान्दार तथा बाफादार, पार्टीलाई विशेष सहयोग गर्ने तथा सविधान विद्को रुपमा पार्टीको तर्फबाट सविधानसभामा भूमिका खल्नेलगायतका मापदण्ड तयार गरेको छ ।
प्रवक्ता कायस्थका अनुसार यही मापदण्डको आधारमा संसदीय समितिले व्यक्तिको नाम चयन गरी केन्द्रिय समिति हुँदै पार्टी अध्यक्षलाई बुझाउने र ती नामहरुमध्ये अध्यक्षले अन्तिम रुप दिने बैठकले तय गरेको छ । आयोगले तोकेको म्यादभित्र समानुपातिको नाम तय गरी निर्वाचन आयोगमा बुझाउने उहाँले बताउनुभयो । पार्टीले एकसय जनाको नाम समानुपातिकका लागि निर्वाचन आयोगमा सिफारिश गरेको थियो, जसमध्ये आठजनाको नाम चयन गर्नुपर्ने हुन्छ ।
 


No comments:

Post a Comment