Labels

Monday, December 23, 2013

भाजपाको भगतसिहले यसरी गरे हिन्दु राष्ट्रका वकालत


  • सुरेशकुमार यादव

काठमाडौ पुस ८ गते । नेपाललाई हिन्दु राष्ट्र बनाउनमा सहयोग गरिरहेको आरोप खेप्दै आएका भारतीय जनता पार्टीले त्यसका उपाध्यक्ष भगतसिंह कोसीयारीले खण्डन त गर्नुभयो तर घुमाएर हिन्दु राष्ट्र चाहिन्छ भनि सन्देश पनि दिनुभयो । उहाँले पार्टीका नेता नरेन्द्र मोदी या अध्यक्ष राजनाथ सिहले भनेर नेपाल हिन्दु राष्ट्र हुँदैन तर नेपाली जनताले चाहे हुने धारणा राख्नु भयो ।
स्रोतले भने, दुई दिनदेखि नेपाल भ्रमणमा रहनु भएका उपाध्यक्ष कोसीयारीले राष्ट्रपति डा.रामवरण यादवदेखि अन्य वरिष्ठ नेताहरुलाई भेटेर हिन्दु राष्ट्रका लागि याचना र आग्रह दुईटै गर्नुभयो । उहाँले सोमवार एक कार्यक्रममा घुमाउरो तरिकाले भन्नुभयो–‘यहाँ बहुसंख्यक हिन्दु रहेको नेपाल राष्ट्रलाई सबैले हिन्दु बाहुल्य राष्ट्र भन्नुपर्ने र हिन्दुत्व संस्कार भएकोले कसैले पनि चाहँदैमा त्यसलाई नष्ट पार्न सकिदैन ।

उहाँले भन्नुभयो–‘नेपाली जनताको चाहना छ, छिटो संविधानसभा गठन भएर नयाँ संविधान जारी होस् । संविधानसभामार्फत नेपाली जनताले हिन्दु राष्ट्र चाहे भने अवश्य हुन्छ तर भाजपाका नेता नरेन्द्र मोदी, अध्यक्ष राजनाथ सिह वा मैले चाहेर यहाँ हिन्दु राष्ट्र हुँदैन ।’ पत्रकारले तपाईको पार्टीले त नेपालमा हिन्दु राष्ट्रको स्थापना ह होस् भनि चाहेका छन् नि भन्ने जिज्ञासामा उहाँले भाजपाका नेतामाथि नेपाललाई हिन्दु राष्ट्र बनाउनमा सहयोग गरेको आरोपको खण्डन गर्दै उहाँले मोदी र सिंहले कहिल्यै पनि नेपाललाई हिन्दु राष्ट्र बनाउने कुरा नगरेको प्रतिकृया दिनुभयो । यो पनि पढ्नुस्
उहाँले नेपालमा स्थिर सरकार चाँडो गठन होस् भन्नु हुँदै भारतमा अटल विहारी बाजपेयीले २४ दलको सरकार छ वर्षसम्म चलाउन सक्नु भयो नेपालमा प्रमुख दलहरु मिलेर सरकार बनाउन किन नसक्ने धारणा राख्दै भन्नुभयो–‘नेपालमा संघीय राज्य हुनुपर्ने भन्दै उहाँले संघीय राज्य भए नेपालको दु्रत विकास हुने धारणा पनि राख्नुभयो ।

No comments:

Post a Comment