Labels

Tuesday, December 10, 2013

बंगुरको नाममा हँसाए धुर्मुस्ले, फाइभ स्टारमा रमाए सबैले


काठमाडौ असोज २५ गते । देश राजनीतिक दलहरुबाट होइन, किसानबाट बन्नेछ, कृषिको विकास भए मात्र देशमा विकास हुनेछ, हास्य कलाकार सीताराम कटेल ‘धुर्मस’ को यो भनाईपछि हलमा तालि गुन्जिएको थियो ।

नेपालमा बंगुर उद्योग विषयको प्रथम राष्ट्रिय कार्यशाला गोष्ठीमा बंगुर उद्योगीको रुपमा आफ्नो मन्तव्य दिँदा कार्यक्रममा सहभागिहरु निकै उत्सुकतपूर्वक उहाँको भाषण सुनिरहेका थिए । बीच बीचमा आफ्नो मन्तव्यबाट हँसाउने काम पनि गरेका कारण माहोल रोमाञ्चित भएको थियो ।

 हेलाको दृष्टिले हेर्ने बगुंर र सुँगुरको व्यवसायीलाई चर्चित कलाकारले पनि अंगालेका कारण धेरैको ध्यान धुर्मसको भाषण सुन्नमा केन्द्रीत थियो । धुर्मुले पनि आफू यो उद्योगमा लाग्दा साथीहरुले छ्या यो के व्यवसायको गरेको भन्ने गरेको स्मरण सुनाउनु भयो । दशैंमा घर जाँदा हजुर मुमाबाट टिका थाप्दा हजुर मुमाले नाती तिमीले त सबै काम राम्रै गरिस् तर एउटा काम मात्र नराम्रो गरिस् त्यो हो बंगुर व्यसायी, भनेको कुरामा पनि धुर्मुस्ले सुनाउनु भयो ।

आदिवासी जनजाति तथा दलितहरुले मात्र परम्परागत रुपमा पाल्दै आएको बंगुर र सुगुँर अहिले बाहुन क्षेत्रीले पनि व्यवसायीक रुपमा पालेर उद्योगकै रुपमा सञ्चालन गरिरहेको तथ्य पनि सो गोष्ठीमा प्रस्तुत भयो ।

ठूलो बडाले बगुंरलाई अवहेलना गर्दै आएपनि ‘मेरी बास्सै’ का चर्चित कलाकार धुर्मुस्ले तिनै पेशालाई अंगालेर पछिल्लो समयमा कृषि अभियन्ता’ बन्न खोज्दै हुनुहुन्छ । उहाँले सो कार्यक्रममा आफू कृषि क्षेत्रका ब्राण्ड एम्बेस्डर बन्न चाहेको घोषणा पनि गर्नुभयो । सामाजिक, आर्थिक, साँस्कृतिक, तथा राजनीतिक कुरीतीका बारेमा मुस्कान थापा, खड्काजीलगायतका अभिनय पात्रको माध्यमबाट समय समयमा चोटिलो प्रहार गर्दै आएका धुर्मुस् कृषि पेशामा पनि ठूलो सफलता हात पार्ने लक्ष्य राख्नु भएको छ ।

  उहाँले भन्नुभयो–‘कृषिलाई मुखले होइन, व्यवहारिक रूपमा कर्मसँग जोड्न सकिए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ । सानो काम छ भनेर कहिले हिच्किचाउनु हुन्न, सानो काम पनि महान हुन्छ । राज्यसँग युवा आकर्षित नीति छैन ।’ आफूले आफै लगानीमा बंगुरको व्यवसायी गर्न चाहेको भन्दा पनि राज्यबाट कुनै प्रकारको सहयोग नपाएको गुनासो गर्नुभयो ।

साढु दाइ मदन तिम्लिसिनाको सहकार्यमा विपन्न गरिब परिवारलाई रोजगारी उपलब्ध गराउने उद्देश्यल ुनेपाल एग्रि कल्चर फार्म हाउस स्थापना गरेर सोही संस्थामार्फत उहाँले बंगुर पालन गर्न शुरू गर्नुभएको छ । दुई वर्षअघि एघारलाख रूपैयाँको लगानीमा शुरू गरिएको बंगुर पालनको कूल पूँजी अहिले ३० लाखमा पुगेको छ । ललितपुरको ठेचो गाउँ विकास समिति वडा नम्बर ६ मा उहाँको ठूलो फार्म हाउस छ । वार्षिक डेढ लाख रूपैयाँमा सात रोपनी जग्गा भाडामा लिएर ३० वटा खोरमा अहिले योर्कशायर, लैण्डरेस र ड्युरोक जातका २३ वटा माउ, पाठापाठी ७० र भाले २ वटा बंगुर त्यहाँ छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट बंगुरको ७ वटा पाठापाठी ल्याएर त्यसैबाट अहिले ठूलो संख्यामा पाठापाठी उत्पादन गरिएको छ । कालाकार धुर्मुस्ले धादिङ, सुर्खेत, नुवाकोट, काठमाडौं, चितवनसहीत नेपालको पैतीस जिल्लाका बंगुर पालक तथा मासु व्यवसायीहरूले पाठापाठी लग्ने गरेको बताउनुभयो ।
पशु सेवा विभागका उप महानिर्देशक उदचन्द्र ठाकुरका अुनसार नेपालमा हाल ११ लाख ३७ हजार चारसय ८९ बगुंर रहेका छन् भने कुल मासु उत्पादन २८ हजार सातसय ३० मेट्रीक टनमध्ये बंगुरको मासु १८ हजार दुईसय ७७ मेट्रीक टन उत्पादन हुने गरेको छ । कृषि क्षेत्रको कुल ग्रहस्थमा २६ प्रतिशत योगदान बंगुर उद्योगले गरेको छ । पूर्वाञ्चलमा सबभन्दा बढी बंगुरपालन हुनेको गरेको बताउँदै उप निर्देशक ठाकुरले त्यसमध्ये ६० प्रतिशत उन्नत जातको रहेको जानकारी गराउनुभयो ।

बंगुर पालनका लागि सरकारले नगद अनुदान दिने गरेको छ भने ६५–६६ सालदेखि सहकारीको मार्फत पनि व्यवसायी हुन लागेको छ । ५४ जिल्लामा एकसय १० सहकारी बंगुर पालन व्यवसायीमा सक्रिय छन् । विभागका अनुसार यस क्षेत्रमा २० करोड लगानी सरकारले गरेको छ जसमध्ये ७० प्रतिशत रकम सिधै किसानसमक्ष पुगेको छ ।

बंगुर तथा सुँगुर उद्योगको प्रवद्र्धन तथा विकासका लागि नेपालमा पहिलो पटक यस्तो गोष्ठी भएको हो । कुपण्डोलस्थित फाइभ स्टार हिमाल होटलमा विदेशीको लगानीमा डिनसहितको यो गोष्ठी दुई दिनसम्म चल्नेछ । उद्योगी, व्यवसायी, किसान, मासु व्यवसायी, उपभोक्ता तथा विभिन्न विज्ञहरु गरी १७० जनाको सहभागि रहेको सो कार्यक्रममा २५ वटा कार्यपत्र प्रस्तुत हुने छ ।

No comments:

Post a Comment