Labels

Tuesday, March 8, 2016

५० रोपनीमा फैलिएको भैसी फर्म


सुरेशकुमार यादव
कास्की फागुन ३ गते । २०५८ सालतिर इमान गुरुगंका बुवाले दुध खानका लागि पालेका दुईटा भैसीबाट हाल दुई सय ७२ भैंसी पुगेको छ । बुवाले दुध खान पालेको दुईटा भैसीबाट फाइदा देखेपछि छोरा इमान गुरुगंले भारतबाट १० वटा भैसी थपेका थिए हाल पोखराको ताहाचोकमा इमान भैंसी फार्म नै सञ्चालन गरी देशको ठूलो भैसी फार्मको रुपमा दर्ज भएको छ ।
राष्ट्रपति पुरस्कारबाट पुरस्कृत सो फार्ममा हाल दुई सय ७२ भैसी रहेका छन् जसमा एक सय १० दुहुना भैसी रहेका छन् भने ७० ब्याउने अवस्थामा रहेको छ । सो भैसी फर्मबाट दैनिक छ सय ५० लिटर दुध उत्पादन भइरहेको छ । फर्ममा प्राविधिकको रुपमा कार्यरत पुष्पराज अधिकारीका अनुसार फर्म सञ्चालनका लागि हालसम्म दुई करोडभन्दा बढी लगानी भइसकेको छ । सञ्चालक इमान सिह गुरुङले मेगा बैंकबाट ऋण लिएपनि हालसम्म तिर्न सकेका छैन । हालसम्म सरकारबाट चार लाख अनुदान मात्र पाएको अधिकारीको दावी छ ।
भैसी फर्म तीन सय ५० रोपनीमा फैलिएको छ । त्यसमध्ये एकसय रोपनी आफ्नै भएपनि दुईसय ५० रोपनी लिजमा लिएका छन् । अधिकारीका अनुसार उत्पादन भएको दुधलाई बजारको अभाव नभएको बताउँदै माग अनुसारको दुध पुर्याउन नसकेको बताउनु भयो । उत्पादन भएको दूध प्रतिलिटर १ सय १० रुपैयाँसम्ममा बिक्री हुने गरेको समेत उहाँले बताउनु भयो ।
उत्पादन भएको दुख फर्मले आफ्नै गाडीमा हालेर पोखरासम्म पुर्याउने गरेको छ । फर्मभित्रै दुधका लागि चिस्यान केन्द्र पनि बनाएको छ । भैसीका लागि आवश्यक पराल तराईदेखि र स्थानीय तहमा नै किन्ने गर्छन् । घाँसकै लागि भने सयौं रौपनी जमिन प्रति रोपनी ५ हजार देखि २५ हजार रुपैयाँमा भाडामा लिएका छन् । फर्ममा सहयोग गर्ने २२ जना भन्दा बढीलाई फर्मले रोजगारी पनि दिएको छ ।

No comments:

Post a Comment